#खटट
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
किन पल्टिन्छ खुट्टा? यस्ता छन् कारण र रोकथामका उपाय सदिपरमण पुरी खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। यसमा अत्यन्त कडा दुखाइ हुन्छ। प्रायः राति खुट्टा पल्टिने गदर्छ। एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ। तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्छ। यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन्। पल्टिएको ठाँउमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महसुस हुन्छ। तिघ्राको मासु पल्टने अवधि केहि समयदेखि धेरै मिनेटसम्म हुने गर्छ। दुखाइ कम भएपछि एकैठाउँ डल्लो परेको मासु ठिक ठाउँमा आउन केही समय लग्छ। सबै उमेरका मनिसमा यो समस्या देखिने भए पनि प्रायः अधवैँसे तथा ��ुढाबुढीलाई बढी हुने गर्छ।स्वाथ्य पत्रिकामा खबर छ । खुट्टा फर्किने वा बाउँडिने समस्याको यकिन कारण भने छैन। विविन्न कारणले गर्दा यस्तो समस्या देखापर्छ। १. पोषक तत्वको अभाव पोषक तत्वहरू (जस्तैः सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम आदि) शरीरलाई आवश्यक मात्रामा उपलब्ध नहुँदा मासु पल्टिने गर्छ। यी पोषक तत्वहरूले स्नायुको सन्देश लैजान, मासु खुम्चाउन तथा मासुको कार्य राम्रोसँग गर्न सहयोग गर्छन्। सोडियममा सकारात्मक आयोन हुन्छ जसले गर्दा स्नायुको सन्देश लैजान र मासु खुम्च्याउन सहयोग गर्छ भने क्याल्सियमले मासु खुम्च्याउन र स्नायु सन्देश निकाल्न सहयोग गर्छ। पोटासियमले सोडियम र क्लोराइडसँग मिलेर विद्युतीय सन्देश निकाल्न स्नायु र मासुलाई सहयोग गर्छ। त्यस्तै म्याग्नेसियमले मासु खुम्चँदा चाहिने शक्तिमा स्थिरता ल्याउन सहयोग पर्‍याउँछ। त्यस्तै शरीरमा भिटामिन बि १२ को कमि हुँदा पनि राति खुट्टा पल्टिन्छ। २. लामो समयसम्म उभिँदा कडा ठाँउमा लामो समयसम्म उभिँदा, अग्ला हिल लगाउँदा र खुट्टामा नमिलेको जुत्ता लगाउँदा मासु थाक्न गई खुटृा पल्टिने हुन्छ। सन् २०१२ मा इर्गोनमिक्समा प्रकाशित एक अध्ययन अनुसार लामो समयसम्म उभिनु खुटृा पल्टनुको एउटा महत्वपुर्ण कारण हो। उक्त अध्ययनले यस्तो समस्या भएमा रोकथामका लागि लामो समयसम्म नउभिन सुझव दिएको छ। साथै अप्ठेरो गरेर बस्ने र अप्ठेरो गरेर सुत्ने बानीले पनि खुटृा पल्टन सघाउँछ। ३. जलवियोनन शरीरमा प्रयाप्त मात्रामा तरल पदार्थ हुँदा यसले शरीर तथा दिमागलाई स्वस्थ बनाउन सहयोग गर्छ। यसले हाम्रो शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न सहयोग पुर्‍याउँछ। हाम्रो शरीरको मासु ७५ प्रतिशत जति पानीले बनेको हुन्छ। यसले मासुलाई खुम्चन र खुल्न सहयोग गर्छ। यदि शरीरमा पानीको मात्रा कम भएमा खुटृा पल्टने सम्भावना बढी हुन्छ। केही जलवियोजनका कारण पनि मासुको काम गर्ने क्षमतामा कमी हुन गई खुटृा बाउँडिने गर्छ। ४. गर्भवती गर्भवती महिलालाई पनि खुटृा पल्टने सम्भावना बढी हुन्छ। यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरू भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ। गर्भवती अवस्थामा पाठेघरले नशा तथा रक्तनलीमा  चाप दिन खुट्टा पल्टिने हुन्छ। यदि, गर्भवती अवस्थामा पटक-पटक मासु बाउँडिन्छ भने चाहिँ तुरून्त चिकित्सकको सल्लाहा लिनुपर्छ। ५. हाइपो थाइराइड थाइराइड हर्मोनको कमीले अप्रत्यक्ष रूपमा खुटृा पल्टन सघाउँछ। थाइराइट हर्मोनको कमीले क्याल्सियम शोषण गर्न र प्रयोग गर्नमा असर पार्छ। क्याल्सियमको कमीले मासु कमजोर हुने, निदाउने र पल्टने हुन्छ। थाइराइड हर्मोन कम हुँदा मेटाबोलिजम पनि कम हुने गर्छ तसर्थ कसरत गर्दा उच्च मेटाबोलिजमको आवश्यकता पूर्ति हुन नसकेर खुटृा पल्टने गर्छ। ६. अनियन्त्रित मधुमेह मधुमेहले पनि खुट्टा पल्टिन सहयोग गर्छ। मधुमेहका बिरामीमा यस्तो हुनु नशा खराब भएको लक्षण हो। यसलाई मेडिकल भाषामा ‘डाइबिटिज निउरोप्याथी’ भनिन्छ। यो अनियन्त्रित मधुमेहले ल्याउने जटिलता हो। यसमा खुट्टा झम्झमाउने, खुटृामा केहीले छोएको थाहा नपाउने र खुटृा पल्टिरहने हुन्छ। रगतमा चिनीको मात्रा बढी हुँदा धेरै पिसाब लाग्ने हुँदा जलवियोजन हुन गएर पनि खुटृा पल्टने हुन सक्छ। यदि मधुमेहका रोगीले खुटृा पल्टेको महसुस गरेमा तुरून्त चिकित्सकको सल्लाहा लिनुपर्छ। ७. मध्यपानको प्रयोग धेरै मध्यपानले हातखुटृाको नशा खराब गराउन सक्छ। यसलाई मेडिकल भाषामा अल्कोहोलिक न्युरोप्याथी भनिन्छ। खुटृा दुख्ने र पल्टने अल्कोहोलिक न्युरोप्याथीका प्रमुख लक्षण हुन्। धेरै मध्यपान गर्दा धेरै पिसाब लाग्ने हुँदा जलवियोजन हुन गई खुटृा पल्टेको पनि हुन सक्छ। ८. केही औषधि पिसाब लगाउने औषधि जसका कारण जलवियोजन हुन सक्छ र खुटृा फर्किने हुन्छ। त्यस्तै कोलेस्टेरोलको मात्रा कम गर्ने औषधि, एन्टिसाइकोटिक औषधि, स्टेरोयड र परिवार नयोजनको लागि खाने चक्की आदिले पनि मासु बाउँडिने र पल्टिने गर्छ। यदि कुनै औषधिको प्रयोग गर्ने बित्तिकै अथवा केही समयपछि मासु पल्टने समस्या देखिन्छ भने चिकित्सको सल्लाह लिनु उपयुक्त हुन्छ। रोकथामका उपाय १. प्रसस्त पानी, फलफूलको रस र दालको रस पिउने। २. धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने। ३. सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ। ४. लगातार लामो समय सम्म नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने। ५. सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने। ६. १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने। ७. खुटृा पल्टेको समयमा हिँडने अथवा मज्जाले हाँस्ने। यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ। ८. पल्टिएको ठाँउमा तातोले सेक्ने। तातोले खुम्चिएको मासु छिटो फुक्��लाई सहयोग गर्छ। ९. पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खाने कुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने। १०. पटक-पटक खुट्टा पल्टने समस्या दोहोरिए, तुरून्त चिकित्सकको सल्लाह लिने।
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
टमाटर की चटनी: एक मीठा और खट्टा खत्म करने वाला बंगाली भोजन https://tinyurl.com/yj826sb2 #एक #और #क #करन #खटट #खतम #चटन #टमटर #बगल #भजन #मठ #वल
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दुर्घटनामा परेकी एमाले सांसदको दुलारीको उपचारका क्रममा दायाँ खुट्टा काटियो काडमाडौं—एमाले सांसद दुलारी देवी भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी छिन् ।लडेर घाइते भएकी उनको उपचारका क्रममा दायाँ खुट्टा काट्न परेको बताइएको छ । एमालेको तर्फबाट उनी सर्लाहकी समानुपातिक सांसद रहेकी देवीको सामान किन्न सीमावर्ती सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदा उनी सवार मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको बताइएको छ । चैत ५ पाँच गते बिहान ११ बजे दुर्घटनामापरेकी उनलाई भोलिपल्ट नै काठमाडौँ ल्याइएको थियो । उपचारका लागि काठमाडौं ल्याइएको र बी एन्ड बी अस्पतालमा उपचारका क्रममा दायाँ खुट्टा काट्नुपरेको बताइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
निर्वाचन गराउन सरकारले खुट्टा कमाउनु हुँदैन–ओली नेपालगन्ज, ६ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताउनुभएको छ । सो दलको बाँके प्रचार विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “कुनै दल, कथित मोर्चा र कुनै समूहले निर्वाचनको विरोध गर्छन् भने पनि निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्नु हुँदैन । निर्वाचनका लागि सरकार दरो भएर प्रस्तुत हुनुपर्छ, सरकार लुलो र फितलो भएर प्रस्तुत भयो भने निर्वाचन नचाहनेलाई त्यसले फाइदा पु¥याउँछ”, उहाँको सुझाव थियो । उहाँले संविधानले कसैलाई भेद्भाव नगरेको बताउँदै तराईका जनतालाई संविधानको विरुद्ध अल्मल्याइएको छ, यही अवस्थालाई दृष्टिगत गरी आफ्नो दलले मेची–महाकाली अभियान सञ्चालन गरेको हो भन्नुभयो । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफ्नो दलको अहिले एउटै मूल उद्देश्य निर्वाचन भएकाले त्यसअघि सत्ता हेरफेर प्रयासमा नलाग्ने स्पष्ट गर्नुभयो । पत्रकार सम्मेलनमा सो दलका महासचिव ईश्वर पोखरेलले कुनै पनि अवस्थामा आफ्नो दल संविधान संशोधनको पक्षमा नजाने अडान दोह¥याउँदै संशोधन केका लागि भन्ने प्रश्नको जवाफ पहिले जनतालाई स्पष्टसँग भन्न सक्नुपर्छ भन्नुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सरकारलाई निर्वाचनमा जान खुट्टा नकमाउन लालबाबु पण्डितको चेतावनी भक्तपुर, २६ माघ- नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले निर्वाचनमा जानबाट खुट्टा नकमाउन सरकारलाई आग्रह गर्नुभएको छ । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सरकारले निर्वाचनमा जान डराइरहेको बताउँदै नेपालका मुख्य राजनीति शक्ति एक भएर निर्वाचनमा जानुको विकल्प नभएको स्पष्ट गर्नुभयो । संविधान कार्यान्वयन भएन भने देशले संवैधानिक, राजनीतिक सङ्कटपूर्ण अवस्था सामाना गर्नुपर्ने बताउँदै उहाँले त्यस्तो अवस्था आए त्यसको मुख्य जिम्मेवार सरकारमा सहभागी दलहरु नै बन्नुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको बताउँदै सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हन्छ भन्नुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
एक खुट्टे डान्सर नीलमले गरिन् पोखरामा साहसिक ‘अल्ट्रालाइट उडान’ पोखरा, १० माघ- विगत तीन बर्षदेखि लगातार एउटा खुट्टाको सहारामा आकर्षक नृत्य गर्दै आएकी निलम ढुंगानाले पोखरामा सहासिक अल्ट्रालाइट उडान गरेकी छिन् । उनले आइतवार पोखरा अल्ट्रालाइट प्रालिको ओपन एयर क्राफ्ट मार्फत १५ मिनेटको उडान गरेकी हुन् । विहान ९ बजेदेखि १५ मिनेटसम्म पोखराको आकाशमा उडेकी उनले अल्ट्रालाइट उडान निकै रोमान्चक र अविश्मरणीय भएको बताइन् । पोखरा अल्ट्रलाइट प्रालिको विशेष सहयोगमा उनले उडान भरेकी हुन् । उडान पुरा भएपछि प्रमाणपत्र हस्तान्तरण गर्दै पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोम नारायण श्रेष्ठले अपाङ्गगता भएका ब्यक्तिहरु पनि सहासिक उडानमा सहभागी हुन आएकोमा खुसी ब्यक्त गरे । उनले ढुंगानाको क्षमताको प्रशंसा गर्दै अपाङ्गगता भएका ब्यक्तिको प्रतिभा प्रष्फुटनमा सधै सहयोग गर्ने प्रतिबद्धता ��नाए । ढुंगानाले सातौ पोखरा महोत्सब अन्तर्गत शनिवार आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । बनमा फुल्यो फुलै फुल र ठमेल बजारमा बोलको गीतमा उनले प्रस्तुत गरेको नृत्य अबलोकन गर्न हजारौ दर्शक मेला स्थल पुगेका थिए । ९ बर्षअघि सडक दुर्घटनामा एउटा खुट्टा गुमाएकी ढुंगानाले सानै देखिको आफ्नो प्रतिभालाई रोकेर राखिनन् । उनले एटटै खुट्टको सहाराले नृत्य अभ्यास गर्दै अहिले ब्यवसायिक नृत्य प्रस्तुत गर्ने गरेकी छिन् । उनले देशका विभिन्न स्थान सहित विदेशकास्टेजमा आफ्नो प्रतिभा देखाइसकेकी छिन् । देशका विभिन्न उत्सव र महोत्सवमा एउटा खुट्टाले नाच्ने नर्तकीका रूपमा उनलाई निम्त्याइन्छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
भारतमा जन्मियो दुई यौनाङ्ग र चार खुट्टा भएको बच्चा, हेर्नेको थामिनसक्नु भीड पुस २८ गते- भारतको गुजरातमा एक विचित्रको शिशुको जन्म भएको छ । गुजरातका ३५ बर्षीय प्रताप मोरी र उनकी ३५ बर्षिय पत्नी सुलेखा मोरीले दुईवटा यौनाङ्ग र चारवटा खुट्टा भएको बच्चालाई जन्म दिएका हुन् । अचम्मका बच्चाको जन्म भएपछि उक्त बच्चालाई हेर्न निकै भीड लाग्न थालेको छ । उक्त शिशु ती दम्पत्तिका छैठौं सन्तान हुन् । अस्पतालमै अचम्मको बच्चा जन्मिएपछि चिकित्सकहरु समेत अचम्म��ा परेका थिए । चिकित्सकहरुले भने बच्चाको अतिरिक्त दुईवटा खुट्टा शल्यक्रियामार्फत् हटाउन सकिने र यौनाङ्गको पनि उपचार गर्न सकिने बताएका छन् । तर शिशुका बाबुआमा आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारका लागि उनीहरुले याचना गरेका छन् । चिकित्सक काकुभाइ मागनभाई दाभीले भने पहिले कहिल्यै पनि अल्ट्रासाउन्ड नगरेको हुनाले बच्चाको अवस्था अज्ञात भएको बताए । – एजेन्सी
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
अमदावदी खट्टा मीठा भात रेसिपी - गुजरात से एक मीठी-एन-खट्टा चावल की तैयारी https://tinyurl.com/ybvjgoql #amdavadi_khatta_meetha_bhaat_recipe #gujarati #gujarati_bhaat #gujarati_cuisine #gujarati_dish #gujarati_food #gujarati_snacks #how_to_make_amdavadi_khatta_meetha_bhaat #rice #rice_based_dishes #rice_bowl #street_food #अमदवद #एक #क #खटट #गजरत #चवल #तयर #भत #मठ #मठएनखटट #रसप #स
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
देखें: कैसे करें इमली की खट्टी मीठी कैंडी - अपने बच्चों के लिए एक स्वस्थ टॉफ़ी https://tinyurl.com/y2qd6bxa #अपन #इमल #एक #क #कड #कर #कस #खटट #टफ #दख #बचच #मठ #लए #सवसथ
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
इंडियन कुकिंग टिप्स: कैसे बनाएं 'बेसन की कढ़ी' 'खट्टा' या खट्टी की सही मात्रा https://tinyurl.com/y2fwjnj2 #39खटट39 #39बसन #इडयन #क #ककग #कढ39 #कस #खटट #टपस #बनए #मतर #य #सह
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
यि हुन् कोलम्बिया बिमान दुर्घटनामा बाँच्न सफल ३ खेलाडी, जसमध्ये १ जनाको खुट्टा नै काटीयो एजेन्सी – कोलम्बिया जहाज दुर्घटनामा बाच्न सफल ३ खेलाडी मध्येका एक ३१ वर्षका हिलियो हर्मिटो जाम्पिएर निटोको अवस्था अन्य ३ खेलाडी भन्दा केही राम्रो छ । निटोको फोक्सो, घुँडा, नाडी र टाउकोको शल्यक्रिया भएको छ । अहिले उनको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् । दुर्घटनामा निटोसहित अरु दुई खेलाडी पनि बाँच्न सफल भएका छन् । २४ वर्षका गोलरक्षक ज्याक्सन राग्नर फोल्लमानको बायाँ खुट्टा काटिएको छ भने डिफेन्डर एलन रुसेलको स्पाइनल शल्यक्रिया भएको छ । बोलिभियाबाट उडेको विमान साथथ अमेरिकी क्लब कपको फाइनल खेल्न चापेकोएन्सेका खेलाडी कोलम्बिया जाँदै गर्दा इन्धन अभावका कारण दुर्घटना हुँदा ७७ जना यात्रु मध्ये ७१ ले ज्यान गुमाएका थिए । दुर्घटनामा टिमका १९ खेलाडीको ज्यान गएको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दर्जनौं पटक हिमाल चढेका एक्ला रामबहादुर खुट्टा काटिएपछि बेसहारा बेसीसहर, ८ मङ्सिर- सिम्पानीका रामबहादुर परियारले दर्जनाँै पटक हिमाल चढ्नुभएको छ । विदेशीको भारी बोकेर कयाँैपटक हिमालप��रि पुग्नुभयो । अहिले उहाँको शरीरमा शक्ति छैन, सहारा दिने पनि कोही छैनन् । भरिया बनेको बेला हिउँमा डुबेको खुट्टाले अहिले पीडा दिएको छ । एउटै खुट्टा दुई पटकसम्म काटिएपछि सिम्पानीका रामबहादुर परियार अहिले बिचल्लीमा पर्नुभएको छ । भारी बोकेर हलो जोतेर जवानी बिताउनुभएका रामबहादुर बेसहारा बन्नुभएको छ । “चार वर्षअघि हिँउले खुट्टा खाएर सानो घाउ भएको थियो”, रामबहादुरले भन्नुभयो, “यति धेरै दुःख पाइएला भन्ने लागेको थिएन, खुट्टा गुमाउनुपर्छ भनेर सोचेको पनि थिइनँ, अहिले एउटै खुट्टा दुईपटकसम्म काट्नु प¥यो ।” “बल छँदै मजदुरी गरेर कमाएको धनले बुढेसकालमा आराम गरौँला भन्ने सोचेको थिएँ, तर अक��्पनीय दुःख पाएँ”, आँखाभरि आँसु पार्दै परियारले भन्नुभयो । परियारको दाँहिने गोडाको घुँडाभन्दा केही तल सामान्य घाउ भयो, उहाँले सामान्य घाउ भनेर केही वास्ता गर्नु भएन । घाउ निको भएन, तर झन् ठूलो भयो । अन्ततः अस्पताल आउन बाध्य हुनुभयो । चिकित्सकले शल्यक्रिया गरेर खुट्टा नै काटिदिए । बैसाखीको सहारामा हिँड्दै आउनुभएका ५५ वर्षीय रामबहादुरको परिवारमा कोही छैनन् । आमाबुबा गुमाई सक्नुभएका परियार अविवाहित हुनुहुन्छ । “एक्लै बस्छु, बिहे पनि गरेको छैन, दुःख बिमार पर्दा आपत् पर्दोरहेछ”, उहाँ भन्नुहुन्छ । जीविकोपार्जनका निम्ती ज्याला र मजदुरीमा व्यस्त बन्नुभएका रामबहादुरले आफ्नो घाउलाई राम्रो स्याहार गर्न पनि सक्नुभएन । शल्यक्रिया गरिएको घाउमा सरसफाइ र पोषण नपुगेपछि निको हुनुको सट्टा घाउ झन् ठूलो भयो । दुई वर्षपछि उहाँले फेरि दुःख पाउनुभयो । “उहाँको बोन क्यान्सर भएको रहेछ, खानामा पोषण नपुगेर उहाँको घाउमा सुधार नभएको हो”, अस्पतालका चिकित्सक डा प्रकाश साहुले भन्नुभयो, “अहिले फेरि शल्यक्रिया गरिएको छ, अस्पतालकै निगरानीमा राखेर पोषणयुक्त खाना खुवाउँदै आएका छौँ ।” दोस्रोपटक अस्पताल आउनुभएका परियारको खुट्टा पुनः काटिएको छ । घाउमा गम्भीर समस्या भएकाले उहाँको खुट्टा शल्यक्रिया गरेर दोस्रोपटक काट्नुको विकल्प नभएको चिकित्सकले बताएका छन् । परियार अहिले अस्पतालमा उपचारत हुनुहुन्छ । गरिबीका कारण उपचार खर्चसमेत नभएका परियारलाई उपचार अवधिभर अस्प���ालले नै खानाको व्यवस्था गरिदिएको छ । परियारको उपचारका लागि पहिलोचोटि करिब दुई लाख रुपैयाँ लागेको थियो । दोस्रोपटकको उपचारमा पनि डेढ लाखभन्दा बढी लागेको अस्पतालकी शोभा ठकुरीले जानकारी दिनुभयो । परियारका लागि सहयोग गर्ने कोही नहुँदा अस्पतालले निःशुल्क उपचार गराइरहेको ठकुरीले बताउनुभयो । घाउ सफा गर्नको निम्ति दैनिक अस्पताल आउन�� गरी परियारलाई अस्पतालबाट बाहिर राखिएको छ । परियार अहिले अस्पताल नजिकै आफन्तको डेरामा बस्दै आउनुभएको छ । केही दिन आफन्तकामा बसेपनि केही दिनपछि जाने ठाउँ नभएको उहाँले बताउनुभयो । आफ्नो नाममा सानो टुक्रा जमिन र एउटा झुप्रो भए पनि खुट्टाका कारण काम गर्न नसक्ने उहाँ बताउनुहुन्छ । काम गर्ने आफ्नो बल र सहयोगी कोही नहुँदा आफू बिचल्लीमा परेको उहाँले बताउनुभयो । “दिनदिनै अस्पताल जानुपर्छ, त्यही भएर केही दिन आफन्तकहाँ बसेको छु, अब कहाँ जाने थाहा छैन”, परियारले भन्नुभयो, “उमेर र बल छँदा अरूको निम्ति काम गरियो, अहिले आफू बेसहारा भएर बाँच्नु परेको छ, जिन्दगीमा निकै पीडा हुने रहेछ ।” रासस
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जुत्ता–मोजा लगाउँदा खुट्टा गन्हाउँछ ? छुटकारा पाउन यसो गर्नुस् मंसिर ६ गते– धेरै युवतीलाई आफ्नो खुट्टा खस्रो र नराम्रो लाग्ने पनि हुन्छ । यस्तो अवस्थामा खुट्टालाई नरम र आकर्षक बनाउन कागती, स्याम्पु, कन्डिसनर र मनतातो पानीले सफा गर्नुपर्छ । धेरैलाई खुट्टाका विभिन्न समस्याले चिन्तित बनाइरहेको हुन्छ । जुत्ता–मोजा सफा हुँदा पनि अत्यधिक गनाउने, आवश्यकभन्दा धेरै फुस्रो देखिने र शरीरका अन्य अंगभन्दा कालो देखिने हुन सक्छ । सामान्य घरेलु विधि अपनाए पनि यस्तो समस्या सजिलै समाधान गर्न सकिन्छ । धेरै युवतीलाई आफ्नो खुट्टा खस्रो र नराम्रो लाग्ने पनि हुन्छ । यस्तो अवस्थामा खुट्टालाई नरम र आकर्षक बनाउन कागती, स्याम्पु, कन्डिसनर र मनतातो पानीले सफा गर्नुपर्छ । यसरी सफा बनाएको खुट्टा क्रिम लगाएर २० देखि २५ मिनेटसम्म मोल्नुपर्छ । जसले गर्दा खुट्टा नरम र आकर्षक देखिन्छ । साबुनपानीले नियमित रूपमा कहिल्यै खुट्टा धुनु हुँदैन । जुत्ता–मोजा लगाएका वेलामा अनावश्यक माब्त्रामा खुट्टा गनाउँदा कतिपय अवस्थामा आफैँलाई असहज महसुस हुन्छ । जुत्ता–मोजालाई दिनदिनै सफा गर्दा कागती र तेल मिसाएर मनतातो पानीमा केही समय डुबाएर सफा गर्नुपर्छ । यसले खुट्टामा भएकोे गनाउने समस्या कम हुन सक्छ । नियमित रूपमा हप्तादिनसम्म यसो गरे खुट्टा गनाउने समस्या समाधान हुन्छ । कहिलेकाहीँ साबुनपानीले खुट्टा धोए पनि नियमित यसो गर्नु हुँदैन । कतिपय युवतीको शरीरका अन्य अंगभन्दा खुट्टा कालो हुन्छ । यस्तो अवस्थामा चन्दनको पाउडर राखेर सफा गरेमा समस्या समाधान हुन सक्छ । निना महर्जन, ब्युटिसियन/नयाँ पत्रिकाबाट
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
खुट्टा निदाउँदा ? आखिर किन यस्तो हुन्छ ! जानी राखौँ ताजा खबर :- प्रायजसो मानिसले कुनै न कुनै बेला खुट्टा निदाएको अनुभव गरेका हुन्छन् । खुट्टा निदाउँदा एकछिन त निकै पीडा हुन्छ । उभिन र हिड्न पनि सकिदैंन । आखिर किन यस्तो हुन्छ रु हामी सोच्छौं खुट्टामा पर्याप्त मात्रामा रक्तसन्चार नभएका कारण निदाउने हुन्छ । तर यसो नभई खुट्टा नसाका कारण निदाउँछ । यो शरीरमा हुने साना तारजस्तै हुन्छ । नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश लाने लैजाने काम गर्छन् । यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरका अन्य भागमा पनि हुन्छ । लामो बेला–बेलामा हात, खुट्टामा यस्तो अनुभव गर्छन् । लामोसमयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउँछ । यी नसाहरु कोशीय फाइबरबाट बन्छ र प्रत्येक एक कोशीय फाइबर अलग–अलग संवेदनालाई मष्तिष्कसम्म पु¥याउँने काम गर्छ । यी फाइबरको मोटाई पनि कम या बढी दुवै हुन सक्छ । यसको प्रमुख कारण माइलिन नामक सेतो रंगको पदार्थद्वारा बनाइएको झिल्ली हो । यसमा दबाब पर्दा मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन या रक्तसन्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत या अक्सिजन अभावमा अवरुद्ध हुन्छ । यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन सन्चार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ । यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन । तर केही समयमा लागि अनौठो महसुस हुन्छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
किन निदाउँछ हात– खुट्टा ? प्रायजसो मानिसले कुनै न कुनै बेला खुट्टा निदाएको अनुभव गरेका हुन्छन् । खुट्टा निदाउँदा एकछिन त निकै पीडा हुन्छ । उभिन र हिड्न पनि सकिदैंन । आखिर किन यस्तो हुन्छ ? हामी सोच्छौं खुट्टामा पर्याप्त मात्रामा रक्तसन्चार नभएका कारण निदाउने हुन्छ । तर यसो नभई खुट्टा नसाका कारण निदाउँछ । यो शरीरमा हुने साना तारजस्तै हुन्छ । नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश लाने लैजाने काम गर्छन् । यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरका अन्य भागमा पनि हुन्छ । लामो बेला–बेलामा हात, खुट्टामा यस्तो अनुभव गर्छन् । लामोसमयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउँछ । यी नसाहरु कोशीय फाइबरबाट बन्छ र प्रत्येक एक कोशीय फाइबर अलग–अलग संवेदनालाई मष्तिष्कसम्म पु¥याउँने काम गर्छ । यी फाइबरको मोटाई पनि कम या बढी दुवै हुन सक्छ । यसको प्रमुख कारण माइलिन नामक सेतो रंगको पदार्थद्वारा बनाइएको झिल्ली हो । यसमा दबाब पर्दा मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन या रक्तसन्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत या अक्सिजन अभावमा अवरुद्ध हुन्छ । यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन सन्चार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ । यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन । तर केही समयमा लागि अनौठो महसुस हुन्छ । – स्वास्थ्यखबर
0 notes
nepal123 · 9 years ago
Text
नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारले खुट्टा कमाउन हुँदैनः उपाध्यक्ष शाक्य
नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारले खुट्टा कमाउन हुँदैनः उपाध्यक्ष शाक्य
नवीर दाहाल
रुकुम, ३ जेठ | नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि खुट्टा कमाउन नहुने बताएकी छिन् । नीति तथा कार्यक्रम जनमुखी भएको भन्दै यसलाई कार्यान्वयन गर्नु चुनौती रहेको धारणा उनको छ । कार्यक्रम महत्वकांक्षी भयो भनेर प्रतिप्रक्षले विरोध गर्नु उनीहरुको धर्म पूर्व उद्योगमन्त्री समेत रहेकी शाक्यले नीति तथा कार्यक्रम…
View On WordPress
0 notes