#पहचम
Explore tagged Tumblr posts
Photo
राष्ट्रहितमा नभएको भन्दै टर्कीद्वारा विकिपिडियाको पहुँचमा प्रतिबन्ध १७ वैशाख, एजेन्सी । टर्कीले विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेदेखि प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाले शनिबार जनाएको छ । टर्कीले राष्ट्रिय सुरक्षा एवम् राज्य विरोधी गतिविधिमा प्रयोग भएको कुनै पनि वेबसाइटमाथि प्रतिबन्ध लगाउन सकिने कानुनी प्रावधान भएअनुसार विकिपिडिया टर्कीको हितमा नभएको भन्दै विकिपिडिया अनलाइन विश्वकोषमाथि प्रतिबन्ध लगाइएको हो । टर्कीको यस निर्णय यहाँका मानवअधिकारकर्मी तथा पश्चिमी गठबन्धनका लागि विशेष चासोको विषय हुन सक्ने विकिपिडियामाथिको प्रतिबन्धपछि विज्ञहरु बताउँछन् । यहाँका मानवअधिकारवादी सङ्गठन तथा टर्कीको पश्चिमा गठबन्धन राष्ट्रहरुले सन् २०१६ को जुन १५ मा भएको असफल राज्य विद्रोहपछि टर्की प्रशासनले नागरिकको वैयक्तिक स्वतन्त्रता तथा अन्य आधारभूत मानवअधिकारसम्बन्धी प्रावधानमा धेरै कटौती गरेको जनाएँदै आएका छन् । प्राविधिक मूल्याङ्कन र कानुनी विवेचनापछि विकिपिडियाको अनलाइन सेवाविरुद्ध प्रशासनले पछिल्लो कदम लिएको विटिके दूरसञ्चार प्रदायक संस्थाले आफ���नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा जनाएको छ । विकिपिडियाविरुद्ध ��गाइएको प्रतिबन्ध कार्यान्वयनमा लान टर्कीको कानुनअनुसार विटिकेले निर्णय २४ घन्टाभित्र अदालतमा पेस गर्नेछ । अदालतले निर्णय उपयुक्त छ वा छैन भनी दुई दिनभित्र दिनेछ । यदि अदालतबाट राष्ट्रिय हित विपरीत प्रयोग भएको भनी राय आएमा विकिपिडियाविरुद्ध लगाइएको प्रतिबन्ध कार्यान्वयन हुनेछ । The post राष्ट्रहितमा नभएको भन्दै टर्कीद्वारा विकिपिडियाको पहुँचमा प्रतिबन्ध appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
रोल्पाका ५० प्रतिशत जनता टेलिफोन पहुँचमा, अहिलेसम्म २५० लाइन मात्रै ल्याण्डलाईन वितरण रोल्पा, १९ पुस- रोल्पाका झन्डै ५० प्रतिशत जनता मात्रै टेलिफोनको पहुँचमा रहेको नेपाल टेलिकम, रोल्पाले बताएको छ । जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते र स्काइका साथै निजी सेवा प्रदायकद्वारा वितरण गरिएका एनसेल तथा हेलोले समेत सेवा दिइरहेका छन् । जिल्ला सदरमुकाम लिवाङ र सुलिचौर बजारमा गरी २५० थान ल्यान्डलाइन जडान गरिएको नेपाल टेलिकम रोल्पाका कार्यालय प्रमुख कैलाश आचार्यले बताउनुभयो । भौगोलिक दुर्गमताका कारण जिल्लाका सबै ठाउँमा समान पहँुच नभएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । पहुुँच नभएका स्थानमा थप पहुँच विस्तार गर्ने भन्दै जिल्लाका भावाङ, जेल्वाङ र मसिनालगायतका स्थानमा टावर विस्तार गरिन लागेको नेपाल टेलिकम रोल्पाले बताएको छ । साथै, जिल्लाका अन्य गाविसमा समेत पहुँच विस्तारका लागि सर्भेको काम सकिएको र निर्माण कार्य अगाडि बढाउन लागेको बताइएको छ ।
0 notes