#दखर
Explore tagged Tumblr posts
Photo
‘कुम्भ करण’ गीतः नीशालाइ देखेर गौरवको मन ‘कुटु कुटु’ खाएपछि(भिडियो) प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कुम्भ करण’को लोक लयमा तयार पारिएको एक गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘कुटु कुटु’ बोलको गीतमा समिर आचार्य र सुधा रत्नको स्वर छ
0 notes
Photo
पतिको हट सिनले पत्नीलाई तनाव, दृश्य देखेर अागाे बनिन् आफ्ना पतिले सना खानसँग हट सिन दिएकोमा अभिनेता गुरमित चौधरीकी पत्नी देबिना बनर्जी निकै रुष्ट भएकी छिन् । ‘बजह तुम हो’ नामक फिल्मको ट्रेलरमा गुरमित र सनाको अन्तरंग दृश्य देखेर देबिना आगो भएकी हुन् । फिल्ममा केही ग्ल्यामरस र अन्तरंग दृश्य रहेको थाहा भए पनि देबिनाले गुरमितले त्यति धेरै हट सिन दिए होला भन्ने कल्पना पनि गरेकी थिइनन् रे । त्यसैले ट्रेलर सार्वजनिक भएदेखि नै देबिना तनावग्रस्त रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बजह तुम हो सरमन जोशी, गुरमित र सना प्रमुख भूमिकामा रहेको ‘लो बजेट’ फिल्म हो । अचम्मको ��ुरा त के छ भने गुरमितपत्नी देबिना आफैँ पनि अभिनेत्री हुन् । उनको फिल्म तथा टेलिभिजनमा राम्रै परिचय छ । उनले पतिका हटसिन देखेर त्यत्ति धेरै ‘डिस्टर्ब’ हुनपर्ने कारणचाहिँ देखिँदैन । नयाँ पत्रिकाबाट
0 notes
Photo
नेपालको अवस्था देखेर दिक्क भए क्यानडाका नेपाली ! काठमाडौँ, १२ असोज । क्यानडामा रहेका नेपाली नागरिकले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनीतिक अस्थिरताप्रति चि��्ता व्यक्त गरेका छन् । अस्थिरताका कारण देश विकास र समृद्धिको दिशामा अगाडि बढ्न नसकेको उनीहरुले गुनासो गरेका छन् । नेपाली जनसम्पर्क समिति क्यानडाले मिसीसागामा आयोजना गरेको ‘नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास ः सम्भावना र चुनौती’ विचार गोष्ठीका सहभागी वक्ताले चिन्ता व्यक्त गरेका हुन् । अर्थविद् तथा सरकारका पूर्वमुख्यसचिव डा विमलप्रसाद कोइरालाले सङ्क्रमणकालका कारण मुलुक अगाडि बढ्न नसकेको बताउनुभयो । “सङ्क्रमणकालका कारण राजनीतिक अस्थिरता र विकास अवरुद्ध छ,” उहाँले भन्नुभयो । अहिले अवलम्बन गरिएको समानुपातिक निर्वाचन प्रणालीले आगामी निर्वाचनमा कुनैपनि दलले बहुमत ल्याउने अवस्था नदेखिएकाले गठबन्धन संस्कृतिबाट मुलुक अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ । “मुलुकमा राजनीतिक परिवर्तन भएपनि त्यसको फाइदा केही ठूलाबडाले मात्र लिए, अपनत्व जनताले लिनसक्ने अवस्था नभएका कारण राजनीतिक स्थिरता कायम हुन सकेन्,” कोइरालाले भन्नुभयो । परिवर्तनका नाममा मुलुकलाई विखण्डनतर्फ लैजान नहुने भन्दै कोइरालाले नेताहरुले राजनीतीलाई समाज सेवाभन्दा व्यवसायका रुपमा लिएका कारण स्थायित्व कायम हुन नसकेको उल्लेख गर्नुभयो । “राजनीतिक नेतृत्व मूल भएकाले त्यो सफा नगर्दासम्म कर्मचारीले केही गर्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो । कार्यक्रममा सहभागी सरकारका पूर्वसचिव बाबुराम आचार्यले कुनैपनि मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै त्यसका लागी राजनीतिक नेतृत्वको नै मुख्य भूमिका रहने बताउनुभयो । नेपालमा अहिले सत्तामा जानका लागि खुट्टा तान्ने प्रवृतिका कारण राजनीतिले स्थायित्व कायम गर्न नसकेको उहाँको भनाइ थियो । “अहिले देशको अवस्था देख्दा कि छाडेर हिँड्ने, कि आफूले सकेको गर्ने भन्ने मात्र विकल्प छ,” आचार्यले भन्नुभयो । गैरआवासीय नेपाली संस्थाका अध्यक्ष तुल्सी सापकोटाले क्यानाडामा रहेका नेपालीले विश्वमा नेपाललाई चिनाउने कार्यका लागि सक्दो प्रयास गरिरहेको बताउनुभयो । “विदेशमा रहेका नेपालीले सक्दो प्रयास गरिरहेका भएपनि देशमा स्थायित्व कायम गर्न दलको नै मुख्य भूमिका रहन्छ,” उहाँले भन्नुभयो । गैरआवासीय संस्थाका पूर्वअध्यक्ष अनिल थापाले सरकार, राजनीतिक दलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप र क्षमता कसरी स्वदेशमा भित्रयाउन सकिन्छ भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । समाजसेवी शम्भु धमलाले विकास र समृद्धिका लागि नेपालमा धेरै सम्भावना भएपनि सक्षम नेतृत्वको अभावले देश सँधै गरिबको गरिब नै रहेको बताउनुभयो । सो कार्यक्रममा शरद पौडे��, अन्जनी भट्टराई र डा बामदेव पौडेलले देशको समृद्धि र विकास समेटिएका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समितिका सभापति तुल्सी पौडेलले क्यानडामा रहेका नेपालीले विदेशमा आर्जन गरेको सीप, क्षमता र पूँजी स्वदेशमा लगानी गर्न तयार रहेको तर त्यसका लागि सरकार र सम्बन्धित निकायले वातावारण बनाउनुपर्नेमा जोड दिनुभयो । समितिका महामन्त्री दीपक सापकोटाले विदेशमा रहेका नेपाली सँधै देशको विकासप्रति चिन्तित रहेको बताउनुभयो ।
0 notes