#चतवक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
धनुषामा चितुवाको आक्रमणबाट आधा दर्जन घाइते धनुषा, १४ वैशाख । धनुषामा चितुवाको आक्रमणबाट छजना घाइते भएका छन् । बुधबार साँझ अबेर अन्दुपट्टी कटरैत गाविसस्थित वनमा घाँस दाउरा ल्याउन तथा गोठालो गएकामाथि एक्कासि जङ्गलबाट आएको एक चितुवाले आक्रमण गरेको हो । आक्रमणबाट घाइते हुनेमा अन्दुपट्टी कटरैत–६ बस्ने प्रमेश्वर यादव, सञ्जीवकुमार साह, तिलेश्वर मुखिया, पञ्चु मुखिया र गीतादेवी मुखियालगायत छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चितुवाको आक्रमणबाट घाइते भएकाहरु अस्पतालमा उपचार गराउन आएपछि मात्र घटनाबाहिर आएको प्रहरी उपरीक्षक लीलामणि आचार्यले बताउनुभयो । The post धनुषामा चितुवाको आक्रमणबाट आधा दर्जन घाइते appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चितुवाको आक्रमणबाट चार जना घाइते, चितुवा नियन्त्रणमा लिनै सकिएन मोरङ, ५ फागुन- मोरङ राजघाटमा आज बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन् । घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टङ्कलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर क��वाल रहेका छन् । राजघाट–१ अठियाबारीस्थित नगेन्द्र लिम्बूको सिसौघारीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमण गर्दा उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । बिहान ८ बजे हलो जोतेर डोरी लिन जाँदा चितुवाले आफूलाई एक्कासि आक्रमण गरेको घाइते टङ्कलालले बताउनुभयो । टङ्कलाललाई चितुवाले टोकेको खबर पाएपछि घटनास्थल पुगेका खुसीलाललाई पनि चितुवाले आक्रमण गरेका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चितुवालाई नियन्त्रणमा लिन सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेबाट घटनास्थलमा पुगेका कर्मचारीद्वय न्यौपाने र कटवाललाईसमेत चितुवाले आक्रमण गरेर समान्य घाइते बनाएको प्रहरीले जनाएको छ । अहिले चितुवालाई मानववस्तीमा पस्न नदिनका लागि सुरक्षाकर्मीको टोलीले सुरक्षाघेरा बनाएका छन् भने विशेषज्ञसहितको वनरक्षक टोलीले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
आँखा पनि देख्न नसक्ने झन्डै एक साताको पाटे चितुवाको बच्चाको उद्धार बनेपा, १० मङ्सिर- काभ्रेपलाञ्चोकमा गएराति आँखा पनि देख्न नसक्ने झन्डै एक साताको पाटे चितुवाको बच्चाको उद्धार गरिएको छ । जिल्लाको टुकुचानाला–१ मा स्थानीय बासिन्दाले देखेपछि इलाका वन कार्यालय, जनागालका रेञ्जर शङ्कर झाको नेतृत्वमा गएको टोलीले सो बच्चाको उद्धार गरी त्यसको संरक्षण गरिएको छ । धेरै सानो भएकाले यसलाई अझै पन्ध्र दिनसम्म दूध खुवाउनुपर्छ, त्यसपछि यसलाई आँखा देख्ने भएपछि जङ्गलमा नै लगेर छोड्छौँ उहाँले भन्नुभयो । चितुवाको सो भाले बच्चा बिरालो परिवारको हुनसक्ने र स्थान परिवर्तन गर्दा त्यसलाई चितुवाले नै छाडेको हुनसक्ने अनुमान गरिएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालिकाका परिवारलाई पाँच लाखका दरले नगद वितरण बैतडी, ९ कात्तिक । जिल्ला वन कार्यालय बैतडीले गत भदौमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालिकाका परिवारलाई प्रतिव्यक्ति राहतस्वरुप रु पाँच लाखका दरले नगद वितरण गरेको छ । सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयमार्फत प्राप्त राहत रकम आज पीडित परिवारलाई हस्तान्तरण गरिएको जिल्ला वन कार्यालयका प्रमुख जिल्ला वन अधिकृत केदार बरालले जानकारी दिनुभयो । गत भदौ ४ गते चितुवाको आक्रमणबाट ज्यान गुमाएका उदयदेव–९ का सात वर्षीया चञ्चला चन्द र गत भदौ १८ गते चितुवाको आक्रमणबाट ज्यान गुमाएका उदयदेव–२ का चार वर्षीया अञ्जली चन्दका परिवारलाई रु पाँच÷पाँच लाखका दरले नगद राहत साथै एक÷एक थान सौर्य प्रणाली वितरण गरिएको वन अधिकृत बरालले बताउनुभयो । वन तथा भू–संरक्षण मन्त्रालयको वन्यजन्तु क्षति राहत निर्देशिका, २०६९ अनुसार पीडित परिवारलाई नगद राहत वितरण गरिएको हो । निर्देशिकाअनुसार वन्यजन्तुको आक्रमणबाट घाइते भएमा रु १० हजार, गम्भीर घाइते भएमा रु एक लाख र ज्यानै गएमा रु पाँच लाख नगद राहत दिने प्रावधान रहिआएको छ । बैतडीमा २०६८ सालदेखि तल्लोसोराडमा चितुवाको आक्रमणबाट २२ जनाले ज्यान गुमाइसकेको बताइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चितुवाको छालासहित युवक पक्राउ भीमदत्तनगर, २४ असोज । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोले शनिबार चितुवाको एक थान छालासहित कैलालीको गोदावरी गाविस–६ ओदालीका ३२ बर्षिय दलबहादुर साउदलाई पक्राउ गरेको छ । ब्युरोबाट प्रहरी सहायक निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अत्तरीया नगरपालिकाको गोदावरी पुलबाट उक्त छाला र अभियुक्त नियन्त्रणमा लिएको हो । प्लास्टिकको झोलामा लुकाइछिपाइ भीमदत्तनगरतर्फ ल्याउँदै गर्दा प्रहरीले साउदलाई छालासहित पक्राउ गरेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका अभियुक्त साउदलाई थप कारबाहीका लागि इलाका वन कार्यालय अत्तरीयालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
वालिङमा चितुवाको आक्रमणबाट पुरुष घाइते वालिङ, ४ असोज । चितुवाको आक्रमणबाट आज बिहान एक पुरुष घाइते भएका छन् । वडा प्रहरी कार्यालय, वालिङका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ कल्लेरी, आलेगाउँ बस्ने ५७ वर्षीय भक्तबहादुर माझी घाइते भएका हुन् । आज बिहान घर नजिकै बारीमा घाँस काट्दै गरेको अवस्थामा एक्कासि चितुवाले झम्टेको बताइएको छ । घाइते माझीको टाउको, शरीर र हातमा चिथोरेर छियाछिया बनाएको छ । गम्भीर घाइते माझीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा लगिएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चितुवाको आक्रमणबाट पुरुष घाइते वालिङ,  असोज ४। चितुवाको आक्रमणबाट आज बिहान एक पुरुष घाइते भएका छन् । वडा प्रहरी कार्यालय, वालिङका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ कल्लेरी, आलेगाउँ बस्ने ५७ वर्षीय भक्तबहादुर माझी घाइते भएका हुन् । आज बिहान घर नजिकै बारीमा घाँस काट्दै गरेको अवस्थामा एक्कासि चितुवाले झम्टेको बताइएको छ । घाइते माझीको टाउको, शरीर र हातमा चिथोरेर छियाछिया बनाएको छ । गम्भीर घाइते माझीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा लगिएको छ । रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारले राहत पाएनन् बैतडी, २७ भदौ । बैतडीको तल्लोस्वाराडमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारले एक महिना पुग्न लाग्दा समेत क्षतिपूर्ति तथा राहत पाउन सकेका छैनन् । चितुवाको आक्रमणमा परी ज्यान गुमाएका उदयदेव–९ मकैल ब्याल्धमका चञ्चला चन्द र उदयदेव–२ कफाडीका अञ्जली चन्दका परिवारले राहत तथा क्षतिपूर्ति नपाएका हुन । उदयदेव–९ का हीरा चन्दकी सात वर्षीया छोरी चञ्चलाको भदौ ४ गते र उदयदेव–२ का हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीको भदौ १८ गते चितुवाको आक्रमणबाट ज्यान गएको थियो । दुईटै बालिकाको साँझको समयमा आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले राहतका लागि पहल भइरहेको बताउनुभयो । जिल्ला वन कार्यालयले भने क्षेत्रीय वन कार्यालय धनगढीले राहत दिने भएकाले केही ढिलाइ भएको जनाएको छ । क्षतिपूर्ति पाउनका लागि मृत भएको भनेर अस्पतालले दिएको शव परीक्षण कागज, प्रहरीको मुचुल्का, गाविस कार्यालयबाट मृतकका परिवारको नाता प्रमाणित गरेको प्रमाणपत्र र सामुदायिक वनको मुचुल्कापत्रलगायतका कागजपत्र आवश्यक पर्ने सहायक जिल्ला वन अधिकृत रामप्रसाद चौधरीले बताउनुभयो । यसअघि वन तथा भू–संरक्षण मन्त्रालयले लागू गरेको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोगसम्बन्धी निर्देशिका, २०६९ अनुसार १४ मृतकका परिवारलाई रु एक लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराइएको, छ मृतकका परिवारलाई रु तीन लाख का दरले राहत रकम उपलब्ध गराइएको जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत चौधरीले बताउनुभयो ।
0 notes