Tumgik
#फसबकक
nepal123 · 7 years
Photo
Tumblr media
यसकारण आफैं नछान्नुस् फेसबुकको प्रोफाइल पिक्चर यदि तपाइँ फेसबुकमा यस्तो प्रोफाइल पिक्चर राख्दै हुनुहुन्छ र उक्त प्रोफाइल पिक्चर निकै प्रभावकारी होस् र अरुहरुमाझ आफुलाई प्रभावशाली रुपमा पेश गरोस् भन्ने चाहनुहुन्छ भने प्रोफाइल पिक्चर छनोट गर्ने
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
फेसबुकका कारण यसरी डुबिन् विमला, आठ महिनामै ४८ लाख स्वाहा ! चितवन, १९ फागुन- पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडित समेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत आठ महिनाको अन्तरालमा रु ४७ लाख २८ हजार ठगिएको बताउनुभयो । उहाँलाई ठगी गर्ने गिरोहका दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ठगी गरेको अभियोगमा कास्कीको ल्वाङ्ग गाविस–४ कि २६ वर्षीया कल्पना पौडेल र उनका श्रीमान २७ वर्षीय इन्द्रप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । अन्य तुलसीपुर, धरान, काठमाडौँ बस्दै पैसा ठगी गर्ने गिरोहको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका व्यक्तिको खातामा न्यौपानेले पहिलो चरणमा रु एक लाख ७६ हजार पठाउनु भएको थियो । फेसबुक चलाउँदै आउनुभएकी न्यौपानेलाई फेसबुककै माध्यमबाट उनीहरुले ठगी गरेका हुन् । साथी बनिसकेपछि नाटकीय ढङ्गले उहाँलाई ठगी गरेको प्रहरीले जनाएको छ । न्यौपानेको श्रीमान व्यवसायी हुनुहुन्छ । त्यहि आधारमा ठगले प्रपन्च रची ठग्न सफल भएको प्रहरीको अनुमान छ । पटकपटक गरी भारत बस्दै आएका एक व्यक्तिले उहाँलाई फेसबुकको चिठ्ठामा १० लाख मिलियन डलर प¥यो भन्दै ठगेको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । थापाका अनुसार न्यौपानेले विभिन्न छ चरणमा गरी उनलाई पैसा पठाउनुभएको थियो । आफूलाई रिर्जव बैंक अफ इन्डियामा काम गर्ने बताउने उनले आफ्नो खातामा पैसा नमागी विभिन्न स्थानमा रहेका व्यक्तिको खातामा पैसा माग्ने गरेको प्रहरीले बताएको छ । पोखरा, तुलसीपुर, धरान, काठमाडौँमा रहेका विभिन्न व्यक्तिको नाममा पैसा पठाउन भन्दै उनले सो रकम ठगी गरेको थापाले बताउनुभयो । ठगी गर्ने व्यक्तिले न्यौपानेलाई नक्कली डेबिट इन्टरनेसनल कार्ड समेत पठाएर रु ५० लाख दिई सकेपछि मात्र काडले काम गर्ने र १० लाख मिलियन डलर पाउने बताएको थापाले बताउनुभयो । काडमा चिप्स नभएको थाहा भएपछि उहाँ ठगिएको थाहा भएको प्रहरीले जनाएको छ । ठगी गर्ने व्यक्तिको नाममा महिलाले पठाएको रकममध्ये रु ३५ लाख पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चालु आवको पछिल्लो तीन महिनामा ७९ वटा लेनदेन तथा चेक वाउन्सका ठाडो उजुरी परेका छन् । जसमध्ये कमै मात्रको लेनदेन टुङ्गिएको छ । अधिकांश यस्ता कारोबार हुने गरेका विदेशमा बसेर आफन्तलाई वा साथी भाइलाई विदेश लैजाने बाहनामा ठगी गर्ने गरेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । यस्ता काममा संलग्नको खोजीलाई तीव्र पारिएको उहाँले बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
५५ सय पाना लामो पत्र किन लेखे फेसबुकका संस्थापक मार्कले ? एजेन्सी । आतंकवादीलाई कतिपय अवस्थामा प्रहरी र उसको अन्तराष्ट्रिय संजाल इन्टर पोलले पनि चिन्नलाई समय लगाउन सक्छ । तर सामाजिक संजालले भने अब आतंकवादीलाई सजिलै चिन्न सक्ने गरी तयार गर्न लागीएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले एक खुल्ला पत्र लेख्दै फेसबुकले एउटा यस्तो सफ्टवेयरको निर्माण गर्न लागेको जनाउ गरेका छन् । पत्रमा उनले फेसबुकमा प्रकाशित भएका सामाग्रीहरुको जाँच गरेर आतंकवाद, हिंसा, दुव्र्यवहार, घृणा आदि जस्ता कुराहरुलाई समाउन सक्ने उल्लेख गरेका छन् । मार्कका अनुसार यस्तो एल्गोरिदम अर्थात् गणितीय प्रोग्राम बनाइँदैछ जसले आत्महत्या रोक्न समेत सहयोग गर्न सक्नेछ । ५५ सय पेजको आफ्नो पत्रमा जुकरबर्गले फेसबुकको भविष्यका बारेमा चर्चा समेत गरेका छन् । अमतंकवादी पहिचान गर्ने फेसबुकको योजनालाई साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने संस्थाहरुले स्वागत गरेका छन् । जुन समाजका लागी पनि निकै उदाहरणीय काम हो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
फेसबुकका मालिकले घरैमा बनाए म:म: १५ पुस, एजेन्सी। जनवरी २८ तारिक अर्थात ‘लुनार न्यु इयर’ अर्थात चिनियाँ नयाँ वर्षको दिन पारेर फेसबुकका स्थापक मार्क जुकरवर्गको घरमा म:म: पाकेको छ। मार्कले फेसबुकमा एक पोसट गर्दै म:म: (डम्प्लिङ) पकाउँदै गरेको तस्बिर सार्वजनिक गरेका हुन।
0 notes
nepal123 · 9 years
Text
जर्मनीमा फेसबुकको कार्यालय तोडफोड
जर्मनीमा फेसबुकको कार्यालय तोडफोड
जर्मनीको ह्यमबर्गमा सामाजिक सञ्जाल फेसबुकको कार्यालय तोडफोड भएको छ।  (more…)
View On WordPress
0 notes