#परतवदधत
Explore tagged Tumblr posts
Photo
बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने राजनीतिक प्रतिवद्धता काठमाडौँ, ६ वैशाख । प्रमुख राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने र निर्वाचन घोषणापत्रमा बाल संरक्षणका विषय समावेश गर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षण पैरवी अभियानले आज यहाँ आयोजना गरेको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षणका लागि राजनीतिक संवाद विषयक कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलका नेताहरुले बालबालिकालाई निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन । अभियानका तर्फबाट कृष्ण सुवेदी र युवराज घिमिरेले नेतालाई १९ बुँदे सुझावपत्र हस्तान्तरण गर्नुभएको थियो । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने भन्दै पार्टीले बालअधिकारको संरक्षण र अधिकारका कुरालाई स्थानीय सरकारमा प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले स्थानीय तहले नै बालबालिकाको अधिकारलाई सुनिश्चित बनाउने बताउँदै बालबालिकाको विकासमा सहयोग पु¥याउने कुरा घोषणापत्रमा राख्ने धारणा राख्नुभयो । नेपाली काँग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले पार्टीले १६ वर्षमुनिकालाई स��स्य नबनाउने भन्दै त्यसपछि मात्र प्रयोग गर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी बालबालिकाका अधिकारप्रति गम्भीर भएकाले निर्वाचनमा बालबालिकाका मुद्दालाई प्रथामिकतामा राख्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले विगतमा पार्टीले बालबालिका निर्वाचनमा प्रयोग गरे पनि अबदेखिको निर्वाचनमा पार्टीले बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपा (माले) का महासचिव सिपी मैनालीले बाल संरक्षणका लागि अब बन्ने स्थानीय सरकारले सही अर्थमा काम गर्नसक्ने बताउनुभयो । राप्रपा प्रवक्ता रोशन कार्कीले सबै पार्टीले निर्वाचनमा बालबालिकाको प्रयोग निषेध गर्नुपर्ने भन्दै आफ्नो पार्टीले पनि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । The post बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने राजनीतिक प्रतिवद्धता appeared first on Etajakhabar.
0 notes
Photo
स्वस्थ मार्गमा हिँड्ने प्रधानमन्त्रीको प्रतिवद्धता १ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले स्वस्थ्य मार्गमा हिँड्ने प्रतिवद्धता जनाएका छन् । स्वाथ्य मन्त्रालयको आयोजनामा नयाँ वर्षका दिन राजधानीमा आयोजना गरिएको पदयात्रामा सहभागी भएर प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता
0 notes
Photo
आइएसविरुद्ध अन्त्य सम्म लडिरहने इराकी प्रधानमन्त्रीको प्रतिवद्धता बग्दाद, २६ फागुन- इराकका प्रधानमन्त्री हैदर अल अबादीले इराकले इस्लामिक स्टेट (आईएस) विरुद्ध लगातार लडेर इराकी सहरहरु सुरक्षित राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । “मैले अरु देशहरुको सार्वभौमसत्ताको सम्मान गर्दछु र मलाई छिमेकी देशहरुमा भईरहेको आइएसविरुद्धको कारबाहीमा कुनै संकोच छैन । हामीहरु उनीहरु विरुद्ध लगातार लड्ने छौ,” उहाँले बुधबार भन्नुभयो । इराकको उत्तरी अर्धस्वायत्त क्षेत्र सुलेमानियामा उहाँले इराक र इराकी जनताको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले छिमेकी देशहरुसँग सहकार्य गर्न आफूले चाहेको पनि बताउनु भयो । गत फेब्रुअरी २४ तारिखमा बग्दादमा मानवीय क्षति हुने गरी ठूलो आक्रमण भएपछि अबादीले आइएस लडाकूका विरुद्धमा हवाई आक्रमण तिव्र पार्ने घोषणा गर्नु भएको थियो । अबादीले आश्चर्यजनक तरिकाले गत मङ्गलबार कुर्दिसहरुको क्षेत्रमा भ्रमण गर्नुभएको थियो । त्यहा उहाँले सुरक्षा निकायका उच्चपदाधिकारीहरुलाई भेट्नु भएको थियो । त्यसपछि उहाँले आइएस लडाकूविरुद्ध अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाएर आक्रमणलाई थप तिव्र पार्ने अठोट गर्नुभएको हो ।
1 note
·
View note
Photo
स्ववियु निर्वाचनमा विद्यार्थीको सातबुँदे प्रतिवद्धता भद्रपुर, १५ फागुन- स्ववियुको यही फागुन १८ गते हुने निर्वाचनलाई द्वन्द्वरहित ढङ्गले सम्पन्न गर्न विद्यार्थी सङ्गठनका नेताहरुले सातबुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूहको सचिवालयको संयोजनमा बिर्तामोडमा भएको छलफलमा विद्यार्थी सङ्गठनका नेताहरुले स्ववियु निर्वाचन शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले स्ववियु निर्वाचनमा आचारसंहिता पूर्ण पालना गर्ने/गराउने तथा निर्वाचनका सन्दर्भमा गरिने प्रचारप्रसार तडकभडकरहित, कम खर्चिलो र स्वस्थ बनाउन समेत सहमति जनाएका छन् । एकले अर्को सङ्गठन तथा अर्को सङ्गठनका विद्यार्थी नेता, कार्यकर्ताको सम्मान तथा सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले क्याम्पसका शिक्षक, प्रिन्सिपल र निर्वाचन समितिलाई निष्पक्ष र पारदर्शी व्यवहार गर्न आग्रह गरेका छन् । स्थानीय शान्ति समिति झापाका संयोजक जयबहादुर श्रेष्ठ र संवाद समूह सचिवालयका संयोजक दीपेन्द्र भट्टराईले सहजीकरण गरेको छलफलमा नेविसङ्घका केन्द्रीय सदस्य सन्तोष उप्रेती र झापाका उपसभापति राजेन्द्र उप्रेती, अनेरास्ववियुका झापा अध्यक्ष रोशन सुवेदी र पूर्वअध्यक्ष नवीन ढुङ्गाना, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य अनिल सुवेदी र खगेन्द्र सुवेदी, राष्ट्रिय प्रजातान्त्र��क विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य राजु अधिकारी तथा सङ्घीय विद्यार्थी युनियनका केन्द्रीय सदस्य ज्वाला इम्बुङले स्ववियु निर्वाचनका बारेमा आफ्ना धारणासहित प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
0 notes
Photo
जलविद्युत्मा हालसम्म दुई अर्ब ४३ करोड बढीको लगानी प्रतिवद्धता काठमाडौँ, ८ माघ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा हालसम्म रु दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार ९४३ ��राबरको प्रतिवद्धता प्राप्त भएको छ । ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार दैनिकजसो नै लगानी प्रतिवद्धता गर्नेको सङ्ख्या बढ्दै गएको छ । संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा लगानी प्रतिवद्धता गर्नेहरु क्रमशः बढ्दै गएका छन् । आन्तरिक रुपमा जलविद्युत् आयोजनामा कति लगानी जुट्छ भन्ने पत्ता लगाउन मन्त्रालयले गत महिनाबाट नागरिकलाई प्रतिवद्धता जनाउन आग्रह गरेको थियो । हालसम्म २४ हजार २४९ जनाले लगानी प्रतिवद्धता जनाएका छन् भने संस्थागत रुपमा २७ वटा संस्थाले लगानी प्रतिवद्धता जनाएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संस्थागत रुपमा रु आठ करोड ६१ लाख ७५ हजार लगानीे प्रतिवद्धता आएको छ । रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा भारतबाट थप विद्युत् आयात गर्नका लागि महत्वपूर्ण मानिएको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यसै महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ भने हाल आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत रहेको सो आयोजनाले जनाएको छ । वीरगन्ज औद्योगिक कोरिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन निर्माण गरिएको रक्सौल परवानीपुर प्रसारणलाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले राससलाई बताउनुभयो । विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण निर्माण सम्पन्न भएपछि भारतबाट थप ५० मेगावाट विद्युत् आयात गरिने छ । यसले वीरगन्ज औंद्योगिक कोरिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना नेपाल विद्युत् प्राधिकरणको छ । आयोजनाको सबैभन्दा विवादित बनेको चारवटा टावरको फाउण्डेसन निर्माण सम्पन्न भएको छ । कुल आठ दशमलव पाँच किलोमिटर क्षेत्रमा तार तान्न बाँकी रहेको छ । भारतीय ठेकेदार मोहना इनर्जीले दैनिक दुई सत्रमा काम गरेर भए पनि यसै महिनाको अन्त्यसम्ममा प्रसारण लाइन निर्माणको काम सम्पन्न गर्ने जानकारी आफूलाई दिएको आयोजना प्रमुख मुखियाले बताउनुभयो । परवानीपुर क्षेत्रमा केही स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गर्दा आयोजना केही समय ढिला हुन पुगेको हो । गृह मन्त्रालयले शान्तिसुरक्षा प्रदान गरेपछि अहिले आयोजनाले गति लिएका छन् । गत पुस २० गते ऊर्जा मन्त्री जर्नादन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गरी तोकिएको समय भन्दा पहिल्यै आयोजना सम्पन्न गर्न निर्देशनसमेत दिइसक्नुभएको छ । आयोजनालाई छिटो सम्पन्न गराउन वीरगन्जका उद्योगी व्यवसायीले पनि सक्दो सहयोग गरेका छन् । वीरगन्ज उद्योग वाािणज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आफू��रुले आयोजना निर्माणका लागि सहजीकरण गरिरहेको र आइपर्ने समस्या समाधान लागि उद्योगीव्यावसायी लागिपरेको बताउनुभयो । कुशाहा– कटैया निर्माण सम्पन्न हुँदै यस्तै अर्को महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइन कुशाहा– कटैयाको काम भने लगभग सम्पन्न भइसकेको छ । करिब तीन किलोमिटर क्षेत्रमा प्रसारण लाइन स्तारोन्नति मात्रै गर्न बाँकी रहेको र सो कार्य चार दिनभित्र सकिने सो आयोजनाका प्रमुखसमेत रहनुभएका मुखियाले भन्नुभयो । ‘‘ रक्सौल–परवानीपुर प्रसारण लाइन भन्दा केही दिन पहिले कुशाहा– कटैया प्रसारण लाइन निर्माण सम्पन्न हुन्छ । त्यसले नेपालको ऊर्जा आयातमा अर्को महत्वपूर्ण ढोका खोल्नेछ ’’ आयोजना प्रमुख मुखियाले भन्नुभयो । सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखिएको छ । आयोजनाको काम भारतीय ठेकेदार कम्पनी मोहना इनर्जीले नै गरिरहेका छन् । ऊर्जा मन्त्रालयले विशेष चाँसो दिएका कारण आयोजनाले गति लिएको र मुलुकको ऊर्जा सङ्कट समाधानका लागि सहयोगी हुने विश्वास लिएको छ । हाल १३२ केभी क्षमताको प्रसारणलाइन कुशाहा– कटैयाबाट एक सय मेगावाट विद्युत् आयात भइरहेका छन् । यस्तै भारतबाट हाल ३४० मेगावाट विद्युत् आयात भइरहेको छ । यही माघ १७ गतेबाट थप ४० मेगावाट विद्युत् थप आयात हुने छ ।
0 notes
Photo
विकासका लागि यि सांसदले जनाए यस्तो प्रतिवद्धता कञ्चनपुर, २९ पुस । कञ्चनपुरको बेलडाँडी नगरपालिकाको दोस्रो नगर परिषद् बिहीबार उद्घाटन गर्नुहँुदै व्यवस्थापिका–संसद्का सांसद दिवान सिंह बिष्टले विकासका कार्यक्रम सञ्चालन गर्नका लागि आफू कटिबद्ध रहेको बताउनुभएको छ । विकास कार्यका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर समान तरिकाले कार्य गरेको उहाँले बताउनुभयो । “जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हुलाकी राजमार्ग, शुक्लाफाँटा आरक्षको स्तरोन्नति गरी निकुञ्जमा परिणत गर्ने कार्य मेरै पहलमा भएको छ”, उहाँले भन्नुभयो । नगरपालिकाका कार्यकारी अधिकृत गणेश दत्त भट्टले आव २०७४÷७५ को रु नौ करोड १४ लाखको बजेट परिषद्समक्ष प्रस्ताव गर्नुभएको छ । सडक ग्राभेल, तटबन्ध निर्माण, जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति, स्वास्थ्य चौकीको भौतिक संरचना निर्माण, पुलपुलेसा, कल्भर्ट निर्माण, तालतलैया संरक्षण र दलित जनजाति, महिला अपाङ्ग, बालबालिकाको सशक्तीकरणका लागि बजेटमा प्रस्ताव गरिएको छ ।
0 notes
Photo
बाग्लुङका सरकारी कार्यालयले सूचनाको हकको प्रभावकारी प्रचलनका लागि सातबुँदे प्रतिवद्धता बाग्लुङ, २६ पुस- जिल्लाका सरकारी कार्यालयले सूचनाको हकको प्रभावकारी प्रचलनका लागि सोमबार सातबुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको उपस्थितिमा कार्यालय प्रमुखले प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्लास्थित सबै सरकारी कार्यालय र केही अन्य सार्वजनिक निकायका प्रमुख/प्रतिनिधिद्वारा हस्ताक्षरित प्रतिबद्धतापत्रमा सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख छ । सूचनाको हकको सम्मान र संरक्षण गर्ने, प्रत्येक तीन तीन महिनामा सूचना सार्वजनिक गर्ने, सूचना अधिकारी तोकी निजको एकीकृत विवरण कार्यालयमा राख्ने, कानुनले निर्धारित गरेको समय सीमाभित्रै सूचना मागकर्तालाई सूचना उपलब्ध गराउने आदि बूँदा प्रतिबद्धतापत्रमा उल्लेख छ । प्रजिअ भागीरथ पाण्डेयले सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अनुगमन गरिने बताउनुभयो । यहाँ भएको सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकले लोकतन्त्र मजबुत हुने उल्लेख गर्नुभयो ।
0 notes
Text
लोडसेडिङ अन्त्य गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता हावादारी गफः गगन
५ मंसिर, काठमाडौं । संसद्को कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता हावादारी गफ भएको बताएका छन् । (more…)
View On WordPress
0 notes