Tumgik
#वलङम
nepal123 · 8 years
Photo
Tumblr media
पृथ्वीराजमार्ग बस सञ्चालक समितीको रक्तदान कार्यक्रममा वालिङमा ६३ युनिट रगत संकलन पोखरा, २० माघ- पृथ्वीराजमार्ग बस सञ्चालक समितीले आफ्नो ४५ औ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ । यात्रुहरुलाई सुरक्षित गन्तब्यमा मात्र नभइ विभिन्न सामाजिक क्रियाकलापहरुलाई पनि समितीले काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफ्नो ४५ औ वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न ठाउमा पुगी रक्तदान, स्वास्थ्य शिविर जस्ता सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको समितीका महासचिव योगेन्द्र केसीले जानकारी दिए । जस अन्तर्गत बुधवार पृथ्वी राजमार्ग बस सञ्चालक समितीको आयोजनामा स्याङजाको वालिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधवार सम्पन्न रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको महासचिव केसीले जानकारी दिए । इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले पहिलो रक्तदाता नेपाल रेडक्रस सोसाइटी वालिङ शाखाका सचिव खगेन्द्र प्रसाद सापकोटा लाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए । समितीको आयोजनामा यसअघि मंगलबार कास्कीको घाचोकमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ । सामाजिक अभियान अन्तर्गत बिहीबार लम्जुङको बेशीसहरमा रक्तदान , शुक्रबार पोखराको पृथ्वीचोकमा रक्तदान, पृथ्वी राजमार्गको अफिस जिरो किमी देखि चाइना पुल सम्म बृहत सरसफाइ र बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई सामुहिक खाना खुवाउने कार्यक्रम रहेको समेत केसीले जानकारी दिए ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
वालिङमा चितुवाको आक्रमणबाट पुरुष घाइते वालिङ, ४ असोज । चितुवाको आक्रमणबाट आज बिहान एक पुरुष घाइते भएका छन् । वडा प्रहरी कार्यालय, वालिङका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ कल्लेरी, आलेगाउँ बस्ने ५७ वर्षीय भक्तबहादुर माझी घाइते भएका हुन् । आज बिहान घर नजिकै बारीमा घाँस काट्दै गरेको अवस्थामा एक्कासि चितुवाले झम्टेको बताइएको छ । घाइते माझीको टाउको, शरीर र हातमा चिथोरेर छियाछिया बनाएको छ । गम्भीर घाइते माझीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा लगिएको छ ।
0 notes