#कञचनपर
Explore tagged Tumblr posts
Photo
डिपिएलः कञ्चनपुर ६ विकेटले विजयी वैशाख–३ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा कञ्चनपुर आइकोनिक विजयी भएको छ । लिगअन्तर्गत आइतबार भएको खेलमा कञ्चनपुर सिवाइसी अत्तरियाविरुद्धको खेलमा ६ विकेटले विजयी भएको हो । खेलमा ८६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले १० ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो । कञ्चनपुरको लागि सुनिल धमलाले सर्वाधिक २८ रन जोडे । […] The post डिपिएलः कञ्चनपुर ६ विकेटले विजयी appeared first on नेपाल आज.
0 notes
Photo
डिपिएलः कञ्चनपुर ११ रनले विजयी, धनगढी ९४ रनमा अलआउट चैत्र–३१ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा कञ्चनपुर आइकोनिक ११ रनले विजयी भएको छ । लिगअन्तर्गत भएको खेलमा कञ्चनपुरले धनगढी टिम चौराहाविरुद्धको खेलमा विजयी भएको हो । खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सफल भयो । धनगढीको लागि टोलीका […] The post डिपिएलः कञ्चनपुर ११ रनले विजयी, धनगढी ९४ रनमा अलआउट appeared first on नेपाल आज.
0 notes
Photo
कञ्चनपुर घटनामा भारतले माफि नमागे युवा संघले कानूनी उपचार खोज्ने ५ चैत, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका गोविन्द गौतमको परिवारलाई क्षतिपूति सहित माफि माग्न भारतसँग माग गरेको छ । यदि आफूहरुको माग प्रति गम्भीर नभए अन्तराष्ट्रिय कानून र मूल्य मान्यता अनुसार अघि बढ्ने चेतावनी युवासंघल दिएको छ । युवा संघले विज्ञप्ती निकालेर निर्वाचन सम्बन्धि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । निर्वाचन नगर्न स्थानीय तहको संख्या बृद्धि गरिएको आरोप लगाउँदै युवा संघले राजनीतिक दल सम्बन्धि विधेयक, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन सहितका स्पष्ट कार्ययोजना सार्वजनिक गर्न माग गरेको छ । दैनिक उपभोग्य ��स्तुको मूल्य बढाइएको भन्दै मूल्यबृद्धि तत्काल फिर्ता लिन पनि युवासंघले माग गरेको छ । अन्यथा त्यस विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी युवा संघको छ । The post कञ्चनपुर घटनामा भारतले माफि नमागे युवा संघले कानूनी उपचार खोज्ने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
कञ्चनपुर घटनामा मृत्यु भएका गौतमको शव अन्तिम संस्कार गर्ने तयारी धनगढी, २८ फागुन- कञ्चनपुरको पुनरवास नगरपालिका—८को आनन्द बजार क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले आज बिहान १० बजेदेखि साँझ ७ बजे सम्मका लागि नि��ेधित क्षेत्र घोषणा गरेको छ । आनन्द बजार छेउको बाटोमा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले बाधा अवरोध पु¥याउँदै चलाएको गोली लागेर पुनरवास नगरपालिकाका गोविन्द गौतमको विहिबार मृत्यु भएको घटनापछि उत्पन्न अशान्तिलाई मध्यनजर गरी आनन्द बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नु परेको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताउनु भयो । आनन्द बजार चोक देखि पूर्व,पश्चिम,उत्तरमा पाँच÷पाँच सय मिटर सम्म र दक्षिणमा नेपाल —भारत सीमा सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खनालले बताउनु भयो । निषेधित क्षेत्र घोषणापछि तोकिएको क्षेत्रमा समुह बनाएर हिड्न र प्रदर्शन गर्ने लगाएतका गतिविधि गर्न पाईंदैन । घटनामा मृत्यु भएका गौतमको शव परिवारले बुझेर आजै कञ्चनपुरको दोदा नदीमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ । गौतमको शव सेती अञ्चल अस्पतालको शव गृहमा राखिएको छ ।
0 notes
Photo
कञ्चनपुर घटनामा भारतले भन्यो, ‘आइ एम सरी’ २७ फागुन, काठमाडौं । कञ्चनपुर घटनाका बारेमा भारतले दुःख व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी कञ्चनपुरको पुनर्बासमा घटेको घटनामा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेका हुन् । सल्लाहकार दोवलले दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी घटनाप्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गरेका हुन् । टेलिफोनका क्रममा दोवलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् । दोवलले भारत सरकारको छानविन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका छन् । टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री प्रचण्डले कञ्चनपुर घटना अत्यन्तै गम्भीर रहेको बताएका थिए । प्रधानमन्त्रीले दोवललाई कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानविन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताए । टेलिफोनमा प्रधानमन्त्री प्रचण्डले भारत सरकारको छानविनपश्चात् दोषीमाथि ठोस कार्वाही हुने नेपालको अपेक्षा रहेको बताएका प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । यो पढ्नुस्। भोलि पानी परे केन्याविरुद्धको क्रिकेट के हुन्छ ? कञ्चनपुर अपडेटः आज पनि यसरी ज्यादती मच्चाइरहेको छ एसएसबीले कञ्चनपुर घटनामा भारतले यसरी स्वीकार्यो आफ्नो गल्ती The post कञ्चनपुर घटनामा भारतले भन्यो, ‘आइ एम सरी’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
कञ्चनपुर अपडेटः आज पनि यसरी ज्यादती मच्चाइरहेको छ एसएसबीले २७ फागुन, काठमाडौं। कञ्चनपुरमा हिजो भारतीय सिमा सुरक्षा बल एसएसबीले गोली हानेर एक नेपालीको हत्या गरेपछि एसएसबीले आज पनि ज्यादती गरिरहेको छ । एसएसबीले नेपाली भूमिमै प्रवेश गरेर अहिलेसम्म ९ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्यास हानेको छ । घटना स्थलमा रहेका स्थानीय पत्रकार हेमन्त न्यौपानेका अनुसार एसएसबीले लालबहादुर नेपाली र कर्ण बहादुर नेपालीको भूमिमै बसेर नेपालीहरुमाथि नै आक्रमण गरिरहेको हो । घटनाको विरोधमा स्थानीय नेपाली थप आक्रोशित भएका छन् । हिजोको घटनाको विरोधमा कञ्चनपुरको आनन्दबजारमा अहिले झण्डै ५ हजार नेपाली उपस्थित भएर घटनाको प्रतिवाद गरिरहेका छन् । त्यहाँ ३ सयको हाराहारीमा नेपाल र शसस्त्र प्रहरी उपस्थित छ भने झण्डै एक हजारको संख्यामा भारतीय प्रहरी सिमामा उपस्थित भएको छ । नेपाली सुरक्षाकर्मी र प्रशासनले नेपालीलाई थप आक्रोशित नबनी संयम हुन आग्रह गरिरहेको पत्रकार न्यौपानेले बताए । उनका अनुसार त्यहाँ थप तनाव हुने संकेत देखिएको छ । यो पढ्नुस्। कञ्चनपुर घटनामा भारतले यसरी स्वीकार्यो आफ्नो गल्ती गाविस अब सधैंका लागि भंग, यस्ता छन् ७४४ स्थानीय तह The post कञ्चनपुर अपडेटः आज पनि यसरी ज्यादती मच्चाइरहेको छ एसएसबीले appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
क्षेत्रीय भलिबल: पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला बैतडी, २८ मङ्सिर- सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ । अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो । कञ्चनपुरले अछामलाई २८–२६, २५–२५ र २५–१५ अङ्कले पराजित गरेको भलिबल रेफ्री धनसिंह रावलले जानकारी दिनुभयो । उक्त प्रतिष्पर्धामा अछाम दोस्रो तथा कैलाली तेस्रो भयो । कञ्चनपुर पुरुषतर्फ विसं २०५० सालदेखि भलिबलको क्षेत्रीय प्रतियोगितामा लगातार प्रथम हुँदै आएको छ । यही मङ्सिर २४ गतेबाट सुरु भएको सो प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाको सहभागिता रहेको थियो । यस्तै बाजुराको मार्तडी मालिका उच्च माविमा सम्पन्न क्षेत्रीय महिला भलिबल प्रतियोगितामा दार्चुला प्रथम, कञ्चनपुर दोस्रो र बाजुरा तेस्रो भयो । कञ्चनपुरलाई हराउँदै दार्चुला पहिलो भएको हो । विसं २०५० देखि प्रथम हँुदै आएको कञ्चनपुर महिलातर्फ यस वर्ष मात्र दोस्रो भएको हो । प्रतियोगितामा पहिलो, दोसो र तेस्रो हुने टिमलाई क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । “चाँडै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षेत्रीय खेलकुद विकास समितिले खेलाडी छनोट गर्नेछ,” रेफ्री रावलले भन्नुभयो ।
0 notes
Text
कञ्चनपुर प्रहरीमा रुवाबासी, एसपी अधिकारीले यो के गरे ? एमाओवादीका युवादेखि डरायो प्रहरी प्रशासन
कञ्चनपुर प्रहरीमा रुवाबासी, एसपी अधिकारीले यो के गरे ? एमाओवादीका युवादेखि डरायो प्रहरी प्रशासन
महेन्द्रनगर, ४ वैशाख । गत चैत ३० गते कञ्चनपुरको महेन्द्रनगरस्थित भानु पार्टी प्यालेसमा भइरहेको सांगीतिक साँझ कार्यक्रममा सुरक्षाका लागि ६ जनाको टोली लिएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक समुन्द्र पन्त कार्यक्रम स्थल पुगे ।
(more…)
View On WordPress
0 notes