#पइनछ
Explore tagged Tumblr posts
Text
यहाँ पाइन्छ सिंहको मासु : केजीको ३ लाख, जति धेरै किन्यो उती सस्तो
यहाँ पाइन्छ सिंहको मासु : केजीको ३ लाख, जति धेरै किन्यो उती सस्तो
एजेन्सी । सिंहको एक केजी मासुको कति रुपैयाँ पर्ला ? बढीमा २०, ३० हजार ? वा ५० हजार ? यस्तो उत्तर दिनुभयो भने तपाई हामी गलत हुनेछौँ । पाकिस्तानमा १ केजी सिंहको मासुको ३ लाख रुपैयाँमा कारोबार भइरहेको पाइएको छ । हप्तामा ४ दिन मात्रै खुल्ने यो पसलमा जति धेरै मासु किन्यो उती सस्तो पर्ने अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । स्रोतका अनुसार २ किलो मासुको मूल्य ५ लाख र ५ किलोको मूल्य १० लाख रुपैंया…
View On WordPress
0 notes
Photo
नयाँ वर्षसँगै काठमाडौंमा ‘नो हर्न’, कुन अवस्था मात्र बजाउन पाइन्छ ? ३१ चैत, काठमाडौं । नयाँ वर्षसँगै काठमाडौं उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न बजाउन निषेध गरिँदैछ । वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनि�� र निजी
0 notes
Photo
अचम्मैको मेला ! जहाँ अर्काकी श्रीमती ढुक्कले चोर्न पाइन्छ माघ २४ गते- पश्चिमी अफ्रिकामाको आदिवासी समुदायमा एउटा अचम्मको मेला लाग्छ । यसको बारेमा थाहा पाउनुभयो भने तपाईं छक्क पर्नुहुनेछ । त्यहाँको बोदाब्बे आदिवासी समुदायमा पुरुषहरु एक अर्काका श्रीमतीहरु चोरेर बिहे गर्दछन् र यसका लागि मेला नै लाग्ने गरेको छ । पुरुषहरुको पहिलो विवाह घरपरिवारको राजीखुसीले नै हुने भएपनि दोश्रो बिहे गर्नका लागि पुरुषहरुले अर्कैकी श्��ीमतीलाई भगाउनुपर्छ । यो मेलामा श्रीमती चाहिने पुरुषहरु अनुहारमा रंग लगाएर आउँछन् र अर्काकी श्रीमती फकाउँछन् । महिलालाई फकाउन सफल भएपछि पुरुषसित त्यहाँको समुदायले नै खुसीयालीसाथ ती दुईजनाको बिहे गराइदिने चलन छ । – एजेन्सी
0 notes
Photo
विश्वकै अनौठो टापु, जहाँका शर्त पालना गरे निशुल्क बस्न पाइन्छ एजेन्सी । अस्ट्रेलियाको तस्मानिया पार्क अफ वाइल्ड लाइफमा गएर निशुल्क रुपमा रमाइलो पल बिताउन चाहानुहुन्छ ? यदि त्यस्तो हो भने तपाईले ६ महिनासम्म टिभी, इन्टरनेट र फोन चलाउन पाउनु हुन्न । खाना आँफै ब्यस्था गर्नुपर्ने आयोजकले जनाएको छ । त्यहाँ बस्दा तपिाईले आँफुलाई आवश्यक पर्ने खेतीपाती भने गर्न पाउनुहुनेछ । कुनै चलाखी बिना नै दिइएका शर्त पालना गरेको खण्डमा तपाईलो रमाइलोसँग यो अनौठो यात्रा एकान्त टापुमा गर्न पाउनुहुनेछ ।
0 notes
Photo
दश रुपैयाँमा एकमूठा साग पाईंदैन तर दश रूपैयाँमै सर्ट पाइन्छ काठमाडाैंमा काठमाडौँ, २१ मङ्सिर- तपाइँलाई सुन्दा अचम्म लाग्ला, रु १० मा सर्ट बेचेर दैनिक रु एक हजार ५०० आम्दानी हुन्छ भन्दा । तर काठमाडौँको सामाखुशीमा रहेको सुखावती स्टोरले रु १० को सर्ट बेचेर दैनिक एक हजार ५०० आम्दानी गर्ने गरेको छ । जागिरको मोहले हङकङ हुँदै कोरिया छिरेका कास्कीका चीजमान गुरुङले छवर्षे कामपछि स्वदेश फर्केर कोरियन खानाका स्वाद नेपालीलाई चखाउन पोखरामा ह्याङकुक सराङ रेस्टुराँ खोले । काठमाडौँ ठमेलमा त्यसको विस्तार गरे । तर यतिमै उनको मन नेपालमै नरमाएपछि फेरि उनी कोरिया फर्किएर पाँचवर्ष बिताए । साढे दुईवर्ष ब्युटिफूल स्टोरमा काम गरे जहाँ एकचोटी प्रयोग भएका सामान सङ्कलन, छनोट, प्रशोधन, पुनःप्रयोग र त्यसको मूल्य निर्धारण गरी बेचिन्छ । यस्ता स्टोर कोरियामा १०० भन्दा बढी छन् । चीजमानले कोरिया पुगेर ब्युटिफुल स्टोरमा सिकेको त्यो सीप एवम् अनुभवलाई सामाखुशीको टाउन प्लानिङमा अहिले प्रयोगमा ल्याइएको छ सुखवती स्टोर खोलेर । “घर र अफिसमा कुनै सामान किफायती र धेरै समय मर्मत गरी पनि उपयोग गर्नुपर्छ, कुनै सामान आफूलाई पुग्यो भन्ने लागेपछि अरुका लागि मर्मत, सुधार वा प्रशोधन गरेर प्रयोग गर्न दान दिन सकिन्छ,” सुखवती स्टोरका अध्यक्ष चीजमान भन्नुहुन्छ । सुखवतीको सार ‘एकको वेकार अरुको साकार ।’ तपार्इँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ । मायाँ बाडाँै, खुसी बढाऔँ । यही सोचअनुरुप भान्साका सामान, लत्ताकपडा, जुत्ता, गमला, विद्युतीय सामग्री, सिडी, किताब र बच्चाको खेलौनासहितका सामग्री संस्थ���ले दान लिन्छ । “कपडा आफैँ धुन्छौँ, सिउँछौँ र आइरन लगाएर चिटिक्क पार्छौं, अरु सामान मर्मत वा प्रशोधन गरी नयाँ बनाउँछौँ र नचिताएको सस्तो मूल्यमा बेच्छौँ,” उक्त स्टोरमा स्वयम्सेवा गरिरहनुभएकी लक्ष्मीदेवी गुरुङले भन्नुभयो । पति सिङ्गापुरको लाहुरे हुँदा उतै दुई दशक बसेकी गुरुङ जस्तै कमला गुरुङ, केशकुमारी राना, र���्जना तामाङ, कल्पना गुरुङ, ��ङ्गु सुब्बासहितका महिला तथा अन्य गरी १३ जनाले त्यस स्टोरमा स्वयम्सेवा गरिरहेका छन् । सुखवती फाउन्डेसनबाट काम अघि बढाइएको यो अहिले सुखवती स्टोरका नामले अघि बढेको छ । सुरुमा यति धेरै दान आउला भन्ने सोचिएन । अहिले धेरै कपडा आउन थालेपछि मानिसले नभ्याउने भएकाले लुगाधुने मेसिनको आवश्यकता महसुस भएको स्टोरकी सचिव कमला गुरुङ बताउनुहुन्छ । धोएर सिलाइएका टिसर्ट, बेल्ट, जुत्ताको मूल्य मात्र रु १० राखिएको छ । त्योभन्दा अलि राम्रा जिन्स पाइन्ट, सर्ट, टिसर्ट, कुर्ता, केटाकेटीका लुगा २०, ४०, ८०, १०० र २५० रुपैयाँ मूल्य राखिएको छ । “यति सस्तो मूल्यमा पनि कपडा र सामान पाइन्छ भनेर एकथरि विश्वास गर्दैनन्, अर्कोथरि हामीलाई जिस्काएको भनेर भन्छन्, किनकी रु १०/२० मा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ ? भनेर जिस्काउँछन्, कोषाध्यक्ष केशकुमारी राना अनुभव सुनाउनुहुन्छ । सामाखुशी टाउन प्लानिङको बिक्रीकक्षमा पुनःप्रयोगका सामान कसरी नयाँ बनाउने, मूल्य निर्धारण गर्ने र कपडा किन सस्तो प¥यो भनेर सोध्न आउनेको भीड बढ्दै गएको स्टोरकी सदस्य रञ्जना तामाङ बताउनुहुन्छ । कपडा, भान्सा र विद्युतीय सामान छिटो बिक्री हुन्छ । स्टोरले सामान दिने क्रम र बिक्री बढेपछि कलङ्की, जोरपाटी, फुटुङ हुँदै चक्रपथ बाहिर यस्तै कक्ष खोल्ने सोच राखेको अध्यक्ष गुरुङले बताउनुभयो । “सामान किफायती ढङ्गले प्रयोग गर्ने र प्रयोग गरेपछि पुनःप्रयोगमा ल्याउने काम भोलि ठूलो मात्रामा हुन सक्यो भने देशकै स्रोतसाधनको समेत बचत हुन्छ, अरु देशको भर पर्नुपर्दैन,” सदस्य कल्पना गुरुङ भन्नुहुन्छ । डेढ वर्षमा दुई हजार सामान सङ्कलन गरी पुनःप्रयोग योग्यको प्रशोधन गरी विक्री गरिएको छ । राजधानीका मेला महोत्सवमा १९ पटक स्टल राख्दा रु एक लाख २० हजार आर्जन भयो । असार यता रु दुईलाख बढीको बिक्री भएको छ । मेलामा किशोरकिशोरी बढी झुम्मिए पनि मध्यम र कम आयकालाई यसले मद्दत पुग्ने सदस्य राजेन्द्र लामाको भनाइ छ । विनाशकारी भूकम्पपछि संस्थाले भूकम्पपीडितलाई तत्काल खाद्यान्न, कपडा र अत्यावश्यक सामग्री वितरण ग¥यो । कोरियाको ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा संस्थाले रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका १३ गाउँ विकास समितिका झन्डै पाँच हजार ८०० घरपरिवारलाई रु ८० लाख बराबरको आठ हजार सिरक वितरण ग¥यो । ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा संस्थाले नुवाकोट हिलेखर्कमा रु २७ लाखमा गारबेँसी निमाविको भवन पनि ��नाएको छ । काभ्रेको दोलालघाटमा छकोठे विद्यालय भवन र शौचालय तथा सिन्धुपाल्चोकको बतासेमा दुईकोठे नयाँ विद्यालय भवन तथा तीनकोठे विद्यालय भवन मर्मत गरिने पनि सो संस्थाले जनाएको छ । रासस
0 notes
Text
भोलि २६ देखि ४० नम्बरका बाइकको तेल भर्ने पालो, कहाँ-कहाँ पाइन्छ ?
२३ मंसिर, काठमाडौं । नेपाल आयल निगमले भोलि बिहीबार पनि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा निजी मोटरसाइकल र स्कुटरलाई पेट्रोल वितरण गर्दैछ । आयल निगमले झण्डै ५० वटा प���्पबाट २६ देखि ४० नम्बर लटमा दर्ता भएका मोटरसाइकल र स्कुटरलाई तेल वितरण गर्नेछ । (more…)
View On WordPress
0 notes
Text
ग्यास आयो रे, पाइन्छ कि ? (फोटो फिचर)
ग्यास आयो रे, पाइन्छ कि ? (फोटो फिचर)
३० कात्तिक, काठमाडौं । काठमाडौंमा आजभोलि जताततै लाइनै नै लाइन देखिन्छ । पेट्रोल पम्पहरुमा सार्वजनिक सवारी साधानको लाइन छ । निजी सवारी साधनलाई तेल बाँड्ने भन्यो भने त सयौं मिटरसम्म लाइन लाग्छ ।
आइतबार सरकारले दाउरा बेच्न सुरु गर्यो ��� तर, दाउरा किन्नका लागि पनि लामै लाइन लाग्यो । ग्यास आएको खबर पाएपछि सोमबार राजधानीका विभिन्न स्थानमा ग्यासका लागि सर्वसाधारण लाइनमा बसेका छन् ।
भारतीय नाका केही…
View On WordPress
0 notes