#गटट
Explore tagged Tumblr posts
Photo
गिट्टी कुटेर भविष्य हेर्दै दुर्गमका दलित बालबालिका जाजरकोट, ८ चैत । त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो । उनकी आमा वसन्ती विक पनि छोरीसँगै विद्यालय निर्माण गर्नका लागि ठूली भेरी नदीबाट बालुवा बोक्ने काम गर्नुहुन्छ । छोरीलाई गिट्टी कुटेबापत प्रतिबोरा रु ५० दिइन्छ भने आमा वसन्तीले प्रतिबोरा १०० मा बालुवा बोक्ने गर्नुहुन्छ । वसन्तीका श्रीमान् तीन महिनाअघि भारतको कार्गिल कमाई गर्न गएका छन् । भाइको हेरालोसँगै गिट्टी कुट्दै विद्यालयमा दिएको गृहकार्यसमेत गर्ने जिम्मेवारी लक्ष्मीको छ । बिहान उठ्नेबित्तिकै बासी रोटी धर्रोमा च्यापेर वाइकाँडा गाउँबाट वसन्तीले छोरी र छोरा लिएर यसरी नै काम गर्न थालेको एक महिना बितेको बताउनुहुन्छ । उहाँ जस्तै वाइकाडाँकै दलित प्राविमा कक्षा ४ मा पढ्ने सुनिता विक भेरीमा बालुवा बोकी पढाई खर्चसँगै आमालाई सहयोग गर्छिन् । मावि औलगुत्त��मा भाइलाई छोडी भेरीबाट बालुवा बोक्नु आफ्नो दैनिकी भएको सुनिताले बताइन् । बाबा कमाइ गर्न भारत गएको सुनिताको भनाइ छ । अन्य जातका साथी घरमा बिहान, बेलुका पढ्छन्, कसैले ट्युसनसमेत पढ्छन्, सुनिताले भनिन्, “हामी वाइकाँडा प्राविमा पढ्ने सबै दलित विद्यार्थी अर्काको काम गर्दै, पढ्दै गर्छौं ।” वाइकाँडामा दलित मात्र बस्छन्, अनि त्यहाँ रहेको विद्यालयको नाम पनि दलित प्रावि नै राखिएको छ, स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले बताउनुभयो । सुनिता मात्र होइन, यहाँका दर्जनौँ दलित बालबालिका दैनिक काम गरेर कमाउँदै, पढ्दै गर्ने गरेको बस्नेतको भनाइ छ । अभिभावक कमाइका लागि भारत जाने भएका कारण आमा अर्काको काम गरेर दैनिक गुजारा चलाउँछन् । छोराछोरी पनि आमासँगै अर्कैको काम गर्न बाध्य हुने गरेका छन् । यहाँका बालबालिकाको बालअधिकार, पढ्न पाउने अधिकार भन्ने कुरा गरिबीको महारोगले ओझेल पारेको छ । पहाडको डाँडामा रहेको वाइकाँडा बस्तीमा उब्जाउ भूमि, पर्याप्त खानेपानी नहुनु लगायतका समस्याले गर्दा यहाँका दलितको जीवनस्तरमा खस्किएको छ । यो ठाउँ जिल्लाका कुनै पनि सरकारी अधिकारी नपुगेको अवस्थामा जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह पहिलोपटक यो ठाउँमा पुग्दा यहाँका स्थानीयले शैक्षिक सुधारका लागि पहल गरिदिन आग्रहसमेत गरेका छन् । यो ठाउँमा रेडियो नै नसुनिने भएकाले आफूहरुले देशमा के हुँदैछ भन्नेसम्म थाहा पाउन नसकेको स्थानीय बताउँछन् ।
0 notes
Text
‘त्यसपछि नेपालमा बस्नै मन लागेन’
१६ चैत, काठमाडौं । महेश्वर पन्त गीत, कथा र कवितामा नयाँ शैली भित्र्याउने साहित्यकार हुन् । गायन र संगीतमा पनि उनले आफ्नो पहिचान बनाएका छन् । नेपाली कांग्रेसका लागि निर्वाचन गीत पनि महेश्वरले नै तयार पारेका हुन् । उनकै श्वर र संगीतमा ‘नेवि संघ देशको कर्णधार हो’ गीत लामो समयसम्म लोकप्रिय रह्यो ।
‘नेपाल भ्रमण वर्ष १९९८’ र २००० कार्यान्वयनका लागि देश-विदेशमा पन्तको खटाइ स्मरण गर्नेहरु धेरै छन् । तर, आफूले जन्माएको पर्यटन साम्राज्य छाडेर अचानक अमेरिका पलायन भएपछि नेपालमा उनी बिरानो बन्दै गए । सन् २००२ देखि अमेरिका बसाइ सरेका पन्त गैरआवासीय नेपालीहरुको संघठनअन्तरगतको भाषा साहित्य विभागमा कार्यरत छन् ।
पन्त गैरआवासीय नेपालीका कारण नेपाली संगीतकर्मी र साहित्यकारमा परेको आर्थिक प्रभावका विषयमा अध्ययन गरिरहेका छन् । प्रस्तुत छ, आफ्नो कथा संग्रह ‘नबोल्नेहरु’ विमोचनका लागि नेपाल आएको बख�� अनलाइनखबरले नेपाली साहित्य र संगीतका विषयमा गरेको कुराकानी ।
तपाईं नेपालमा राम्रो पर्यटन व्यवसायीका रुपमा गनिनुहुन्थ्यो, अचानक देश छाडेर हिँड्नुभयो । त्यस्तो के कारण थियो ?
माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो । पिसकोरसहित केही अमेरिकी संस्थाहरुलाई माओवादीले टार्गेटमा राखेका थिए । ंयो देखेपछि अमेरिकाले पनि माओवादीलाई आतंकवादी संस्थाका रुपमा आफ्नो वेभसाइटमा राख्दै नेपाल भ्रमणमा नजान ट्राभल एड्भाइजर जारी गर्यो ।
म नेपाल भ्रमण वर्ष १९९८ सफल बनाउन संसारका विभिन्न देश विशेषगरि अमेरिका कुदिरहेको थिएँ । मेरा धेरैजसो ग्राहक अमेरिकी थिए । अमेरिकाले यस्तो सुचना जारी गरेपछि अच��नक मेरो व्यवशाय सुक्न थाल्यो ।
बिजनेस कम भयो भन्दैमा म आत्तिने खालको मान्छे होइन । तर, ०५८ साल जेठ १९ गते राति मेरा केही टुरिस्टलाई ठमेलको होटलमा राखेर फकर्ंदै थिएँ । ठमेलबाट राजदरवारअघि आउँदा पटका जस्तो गटट लगातार केही पड्केको सुनेँ । ठूलो होहल्ला हुन थाल्यो । म त्यो बाटो सधैं हिँड्थेँ, तर त्यस किसिमको आवाज मैले यसअघि सुनेको थिइनँ । शुक्रबारको दिन पार्टी हुने गरेको थाहा थियो, त्यस्तै केही होला भन्ने लागेर अघि बढेँ । भोलिपल्ट बिहान पो त्यो पटका नभएर बन्दुक पड्केको र राज परिवारका सारा सदस्य मारिएको खबर आयो । यो घटनापछि भने छोराछोरीको भविश्य सुरक्षित छैन भन्ने महसुस भयो । त्यसपछि भने नेपालमा बस्नै मनलागेन ।
नेपाली कांग्रेसको राजनीति पनि गर्नुहुन्थ्यो, त्यो पनि छाडिदिनुभयो, किन ?
मैले कहिल्यै पदका लागि राजनीति गरिनँ । समाजसेवा र राजनीति मेरा लागि परिपूरक हुन् । मेरा हजुरबुबा कालीभन्त पन्त २००७ सालअघि वीपी कोइराला दाहिने हात भएर पश्चिम नेपालमा सक्रिय हुनुहुन्थ्यो । तर, वीपीसहित तत्कालीन नेताहरुले भारत सरकारको नीतिअन्तरगत दिल्ली सम्झौता गरे, जुन उहाँलाई सहन भएन । दिल्लीसम्झौताको विरोध गर्दै उहाँले पार्टी छाड्नुभयो ।
बुवा गोविन्दप्रसाद पन्तलाई हजुरबुवाले दिएको योगदानका आधारमा नेपाली कांग्रेसको माया थियो । मेरो अवस्था पनि त्यस्तै हो । मैले नेपाली कांग्रेसलाई आवयक पर्ने गीतहरु बनाउने गरेको थिएँ । चुनावी गीत पनि यसैभित्र पर्दछन् । तर, हजुरबुवा र बुवाजस्तै म पनि पार्टीमा कहिल्यै सक्रिय भएर लागिनँ । हजुरबुवा र बुवा जस्तै म पारिवारिक लिगेसीका कारण मात्र जोडिएको थिएँ ।
यतिबेला विदेशमा ४० लाख नेपालीहरु छन्, । तीमध्ये कतिले नेपाली साहित्य र संगीतक��� रस लिन्छन् ? केही अध्ययन गर्नुभएको छ ?
पहिलो पुस्ताका ���० लाख नेपालीहरु नै कुनै न कुनै रुपमा नेपाली साहित्य र संगीतसंग जोडिएका छन् । मैले ससर्ती हेर्दा विदेश बस्ने सबैजसो नेपालीहरु समाचारका लागि नेपाली टेलिभिजन हेर्छन् । धेरै जसो देशमा त्यसका लागि टेलिभिजनलाई कुनै न कुनै रुपमा पैसा तिर्नुपर्छ । उनीहरु मनोरञ्जनका लागि नेपाली युटुब च्यानल हेर्छन् । यसरी हेरिने प्रत्येक युटुबले गर्ने आम्दानी भनेको विदेशमा बस्ने नेपालीहरु नै हुन् । हामीले सुन्ने प्रत्येक संगीतले पनि नेपाली कलाकारहरुले पैसा पाइरहेका हुन्छन् । त्यसबाहेक नेपालबाट आउँदा चलेको पुस्तक ल्याइदिनू भन्ने यहाँको फेसन नै छ । यी हरेक काम गर्दा हामीले नेपाली कला-साहित्यलाई कुनै न कुनै रुपमा पैसा बुझाइरहेका हुन्छौं ।
नेपाली पुस्तकहरुको अवस्था के छ ?
म गैरआवासीय नेपालीअन्तरर्गत भाषा साहित्य विभागमा छु । संस्थाले आधिकारिकरुममा नेपालबाट कति पुस्तक आउँछ भनेर गणना गरेको त छैन । तर, हरेक व्यक्ति नेपालबाट र्फकंदा ब्यागभरि आफ्ना र साथीभाइहरुका लागि पुस्तक बोकेर आइरहेका देखिन्छन् । युरोप-अमेरिकादेखि जापानजस्ता विकसित मुलुकमा रेल, बस जस्ता यात्रामा पुस्तक पढ्नु फेसनजस्तै छ । यो उतातिरको पुरानो संस्कार हो । यसैको देखासेखीमा नेपाली विद्यार्थी र कामकाजीहरु प्ानि यसैगरी पुस्तक मगाएर पढ्ने गरेका छन् ।
मेरो विचारमा नेपालमा नियमित पुस्तक एक दुई हजार बिक्री होलान् । जुन पुस्तकले राम्रो नाम कमाउँछन् । विभिन्न पुरस्कार पाउँछन् र ती पुस्तक हजारौं हजारमा बिक्री हुन्छन् । यसरी बिक्री हुनुमा गैरआवासीय नेपालीहरुको योगदान छ । यो कसैले भनेर होइन, नेपाली पुस्तक पढ्नुपर्ने रहेछ भनेर स्वतः स्फूतरुपमा पुस्तक किन्ने गरिएको छ ।
यसको अर्को पाटो पनि उत्तिकै सशक्त छ ।
कुन पाटो ?
धेेरै संगीतकर्मीहरु आफ्नो गीत सुनाउन विदेश आउने गर्नुहुन्छ । यस्ता संंगीतकर्मीहरुको आम्दानी स्रोत पनि गैरआवासीय नेपालीहरु नै हुन् । उहाँहरुलाई आउने-जाने मात्र होइन, फकर्ंदा एउटा ठूलै रकम दिएर पठाउने गर्दछौं । आजभोलि कविता पनि टिकटमा हेर्न थालिएको छ । यसले साहित्यका विभिन्न विधामा पनि व्यवसायिकता सुरु भएको छ ।
यसरी हामीले उताबाट किनेर पनि नेपाली कला-साहित्यलाई बचाएका छौं र यहाँ बोलाएर पनि साहित्य-कलाको व्यवशायिकताको रक्षा गरेका छौं ।
प्रवासमा पहिलो पुस्ताले साहित्य कलालाई जति माया गरेका छन्, छोरा-नातिको पुस्तामा गएर त्यो हराएको पाइन्छ । नेपाली भाषा र साहित्यको अवस्था पनि त्यता जाँदैन ?
गैरआवासीय नेपाली संस्थाले त्यही चिन्ताको आधारमा नेपाली भाषाको कक्षा लिने व्यवस्था गरिरहेको छ । यसमा सम्बन्धित देशहरुको दुतावासको पनि सहयोग भइरहेको छ । आफ्नो भाषा र संस्कृति हराएर नजाओस् भनेर साना ��ानीहरुका लागि पाठ्यक्रमहरु बनाएका छौं । स-साना भए पनि नेपाली विद्यालय चलाउन थालेका छौं ।
जहाँसम्म पछिल्लो पुस्तामा भाषा संस्कृति हराउने कुरा छ, त्यो सम्भव छैन । मेरो विचारमा त्यो अझै बढेर जान्छ । उदाहरणका लागि अमेरिकामा अहिले आइरिस संगीत निकै लोकप्रिय छ । आयरल्याण्डबाट अमेरिका छिरेका आइरिसहरुका छोरा नातिहरुले आफ्ना पिता पुर्खाले घरमा गाउने गरेका गीतलाई आफ्नो शैलीमा गाएपछि यसले समग्र अमेरिकी समाजलाई नै प्रभाव पार्यो ।
लोकगायक पनि भएको नाताले मलाई लाग्छ, हाम्रा छोरानातिले हाम्रो लोकगीतलाई लोकप्रिय बनाउने छन् । अमेरिकी नागरिक भएर पनि डा. आना स्टिरले नेपाली संगीतमा विद्यावारिधि गर्दा यो कुरा आँकलन गरेकी छन् । नेपाली संगीतमा त्यो शक्ति देखिन्छ ।
तपाईंहरु नेपाल आएर गीत गाउनुहुन्छ, पुस्तक छपाउनुहुन्छ । यसले पनि ठूलो पैसा नेपाल आइरहेको छ । यसलाई के भन्नुहुन्छ ?
नेपालको कति माया हुन्छ भन्ने कुरा बाहिर पुगेपछि मात्र थाहा हुन्छ । यो स्नेह कसैले गीतमार्फत, कसैले पुस्तकमार्फत व्यक्त गर्छन् । तर, यसरी गीत रेकर्ड गर्ने र पुस्तक छपाउने व्यक्तिलाई यहाँ लाहुरेको रुपमा हेर्ने गरिन्छ । विदेशमा पैसा कमाउन सजिलो छैन । साह्रै दुःख गरेर कमाएको पैसा कसैले पनि खर्च गर्दैन । उभित्र कुनै कला प्रस्फुटन हुन खोजिरहेको हुन्छ । त्यसका लागि उसले पैसा लगाउँछ । नेपालमा भने यसलाई पैसा भएकाले पुस्तक, संगीत र सिनेमामा लगानी गर्यो भन्ने रुपमा लिइन्छ । यस्तो देख्दा निकै पीडा हुन्छ ।
मैले केही एल्बम निकाल्दा धेरैपल्ट ठगिएको छु । त्यस्ता व्यक्तिलाई बताउन चाहन्छु, भित्र संगीत र साहित्य मडारिरहेका छन्, त्यो कलाका लागि आफूले दुःख गरेको पैसा लगाएका हौं । कुनै पनि कला प्रस्तुत गर्नु सजिलो छैन, विशेषगरी विदेशमा धेरै समस्या हुन्छ । त्यहि पनि हामी काम गरिरहेका छौं, यो निके ठूलो कुरा हो । यो मर्मलाई तपाईंहरुले बुझ्नुपर्छ ।
विदेशमा बस्ने हामी जस्ता कलाप्रेमीकै कारण नेपाली साहित्यकारहरुको आम्दानी पढेको छ । युटुबका भ्युज बढेका छन् । टेलिभिजन र पत्रपत्रिकाका भिजिट बढिरहेका छन् । यो व्यवसायिक युगमा हाम्रो प्रेमको कदर गर्नुपर्छ ।
विदेशमा लेखिने साहित्य र संगीतको कदर नेपालभित्रका मानिसले कत्तिको गरेजस्तो लाग्छ ?
अधिकांश त हामीलाई लाहुरे नै सम्झन्छन् । यिनीहरुले पनि स्तरीय रचना लेख्छन् भन्ने विश्वास गरिदैन । तर निलम जस्ता केही साहित्यकारहरुको पुस्तकको चर्चा, विक्रीको मा��क र मदन पुरस्कार जस्ता उत्कृष्ट सम्मानले त्यो भ्रम चिरिन थालेको छ । हाम्रा पुस्तकको अब मूल्यांकन होला भन्ने विश्वास छ ।
नेपालीबाट कस्तो सहयोग चाहनुहुन्छ ?
जनताबाट सहयोग छ । अब प्रज्ञा प्रतिष्ठानबाट सहयोग हुनुपर्छ । हामीले लेखेकेा ��चनालाई अंग्रेजीमा परिवर्तन गर्ने र अन्तर्राष्ट्रिय मञ्चहरुमा हाम्रो उपस्थिति हुने व्यवस्था मिलाउनु पर्छ । हामी विदेशमा कला र साहित्यका दूत पनि हौं । हामीमार्फत नेपाली कला र साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा उभ्याउन सकिन्छ ।
यसपल्ट नेपाल आउनुको उद्देश्य के थियो ?
‘नबोल्नेहरु’ कथा संग्रह प्रकाशन गर्न नेपाल आएको हुँ । त्यसबाहेक हजुरबुकाको नाममा दुई लाख रुपैंयाको कालीभक्त पन्त लोकसंस्कृति पुरस्कार वितरण गर्ने उद्देश्य थियो । यसपटक शताब्दीपुरुष सत्यमोहन जोशीलाई यो पुरस्कार प्रदान गरियो । प्रज्ञा प्रतिष्ठानसँग मिलेर गैरआवासीय नेपालीहरुले लेखेको नेपाली कथा अनुवादको काम पनि भइरहेको छ । त्यसका लागि पनि आएको हुँ । पहिले पनि समाजसेवाको उद्देश्य गरेर राजनीति गरेँ । अहिले साहित्यमार्फत सेवा गर्ने प्रयास गरिरहेको छु । त्यसको वातावरण बनाउन पनि यहाँ आएको हुँ ।
तपाईंले लेख्ने गीत, कविताको उद्देश्य के हो ?
साहित्य कुनै निश्चित उद्देश्यका लागि लेखिन्छ भन्ने म मान्दिनँ । साहित्य साहित्यका लागि हुन्छ, न कि अरु कुनै उद्देश्यका लागि । साहित्य उद्देश्यका लागि भयो भने त्यो साहित्य नभएर राजनीति हुन्छ । यसकारण म उद्देश्यविहीन लेख्छु । तर, छापिसकेपछि मेरो कुरा कसैले पढिदिउन्, कसैले मेरा गीत सुनिदेऊन् भन्ने लाग्दोरहेछ । तर, बाहिर बसेको मान्छे, मलाई रहरले लेख्ने लेखक र रहरले गाउने गायक मान्दा रहेछन् । यो दुःखलाग्दो कुरा हो ।
धेरैजसो त त्यस्तै देखिन्छ ?
यो नेपालभित्रको बुझाइ हो । हामी विभिन्न बाध्यताले र परिस्थितिले विदेसिएका मात्र हौँ । विदेशमा नेपाल जस्तो लेखनको वातावरण नहुँदा साहित्य केही कमजोर हुन सक्ला । तर, साहित्य कदापि रहरले लेखिदैन । हामीलाई लाहुरे ठान्ने जुन प्रवृत्ति छ, त्यसले नेपाली साहित्यलाई निकै हानी गरिरहेको छ । यो कुरा बुझ्न जरुरी छ ।
अर्को कुरा, रहरले लेख्ने भए त निलम कार्की निहारिकाले लगातार मदन पुरस्कार र पद्मश्री पुरस्कार नपाउनु पर्ने थियो । अमेरिका बसेरै उनले लगातार पुस्तक लेखिरहेकी छन् । लेखेरै नाम र दाम दुबै कमाइरहेकी छन् । यस अर्थमा अब पुरानो सोच बदल्नुपर्छ ।
0 notes
Link
Just Pinned to Moral Time: शरमतहर गटट कटर कमउछन शरमनहर जड र तसम उडउछन http://ift.tt/2jgWnny
0 notes
Text
babita phogat: बबीता फोगाट से जुड़ा हैशटैग किया यूजर ने ट्वीट, शटलर ज्वाला गुट्टा को नहीं आया पसंद - jwala gutta unhappy when a user tweets about wrestler babita phogat on twitter
babita phogat: बबीता फोगाट से जुड़ा हैशटैग किया यूजर ने ट्वीट, शटलर ज्वाला गुट्टा को नहीं आया पसंद – jwala gutta unhappy when a user tweets about wrestler babita phogat on twitter
[ad_1] Tarun Vats | नवभारतटाइम्स.कॉम | Updated: 18 Apr 2020, 08:18:00 AM IST
हाइलाइट्स
रेसलर बबीता फोगाट को लेकर सोशल मीडिया पर कई लोगों ने रखी अपनी राय, कुछ पक्ष तो कुछ विरोध में
भारतीय महिला शटलर ज्वाला गुट्टा ने भी सोशल मीडिया पर अपनी बात रखी
ज्वाला ने लिखा कि वह हमेशा देश के लिए खेलीं और देशवासियों ने उनकी हर जीत का जश्न मनाया
बबीता ने लिखा था कि कोरोना भारत की दूसरे नंबर की सबसे बड़ी…
View On WordPress
#babita#Gutta#Jwala#phogat#tweets#twitter#unhappy#user#Wrestler#आय#क#कय#गटट#जड#जवल#टवट#न#नह#पसद#फगट#बबत#यजर#शटलर#स#हशटग
0 notes
Photo
विद्यालय छोडेर गिट्टी कुट्दै बालबालिका दाङ, ९ फागुन- तुलसीपुर झरेका अधिकांश बालबालिका पातुखोलामा गिट्टी कुट्न बाध्य छन् । स्थायी घर सल्यान, रुकुम, रोल्पा र प्युठान बताउने बालबालिका विद्यालय जानुको सटृा जीविकोपार्जनका लागि यहाँ आइपुगेका हुन् । छात्रवृत्ति पाउने आशाले भने विद्यालयमा भर्ना भएका बालबालिका पनि आम्दानीका लागि गिट्टी कुटन आएको बालबालिकाको भनाइ छ । गिट्टी कुट्दा आम्दानी धेरै हुने र लगानी नपर्ने बालक सुरेन्द्र परियार बताए । पातुखोलामा आठ वर्षदेखि १५/१६ वर्ष उमेरका बालबलिका गिट्टी कुट्नमा व्यस्त हुन्छन् । आय स्रोत नभएको र बाबु आमाको कमाइले मात्र बिहान बेलुकाको छाक टार्न नसक्ने ��ुँदा आफू पनि गिट्टी कुट्न बाध्य भएको बालिका अन्जु विक उल्लेख गर्छिन् । विद्यालय जाने चाहना हँुदा हुँदै पनि गरिबीका कारण मजदुरी गर्नु परेको बालबालिकाहरुको भनाइ छ । “मलाई स्कुल जाने रहर छ तर मेरो आमा बुबा यहाँ हुनुहुन्न म मामाघरको हजुरआमासँग बस्छु बालक रिदम परियारले भने । पारिवारिक अवस्था र आमा बुबाको लापर्बाही र जनचेतनाको अभावले हातमा कापी कलम लिएर विद्यालय जाने उमेरमा ढुङ्गा गिट्टी कुटेर बस्नुपर्ने परिस्थिति आएको महिला स्वास्थ्य स्वयम्सेविका यमुना परियारले बताउनुभयो । शिक्षामा पहुँच पु¥याउनका लागि श्रमबाट मुक्त गरी विद्यालयमा भर्ना गरेका बालबालिका धेरै छन् तर तुलसीपुरका बालबालिका भन्दा अन्य जिल्लाबाट आएका बढी भएकाले तुलसीपुर नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्र्न चुनौतीको विषय भएको नगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले बताउनुभयो । तुलसीपुर बजार राप्ती अञ्चलकै व्यापारिक केन्द्र भएकाले यो क्षेत्र बालबालिका र अभिभावकको रोजगार थलो बनेको हो ।
0 notes
Photo
गिट्टी, बालुवा निकाल्ने कार्यले बरुवा नदीको पुल जोखिममा उदयपुर, २० माघ- गाईघाटस्थित बरुवा नदीको पुल आसपास क्षेत्रबाट अवैधरुपमा गिट्टी, बालुवा निकाल्दा बरुवा पुल ��ोखिममा परेको छ । पुल तथा अतिसंवेदनशील स्थान आसापासको क्षेत्रबाट गिट्टी बालुवा तथा ढुङ्गा निकाल्न नपाइने प्रावाधान भएपनि बरुवा नदीको पुलमुनि र यसका आसपासका क्षेत्रबाट हिजोआज दैनिकरुपमा रात्रिको समयमा सयौँको सङ्ख्याका ट्रयाक्टरले अवैधरुपमा गिट्टी, बालुवा उत्खनन गरेर निकाल्ने गरेको स्थानीय केदारप्रसाद रेग्मीको गुनासो छ । पुलको २० मिटर क्षेत्रफल आसपासमा अहिले रात्रिको समयमा गिट्टी तथा बालुवा उत्खनन गरेर निकाल्दा पुलका पिलरमा असर पर्ने अर्का स्थानीय देवीदत्त तिमलसिनाको भनाइ छ । पुलका आसपास ठूलाठूला खाल्डा पर्न थालेकाल पुल भासिन सक्ने अवस्था रहेको पनि उहाँ बताउनुहुन्छ । तीन महिनादेखि संवेदनशील स्थानमा अवैधरुपले गिट्टी तथा बालुवा झिक्ने कार्य भइरहँदा पनि सम्बन्धित निकायले भने कुनै चासो देखाएको छैन । समयमै अबैध उत्खनन नियन्त्रण नभए बरुवा पुल उच्च जोखिममा पर्ने अवस्था रहेको पनि स्थानीयबासी बताउँछन् । डेढ वर्ष अघिमात्र उद्घाटन गरेर सञ्चालनमा आएको दुईसय २१ मिटर लम्बाइ तथा नौ वटा पिलर रहेको सो पुल उदयपुरमध्येकै सबैभन्दा ठूलो पुल हो ।
0 notes
Link
Just Pinned to USA NEWS: शरमतहर गटट कटर कमउछन शरमनहर जड र तसम उडउछन http://ift.tt/2jpC3o8
0 notes
Photo
गिट्टी बोकेको ट्याक्टर पल्टाएर एकाएक चालक फरार, १ जनाको मृत्यु सुरुङ्गा (झापा), २१ मङ्सिर । गिट्टी बोकेका ट्याक्टर दुर्घटना हुँदा आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केचना–१ का ३२ वर्षीय रुपलाल माझी रहेका छन् । लक्ष्मीपुर घेराबारी सडकखण्डअन्तर्गत गिट्टी बोकेर केचनातर्फ जाँदै गरेको मे१त २७९७ नंको ट्याक्टर घेराबारी–३ मा पल्टँदा उनको मृत्यु भएकोे इलाका प्रहरी कार्यालय राजगढका प्रमुख भरत केसीले जानकारी दिनुभयो । ट्याक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको बताइएको छ ।
0 notes