#एगरकलचरक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
होल्याण्ड एग्रिकल्चरको टयाक्टर सोरुम सातदोवाटोमा काठमाडौं । तराइ, पहाड, हिमाल, न्यू–हल्याण्डको कमाल भन्ने नाराका साथ विश्व विजेता न्यू हल्याण्ड एग्रिकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ टयाक्टर नेपाली बजारमा भित्र्याएको छ । बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार सुरु गरेको भुसाल ग्रुपले बुधबार ललितपुर सातदोवाटोमा भुसाल ट्रयाक्टर सप्लायर्सको सोरुम सहित कर्पोरेट अफिस समेत स्थापना गरेको छ । नयाँ मोडल र नयाँ प्रविधियुक्त ३० देखि ९० हर्स पावरका टयांक्टर ढुवानी र जोत्नका लागि निकै उपयोगी रहेको कम्पनीको दाबी छ । नयाँ प्रविधिको डिजल कम खपत केस ब्राण्डका टयाक्टर नेपाली किसानलाई लक्षित गरी निर्माण गरिएको नेपालस्थित आधिकारिक विक्रेता भूसाल टयाक्टर सप्लायर्सका सञ्चालक बालकृष्ण भुसालले बताए । टर्कीको प्रविधिमा निर्माण गरिएका टयाक्टर नेपाली किसानले मन पराउने पनि उनको भनाइ छ । बुटवलबाट सुरु भएको केस ब्राण्डका विभिन्न मोडलका टयाक्टरको बुकिङ सुरु भइसकेको र देशैभरीबाट माग आइरहेकोले न्यू हल्याण्डको नेपाली बजारलाई ३० प्रतिशत पुरयाउने लक्ष्य प्राप्तिमा कुनै कठिनाइ नहुने पनि उनले बताए । ती�� वर्षे वारेन्टी र सातवर्षे निशुल्क सर्भिसिङको व्यवस्थाका कारण पनि यसप्रति उपभोक्ता आकर्षित हुने कम्पनीको विश्वास रहेको छ । पार्टसको विक्री वितरण भने रामकृष्ण ट्रेड सेन्टरमार्फत हुने कम्पनीले जानकारी दिएको छ । भूसाल टयाक्टर सप्लायर्सले २४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । न्यु होल्याण्डले विश्वभरका ५५ वटा देशमा  २६ प्रतिशत बजार हिस्सा ओगटेको भन्दै उनले नेपालमा पनि सबैभन्दा धेरै हिस्सा ओगटेको दाबी गरे । कुल २२ वटा कम्पनीका करिब ५ हजार टयाक्टर खपत हुने गरेको हल्याण्डका मात्रै १ हजार संख्याको हाराहारीमा रहेको उनले बताएका छन् । हाल पूर्व मेचीदेखि पश्चिम महकालीसम्म २२ सवडिलर र ३ स्थानमा आफ्नै आउटलेटहरु खोलेर बिक्री गर्दै आएको कम्पनीले केही महिनाभित्रैमा बीरगंज, नारायणगढ, गुल्मी, पाल्पा, डडेलधुरा र सुकेबजारलगायतका क्षेत्रमा थप डिलर विस्तार गर्ने भएको छ पाल्पा, डडेलधुरा र सुकेबजारलगायतका क्षेत्रमा थप डिलर विस्तार गर्ने भएको छ ।
0 notes