#जनमदनम
Explore tagged Tumblr posts
Photo
फेसबुकको १३ औं जन्मदिनमा यसरी बनाउनुस् मज्जाको ‘फेसबुक भिडियो’ काठमाडौं, २० माघ – सामाजिक सञ्जाल फेसबुक १३ बर्ष पुगेर १४ बर्षमा लागेको छ । सन् २००४ फेब्रुअरी ४ तारिखका दिन द फेसबुकका नाममा संस्थापक मार्क जुकरवर्गले यो सामाजीक सञ्जाल सुरु गरेका थिए । अहिले फेसबुक विश्वभर सबैभन्दा बढी प्रयोग गरिने साइट बन्न सफल भएको छ । सन् २००६ को सेप्टेम्बर २६ तारिखका दिनदेखि मात्रै फेसबुकमा १३ वर्षमाथिका सबैका लागि एकाउन्ट खोल्ने सुविधा सुरु भएको हो । सन् २००४ मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वभर फैलाउने उद्देश्यका साथ फेसबुकको निर्माण गरेका थिए । फेसबुकका अहिले डेढ अर्बभन्दा भन्दा बढी प्रयोगकर्ता छन् । आफ्नो बार्षिकोत्सवको अवसरमा फेसबुकले साथीहरुसँग बिताएका पलको भिडियो बनाउन सक्ने सुविधा दिएको छ । आफ्नो टाइमलाइनमा गएर सजिलै यो भिडियो बनाउन र शेयर गर्न सकिन्छ ।
0 notes
Photo
जन्मदिनमा आफैं प्रधानाध्यापक रहेको भूपू विद्यालयका विद्यार्थीलाई खाजा खर्च सहयोग पोखरा, १८ माघ- पोखरा रामबजारस्थित कालिका उच्च माविमा नर्सरी र केजीमा अध्ययनरत विपन्न वर्ग, अनाथ, भुकम्प पीडित ७० जना विद्यार्थीलाई खाजा खुवाउन कालिकाका पुर्व प्रधानाध्यापक, सामाजिक अभियन्ता महेस गुरुङले ५ हजार रुपैया सहयोग गर्नुभएको छ । सोमवार विद्यालय आयोजित एक कार्यक्रममा आफ्नो जन्म दिनको अवसरमा पुर्व प्रधानाध्यापक महेस गुरुङले विद्यालयका प्रावि इञ्चार्ज विजय लक्ष्मी कोइरालालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग प्रदान गर्नुहुदै गुरुङले आफुले १२ वर्ष २०४५ देखि २०५७ सम्म प्रधानाध्यापक भई नेतृत्व गरेको विद्यालयले शिक्षाबाट वञ्चित हुन अवस्थाका बालबालिकाका निम्ती अंग्रेजी माध्यममा नर्सरी र केजी कक्षा सञ्चालन काम गरेको र खाजा अभियान गरी उदाहरणीय कार्य गरेको सुन्दा आफ्नो तर्फबाट थोरै भने पनि सहभागीता जनाउने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उक्त अभियानले गुणस्तरीय शिक्षाका लागि थप फड्को मार्ने भन्नुहुदै खाजा अभियानलाई आफ्नो तर्फबाट सहयोग जुटाउन पहल हुने उद्घोष गर्नुभयो । गत बैशाखदेखि नर्सरी र केजीमा अध्ययनरत ७० जना विद्यार्थीलाई विभिन्न सहयोगदाताको सहयोगमा दैनिक खाजा खुवाउदै आएको र पुर्व प्रधानाध्यापक गुरुङ ५० औं सहयोगदाता हुनुभएको विद्यालयका सहयाक प्रधानाध्याक बासुदेव अधिकारीले बताउनुभयो । खाजा अभियानले विद्यार्थी विद्यालय आउन आकर्षित भएको, विद्यार्थीमा पोषण खाद्य प्राप्ती भएको र विद्यालयसँग आत्मीयता अभिबृद्धि भई शिक्षातर्फ विद्यार्थी आकर्षित भएको उहाँको भनाई थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलराम गिरी, प्रावि इञ्चार्ज, शिक्षक वसन्त सिग्देलले जन्मदिन पर्नुभएको पुर्व प्रधानाध्यापक, सामाजिक अभियन्ता महेस गुरुङ र पत्रकार हुमबहादुर गुरुङलाई खादा र अबिर लगाएर शुभकामना व्यक्त गर्नुहुदै सधै साथ सहयोगको आग्रह गर्नुभयो । नर्सरी र केजीमा अध्ययनरत ७० जना विपन्न वर्ग, अनाथ, भुकम्प पीडित, दलित लगायतका बालबालिकालाई एक दिनको खाजाका लागि करिब १५ सय रुपैया खर्च हुने भन्दै सहयोगका लागि प्रावि इञ्चार्ज विजया लक्ष्मी कोइरालाले आग्रह गर्नुभयो ।
0 notes
Text
जन्मदिनमा शुभकामना नदिँदा निश्चलसँग यसरी बदला लिइन् स्वस्तीमाले
जन्मदिनमा शुभकामना नदिँदा निश्चलसँग यसरी बदला लिइन् स्वस्तीमाले
माघ १५ । निर्देशक निश्चल बस्नेतले पत्नी नायिका स्वस्तीमा खड्काको जन्मदिन बिर्सदा ठूलै गाली खानुपरेको एक अन्तर्वातामा बताएका छन् । त्यसको बदला स्वस्तीमाले निश्चलको जन्मदिनमा लिइन् । केही समयअघि नायिका स्वस्तीमा खड्काको जन्मदिन थियो । स्वस्तीमा र उनका पति निर्देशक निश्चल बस्नेतले वर्षको तीन पटक जन्मदिन मनाउने गरेको निश्चलले एक अन्तवार्तामा खुलाशा गरेको छन् । जन्म तीथी, अंग्रेजी मिती र नेपाली मिती…
View On WordPress
0 notes
Photo
पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक बिदा दिन सांसदहरुको माग काठमाडौँ, २६ पुस – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सांसदबाट माग भएको छ । व्यवस्थापिका–संसद्मा आजको शून्य समयमा भाग लिँदै नेकपा (एमाले)का नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गर्नुभयो । स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विसं १७७९ पुस २७ गते भएको थियो । बैठकमा भाग लिने अरु सांसदले भूकम्पपीडितलाई अनुदान, दू्रतमार्ग निर्माण, सिँचाइ र स्वास्थ्यलगायतका आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रका समस्याप्रति सरकारको ध्यान आकृष्ट गर्नुभएको थियो । बैठकमा तेजुलाल चौधरी, दीपक कार्की, दुलारी हरिजन, धन��हादुर रायमाझी, धन पहरी, ध्यानगोविन्द रञ्जित, नरदेवी पुनमगर, पुरुषोत्तम पौडेललगायतले भाग लिनुभएको थियो ।
0 notes
Photo
विपाशाको जन्मदिनमा सलमानले दिए यस्तो उपहार, जुन देखेर दङ्ग परिन् उनी पुस १३ गते- बलिउड अभिनेता सलमान खानले मंगलबार आफ्नो ५१ औँ जन्मदिन मनाए । उनले जन्मदिनको अवसरमा पानवेल फार्महाउसमा पार्टी पनि दिए । त्यसमा उनले बलिउडका आफूनिकट साथीहरूलाई बो��ाएका थिए नयाँ पत्रिकाले लेखेको छ । त्यो पार्टीमा बलिउडका अधिकांश कलाकार सहभागी भएको भारतीय मिडियाले जनाएका छन् । सलमानको पहिलेदेखिकै बानी के हो भने उनी आफूलाई उपहार दिनेहरूलाई रित्तो हात पठाउँदैनन् । यसपटक यी अभिनेताले अभिनेत्री विपाशा बसुलाई ‘रिटर्न गिफ्ट’ दिए । दिन त उनले अरूलाई पनि उपहार दिए होलान्, तर विपाशाले चाहिँ सलमानको जन्मदिनमा पाएको उपहार भन्दै सामाजिक सञ्जालमा पोस्ट नै गरेकी छिन् । त्यसमा उनले एउटा लकेट लगाएकी छिन् जुन सलमानको ब्रान्ड ‘बिइङ ह्युमन’को भएको भारतीय मिडियाको दाबी छ ।
0 notes
Text
��न्मदिनमा लता मंगेशकरले सम्झिइन् राजा वीरेन्द्रले लेखेको गीत
जन्मदिनमा लता मंगेशकरले सम्झिइन् राजा वीरेन्द्रले लेखेको गीत
भारतकी प्रख्यात गायिका लता मंगेशकर आजबाट ८८ वर्षमा लागेकी छिन् । वयोवृद्ध उमेरमा पनि उनी गायनमा अझै सक्रिय छिन् । शास्त्रीय संगीतमा पनि राम्रो दखल भएकी गायिकाले ८७औं जन्मदिनको अवसरमा लिइएको अन्तर्वार्तामा आफ्नो संगीतयात्राको अनुभव सुनाउँदै नेपाली गीत पनि सम्झिएकी छिन् । भारतीय अनलाइन ‘द क्विन्ट’सँगको अन्तर्वार्तामा उनले ‘माइतीघर’ फिल्मका लागि गाएको गीत आफ्नो करिअरकै अप्ठेरोमध्येको एउटा गीत भनेकी…
View On WordPress
0 notes
Text
जन्मदिनमा मोदीले किन तोडे प्रोटोकल !
जन्मदिनमा मोदीले किन तोडे प्रोटोकल !
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रोटोकल तोडेका छन् । सधैं अघि पछि गाडीको लावालस्कर लगाएर हिँड्ने मोदी आज एउटै कारमा सुटुक्क आमालाई भेट्न पुगेका हुन् । गोलीप्रहार गरी एकको हत्या आफ्नो ६६ औं जन्म दिन मनाउने क्रममा मोदी विहानै गान्धीनगरमा रहेकी आमाले भेट्न पुगेका थिए । तर सडक पनि पुरै ठप्प पारिएको थियो । मोदी कतै निस्कँदा उनका सुरक्षाकर्मी, निजी सचिवालयका कर्मचारी,…
View On WordPress
0 notes