#जलवदयतम
Explore tagged Tumblr posts
Photo
जलविद्युत्मा उल्लेख्य लगानी गर्न आग्रह काठमाडौँ, २७ चैत । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुक अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि विद्युत्भार कटौती गर्न नसक्ने स्पष्ट पार्नुभएको छ । नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ(एनआरएन)ले मलेसियामा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा मलेसिया र एनआरएनको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्युत्भार कटौती अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा उल्लखनीय परिवर्तन भएको, आर्थिक वृद्धि दर २५ वर्षपछि सबैभन्दा धेरै हुन लागेको तथा नागरिकमा उत्साहको सञ्चार भएकाले ऊर्जा क्षेत्रमा थप लगानीका लागि आग्रह गर्नुभयो । सरकारले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा अगाडि सारेर योजनाबद्ध रुपमा जलविद्युत् क्षेत्रको विकासमा लागेको बताउँदै विदेशी भूमिमा सिकेको सीप र क्षमताको उचित सदुपयोग गरी राष्ट्र निर्माणको महाअभियानमा लाग्न आग्रह गर्नुभयो । मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्नेतले मलेसियाको सीप र प्रविधिलाई अनुसरण गरेर नेपालको विकास र आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सकिने धारणा राख्नुभयो । कार्यक्रममा मलेसियामा कार्यरत नेपाली श्रमिक तथा उद्योगी तथा व्यवसायीलाई ‘नेपालको पानी जनताको लगानी’ अवधारणामा सहभागी भएर जलविद्युत्मा लगानी गर्न आग्रह गरिएको थियो । The post जलविद्युत्मा उल्लेख्य लगानी गर्न आग्रह appeared first on Etajakhabar.
0 notes
Photo
जलविद्युत्मा दुई अर्ब साठी करोड प्रतिबद्धता काठमाडौँ, ११ माघ– ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ६० करोड बराबरको प्रतिबद्धता व्यक्त भएको छ । ऊर्जा मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी व्यक्तिगत रुपमा प्रतिबद्धता रकम प्राप्त भएको छ । स्वदेश तथा वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएको ऊर्जामन्त्री जनार्दन शर्माको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका अनुसार २५ हजार २०१ जनाले रु दुई अर्ब ६० करोड कुल प्रतिबद्धता जनाएका छन् । संस्थागत रुपमा लगानी प्रतिबद्धता जनाउनेमा २८ संस्था रहेका छन् ।
0 notes
Photo
जलविद्युत्मा हालसम्म दुई अर्ब ४३ करोड बढीको लगानी प्रतिवद्धता काठमाडौँ, ८ माघ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा हालसम्म रु दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार ९४३ बराबरको प्रतिवद्धता प्राप्त भएको छ । ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार दैनिकजसो नै लगानी प्रतिवद्धता गर्नेको सङ्ख्या बढ्दै गएको छ । संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा लगानी प्रतिवद्धता गर्नेहरु क्रमशः बढ्दै गएका छन् । आन्तरिक रुपमा जलविद्युत् आयोजनामा कति लगानी जुट्छ भन्ने पत्ता लगाउन मन्त्रालयले गत महिनाबाट नागरिकलाई प्रतिवद्धता जनाउन आग्रह गरेको थियो । हालसम्म २४ हजार २४९ जनाले लगानी प्रतिवद्धता जनाएका छन् भने संस्थागत रुपमा २७ वटा संस्थाले लगानी प्रतिवद्धता जनाएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संस्थागत रुपमा रु आठ करोड ६१ लाख ७५ हजार लगानीे प्रतिवद्धता आएको छ । रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा भारतबाट थप विद्युत् आयात गर्नका लागि महत्वपूर्ण मानिएको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यसै महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ भने हाल आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत रहेको सो आयोजनाले जनाएको छ । वीरगन्ज औद्योगिक कोरिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन निर्माण गरिएको रक्सौल परवानीपुर प्रसारणलाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले राससलाई बताउनुभयो । विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण निर्माण सम्पन्न भएपछि भारतबाट थप ५० मेगावाट विद्युत् आयात गरिने छ । यसले वीरगन्ज औंद्योगिक कोरिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना नेपाल विद्युत् प्राधिकरणको छ । आयोजनाको सबैभन्दा विवादित बनेको चारवटा टावरको फाउण्डेसन निर्माण सम्पन्न भएको छ । कुल आठ दशमलव पाँच किलोमिटर क्षेत्रमा तार तान्न बाँकी रहेको छ । भारतीय ठेकेदार मोहना इनर्जीले दैनिक दुई सत्रमा काम गरेर भए पनि यसै महिनाको अन्त्यसम्ममा प्रसारण लाइन निर्माणको काम सम्पन्न गर्ने जानकारी आफूलाई दिएको आयोजना प्रमुख मुखियाले बताउनुभयो । परवानीपुर क्षेत्रमा केही स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गर्दा आयोजना केही समय ढिला हुन पुगेको हो । गृह मन्त्रालयले शान्तिसुरक्षा प्रदान गरेपछि अहिले आयोजनाले गति लिएका छन् । गत ��ुस २० गते ऊर्जा मन्त्री जर्नादन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गरी तोकिएको समय भन्दा पहिल्यै आयोजना सम्पन्न गर्न निर्देशनसमेत दिइसक्नुभएको छ । आयोजनालाई छिटो सम्पन्न गराउन वीरगन्जका उद्योगी व्यवसायीले पनि सक्दो सहयोग गरेका छन् । वीरगन्ज उद्योग वाािणज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आफूहरुले आयोजना निर्माणका लागि सहजीकरण गरिरहेको र आइपर्ने समस्या समाधान लागि उद्योगीव्यावसायी लागिपरेको बताउनुभयो । कुशाहा– कटैया निर्माण सम्पन्न हुँदै यस्तै अर्को महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइन कुशाहा– कटैयाको काम भने लगभग सम्पन्न भइसकेको छ । करिब तीन किलोमिटर क्षेत्रमा प्रसारण लाइन स्तारोन्नति मात्रै गर्न बाँकी रहेको र सो कार्य चार दिनभित्र सकिने सो आयोजनाका प्रमुखसमेत रहनुभएका मुखियाले भन्नुभयो । ‘‘ रक्सौल–परवानीपुर प्रसारण लाइन भन्दा केही दिन पहिले कुशाहा– कटैया प्रसारण लाइन निर्माण सम्पन्न हुन्छ । त्यसले नेपालको ऊर्जा आयातमा अर्को महत्वपूर्ण ढोका खोल्नेछ ’’ आयोजना प्रमुख मुखियाले भन्नुभयो । सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखिएको छ । आयोजनाको काम भारतीय ठेकेदार कम्पनी मोहना इनर्जीले नै गरिरहेका छन् । ऊर्जा मन्त्रालयले विशेष चाँसो दिएका कारण आयोजनाले गति लिएको र मुलुकको ऊर्जा सङ्कट समाधानका लागि सहयोगी हुने विश्वास लिएको छ । हाल १३२ केभी क्षमताको प्रसारणलाइन कुशाहा– कटैयाबाट एक सय मेगावाट विद्युत् आयात भइरहेका छन् । यस्तै भारतबाट हाल ३४० मेगावाट विद्युत् आयात भइरहेको छ । यही माघ १७ गतेबाट थप ४० मेगावाट विद्युत् थप आयात हुने छ ।
0 notes
Photo
अब सरकारसँग मिलेर वेवसाईटमार्फत् घरबाटै जलविद्युत्मा लगानी गर्न सकिने, यसरी हुँदैछ काम काठमाडौँ, २५ पुस- मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, अब तपार्इंलाई लाइनमा बस्ने झन्झट हुने छैन । लगानीकर्ताले सहज रुपमा नै घरमा बसेर नै आफूले के कति रकम जलविद्युत्मा लगानी गर्ने हो सोको प्रतिबद्धता व्यक्त गर्न सक्नुहुनेछ । तपार्इंले लगानी गर्न चाहेको रकम विभिन्न जलविद्युत् आयोजनामा सरकारले लगानी गर्नेछ । कति वर्षमा कति प्रतिफल आउँछ सोको जानकारीसमेत सरकारले तपार्इंलाई दिनेछ । नागरिकले सहज रुपमा जलविद्युत् क्षेत्रमा लगानी जुटाउने लक्ष्यका साथ ऊर्जा मन्त्रालयले वेबसाइट तयार पारेको छ । वेब पोर्टलमा moenonline.moen.gov.np वेबमा आफ्नो व्यक्तिगत विवरण, सम्पर्क नम्बर, इच्छाएको व्यक्ति आदिको सम्पूर्ण विवरण भर्नुपर्नेछ र आफूले कति रकम लगानी गर्न चाहेको हो, सोकोसमेत किटानी गरेर विवरण राखेपछि सरकारले तपार्इंलाई सम्पर्क गर्नेछ । नागरिकबाट उठाइएको रकम छिट्टै प्रतिफल दिने र चाँडै सम्पन्न हुने आकर्षक परियोजनामा लगानी गरिनेछ । ऊर्जा मन्त्री जनार्दन शर्माले आज ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा सो वेबसाइटको शुभारम्भ गर्नुभयो । मन्त्रालयले सञ्चालनमा ल्याएको वेबसाइटमा आजदेखि नै नागरिकले आफूले लगानी गर्न चाहेको रकमको प्रतिबद्धता भर्न सक्नेछन् । नागरिकबाट उठाइएको रकम जलविद्युत् उत्पादन कम्पनीले अगाडि बढाउने नलसिंहगाड, शारदा, माथिल्लो अरुण, तल्लो अरुणजस्ता महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनामा लगानी गरिनेछ । सामान्य जलविद्युत् आयोजनाले सीमित सङ्ख्यामा सेयर आह्वान गर्दा अर्बौं लगानीको माग हुने गरेको सन्दर्भलाई विचार गरेर सरकारले सहज रुपमा विद्युतीय माध्यमबाट नै सेयर आवेदन गर्न सक्ने व्यवस्था मिलाएको हो । जलविद्युत् लगानी तथा उत्पादन कम्पनीले रु दुई अर्बको सेयर जारी गर्दा रु ४३ अर्बको आवेदन परेको थियो भने अन्य केही साना जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्दा न्यूनतम २०० प्रतिशत बढी सेयर आवेदन हुने गरेको सन्दर्भलाई दृष्टिगत गरी सरकारले पहिलो चरणमा सेयरको प्रतिबद्धता पत्र माग गर्ने वातावरण बनाएको हो । प्रतिबद्धताका आधारमा आवेदनकर्तालाई तोकिएको जलविद्युत् आयोजनाको सेयर प्रदान गरिने मन्त्री शर्माको भनाइ छ । त्यस्तो प्रतिबद्धतापत्र व्यक्तिले व्यक्तिगत रुपमा र संस्था वा संस्थागत निकायले भने संस्थागत रुपमा नै सहभागी हुन पाउने छन् । दक्षिण कोरिया, कतार, साउदी अरब, मलेसियालगायतका मुलुकमा कार्यरत नेपाली कामदारले पनि सहज रुपमा प्रतिबद्धतापत्रमा आफ्नो प्रतिबद्धतासहित दर्ता गर्न सक्नेछन् । यस्तै गैरआवासीय नेपाली नागरिक, विदेशमा कार्यरत नेपाली कूटनीतिक अधिकारी, निजामती कर्मचारी, विभिन्न संस्थामा कार्यरत कर्मचारी सबैले सहज रुपमा जलविद्युत् क्षेत्रमा लगानी गर्न सक्ने ऊर्जा सचिव अनुपकुमार उपाध्यायले जानकारी दिनुभयो । नागरिकको जलविद्युत् क्षेत्रमा लगानी गर्ने बढ्दो चाह र मुलुकको आवश्यकतालाई दृष्टिगत गरी प्रविधिको उपयोग गरेर लगानी जुटाउन लागिएको जानकारी दिँदै ऊर्जा सचिव उपाध्यायले यसखालको प्रणालीले केही आयोजना तत्काल अगाडि बढाउनका लागि आवश्यक पर्ने रकम उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । नागरिकले कति रकम लगानी गर्न चाहेका हुन् सोही आधारमा सेयर प्रमाणपत्रसमेत दिइने भएकाले त्यसले लगानीको सुरक्षा एवम् प्रतिफलको सुनिश्चितता समेत गर्नेछ । रासस/रमेश लम्साल
0 notes
Photo
जलविद्युतमा लगानी गर्न आग्रह गरे ऊर्जामन्त्रीले पर्सा, २३ पुस- ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्यत् क्षेत्रमा निजी लगानी कर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी व्यापारीले यसबाट फाइदा उठाउनुपर्ने बताउनुभएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित व्यापारीसँगको अन्तरक्रियामा उहाँले जलविद्युत्को विकास भएमात्र देशको आर्थिक विकास हुने बताउनुभयो । उहाँले वर्तमान सरकारले नेपालको पानी ��नताको लगानी अभियान अघि सारेकाले नेपालको नदीनालामा निजी क्षेत्रले लगानी गरी ऊर्जा सङ्कटलाई समाप्त पार्नुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले देश सङ्घीयतामा गइसकेकाले अब देशको आर्थिक विकास र समृद्धिका लागि बढी भन्दा बढी जलविद्युत्को उपयोग गर्नुपर्ने धारणा राख्नु भयो । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाको अध्यक्षतामा भएको सो कार्यक्रममा यहाँका व्यापारीहरुले वीरगन्जले खेप्दै आएको ऊर्जा सङ्कटको अन्त्य गर्न माग गरेका थिए ।
0 notes
Photo
जलविद्युत्मा नागरिक लगानीको ढोका खुल्यो, उत्पादन कम्पनी दर्ता काठमाडौँ, ६ मङ्सिर । सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले आइतबार कम्पनी रजिष्टारको कार्यालयमा उक्त कम्पनी दर्ता गरेको हो । कम्पनी दर्ता भएसँगै नेपाली जनतालाई आफ्नो क्षमताअनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानीका लागि मार्ग प्रशस्त भएको छ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले पनि जनतालाई सक्रिय रुपमा जलविद्युत् आयोजनामा लगानी गर्ने अवसर प्रदान गर्न कम्पनी स्थापना गरिएको जानकारी दिनुभयो । निजी क्षेत्रका आयोजनाले सामान्यरुपमा साधारण सेयर खोल्दासमेत अर्बौंको लगानी गर्न तम्सने नेपाली नागरिकलाई कम्पनी स्थापनाले खुसी तुल्याउने र आन्तरिक लगानी जलविद्युत्मा ओइरिने मन्त्रालयको विश्वास छ । “मन्त्रालयले रु ६१ लाख ६० हजार दर्ता शुल्क तिरेर कम्पनी दर्ता ग¥यो, अब ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा सञ्चालक समिति गठन हुन्छ र त्यो समितिले प्रमुख कार्यकारी अधिकृत छनोटलगायतको प्रक्रिया सुरु गर्छ” – सहायक प्रवक्ता पन्थले रासससंगको कुराकानीमा भन्नुभयो । जलविद्युत् उत्पादन कम्पनीमा नेपाली नागरिकले २७ प्रतिशतसम���म लगानी गर्न पाउनेछन् । आयोजना प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत लगानी गर्न पाउने भएका छन् कम्पनीको अधिकृत पुँजी रु २० अर्ब र चुक्ता पुँजी रु दुई अर्ब रहेको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १० प्रतिशत, नागरिक लगानी कोषले पाँच, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले चार, नेपाल टेलिकमले १०, राष्ट्रिय बिमा संस्थानले दुई प्रतिशत सेयरका रुपमा लगानी गर्न पाउने भएका छन् । यस्तै कम्पनीमा ऊर्जा मन्त्रालयको २०, अर्थ मन्त्रालयको पाँच, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको पाँच, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत सेयर रहनेछ । कम्पनीको सञ्चालक समितिमा तत्काल ऊर्जा मन्त्रालयका सचिव, अर्थ, कानुन मन्त्रालय र अन्य संस्थापक सेयर सदस्य रहने निकायका उच्च अधिकारी सम्मिलित अधिकारी रहनेछन् । सो समितिले केही दिनभित्रै प्रमुख कार्यकारी अधिकृत छनोटका लागि सार्वजनिक विज्ञापन गर्नेछ । कम्पनीले बूढीगण्डकी, नौमुरे, नलसिंहगाड, उत्तरगङ्गाजस्ता ठूला र मझौला आयोजना अगाडि बढाउनेछ । त्यसमध्ये बूढीगण्डकी आयोजना निर्माण गर्न सक्ने अवस्थामा पनि आयोजना रहेको छ । कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत भइसकेको छ भने सरकारले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेर मुआब्जा वितरणका लागि आवश्यक तयारीसमेत गरिसकेको छ । नौमुरे अध्ययनमा रहेको आयोजना हो भने नलसिंहगाडको डिपिआरको काम पनि भइरहेको छ । जनतालाई सहज रुपमा जलविद्युत्मा लगानी गराउने लक्ष्यअनुसार नै कम्पनी स्थापना गरिएको र कम्पनीमा टेलिफोन कलमार्फत उठ्ने रकमलाई समेत लगानीका लागि मार्ग प्रशस्त गरिने छ । सरकारले यसअघि ग्रिड कम्पनी स्थापना गरिसकेको छ । सो कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृत छनोटको प्रक्रियासमेत सुरु गरिसकेको छ ।
0 notes