#एकजन
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
आगलागीमा सात लाखको क्षति, एकजना घाइते सप्तरी, १८ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा गएराति आगलागी हुँदा रु सात लाख मूल्य बराबरको क्षति भएको छ । गएराति आएको हाबाहुरीले स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा बालिएको घुरबाट अचानक सल्केको आगोले निजको फुसको छानो भएको एउटा गाईगोठ र गोठमा भएका दुईवटा गोरु जलेर मरेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा मियाँसमेत घाइते भएका छन् । उनको लहानस्थित राउ स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै छिमेकी भीमनारायण साहको भुइँतले फुसको एउटा घर जलेको छ । घरभित्र रहेको कच्ची घर, टायर गाढालगायतका सामान जलेको प्रहरीले जनाएको छ । यस्तै अर्का सोही ठाउँका हरिनारायण साहको समेत एउटा फुसको छानो भएको घर जलेको बताइएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन नगद जिन्सी गरी रु सात लाख मूल्यबराबरको क्षति भएको पीडित परिवारले बताएका छन् । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजविराजबाट ��एको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । The post आगलागीमा सात लाखको क्षति, एकजना घाइते appeared first on Etajakhabar.
0 notes
onlinekhabarapp · 4 years ago
Text
कोरोना संक्रमित बढ्न थालेपछि वडा कार्यालय बन्द
१ भदौ, कैलाली । वडामा कोरोना संक्रमित बढ्न थालेपछि धनगढी उप-महानगरपालिका वडानम्बर ३ को कार्यालय बन्द गरिएको छ । वडा कार्यसमितिको बैठकले आगामी १० गतेसम्मका लागि वडा कार्यालय बन्द गर्ने निर्णय गरेको वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिए ।
‘अहिले पनि हामीले यस्तो गरेनौँ भने समुदायमा भुसको आगोझैँ कोरोना फैलिन सक्छ,’ उनले भने, ‘समुदायमा कोरोना देखिन थालेको छ, त्यही नियन्त्रण गर्न वडा कार्यालय बन्द गर्ने निर्णय गरेका हौँ ।’
उनले अत्यावश्यक काम बाहेक अन्य कामका लागि नागरिकलाई घर बाहिर नआउन पनि आग्रह गरेका छन् । ‘समुदायमा संक्रमण देखिन थालेको छ,’ उनले भने, ‘अझै लापरबाही गर्‍यौँ भने अवस्था नसोचेको हुन सक्छ ।’
वडानम्बर ३ का ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । तीमध्ये ३ जना भारतबाट आएका, एकजना तेस्रो मुलुकबाट र एकजन स्थानीय हुन् ।
वडानम्बर ३ मै रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत वडानम्बर २ का एक प्रहरीमा पनि केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोस मुड्भरीले अन्य वडा बन्द गर्ने नगर्ने विषयमा पनि छलफल भइरहेको बताए ।
बैंक बन्द
धनगढीको ग्लोबल आइएमई बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि बैंक बन्द गरिएको छ । कोरोना पुष्टि हुने बित्तिकै सेवाग्राहीलाई बाहिर पठाएर बैंक बन्द गरिएको हो।
कर्मचारीमा संक्रमण देखिएपछि बैंक बन्द गर्ने निर्णय भइसकेको र कति दिन बन्द गर्नेबारे छलफल भइरहेको क्षेत्रीय प्रबन्धक मुकुन्द भट्टले बताए ।
अहिलेसम्म धनगढीमा १४४ जनामा कोराना संक्रमणको पुष्टि भइसकेको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दुई समूहबीच छुरा हानाहान हुँदा एकको मृत्यु एकजना गम्भीर घाइते इनरुवा, ५ चैत । सुनसरीको धरान उपमहानगरपालिकामा आज दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा धरान १५ का २५ वर्षीय साइला भन्ने भक्त राई रहेका छन् । सोही घटनामा शुक्र राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते भएका राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ भने घाइते शुक्र राईको प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मेलम्चीले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते, तत्काल पुर्न राज्यमन्त्रीको निर्देशन काठमाडौँ, ४ चैत- काठमाडौँको लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते भएका छन् । आज बिहान चक्रपथबाट रत्नापार्क गइरहेको बा ४७ प ७४३० नं मोटरसाइकल आयोजनाले बनाएको खाल्डोभित्र खस्दा मोटरसाइकल चालक घाइते भएका हुन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । खाल्डोभित्र खसेको मोटरसाइकललाई क्रेन लगाएर बाहिर निकालिएको ट्राफिक जवान हरिकृष्ण सेढाईँले जानकारी दिनुभयो । मेलम्चीको खानेपानी काठमाडौँभित्र ल्याउने बहानामा जथाभावी खाल्डो भएपछि खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले तत्काल सवारी हिड्ने बाटोमा खनिएका खाल्डो पुर्न मेलम्ची खानेपानी आयोजना निर्देशनालय–२ लाई निर्देशन दिनुभएको छ । राज्यमन्त्री ��ड्काले बाटोमा खनिएको खाल्डो नपुर्दा व्यापक धुलो र हिँड्न गाह्रो भएको जनगुनासो आएको भन्दै यसअघि पनि सम्बन्धित निकायलाई कालोपत्र गर्न निर्देशन दिनुभएको थियो । उहाँले राति मेलम्चीको काम गर्न निर्देशनालयलाई आग्रह समेत गर्नुभएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बैतडीमा एक लाख २९ हजार मतदाता, एकजना तेस्रो लिङ्गी पनि बैतडी, २१ फागुन- बैतडीमा एक लाख २९ हजार ६ सय २८ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गराएका छन् । तीमध्ये ६६ हजार दुई सय ४५ महिला, ६३ हजार तीन सय ८२ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । जिल्ला निर्वाचन र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा जिल्लाका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गरेर तस्बिर सहितको मतदाता नामावली सङ्कलन गरिएको गरिएको थियो । आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा सहभागी हुन योग्य मतदाता विवरणलाई अन्तिम रुप दिने तयारी भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फ्ुयालले बताउनुभयो । आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउनेछन् । फागुन ९ गतेदेखि नामावली दर्ता स्थगित भएको छ । यसैबीच, राज्य पुनः संरचना आयोगको प्रतिवेदन सार्वजनिक नहँुदा मतदान केन्द्र र स्थानीय तह अनुसारको मतदाता नामावली विवरण तयार गर्न निर्वाचन आयोगलाई अप्ठ्यारो परेको छ । आयोगले फागुन मसान्तसम्म जिल्लामा रहने मतदान केन्द्रको टुङ्गो लगाएर पठाउन निर्देशन दिए पनि राज्य पुनः संरचना प्रतिवेदन सार्वजनिक नहुँदा काम अघि बढाउन नसकिएको हो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जनकपुरमा क्रिकेट खेल्दा छुरा हानाहान हुँदा एकजना घाइते जनकपुर, १४ फागुन- जनकपुरमा छुरा प्रहारबाट एकजना घाईते भएका छन् । जनकपुर उपमहानगरपालिका १६ कपलेश्वरका २० बर्षीय मोहम्मद सलिम नदाफ घाइते भएका हुन् । शनिबार बिहान क्रिकेट खेल्ने क्रममा स्थानीय १८ वर्षका गोपाल ठाकुरसँग विवाद भएपछि ठाकुरले नदाफलाई छुरा प्रहार गरेका थिए । घाइते नदाफको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ । छुरा प्रहार गर्ने ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
कतारमा एकजना नेपालीको मृत्यु माघ – १५ । रोजगारीको सिलसिलामा कतार गएका एकजना रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी-६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो । शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको र आज बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारले जानकारी दिएको छ । दुई वर्ष पहिले बुबाको मृत्यु भएपछि र आमाले अर्कैसँग विवाह गरेपछि आर्थिक चपेटामा परेका बुढा गत असारमा रोजगारीका लागि कतार गएका थिए । The post कतारमा एकजना नेपालीको मृत्यु appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
तरकारी बोक्ने जिपको ठक्करबाट एकजना प्रहरीको मृत्यु, अर्का प्रहरी घाईते चितवन, २० पुस- तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । गएराति करिब ८ः३० बजे साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । सो दुर्घटनामा परी मोरङ घर भई सोही शिक्षालयमा कार्यरत ३३ वर्षीय सुमन घिमिरे गम्भीर घाइते भएका छन् । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । चितवनको रत्ननगरबाट तरकारी बोकेर काठमाडौँ जाँदै गरेको ना ३ च ८३१ नंको बोलेरो जिपले साइकलमा सवार प्रहरीलाई ठक्कर दिएको हो । जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको र शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
गाउँबाट शहरमा ओसारिँदै चरेश, एक किलो चरेशसहित फेरी एकजना पक्राउ रुकुम, ७ पुस- जिल्ला प्रहरी कार्यालय रुकुमले एक किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । मुसिकोट खलङ्गाको पातुखोलामा रहेको एक होटेलबाट पूर्वी रुकुमको रन्ममैकोट–३ का ३२ वर्षीय खलदया पुनलाई प्रहरीले एक किलो चरेससहित बुधबार साँझ पक्राउ गरेको हो । गाउँबाट चरेस ल्याएर होटेलमा गएको विशेष सूचनाका आधारमा प्रहरीको विशेष टोलीले होटेल चेकजाँज गर्दा चरेससहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख अङ्गुर जिसीले जानकारी दिनुभयो । होटेलबाट पुनसँगै अन्य तीनजनालाई पक्राउ गरेको भए पनि उनीहरुलाई भने सामान्य अनुसन्धानपछि छोडिएको प्रहरी नायब उपरीक्षक जिसीले बताउनुभयो । पक्राउ परेका पुनलाई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । यसअघि पनि यहाँ चरेससहित बेलाबेलामा मानिसहरु पक्राउ पर्ने गरेकाले यसको ठूलो सञ्जाल नै हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, अर्का एकजना घाईते सल्यान, १ पुस ट्याक्टरको दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत राकम– ७ का ट्याक्टर चालक २३ वर्षिय प्रेम नेपाली रहेका छन् । देवस्थल गाविसबाट बामे जाँदै गरेका भे १ त ५७८३ नं ट्याक्टर बामे – ६ पोखरा नजिकै गएराति दुर्घटना हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । ट्याक्टर सडकबाट झन्डै ४० मिटर तल खसेको छ । ट्याक्टरमा सवार बामे– ९ की ३५ वर्षीया मनकुमारी पुन गम्भीर घाइते भएकी छन् । घाइते पुनको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
विश्वमा हरेक एक सय १३ जनामध्ये एकजना शरणार्थी बन्न बाध्य काठमाडौँ, २२ मङ्सिर- सन् २०१५ मा विश्वमा हरेक एक सय १३ जनामध्ये एकजना शरणार्थी, शरण खोज्ने वा विस्थापित हुने अवस्थामा पुगेको मंगलबार सार्वजनिक गरिएको यस वर्षको विश्व विपद् प्रतिवेदनमा उल्लेख गरिएको छ । अन्य देशमा जस्तै आज नेपालमा पनि एक कार्यक्रमबीच सार्वजनिक गरिएको विश्व विपद् प्रतिवेदन २०१६ मा विपद्पूर्व तयारीमा थप लगानी गर्न विश्वलाई आह्वान गरिएको छ । सो वर्ष हालसम्मकै सबैभन्दा बढी तापक्रम भएको तातो वर्षका रुपमा रहेको थियो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख म्याक्स स्यान्टनर र नेपाल सरकार गृह मन्त्रालयका सहसचिव कृष्ण राउतले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । यस वर्षको प्रतिवेदनले उत्थानशीलतालाई जोड दिएको छ भने नेपालमा सञ्चालित विपद्पूर्व तयारी गतिविधिको झल्को पनि विश्व प्रतिवेदनमा राखिएको छ । विश्व विपद् प्रतिवेदनका अनुसार ६ करोड ५३ लाख मानिस सन् २०१५ को वर्षमा आफ्नो मुलुकमा अन्य देशमा विस्थापित भएका छन् भने चार करोडभन्दा बढी मानिस आफ्नै देशभित्र सङ्घर्ष तथा हिंसाका कारण स्थानान्तरण हुन पुगेक��� छन् । प्रतिवेदन सार्वजनिकका क्रममा नेपालमा गत भूकम्पपश्चात् १८ महिनाको अवधिमा गरिएका भूकम्प पुनः लाभका गतिविधिका विषयमा भूकम्प पुनः लाभ कार्यक्रम प्रमुख उमेश ढकाल र विश्व विपद् प्रतिवेदनका विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख म्याक्स स्यान्टनरले प्रस्तुतीकरण गर्नुभएको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
थाइल्यान्डमा व्यवसाय गरेर जम्दै, एकैजना नेपालीका १९ वटासम्म अपार्टमेन्ट थाइल्यान्ड, १३ मङ्सिर– बाइस वर्षअघि काठमाडौँबाट व्यवसाय गर्न थाइल्यान्ड आइपुग्नुभएका महेन्द्र श्रेष्ठ अहिले महत्वपूर्ण पर्यटकीय क्षेत्र पत्ताया सिटीमा घर जग्गाको कारोबारमा सक्रिय हुनुहुन्छ । उहाँ हस्तकला, पस्मिना तथा रेष्टुरेन्ट र होटल व्यवसायमा समेत संलग्न हुनुहुन्छ । सुरुमा पतञ्जन टापूमा पाँच वर्षसम्म हस्तकला र रेष्टुरेन्ट सञ्चालन गरेर व्यवसाय थाल्नुभएका श्रेष्ठले १० वर्षसम्म बैंककमा हस्तकला र पस्मिनाको व्यवसाय सञ्चालन गर्नुभयो । विगत छ वर्षयता उहाँको व्यवसायमा घरजग्गा कारोबारसमेत थपियो । अहिले उहाँको आर्थिक अवस्था निकै राम्रो छ । नेपालमा भन्दा आर्थिक हिसाबले राम्रो गरेको बताउनुहुने गैरआवासीय नेपाल सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआएनए) थाइल्यान्डका उपाध्यक्ष श्रेष्ठको १९ वटा अपार्टमेन्ट छ । जसको मूल्य अहिले १५ लाखदेखि ७० लाख भाट (रु ४८ लाखदेखि सवा दुई करोड नेपाली) पर्दछ । नेपालबाट दूरीका हिसाबले निकै नजिक भएर पनि थोरैमात्र नेपाली व्यापार व्यवसाय र रोजगारी तथा अध्ययनका लागि थाइल्यान्डमा आइपुगेका छन्, उनीहरुमध्ये सङ्घर्ष गर्नेहरु भने रामै्रसँग स्थापित भएका छन् । थाइल्यान्डको कानुन र प्रक्रियागत समस्या धेरै भएर पनि यसरी व्यवसायमा नेपालीहरु जम्नु महत्वपूर्ण हो । एनआरएनएका पूर्व अध्यक्ष मनोज राना पनि सफल व्यवसायीमा पर्नुहुन्छ । उहाँले अहिले फुकेटमा कपडाको व्यवसाय गर्दै आउनुभएको छ । विगत १७ वर्षदेखि फुकेटमा रहेर खुद्रा र होलसेल, व्यवसाय गर्दै आउनुभएका रानाले युरोपमा समेत कपडा पठाउने काम गर्दै आउनुभएको छ । यहाँ व्यवसाय संस्थापना गर्न कठिन भए पनि सङ्घर्ष गर्न सकेकालेसहज भएको उहाँले बताउनुभयो । चौबीसै घन्टा काम गर्न पाउने विद्युत्भार कटौती नहुने र अन्य झमेला नहुने तत्कालै ग्राहकले चाहेका कपडा तयार पार्न सकिने हुँदा आफू व्यवसायमा सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ । उहाँको परिवार नै यो व्यवसायमा संलग्न छन् । थाइल्यान्डमा नेपालीहरु घुम्न आउने क्रमसमेत बढेकाले अझै व्यवसाय बढ्ने आशा यहाँका व्यवसायीको छ । रानाले भन्नुभयो – “यहाँ छोराछोरी पढाउन र आफ्नो जीविका टार्न निकै सहज भएको छ ।” गैरआवासीय नेपाल सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआएनए) थाइल्यान्डका अध्यक्ष तथा प्राध्यापक खगेन्द्रराज ढकालका अनुसार यहाँ तीन हजार ५०० को हाराहारीमा नेपाली छन् । जसमध्ये एक हजार ५०० जति विद्यार्थी छन् भने अन्य व्यापार व्यवसाय र रोजगारीमा संलग्न छन् । थाइल्यान्डको बैंकक, पत्ताया, फुकेट, च्याङवाईलगायतका सहरमा नेपालीले सटिङसुटिङ, होटल रेष्टुरेन्ट, पस्मिना, हस्तकलाका सामग्री, घरजग्गा कारोबार, ट्राभललगायत व्यवसाय गरेको १३ वर्षदेखि थाइल्यान्डमा व्यवसाय गरी हाल नेपालमा समेत व्यवसाय थाल्नुभएका चितवनका प्रकाश सुवेदीले बताउनुभयो । च्याङ्वाई सहरसमेत रहेको नर्थ थाइल्यान्डमा मात्रै ३५ नेपालीले आफ्नै व्यवसाय गरेका छन् । फुकेटमा ३० बैंककमा ३० र पत्तायामा पाँचजनाभन्दा बढी आफ्नै व्यवसायमा स्थापित भएको उहाँ बताउनुहुन्छ । थाइल्यान्डमा होटल व्यवसायमा जम्नुभएका व्यवसायीमध्ये सोलुखुम्बुका सुनिल खड्का अर्का सफल व्यवसायी हुनुहुन्छ । पछिल्लो समयमा नेपाली राजनीतिमा सक्रिय हुनुभएका खड्काको थाइल्यान्डमा होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सीलगायतका व्यवसाय छ । खड्कासँगै राजेश केसी, उमेश खत्रीले पत्ताया सिटीको समुद्र किनारमा ‘पत्ताया इन’ नामक रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ । दुई वर्ष छ महिनाभन्दा अघि युरोपका विभिन्न देश हुँदै पत्ताया आइपुग्नुभएका केसीले समूहमा रु एक करोड ५० लाख होटल रेष्टुरेन्टमा लगानी गरेको बताउनुभयो । नर्वेमा साढे चार वर्ष र झन्डै एक वर्ष स्पेनमा आफूले कमाएको रकम थाइल्यान्डको व्यवसायमा लगानी गरेको उहाँले बताउनुभयो । इन्डीयन ओसनको किनारमा मनोरम दृश्य हेर्दै रमाउन पाइने उहाँका होटलले मासिक तीन लाख भाट बचाउने गरेको केसीले सुनाउनुभयो । थाइल्यान्डमा व्यवसाय गर्नका लागि २० लाख भाट बराबरको कम्पनी देखाउनु पर्छ । बर्सेनि भिसा म्याद थप्नुपर्ने व्यवसाय नवीकरण गर्नेलगायतमा एक लाख ५० हजार भाट हाराहारीको रकमसमेत खर्च हुने र प्रक्रिया अगाडि बढाउनसमेत झन्झटिलो रहेको व्यवसायीहरुको भनाइ छ । दश वर्षअघि दाजुले थालेको ट्राभल व्यवसायबाट थाइल्यान्डमा व्यवसाय गर्न थाल्नुभएका सुमन अधिकारीको अहिले बैंककको खाउसाङ रोडमा युरो एसिया नामको होटल छ । सोही स्थानमा भिसा एन्ड वर्क परमिट सर्भिस पनि अधिकारीले सञ्चालन गर्नुभएको छ । ५०० डलर (रु ५० हजारमाथि) नेपालबाट ल्याएर व्यवसाय थाल्नुभएका अधिकारीले अहिले तीनतले दुईवटा घर, गाडी जोड्न सफल हुनुभएको छ भने व्यवसायबाट वार्षिक आम्दानी रु एक करोड नेपाली नघट्ने उहाँले बताउनुभयो । चितवन भरतपुरका ३५ वर्षीय प्रकाश सुवेदी १९ वर्षको उमेरमै थाइल्यान्डमा सङ्घर्ष गरेर अहिले नेपाल र थाइल्यान्डमा व्यवसाय गर्नेमा पर्र्नुहुन्छ । उहाँले थाइल्यान्डको कोसामुईमा लामो समययता कपडाको व्यवसाय गर्दै आउनुभएको छ । सुरुमा भारतीय रेष्टुरेन्ट हुँदै कपडाको पसलमा काम गरेर उहाँले आफैँले व्यवसाय सुरु गर्नुभएको थ���यो । ती सबै चुनौतीको सामना गर्दै यहाँ कमाएको रकमले भरतपुरमा घर जोडेर आफ्नै थाई मार्ट नामको पसलसमेत सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । उहाँको थाइल्यान्डस्थित कोसामईमा कपडाको पसल भाइले हेर्दै आएका छन् भने त्यही व्यवसाय विस्तार र व्यापारका लागि युरोप, अमेरिका र एसियाका विभिन्न गरी २२ देश चहारिसकेको सुवेदीले बताउनुयो । थाइल्यान्डमा वर्क परमिट व्यवसाय सञ्चालनका लागि मात्रै दिइन्छ । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बर्षौंदेखि एकजना शिक्षकले मात्रै पढाउँदै आएका छन् यो विद्यालयमा बैतडी, १० मङ्सिर- आर्थिक अभावमा बैतडीको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन भइरहेको छ । विसं २०५० मा स्थापना भएको रौलेश्वर–८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा एकजनाको दरबन्दी रहेको भए पनि आर्थिक अभावमा निजी स्रोतबाट थप शिक्षक राख्न नसकिएको प्रधानाध्यापक कर्णबहादुर मडैले जानकारी दिनुभयो । विद्यालयसँग आर्थिक स्रोत छैन उहाँले भन्नुभयो “निजीस्रोतबाट राखेको एकजना शिक्षकलाई समेत आर्थिक अभावमा तलब भत्ता ख���वाउन सकिएको छैन ।” कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा शिक्षकको अभाव हुँदा विद्यार्थीको पढाइ कमजोर बन्दै गएको स्थानीय अभिभावक धर्मसिंह मडैले जानकारी दिनुभयो । भौगोलिक हिसाबले पनि विकट क्षेत्रमा रहेको विद्यालयमा दुई जना शिक्षकले पाँचवटा कक्षा सञ्चालन गर्नु परिरहेको र कुनै शिक्षक अनुपस्थित भएमा एक जनाले कक्षा ५ कक्षासम्म अध्यापन गर्नुपर्ने बाध्यता रहिआएको रौलेश्वर पूर्व विद्यार्थी समाजका अध्यक्ष रीजन मडैले बताउनुभयो । शिक्षा ऐन २०२८ को आठौँं संशोधन अनुसार नयाँ ऐन आइसकेको र नियमावली आउन लागेकोले रिक्त दरबन्दी भए दरबन्दी मिलान गर्न सकिने तर थप दरबन्दी भने तत्काल दिन नसकिने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनुभयो । रासस
0 notes
nepal123 · 8 years ago
Text
बलात्कारको आरोपमा एकजना पक्राउ
बलात्कारको आरोपमा एकजना पक्राउ
भोजपुर,  मङ्सिर १०। बलात्कारकोे आरोपमा भोजपुरको दक्षिणी गाविस थिदिङ्खा–२ मा एकजना पक्राउ परेका छन् । मानसिक अवस्थासमेत ठीक नभएकी महिलालाई यही मङ्सिर ५ गते जबर्जस्तीकरणी गरेको आरोपमा जिल्लाको दक्षिणी क्षेत्रको थिदिङ्खा–२ का ४६ वर्षीय चुप्पे भनिने सांगे शेर्पालाई प्रहरीले बिहीबार पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महिलालाई घरमा चटपटे खान जाऊँ भन्दै जबर्जस्ती करणी…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
कक्षा १ मा एकजना विद्यार्थी ! स्कूल अाए पढाइ, नत्र बन्द पाल्पा, ९ मङ्सिर– पाल्पा जिल्ला छहरा–५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ । छहरा–५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन सक्दैन र कक्षाकोठामा शिक्षक–शिक्षिका पनि पढाउन प्रवेश गर्दैनन् । यस प्राविमा कक्षा १ मा प्रमिसा विक नै एकमात्र निर्णायक विद्यार्थी हुन् । यस प्राविमा कक्षा १ देखि ५ सम्म ३१ जना विद्यार्थी नियमित उपस्थित हुन्छन् । “प्रमिसा विद्यालय नआउँदा कहिलेकाहीँ कक्षाकोठा नै शून्य हुन्छ,” शिक्षक पारसमणि पोखरेलले भन्नुभयो– “बिरामी हँुदा र आमासँग माउल जाँदा कक्षा शून्य हुन्छ ।” कक्षा १ मा यस शैक्षिकसत्रमा तीनजना विद्यार्थी भर्ना भएकामा अहिले दुईजना विद्यार्थी अन्यत्र पढ्न गएपछि प्रमिसा विक एक्लै पढ्दै आएकी हुन् । उनले कक्षाकोठामा साथीसँग बसेर पढ्दा रमाइलो लाग्ने अनुभव सुनाउँछिन् । तर कक्षा १ मा एकजना मात्र विद्यार्थी छन्, उनका साथी शिक्षक र शिक्षिका मात्र हुन् । छहरा–५ मा मात्र दुईओटा प्राथमिक विद्यालय सञ्चालनमा रहेका छन् । मङ्गालमा नवज्योति प्राथमिक विद्यालय, अम्लाबासमा सल्लेरी प्राथमिक विद्यालय, नजिकै बोर्डिङ स्कुल र भैरव नवदीप उच्च माविमा विद्यार्थी बाँडिन थालेपछि सामुदायिक विद्यालयका प्रावि तहमा विद्यार्थी सङ्ख्यामा कमी हुँदै गएको हो । विसं २०५५ सालमा कक्षा १ सञ्चालन हुँदा एकसय चारजना विद्यार्थी भर्ना भएकामा अहिले एकजना विद्यार्थी मात्र रहेको शिक्षक पारसमणि पोखरेलले जानकारी दिनुभयो । हामीले मिहेनत गरेर विद्यार्थीलाई पढाउने, विद्यार्थी जेहेन्दार हुन थालेसँगै अभिभावकले अन्यत्र लैजाने गर्दा विद्यार्थी सङ्ख्या घट्न थालेको शिक्षकको दाबी छ । बाल शिक्षामा ६ जना, कक्षा १ मा एक, २ मा चार, ३ मा आठ, ४ मा आठ, ५ मा १० जना विद्यार्थीले सल्लेरी प्राविमा पढ्दै आएका छन् । अधिकांश विपन्न समुदायका छोराछोरीले मात्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने, आर्थिक रुपमा सबल र नेपाल सरकारका जागिरेका छोराछोरीले निजी स्कुलमा पढाउन थालेसँगै सामुदायिक विद्यालय धराशायी हँुदै गएको छ । छहरा स्रोत केन्द्रअन्तर्गत प्राविमा उत्कृष्टमध्येमा पर्ने यो प्राविको साक्षरता दर राम्रो भएको विद्यालयको दाबी छ । विद्यार्थी सङ्ख्या कमी भएपनि समुदायको सहयोगले विद्यालय अन्यत्र गाभिन परेको छैन । विद्यालयमा दुई राहत शिक्षक, एक करार शिक्षक, बालशिक्षिका र एकजना स्वयम्सेवक रहेका छन् । गाउँमा विद्यालय खोल्न नेतृत्व गर्नेले पनि अहिले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी नातिनातिनीलाई पढाउ��दैनन् । निजी स्कुलमा महँगो शुल्क तिरेर पढाउने होडबाजीले सामुदायिक विद्यालय अहिले आकर्षणको केन्द्र बन्न सकेको छैन । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पोखरामा अल्ट्रालाइट दुर्घटनाः चालकको मृत्यु, एकजना गम्भिर घाईते (अपडेट) पोखरा, ८ मंसिर- कास्कीको कास्कीकोटमा आज भएको अल्ट्राइट विमान दुर्घटनामा परी गम्भीर घाईते भएका चालकको मृत्यु भएको छ । ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लवले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज दुर्घटना हुँदा एभिया क्लवमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिम���भको मृत्यु भएको हो । क्यानेडियन महिला जिलेनी भोल्कर घाइते भएकी छिन् । उनको अस्पतालमा उपचार भइरहेको छ । ९ एन–एएलएल कलसाइन भएको ड्रागन विमान दुर्घटनामा परेको हो। ‘ विमान भुईं छाडेर केही माथि पुग्नासाथ सन्तुलन बिग्रेपछि दुर्घटना भएको एभिया क्लवका म्यनेजर रिजन रिजालले बताए । मृतक म्याक्सिमोभले विगत १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका थिए ।
0 notes