#एकजन
Explore tagged Tumblr posts
Text
कोरोना संक्रमित बढ्न थालेपछि वडा कार्यालय बन्द
१ भदौ, कैलाली । वडामा कोरोना संक्रमित बढ्न थालेपछि धनगढी उप-महानगरपालिका वडानम्बर ३ को कार्यालय बन्द गरिएको छ । वडा कार्यसमितिको बैठकले आगामी १० गतेसम्मका लागि वडा कार्यालय बन्द गर्ने निर्णय गरेको वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिए ।
‘अहिले पनि हामीले यस्तो गरेनौँ भने समुदायमा भुसको आगोझैँ कोरोना फैलिन सक्छ,’ उनले भने, ‘समुदायमा कोरोना देखिन थालेको छ, त्यही नियन्त्रण गर्न वडा कार्यालय बन्द गर्ने निर्णय गरेका हौँ ।’
उनले अत्यावश्यक काम बाहेक अन्य कामका लागि नागरिकलाई घर बाहिर नआउन पनि आग्रह गरेका छन् । ‘समुदायमा संक्रमण देखिन थालेको छ,’ उनले भने, ‘अझै लापरबाही गर्यौँ भने अवस्था नसोचेको हुन सक्छ ।’
वडानम्बर ३ का ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । तीमध्ये ३ जना भारतबाट आएका, एकजना तेस्रो मुलुकबाट र एकजन स्थानीय हुन् ।
वडानम्बर ३ मै रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत वडानम्बर २ का एक प्रहरीमा पनि केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोस मुड्भरीले अन्य वडा बन्द गर्ने नगर्ने विषयमा पनि छलफल भइरहेको बताए ।
बैंक बन्द
धनगढीको ग्लोबल आइएमई बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि बैंक बन्द गरिएको छ । कोरोना पुष्टि हुने बित्तिकै सेवाग्राहीलाई बाहिर पठाएर बैंक बन्द गरिएको हो।
कर्मचारीमा संक्रमण देखिएपछि बैंक बन्द गर्ने निर्णय भइसकेको र कति दिन बन्द गर्नेबारे छलफल भइरहेको क्षेत्रीय प्रबन्धक मुकुन्द भट्टले बताए ।
अहिलेसम्म धनगढीमा १४४ जनामा कोराना संक्रमणको पुष्टि भइसकेको छ ।
0 notes
Photo
दुई समूहबीच छुरा हानाहान हुँदा एकको मृत्यु एकजना गम्भीर घाइते इनरुवा, ५ चैत । सुनसरीको धरान उपमहानगरपालिकामा आज दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा धरान १५ का २५ वर्षीय साइला भन्ने भक्त राई रहेका छन् । सोही घटनामा शुक्र राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते भएका राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ भने घाइते शुक्र राईको प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
0 notes
Photo
मेलम्चीले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते, तत्काल पुर्न राज्यमन्त्रीको निर्देशन काठमाडौँ, ४ चैत- काठमाडौँको लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते भएका छन् । आज बिहान चक्रपथबाट रत्नापार्क गइरहेको बा ४७ प ७४३० नं मोटरसाइकल आयोजनाले बनाएको खाल्डोभित्र खस्दा मोटरसाइकल चालक घाइते भएका हुन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । खाल्डोभित्र खसेको मोटरसाइकललाई क्रेन लगाएर बाहिर निकालिएको ट्राफिक जवान हरिकृष्ण सेढाईँले जानकारी दिनुभयो । मेलम्चीको खानेपानी काठमाडौँभित्र ल्याउने बहानामा जथाभावी खाल्डो भएपछि खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले तत्काल सवारी हिड्ने बाटोमा खनिएका खाल्डो पुर्न मेलम्ची खानेपानी आयोजना निर्देशनालय–२ लाई निर्देशन दिनुभएको छ । राज्यमन्त्री खड्काले बाटोमा खनिएको खाल्डो नपुर्दा व्यापक धुलो र हिँड्न गाह्रो भएको जनगुनासो आएको भन्दै यसअघि पनि सम्बन्धित निकायलाई कालोपत्र गर्न निर्देशन दिनुभएको थियो । उहाँले राति मेलम्चीको काम गर्न निर्देशनालयलाई आग्रह समेत गर्नुभएको छ ।
0 notes
Photo
बैतडीमा एक लाख २९ हजार मतदाता, एकजना तेस्रो लिङ्गी पनि बैतडी, २१ फागुन- बैतडीमा एक लाख २९ हजार ६ सय २८ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गराएका छन् । तीमध्ये ६६ हजार दुई सय ४५ महिला, ६३ हजार तीन सय ८२ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । जिल्ला निर्वाचन र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा जिल्लाका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गरेर तस्बिर सहितको मतदाता नामावली सङ्कलन गरिएको गरिएको थियो । आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा सहभागी हुन योग्य मतदाता विवरणलाई अन्तिम रुप दिने तयारी भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फ्ुयालले बताउनुभयो । आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउनेछन् । फागुन ९ गतेदेखि नामावली दर्ता स्थगित भएको छ । यसैबीच, राज्य पुनः संरचना आयोगको प्रतिवेदन सार्वजनिक नहँुदा मतदान ��ेन्द्र र स्थानीय तह अनुसारको मतदाता नामावली विवरण तयार गर्न निर्वाचन आयोगलाई अप्ठ्यारो परेको छ । आयोगले फागुन मसान्तसम्म जिल्लामा रहने मतदान केन्द्रको टुङ्गो लगाएर पठाउन निर्देशन दिए पनि राज्य पुनः संरचना प्रतिवेदन सार्वजनिक नहुँदा काम अघि बढाउन नसकिएको हो ।
0 notes
Photo
जनकपुरमा क्रिकेट खेल्दा छुरा हानाहान हुँदा एकजना घाइते जनकपुर, १४ फागुन- जनकपुरमा छुरा प्रहारबाट एकजना घाईते भएका छन् । जनकपुर उपमहानगरपालिका १६ कपलेश्वरका २० बर्षीय मोहम्मद सलिम नदाफ घाइते भएका हुन् । शनिबार बिहान क्रिकेट खेल्ने क्रममा स्थानीय १८ वर्षका गोपाल ठाकुरसँग विवाद भएपछि ठाकुरले नदाफलाई छुरा प्रहार गरेका थिए । घाइते नदाफको जनकपुर ��ञ्चल अस्पतालमा उपचार भैरहेको छ । छुरा प्रहार गर्ने ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
0 notes
Photo
कतारमा एकजना नेपालीको मृत्यु माघ – १५ । रोजगारीको सिलसिलामा कतार गएका एकजना रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी-६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो । शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको र आज बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारले जानकारी दिएको छ । दुई वर्ष पहिले बुबाको मृत्यु भएपछि र आमाले अर्कैसँग विवाह गरेपछि आर्थिक चपेटामा परेका बुढा गत असारमा रोजगारीका लागि कतार गएका ��िए । The post कतारमा एकजना नेपालीको मृत्यु appeared first on नेपाल आ��.
0 notes
Text
बलात्कारको आरोपमा एकजना पक्राउ
बलात्कारको आरोपमा एकजना पक्राउ
भोजपुर, मङ्सिर १०। बलात्कारकोे आरोपमा भोजपुरको दक्षिणी गाविस थिदिङ्खा–२ मा एकजना पक्राउ परेका छन् । मानसिक अवस्थासमेत ठीक नभएकी महिलालाई यही मङ्सिर ५ गते जबर्जस्तीकरणी गरेको आरोपमा जिल्लाको दक्षिणी क्षेत्रको थिदिङ्खा–२ का ४६ वर्षीय चुप्पे भनिने सांगे शेर्पालाई प्रहरीले बिहीबार पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महिलालाई घरमा चटपटे खान जाऊँ भन्दै जबर्जस्ती करणी…
View On WordPress
0 notes
Text
म्याग्दीमा लुटेराको गोली प्रहारबाट एकजना घाइते
म्याग्दीमा लुटेराको गोली प्रहारबाट एकजना घाइते
रौतहटमा वन रक्षक र वन तस्करबीच गोली हानाहान
(more…)
View On WordPress
0 notes
Text
६० वर्षे झाँक्रीलाई गोली हानेको आशंकामा एकजना पक्राउ
२१ मंसिर, मोरङ । मोरङको सिसवनी जहदा–५ बजरङ्गबली चौकका ६० वर्षीय रामप्रसाद मण्डलमाथि गोली हानेको आशङ्कामा एकजनालाई प्रहरीले आज पक्राउ गरेको छ । (more…)
View On WordPress
0 notes