#कषयरगक
Explore tagged Tumblr posts
Photo
क्षयरोगको अन्त्य नियमित औषधि सेवन र सचेतना नै बुटवल, ११ चैत । गुल्मी जिल्ला भार्सेकी झनीमायाँ दर्लामीले लुम्बिनी अञ्चल अस्पतालको डट्स क्लिनिकमा आवासीय रुपमै उपचार गर्न थालेको करिब दुई महिना भयो । उहाँले बुटवलका विभिन्न ठाउँमा उपचार गराउनुभयो । तर उहाँको रोग निको हुनुभन्दा झनै बल्झियो । जिल्लाकै सदरमुकाम तम्घासमा पुगेरसमेत उपचार गराउँदा निदान हुनुको सट्टा यो रोगले झनै गलाउँदै लग्यो । अन्त्यमा बुटवलको अञ्चल अस्पतालमा रहेको क्षयरोग क्लिनिकमा पुगेर जाँच गराउँदा उहाँलाई जटिलखालको एमडिआर क्षयरोग देखाप¥यो । रोग पत्ता लागेपछि उहाँलाई चिकित्सकले २४ महिना क्षयरोग (टिभी)को उपचार गर्नुपर्ने सल्लाह दिए, त्यसपछि उहाँ बुटवल डट्स आवासगृहमा चिकित्सकको निगरानीमा बसेर नियमित औषधि सेवन गर्दै आउनुभएको छ । जिल्ला जनस्वस्थ्य कार्यालयले क्षयरोग दिवसका अवसर पारेर बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार तथा सरोकारवाला निकायबीचको अन्तक्र्रियामा दर्लामीले निकै चिन्तित भएर लुम्बिनी अञ्चल अस्पतालका व��िष्ठ छातीरोग विशेषज्ञ डा विष्णुप्रसाद पौडेलसँग प्रश्न गर्नुभयो – “शक्तिशाली औषधिले समेत काम नगर्ने एमडिआर टिभी के साँच्चिकै नै निको हुन्छ त ?” जवाफमा डा पौडेलले भन्नुभयो – “चिकित्सकको निगरानीमा नियमित औषधि सेवन र जाँच गरेमा केही लामो समय लागे पनि रोग निको हुन्छ ।” बुटवलको डट्स क्लिनिकमा आर्घाखाँचीबाट उपचारार्थ आएर आवासीय रुपमै उपचार गराएका दिवाकर नेपाली यस्तैखालको जटिल क्षयरोग एक्सडिआर टिभीको उपचार गरेर निको हुनुभयो । उहाँले २० महिना नियमित औषधि सेवन र नियमित जाँच गराएर अहिले पूर्णरुपले निको भएर घर फर्कने तयारीमा हुनुहुन्छ । नेपालीले भन्नुभयो – “सरकारले उपलब्ध गराएको यस्तो निःशुल्क सेवाले म जस्ता धेरै बिरामीलाई सुविधा प्राप्त भएको छ, यो सेवालाई जिल्लाका अन्य ठाउँमा समेत उपलब्ध गराउनुपर्छ ।” बुटवलमा यस्ताखाले जटिल क्षयरोगीलाई नियमित औषधि सेवन र चिकित्सकीय सेवा प्रदान गर्न विगत पाँच वर्षदेखि डट्स आवासगृहको व्यवस्था गरिएको छ । उक्त आवासगृहमा अहिले पनि यस्तै लामो समय औषधि सेवन गर्नुपर्ने र जटिलखालका क्षयरोगी बस्दै आएको लुम्बिनी अञ्चल अस्पताल, बुटवल क्षयरोग क्लिनिकका प्रमुख सत्यराज शाक्यले जानकारी दिनुभयो । उनीहरुलाई सरकारले खान बस्नसहित मासिक रु दुई हजार ५०० समेत उपलब्ध गराउँदै आएको पनि उहाँले बताउनुभयो । रुपन्देहीमा पछिल्लो तथ्याङ्कअनुसार क्षयरोगका नयाँ रोगी प्रति एक लाखमा १४० पत्ता लाग्ने गरेको पाइएको छ । यो राष्ट्रिय तथ्याङ्कको तुलनामा न्यून छ । यस्तै क्षयरोगका बिरामी निको हुने दरमा पनि उल्लेख्य प्रगति देखिएको छ भने मृत्यु दर प्रतिएक लाखमा जम्मा चारजना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । रुपन्देहीमा विगत एक वर्षमा एक हजार ३८६ क्षयरोगीका बिरामी पत्ता लागेका छन् । त्यसमध्ये जटिलखालका डिआर टिबीका बिरामी ४२ जना अर्थात् ११ प्रतिशत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठ रोग निरीक्षक टीकाराम अधिकारीले जानकारी दिनुभयो । रुपन्देहीमा क्षयरोगीको उपचारलाई सर्वसुलभ बनाउन चालु आर्थिक वर्षमा ८० वटा उपचार केन्द्र, २२ वटा रोग निदान केन्द्र, २० वटा शहरी उपचार केन्द्र तथा उपकेन्द्र, एक वटा डिआर टिबी निदान केन्द्र, एक जिन एक्सपोर्ट केन्द्र, दुई डिआर टिबी उपचार केन्द्र र एक वटा डिआर टिबी आवासगृह रहेको उहाँले बताउनुभयो । यस्तै जिल्लामा बिरामी केन्द्रित सुविधासमेत सञ्चालन गरिएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा क्षयरोग निदानका लागि खकार निःशुल्क जाँच, कल्चर तथा जेन एक्सपोर्ट जाँच निःशुल्क, डट्स सेन्टरबाट औषधि निःशुल्क, डिआर क्षयरोगको उपचारका लागि निःशुल्क आवास र पुनःउपचार तथा डिआर बिरामीका लागि मासिक पोषण खर्चको व्यवस्था गरिएको छ । कार्यक्रममा वरिष्ठ छातीरोग विशेषज्ञ डा विष्णुप्रसाद पौडेलले सरकारले क्षयरोग न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरेर जनतालाई सेवा उपलब्ध गराएको बताउँदै यसको ��्यूनीकरणका लागि सबै पक्ष सचेत हुन जरुरी छ भन्नुभयो ।यो रोगसँग लड्न बेलैमा रोगको निदान र नियमित औषधि सेवन गरेमा अन्यमा सर्ने खतरा निकै कम हुने उहाँले बताउनुभयो ।
0 notes
Photo
जोखिममा मात्र संस्थामा आइपुग्छन् क्षयरोगका बिरामी लिबाङ (रोल्पा), १० चैत । रोल्पाका अधिकांश क्षयरोगका बिरामी जटिल अवस्थामा पुगिसकेपछि मात्र स्वास्थ्य संस्थामा चेकजाँचका लागि आउने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदका अनुसार अशिक्षा, गरिबी, चेतना अभाव तथा भौगोलिक विकटताका कारण बिरामी उचित समयमा स्वास्थ्य जाँचका लागि अस्पताल आउन नसकेको बिरामीले बताउने गरेका छन् । सहरी क्षेत्र तथा शिक्षित परिवारका बिरामी भने सामान्य अवस्थामा स्वास्थ्य संस्थामा पुग्ने गरेको उहाँको भनाइ छ । विशेष गरी दुई हप्ताभन्दा बढी समय खोकी लागेमा, साँझपख ज्वरो आएमा, खकारमा रगत देखिएमा, छाती दुखेमा, खान मन नलाग्ने भएमा वा खानामा रुचि घटेमा तथा तौल घट्दै गएमा तुरुन्त स्वास्थ्य संस्थामा पुग्नु पर्ने भएपनि अधिकांश बिरामी क्षयरोगका कारण निमोनिया भएमा वा फोक्सोमा पानी जमिसकेपछि मात्र चेकजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको उहाँको भनाइ छ । यो रोग निरोगी व्यक्तिलाई पनि सर्न सक्ने भएको हुँदा आफ्नो घरमा वा गाउँघरमा पनि क्षयरोगका बिरामी छन् भने अन्य परिवारका सदस्यले पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने डा साउदको सुझाव छ । यस्तै, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका क्षय कुष्ठ अधिकृत नोखराज पोख्रेलका अनुसार करिब तीनवर्षमा जिल्लाका सरकारी स्वास्थ्य संस्थाबाट ८६५ जना क्षयरोगका बिरामीले उपचार सेवा लिएका छन् । यसअन्तर्गत आव २०७०÷०७१ मा २९४ जना, आव २०७१÷०७२ मा २९५ जना र आव २०७२÷०७३ मा २७६ जना बिरामीले क्षयरोगको उपचार गराएका छन् । यस्तै, आव २०७३÷०७४ को करिब चार महिनामा २०० जना उपचारक्रममा आइसकेका छन् । जाँडरक्सी सेवन गर्ने बिरामीले नियमित औषधि सेवन नगर्दा यो रोगबाट छुटकारा पाउन सकिरहेका छैनन् । उहाँका अनुसार मदिराको कुलतमा लागेका बिरामीले औषधिभन्दा मदिरा सेवनमै बढी जोड गर्ने भएको हुँदा समस्या निम्तिइरहेको छ । विशेषगरी दुई वर्षदेखि ८०÷८५ वर्ष उमेर समूहका मानिस क्षयरोगबाट प्रभावित देखिन्छन् । जिल्लामा क्षयरोगका बिरामीमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी छ । यस्तै, स्वास्थ्यकर्मी कुलबहादुर डाँगीका अनुसार माइको ब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने ब्याक्टेरियाको कारणले क्षयरोग वा टिवी रोग लाग्न सक्छ । क्षयरोग विभिन्न प्रकारका हुन्छन् । विशेषगरी यो रोग श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा देखा पर्छ । त्यसैले यो रोग सर्ने मुख्य माध्यम श्वासप्रश्वास हो भने ब्याक्टेरिया रोगीले खोक्दा खकारसँगै बाहिर निस्कन्छन् । ��्षयरोगअन्तर्गत फोक्सोको टिवी, ग्लाइन टिवी, पेटको टिवी, हड्डीको टिवी तथा मष्तिष्कको टिवी हुन सक्ने भएपनि जिल्लामा विशेषगरी फोक्सोको टिवीका कारण बिरामी प्रभावित हुने गरेका छन् । एउटा व्यक्तिले आफूलाई रोग लागेको अवधिभरिमा करिब १० जनासम्म बिरामीलाई यो रोग सार्न सक्ने उहाँको भनाइ छ । त्यसैले, समयमै रोगको निदान गर्नका लागि खकार चेक गरेमा यो रोग समयमै पत्ता लाग्न सक्छ । साथै रोगबाट छुटकारा पाउनका लागि यो रोगलाई बढावा दिने चिजलाई कम गर्नुपर्ने देखिन्छ । वातावरणीय प्रदूषणअन्तर्गत दाउरा बाल्दा, धुवाँधुलोमा बस्दा, चुरोट, बिँडी, तमाखु तथा मदिरा सेवनले यो रोगलाई बढावा दिने भएको हुँदा यी कुराबाट टाढै रहनुपर्ने उहाँको सुझाव छ । पूर्व शिक्षक खोवीलाल सुवेदीका अनुसार सरकारी निकाय सँगसँगै गैरसरकारी सङ्घसंस्था तथा सरोकारवाला तथा मिडियाले व्यापक जनचेतना फैलाउन सकेमात्र जनता रोगका बारेमा जानकार हुन सक्छन् र समयमै उपचारका लागि स्वास्थ्य संस्था पुग्न सक्छन् । त्यसैले, पहिलो कुरा त जनताको चेतनास्तरमा वृद्धि गर्नुपर्ने देखिन्छ । यसका साथै राज्यले क्षयरोग न्यूनीकरणका लागि लगानी बढाउनुपर्ने उहाँको धारणा छ । सुवेदीका अनुसार जिल्ला अस्पतालबाहेक सबै स्वास्थ्य संस्थामा रोग पत्ता लगाउनका लागि खकार जाँच परीक्षण केन्द्र थप्नुपर्ने देखिन्छ । उहाँ भन्नुहुन्छ – भोलि चैत ११ गते क्षयरोग दिवस परेको छ । दिवस मनाउनका लागि सरकारले ठूलो धनराशि खर्च गर्दैछ । तर दिवस दिवसमा मात्र सीमित रहनु हुँदैन । सदरमुकाम वा मोटरगाडी गुड्ने ठाउँमा मात्र नभएर पिछडिएका बस्ती वा लक्षित वर्गसम्म दिवस मनाउने वातावरण मिलाउन सकेमात्र दिवसको वास्तविक अर्थ रहनेछ भन्ने कुरामा दुईमत नहोला । “त्यसैले यस वर्षको क्षयरोग दिवस प्रत्येक जिल्लाका दूरदराजमा पुगेर मनाइनु पर्छ । अचेत जनतालाई सचेत बनाउन सकेमात्र दिवसको सार्थकता झल्कनेछ,” सुवेदीले भन्नुभयो ।
0 notes
Photo
क्षयरोगका औषधि सेवन गरेका बिरामीलाई परामर्श भक्तपुर, १८ असोज । क्षयरोग भएर औषधि सेवन गरिरहेका बिरामीलाई नियमित औषधि सेवन गर्न र क्षयरोग लाग्न नदिनेबारेमा मनोपरामर्श दिन थालिएको छ । नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगका बारेमा बिरामीलाई मनोपरामर्श प्रदान गर्न थालेको हो । क्षयरोगका बिरामीले नियमित औषधि सेवन नगर्ने सम्भावना रहेकाले उनीहरुको मनस्थिति परिवर्तन गर्न सो परामर्श दिएको हो । संस्थाका सभापति बाबुकाजी श्रेष्ठ र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का प्रशिक्षक मेनुका भासिमाले परामर्श दिएका हुन् ।
0 notes