#जखमम
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
विश्व औलो दिवसः सिद्धार्थनगर औलोको उच्च जोखिममा वैशाख १२ । रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर (भैरहवा) औलो रोगको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले गरेको सर्भेक्षणअनुसार सिद्धार्थनगर नगरपालिकाका १३ वडामध्ये वडा नम्बर १ र ३ औलोको उच्च जोखिमयुक्त क्षेत्रमा परेकोे छ । खुला सिमानाका, खाल्डाखुल्टीमा जम्ने पानीलगायतका कारण सिद्धार्थनगर उच्च जोखिममा परेको जनस्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख केहरसिंह गोदारले जानकारी दिए […] The post विश्व औलो दिवसः सिद्धार्थनगर औलोको उच्च जोखिममा appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जोखिममा मात्र संस्थामा आइपुग्छन् क्षयरोगका बिरामी लिबाङ (रोल्पा), १० चैत । रोल्पाका अधिकांश क्षयरोगका बिरामी जटिल अवस्थामा पुगिसकेपछि मात्र स्वास्थ्य संस्थामा चेकजाँचका लागि आउने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदका अनुसार अशिक्षा, गरिबी, चेतना अभाव तथा भौगोलिक विकटताका कारण बिरामी उचित समयमा स्वास्थ्य जाँचका लागि अस्पताल आउन नसकेको बिरामीले बताउने गरेका छन् । सहरी क्षेत्र तथा शिक्षित परिवारका बिरामी भने सामान्य अवस्थामा स्वास्थ्य संस्थामा पुग्ने गरेको उहाँको भनाइ छ । विशेष गरी दुई ह��्ताभन्दा बढी समय खोकी लागेमा, साँझपख ज्वरो आएमा, खकारमा रगत देखिएमा, छाती दुखेमा, खान मन नलाग्ने भएमा वा खानामा रुचि घटेमा तथा तौल घट्दै गएमा तुरुन्त स्वास्थ्य संस्थामा पुग्नु पर्ने भएपनि अधिकांश बिरामी क्षयरोगका कारण निमोनिया भएमा वा फोक्सोमा पानी जमिसकेपछि मात्र चेकजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको उहाँको भनाइ छ । यो रोग निरोगी व्यक्तिलाई पनि सर्न सक्ने भएको हुँदा आफ्नो घरमा वा गाउँघरमा पनि क्षयरोगका बिरामी छन् भने अन्य परिवारका सदस्यले पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने डा साउदको सुझाव छ । यस्तै, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका क्षय कुष्ठ अधिकृत नोखराज पोख्रेलका अनुसार करिब तीनवर्षमा जिल्लाका सरकारी स्वास्थ्य संस्थाबाट ८६५ जना क्षयरोगका बिरामीले उपचार सेवा लिएका छन् । यसअन्तर्गत आव २०७०÷०७१ मा २९४ जना, आव २०७१÷०७२ मा २९५ जना र आव २०७२÷०७३ मा २७६ जना बिरामीले क्षयरोगको उपचार गराएका छन् । यस्तै, आव २०७३÷०७४ को करिब चार महिनामा २०० जना उपचारक्रममा आइसकेका छन् । जाँडरक्सी सेवन गर्ने बिरामीले नियमित औषधि सेवन नगर्दा यो रोगबाट छुटकारा पाउन सकिरहेका छैनन् । उहाँका अनुसार मदिराको कुलतमा लागेका बिरामीले औषधिभन्दा मदिरा सेवनमै बढी जोड गर्ने भएको हुँदा समस्या निम्तिइरहेको छ । विशेषगरी दुई वर्षदेखि ८०÷८५ वर्ष उमेर समूहका मानिस क्षयरोगबाट प्रभावित देखिन्छन् । जिल्लामा क्षयरोगका बिरामीमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी छ । यस्तै, स्वास्थ्यकर्मी कुलबहादुर डाँगीका अनुसार माइको ब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने ब्याक्टेरियाको कारणले क्षयरोग वा टिवी रोग लाग्न सक्छ । क्षयरोग विभिन्न प्रकारका हुन्छन् । विशेषगरी यो रोग श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा देखा पर्छ । त्यसैले यो रोग सर्ने मुख्य माध्यम श्वासप्रश्वास हो भने ब्याक्टेरिया रोगीले खोक्दा खकारसँगै बाहिर निस्कन्छन् । क्षयरोगअन्तर्गत फोक्सोको टिवी, ग्लाइन टिवी, पेटको टिवी, हड्डीको टिवी तथा म��्तिष्कको टिवी हुन सक्ने भएपनि जिल्लामा विशेषगरी फोक्सोको टिवीका कारण बिरामी प्रभावित हुने गरेका छन् । एउटा व्यक्तिले आफूलाई रोग लागेको अवधिभरिमा करिब १० जनासम्म बिरामीलाई यो रोग सार्न सक्ने उहाँको भनाइ छ । त्यसैले, समयमै रोगको निदान गर्नका लागि खकार चेक गरेमा यो रोग समयमै पत्ता लाग्न सक्छ । साथै रोगबाट छुटकारा पाउनका लागि यो रोगलाई बढावा दिने चिजलाई कम गर्नुपर्ने देखिन्छ । वातावरणीय प्रदूषणअन्तर्गत दाउरा बाल्दा, धुवाँधुलोमा बस्दा, चुरोट, बि��डी, तमाखु तथा मदिरा सेवनले यो रोगलाई बढावा दिने भएको हुँदा यी कुराबाट टाढै रहनुपर्ने उहाँको सुझाव छ । पूर्व शिक्षक खोवीलाल सुवेदीका अनुसार सरकारी निकाय सँगसँगै गैरसरकारी सङ्घसंस्था तथा सरोकारवाला तथा मिडियाले व्यापक जनचेतना फैलाउन सकेमात्र जनता रोगका बारेमा जानकार हुन सक्छन् र समयमै उपचारका लागि स्वास्थ्य संस्था पुग्न सक्छन् । त्यसैले, पहिलो कुरा त जनताको चेतनास्तरमा वृद्धि गर्नुपर्ने देखिन्छ । यसका साथै राज्यले क्षयरोग न्यूनीकरणका लागि लगानी बढाउनुपर्ने उहाँको धारणा छ । सुवेदीका अनुसार जिल्ला अस्पतालबाहेक सबै स्वास्थ्य संस्थामा रोग पत्ता लगाउनका लागि खकार जाँच परीक्षण केन्द्र थप्नुपर्ने देखिन्छ । उहाँ भन्नुहुन्छ – भोलि चैत ११ गते क्षयरोग दिवस परेको छ । दिवस मनाउनका लागि सरकारले ठूलो धनराशि खर्च गर्दैछ । तर दिवस दिवसमा मात्र सीमित रहनु हुँदैन । सदरमुकाम वा मोटरगाडी गुड्ने ठाउँमा मात्र नभएर पिछडिएका बस्ती वा लक्षित वर्गसम्म दिवस मनाउने वातावरण मिलाउन सकेमात्र दिवसको वास्तविक अर्थ रहनेछ भन्ने कुरामा दुईमत नहोला । “त्यसैले यस वर्षको क्षयरोग दिवस प्रत्येक जिल्लाका दूरदराजमा पुगेर मनाइनु पर्छ । अचेत जनतालाई सचेत बनाउन सकेमात्र दिवसको सार्थकता झल्कनेछ,” सुवेदीले भन्नुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
गिट्टी, बालुवा निकाल्ने कार्यले बरुवा नदीको पुल जोखिममा उदयपुर, २० माघ- गाईघाटस्थित बरुवा नदीको पुल आसपास क्षेत्रबाट अवैधरुपमा गिट्टी, बालुवा निकाल्दा बरुवा पुल जोखिममा परेको छ । पुल तथा अतिसंवेदनशील स्थान आसापासको क्षेत्रबाट गिट्टी बालुवा तथा ढुङ्गा निकाल्न नपाइने प्रावाधान भएपनि बरुवा नदीको पुलमुनि र यसका आसपासका क्षेत्रबाट हिजोआज दैनिकरुपमा रात्रिको समयमा सयौँको सङ्ख्याका ट्रयाक्टरले अवैधरुपमा गिट्टी, बालुवा उत्खनन गरेर निकाल्ने गरेको स्थानीय केदारप्रसाद रेग्मीको गुनासो छ । पुलको २० मिटर क्षेत्रफल आसपासमा अहिले रात्रिको समयमा गिट्टी तथा बालुवा उत्खनन गरेर निकाल्दा पुलका पिलरमा असर पर्ने अर्का स्थानीय देवीदत्त तिमलसिनाको भनाइ छ । पुलका आसपास ठूलाठूला खाल्डा पर्न थालेकाल पुल भासिन सक्ने अवस्था रहेको पनि उहाँ बताउनुहुन्छ । तीन महिनादेखि संवेदनशील स्थानमा अवैधरुपले गिट्टी तथा बालुवा झिक्ने कार्य भइरहँदा पनि सम्बन्धित निकायले भने कुनै चासो देखाएको छैन । समयमै अबैध उत्खनन नियन्त्रण नभए बरुवा पुल उच्च जोखिममा पर्ने अवस्था रहेको पनि स्थानीयबासी बताउँछन् । डेढ वर्ष अघिमात्र उद्घाटन गरेर सञ्चालनमा आएको दुईसय २१ मिटर लम्बाइ तथा नौ वटा पिलर रहेको सो पुल उदयपुरमध्येकै सबैभन्दा ठूलो पुल हो ।
0 notes
nepal123 · 9 years ago
Text
खोलाले धार परिवर्तन गर्दा बस्ती जोखिममा, दुई परिवार विस्थापित
खोलाले धार परिवर्तन गर्दा बस्ती जोखिममा, दुई परिवार विस्थापित
६ असोज, ताप्लेजुङ । वर्षाले घर भत्कदा ताप्लेजुङमा एक परिवार विस्थापित भएका छन् । मंगलबार रातिदेखि निरन्तर भएको वर्षाले बुधबार दिउँसो घर भत्कदा लिङतेप दुईका मंगलसिंह विकको परिवार विस्थापित भएका हुन् । वर्षाका कारण घर भत्किएपछि विकको परिवार लाई स्थानीयले नजिकै पाल टाँगेर राखेको शिक्षक नरेन्द्र नाल्बोले बताए । मंगलबार रातिदेखि निरन्तर परेको वर्षा बुधबार राति मात्र रोखिएको छ । आज भने विहानै देखि…
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
भूकम्पका कारण जोखिममा रहेका क्षेत्रमा बाँस रोपिने  
२३ मंसिर, बनेपा । भूकम्पबाट जमिनको धाँजा फाटेको र भूक्षय हुने काभ्रेपलाञ्चोकका सम्भावित विभिन्न स्थानमा बाँस रोपिने भएको छ । (more…)
View On WordPress
0 notes