#परवमनतर
Explore tagged Tumblr posts
Photo
घुसखोरी गरेको अभियोगमा पूर्वमन्त्री तथा प्रभावशाली नेता पक्राउ जाकर्ता, १३ माघ । इन्डोनेसियाका एकजना पूर्वमन्त्रीलाई घुसखोरी गरेको अभियोगमा प्रहरी गिरफ्तार गरेको छ । हाल संवैधानिक अदालतमा न्यायाधीशका रुपमा कार्यरत पट्रिअलिस अकबर सन् २००९ देखि २०११ सम्म कानुन तथा मानवअधिकार मन्त्री बन्नुभएको थियो । उहाँ तत्कालीन राष्ट्रपति सुशीलो बाम्बाङ युधोयोनो नेतृत्वको सरकारमा मन्त्री हुनुभएको हो । उहाँलाई बुधबार पश्चिमी जाकार्ताको एक होटलबाट नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन् । राष्ट्रिय सुरक्षा फौजका प्रमुख अगुस राहार्दजोले पट्रिअलिस संलग्न भएका विभिन्न घटनाका बारेमा बुझन उहाँलाई नियन्त्रणमा लिएको बताउनुभएको छ । अगुसले बुधबार भन्नुभयो, “उहाँलाई पक्राउ गरेपछिको घटना क्रमका बारेमा हामी चाँडै नै जानकारी गराउने छौँ ।” अहिले उहाँ अनुसन्धानकै क्रममा रहेकाले उहाँका बारेमा केही भन्न नमिल्ने पनि अगुसले जानकारी दिनुभयो । पूर्व��ांसद र प्रभावशाली नेता समेत रहेका पट्रिअलिस अहिले कडा सुरक्षा नियन्त्रणमा परेको संवाददाताले जनाएका छन् ।
0 notes
Photo
पूर्वमन्त्री विश्वनाथ साहलाई मातृ शोक लहान, २८ पुस- नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री विश्वनाथ साहलाई मातृ शोक परेको छ । साहका आमा सागरदेवी साहको सिरहाको गोलबजार नगरपालिका–४ स्थित आफ्नै घरमा गएराति ९६ वर्षको उमेरमा निधन भयो । मुटु र दम रोगबाट लामो समयदेखि पीडित सागरदेवीको राति ९ बजेतिर निधन भएको पूर्वमन्त्री साहले जानकारी दिनुभयो । आमाको आजै गृह गाउँमै अन्त्येष्टि गरिने उहाँले बताउनुभयो । स्व साहको चार छोरा र दुई छोरी छन् ।
0 notes
Photo
शान्ति स्तूप निर्माणका लागि पूर्वमन्त्री सिंहद्वारा ४७ लाख सहयोग जुम्ला, १८ पुस- पूर्व खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले आफ्नो संसद्् विकास कोषको रु ४७ लाख डुडुल चैत्य विश्व शान्ति स्तूप निर्माणका लागि सहयोग गर्नुभएको छ । समाजवादी जनता पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री सिंहले द हिमालयन पिस एसोसिएसनको पहलमा चन्दननाथ नगरपालिका–७ सिंगाचौर गाउँमा रु छ करोडको लागतमा निर्माणाधीन शान्ति स्तूपका लागि सहयोग गर्नुभएको हो । राष्ट्रिय योजना आयोग, पर्यटन बोर्डले स्तूप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको तर स्तूपलाई अविलम्ब सम्पन्न गर्नुपर्ने आवश्यकता खट्केकाले आफ्नो संसद्् विकास कोषको रु ४७ लाख सात हजार ५०० प्रदान गरेको मन्त्री सिंहले राससलाई जानकारी दिनुभयो । “शान्ति स्तूप कर्णालीको पर्यटकीय पूर्वाधार हो र यसले पर्यटन विकासमा सहयोग पु¥याओस् भन्ने उद्देश्यले आफ्नो कोषको पूरै बजेट स्तूप बनाउन सहयोग गरेको हुँ” – उहाँले भन्नुभयो । सोही स्तूप निर्माणका लागि पूर्व संस्कृति पर्यटन राज्यमन्त्री बलबहादुर महतले रु २० लाख र ललितजङ्ग शाहीले रु एक लाख प्रदान गरेको स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिनुभयो । एसोसिएसनका अध्यक्ष दावा तामाङ लामाले विश्वमा शान्तिको देश नेपाल भनेर चिनाउन र कर्णालीबाट विश्वमा शान्तिको सन्देश फैलाउन स्तूप स्थापना गर्न लागिएको बताउनुभयो । समाजवादी जनता पार्टी नेपालका उपाध्यक्ष बुम्क्याप लामाले आफ्नो पार्टीले कालीकोट, मुगु, कैलाली, जाजरकोटलगायतका जिल्लामा धार्मिक मठमन्दिर, बाटोघाटो र खानेपानी निर्माणमा सहयोग गर्दै आएको बताउनुभयो ।
0 notes
Photo
देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक– पूर्वमन्त्री बस्नेत भक्तपुर, १५ पुस- नेकपा एमालेका नेता महेश बस्नेतले देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ । हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज यहाँ आयोजित नवौ वार्षिक साधारण सभामा उहाँले दलहरूबीच सहमति बिना कुनै पनि निर्णय गरेर अगाडि बढे देशका लागि घातक हुने बताउनुभयो । नेता वस्नेतले संविधान संशोधन लगायतका विषयमा हाल दलहरुबीच जारी विवादलाई पनि सहमतिबाटै निकास निकालेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै जबरर्जस्ती अगाडि बढे देशलाई नोक्सान हुने बताउनुभयो । देशमा राजनीतिक अस्थिरता बढ्दै जाँदा नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदान बन्न थालेको बताउँदै उहाँले भन्नुभयो“नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदानको रुपमा प्रयोग गर्न खोजिएको छ, यसबाट सरकार सजग हुने बेला आएको छ ।” विदेशी शक्तिको दबाबमा नेपाली राजनीति चल्ने प्रवृत्ति हटन नसक्दा नेपालमा विदेशी प्रभाव बढ्दै गएको औल्याउँदै उहाँले सबै दलहरु मिलेर देशलाई अगाडि लैजान सके विदेशी चङ्गुलबाट बच्ने बताउनुभयो । सो अवसरमा राष्ट्रिय सहकारी बैँकका सञ्चालक ज्ञानबहादुर तामाङले नेपालका ५५ लाख नागरिक सहकारीमा आवद्ध भएको र चार लाखले प्रत्यक्ष रुपमा रोजगारी पाएको चर्चा गर्दै सरकारी, निजी र सहकारी अभियान सफल पार्नुपर्नेमा जोड दिनुभयो । भक्तपुर उद्योग वाणिज्य सङ्घका महासचिव शिव मानन्धर, नागरिक अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वालगायतले उद्योग एवम् व्यवसाय प्रवद्र्धन गर्नसके देशमा आर्थिक सङ्कट कहिल्यै नआउने बताउनुभयो । सहकारी संस्थाका अध्यक्ष विज्ञान राईले ७४ लाख ७५ हजार ६९९ रुपैया खुद नाफा गर्न सफल भएको र सेयर सदस्यलाई १२ प्रतिशत बोनस वितरण गरेको जानकारी दिनुभयो । संस्थाको रु ५१ करोड दुई लाख ३० हजार ४३७ को निक्षेप सङ्कलन भएको र कूल रु तीन करोड ३४ लाख ३४ हजार ७०० सेयर पुँजी रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा संस्थाका चारजना उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवम् सम्मान प्रदान गरिएको छ भने यस वर्षको एसएलसी परीक्षामा उत्कृष्ट हुने संस्थाका सदस्यको ३४ जना छोराछोरीलाई ताम्रपत्रसहित नगद जनही रु दुई हजारका दरले पुरस्कार प्रदान गरेक��� छ ।
0 notes
Photo
पूर्वमन्त्री शेर्पाद्वारा अग्नि पीडितलाई राहत हस्तान्तरण भोजपुर, १७ मङ्सिर- जिल्ला दैवीप्रकोप उद्धार कोषमा सङ्कलित रकम भोजपुरबजारको भोटेपसलका अग्नि पीडितलाई विहिबार वितरण गरिएको छ । सङ्कलित रकममध्ये मंसिर ५ गतेको आगलागीमा पूर्णरुपमा घर नष्ट भएका आठघरलाई प्रतिशतका आधारमा रु १३ लाख र सो घरमा बसोबास गर्दै आएका डेरावालालाई रु एक लाख ४५ हजार पीडित परिवारलाई बिहीबार वितरण गरिएको जिल्ला प्रशासन कार्यालय, भोजपुरले जनाएको छ । सङ्कलित रकमबाट बद्री राणालाई रु दुई लाख ६० हजार, गणेश श्रेष्ठलाई रु एक लाख ९५ हजार, मोहन आचार्यलाई रु एक लाख ९५ हजार, लालबहादुर विकलाई रु एक लाख ३० हजार, फवीन्द्र प्रधानलाई रु एक लाख ३० हजार, दाछिकी शेर्पालाई रु एक लाख ३० हजार, अर्विन बराइलीलाई रु एक लाख ३० हजार र थिरबहादुर र्पोतेललाई रु एक लाख ३० हजार वितरण गरिएकोे छ । सङ्कलित रकम वितरण गर्न बनाइएको मापदण्डअनुसार प्रतिशतका आधारका २०, १५ र १० प्रतिशतका दरले वितरण गरिएको हो । यसैगरी, ती घरमा बसोबास गर्ने नौ परिवारलाई पनि सोही आधारमा रु एक लाख ४५ हजार वितरण गरिएको छ । यसैबीच, पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले आगलागी पीडितका लागि काठमाडौँमा बस्दै आएका शेर्पाबाट सङ्कलन भएको रु एक लाख १७ हजार आठ सय पाँच जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई विहिबार हस्तान्तरण गर्नुभएको छ । पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राई, कृपाशुर शेर्पा र सांसद जयन्ती राईको विशेष उपस्थितिमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी शर्माले आगलागी, जिल्लाको विकास निर्माण र समसामयिक विषयमा विस्तृत जानकारी दिनुभएकोे थियो । बैठकका प्रमुख अतिथिसमेत रहनुभएका पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईले आगलागी पीडितको मागलाई जस्ता��ो तस्तै सदनमा पेस गरेको जानकारी दिनुभयो । उहाँले राहत र पुनःस्थापनाका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्लाको समस्याप्रति आफू गम्भीर रहेको भन्दै राईले जनताप्रति जवाफदेही भएर सुशासन कायम गर्न सम्बन्धित कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । रासस
0 notes
Text
पूर्वमन्त्री घिमिरेका भाईको शव भेटियो
पूर्वमन्त्री घिमिरेका भाईको शव भेटियो
चितवन । दुई हप्ताअघि चितवनको दारेचोकस्थित घोप्टभीरमा जीप दुर्घटना भई बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेका भाई मोहन घिमिरेक��� शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहुा जिल्लाको देवघाट-४ बगई भन्ने स्थानमा शनिवार बिहान घिमिरेको शव भेटिएको हो । उनको साथमा पर्स र लाइसेन्स भेटिएकाले सनाखत गर्न सजिलो भएको डीएसपी श्रेष्ठले…
View On WordPress
0 notes
Text
चर्चित पूर्वमन्त्री लालबाबुले फिर्ता गरेनन् सरकारी गाडी
– विमल योगी काठमाडौं, २५ मंसिर । डिभी र पिआरधारी कर्मचारीलाई कारवाही गरेर चर्चामा आएका पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एउटा गल्ति गरेको खुलासा भएको छ । (more…)
View On WordPress
0 notes