#चढक
Explore tagged Tumblr posts
Photo
मोर्चाका कार्यकर्ताद्धारा मानवअधिकार आयोगका प्रवक्ता अन्सारी चढेको गाडीमा तोडफोड सप्तरी, २६ फागुन- प्रहरीद्वारा आफ्ना चारजना कार्यकर्ताको हत्या गरेको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी चढेको गाडीमा आज तोडफोड गरेका छन् । सप्तरीको मलेखमा सो आयोगको बा७च ७४७९ नंको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट गाडीको झ्यालको शिशा फुट्नुका साथै सामान्य क्षति पुगेको छ । त्यस्तै कार्यकर्ताले राजविराज–४ मा रहेको भूमिसुधार कार्यालयमा आगजनी गरेको छ । मोर्चाका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एक दर्जन गाडीमाथि ढुङ्गामुढा प्रहार गरी गाडीका झ्याल र ढोकाका शिशा तोडफोड गरी क्षति पु¥याएका छन् । मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा टायर बालेर विरोध गरिरहेकाले राजविराजको अवस्था अहिले पनि तनावग्रस्त छ ।
0 notes
Text
Exclusive: गांव के कुत्तों ने घेर लिया गुलदार, तो पेड़ पर चढक बचाई जान
Exclusive: गांव के कुत्तों ने घेर लिया गुलदार, तो पेड़ पर चढक बचाई जान
रिपोर्ट: सलमान मलिक रूड़की: एक कहावत है कि जब शेर का समय खराब होता है तो उसे कुत्ते भी घेर लेते है। कुछ ऐसा ही ह��आ भगवानपुर क्षेत्र के एक गाँव मे जहां आदमखोर गुलदार को गाँव के कुत्तों ने घेर लिया, फिर क्या था गुलदार जान बचाने के लिए दौड़ा और पेड़ पर चढ़ गया। कुत्तों की आवाज सुनकर ग्रामीणों की भीड़ इकठ्ठा हो गई, और जब गुलदार की जानकारी लगी तो तुरंत सूचना वनविभाग को दी गई। लेकिन बिडम्बना देखिए कि कई…
View On WordPress
0 notes
Photo
आफैं चढेको ट्याक्टरले यसरी किच्यो हुमबहादुरलाई, घटनास्थलमै ज्यान गयो नवलपरासी, १० पुस- शनिबार साँझ बेनीमणिपुर–८ भित्री सडकखण्डमा उत्तरदेखि दक्षिण आउँदै गरेको लु२त ६१६६ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा ट्र्याक्टरमा सवार १४ वर्षीय होमबहादुर रानाको मृत्यु भएको इलाका प्रहरी दुम्किबासले जनाएको छ । त्यसैगरी राकाचुली–९ स्थित चन्दातारा पहाडी सडकखण्डमा लु२त ५४०३ नंको ट्र्याक्टरमा सवार ५५ वर्षीय हुमबहादुर लामिछानेको सोही ट्र्याक्टरले थिचेर मृत्यु भएको छ । उनी ट्र्याक्टरबाट खसेको र ट्र्याक्टरको पछाडिको पाङ्ग्राले थिचेकाले उपचारका लागि लैजाँदै गर्दा बाटामै मृत्यु भएको इप्रका, दुम्किबासले जनाएको छ ।
0 notes
Photo
उदयपुरमा ४१ जना चढेको बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु मंसिर २४ गते- उदयपुरको लेखानी ५ भदौरेमा यात्रुले खचाखच भरिएको बस आज बिहान दुर्घटना हुँदा ५ जनाभन्दा बढीको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी घुर्मी खण्डमा खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेको बा ४ ख ३६२० नम्बरको बस बिहान दुर्घटनामा परेको हो । सप्तरीबाट हलेसी महादेवको दर्शन गर्न गएको दर्शनार्थीको टोली चढेको बस फर्कने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ । बसमा ४१ भन्दा बढी दर्शनार्थी चढेका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली त्यसतर्फ परिचालन भएको छ ।
0 notes
Text
इण्डोनेसियन प्रहरी चढेको बिमान बेपत्ता
इण्डोनेसियन प्रहरी चढेको बिमान बेपत्ता
एजेन्सी । इण्डोनेसियन प्रहरी चढेको बिमान बेपत्ता भएको छ । सिंगापुर नजिकै बताम दीपका लागि उडान भर्ने क्रममा सम्पर्कबिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । केसीको जीवनरक्षाको माग गर्दै राजधानीमा प्रर्दशन (फोटो फिचर) बिमानमा चालक दलका पाँच सदस्य र ८ यात्रु गरी १३ जना रहेका छन् । बिमान बंका द्वीपबाट उडेको ५० मिनेटपपछि सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनामा…
View On WordPress
0 notes
Photo
कोलम्बियामा ७२ जना चढेको विमान दुर्घटनाग्रस्त, फुटबलरहरु पनि परे मंसिर १४ गते- कालम्बियामा ७२ जना चढेको विमान दुर्घटनाग्रस्त भएको छ । ब्राजिलको क्लबस्तरका फुटबल टोली सदस्य चढेको विमान दुर्घटनामा परेको हो । चार्टड गरिएको विमानबाट उनीहरु मेडेलियनको कोपा सुडामेरिकाको फाइनलमा एट्लेटिको नेशनलविरुद्ध खेल्न जाँदै थिए । बोलिभियाबाट छुटेको विमानको दुर्घटनास्थल पत्ता लागेको छ र यात्रुहरु जीवितै हुने सम्भावना रहेकाले उद्धार थालिएको छ । विमान मेडेलियन क्षेत्रको पहाडी इलाकामा दुर्घटनामा परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
0 notes
Photo
दर्जनौं पटक हिमाल चढेका एक्ला रामबहादुर खुट्टा काटिएपछि बेसहारा बेसीसहर, ८ मङ्सिर- सिम्पानीका रामबहादुर परियारले दर्जनाँै पटक हिमाल चढ्नुभएको छ । विदेशीको भारी बोकेर कयाँैपटक हिमालपारि पुग्नुभयो । अहिले उहाँको शरीरमा शक्ति छैन, सहारा दिने पनि कोही छैनन् । भरिया बनेको बेला हिउँमा डुबेको खुट्टाले अहिले पीडा दिएको छ । एउटै खुट्टा दुई पटकसम्म काटिएपछि सिम्पानीका रामबहादुर परियार अहिले बिचल्लीमा पर्नुभएको छ । भारी बोकेर हलो जोतेर जवानी बिताउनुभएका रामबहादुर बेसहारा बन्नुभएको छ । “चार वर्षअघि हिँउले खुट्टा खाएर सानो घाउ भएको थियो”, रामबहादुरले भन्नुभयो, “यति धेरै दुःख पाइएला भन्ने लागेको थिएन, खुट्टा गुमाउनुपर्छ भनेर सोचेको पनि थिइनँ, अहिले एउटै खुट्टा दुईपटकसम्म काट्नु प¥यो ।” “बल छँदै मजदुरी गरेर कमाएको धनले बुढेसकालमा आराम गरौँला भन्ने सोचेको थिएँ, तर अकल्पनीय दुःख पाएँ”, आँखाभरि आँसु पा��्दै परियारले भन्नुभयो । परियारको दाँहिने गोडाको घुँडाभन्दा केही तल सामान्य घाउ भयो, उहाँले सामान्य घाउ भनेर केही वास्ता गर्नु भएन । घाउ निको भएन, तर झन् ठूलो भयो । अन्ततः अस्पताल आउन बाध्य हुनुभयो । चिकित्सकले शल्यक्रिया गरेर खुट्टा नै काटिदिए । बैसाखीको सहारामा हिँड्दै आउनुभएका ५५ वर्षीय रामबहादुरको परिवारमा कोही छैनन् । आमाबुबा गुमाई सक्नुभएका परियार अविवाहित हुनुहुन्छ । “एक्लै बस्छु, बिहे पनि गरेको छैन, दुःख बिमार पर्दा आपत् पर्दोरहेछ”, उहाँ भन्नुहुन्छ । जीविकोपार्जनका निम्ती ज्याला र मजदुरीमा व्यस्त बन्नुभएका रामबहादुरले आफ्नो घाउलाई राम्रो स्याहार गर्न पनि सक्नुभएन । शल्यक्रिया गरिएको घाउमा सरसफाइ र पोषण नपुगेपछि निको हुनुको सट्टा घाउ झन् ठूलो भयो । दुई वर्षपछि उहाँले फेरि दुःख पाउनुभयो । “उहाँको बोन क्यान्सर भएको रहेछ, खानामा पोषण नपुगेर उहाँको घाउमा सुधार नभएको हो”, अस्पतालका चिकित्सक डा प्रकाश साहुले भन्नुभयो, “अहिले फेरि शल्यक्रिया गरिएको छ, अस्पतालकै निगरानीमा राखेर पोषणयुक्त खाना खुवाउँदै आएका छौँ ।” दोस्रोपटक अस्पताल आउनुभएका परियारको खुट्टा पुनः काटिएको छ । घाउमा गम्भीर समस्या भएकाले उहाँको खुट्टा शल्यक्रिया गरेर दोस्रोपटक काट्नुको विकल्प नभएको चिकित्सकले बताएका छन् । परियार अहिले अस्पतालमा उपचारत हुनुहुन्छ । गरिबीका कारण उपचार खर्चसमेत नभएका परियारलाई उपचार अवधिभर अस्पतालले नै खानाको व्यवस्था गरिदिएको छ । परियारको उपचारका लागि पहिलोचोटि करिब दुई लाख रुपैयाँ लागेको थियो । दोस्रोपटकको उपचारमा पनि डेढ लाखभन्दा बढी लागेको अस्पतालकी शोभा ठकुरीले जानकारी दिनुभयो । परियारका लागि सहयोग गर्ने कोही नहुँदा अस्पतालले निःशुल्क उपचार गराइरहेको ठकुरीले बताउनुभयो । घाउ सफा गर्नको निम्ति दैनिक अस्पताल आउने गरी परियारलाई अस्पतालबाट बाहिर राखिएको छ । परियार अहिले अस्पताल नजिकै आफन्तको डेरामा बस्दै आउनुभएको छ । केही दिन आफन्तकामा बसेपनि केही दिनपछि जाने ठाउँ नभएको उहाँले बताउनुभयो । आफ्नो नाममा सानो टुक्रा जमिन र एउटा झुप्रो भए पनि खुट्टाका कारण काम गर्न नसक्ने उहाँ बताउनुहुन्छ । काम गर्ने आफ्नो बल र सहयोगी कोही नहुँदा आफू बिचल्लीमा परेको उहाँले बताउनुभयो । “दिनदिनै अस्पताल जानुपर्छ, त्यही भएर केही दिन आफन्तकहाँ बसेको छु, अब कहाँ जाने थाहा छैन”, परियारले भन्नुभयो, “उमेर र बल छँदा अरूको निम्ति काम गरियो, अहिले आफू बेसहारा भएर बाँच्नु परेको छ, जिन्दगीमा निकै पीडा हुने रहेछ ।” रासस
0 notes
Photo
परराष्ट्रमन्त्री महत चढेको नेपाल एयरको विमान काठमाडौंमा आकस्मिक अवतरण भदौ २८ गते- परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गराईएको छ । दिल्लीबाट काठमाडौं आएको विमान अवतरणका क्रममा ल्याण्डिङ्ग गियर फसेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराईएको हो । चालकको सावधानीका कारण विमान ठूलो दुर्घटनाबाट बचेको छ । सोही विमानमा भारत भ्रमण प��रा गरी मन्त्री महत फर्किएका थिए । ल्याण्डिङ गियर फसेको पूर्वसूचना पाइलटले विमानस्थल अधिकारीलाई दिएपछि बिशेष सावधानीपूर्ण तरिकाले फमहरू राखेर विमानलाई फोर्स ल्याण्डिङ गरिएको थियो । आकस्मिक अवतरणपछि रोकिएका सबै उडान अहिले सुचारु भैसकेका छन् ।
0 notes
Text
परराष्ट्रमन्त्री महत चढेको बिमान दुर्घटनाबाट जोगियो
परराष्ट्रमन्त्री महत चढेको बिमान दुर्घटनाबाट जोगियो
२८ भदौ, काठमाडौं । भारत भ्रमणबाट फर्कने क्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ । मोर्चाले साथ छोड्ने भएपछि प्रचण्डले बोलाए आकास्मिक बैठक आज दिउँसो दिल्लीबाट आएको आर ए २०६ विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेपछि अवतरणका क्रममा टायर पड्किएको थियो । बिमान अहिले पनि धावन मार्गमै रहेको छ । टायर…
View On WordPress
0 notes