#करयकरतदधर
Explore tagged Tumblr posts
Photo
मधेसी मोर्चाका कार्यकर्ताद्धारा नगरपालिका र जिससमा तोडफोड कञ्चनपुर (सप्तरी), १८ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल, ढोका, टेबुल कुर्सी, कम्प्युटरलगायतमा क्षति पुगेको छ । लगत्तै नाराजुलुससहित जिल्ला समन्वय समितिमा पुगेका मोर्चा कार्यकर्ताले त्यहाँ पनि लेखा, प्रशासन र योजना शाखामा तोडफोड गरे । उनीहरुले केही बेरअघि सुरक्षाकर्मीले खोलेका दुवै कार्यालयमा पुनः तालावन्दी गरेका छन् । दुवै कार्यालयमा गरिएको तोडफोडवाट रु १० लाखभन्दा बढीको क्षति भएको कर्मचारीले जानकारी दिएका छन् । त्यसैगरी जिल्ला मालपोत कार्यालयलाई पुरानै संरचनाअनुसार राजस्व नलिएको भन्दै मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । मालपोत प्रमुख दधीराम गुरागार्इंले भने सरकारले भनेअनुसार हामीले राजस्व उठाउने हो र सोही अनुसार राजस्व उठाउने ��ताउनु भयो । The post मधेसी मोर्चाका कार्यकर्ताद्धारा नगरपालिका र जिससमा तोडफोड appeared first on Etajakhabar.
0 notes
Photo
एमाले कार्यकर्ता ओसारेको भन्दै मोर्चाका कार्यकर्ताद्धारा नेपालगञ्जमा बसमा आगजनी १ चैत, बाँके । मधेसी मोर्चाका कार्यकर्ताले नेपालगञ्जमा एउटा बसमा आगजनी गरेका छन् । बन्दको दिन एमाले कार्यकर्ता ओसार्ने काम गरेको भन्दै भे १ ख २०२४ नम्बरको बसमा आगजनी गरेका हुन् । बाँकेको खजुरा बजारमा भएको आजजनीबाट बस भित्र पूर्ण रुपमा जलेपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ । नेकपा एमाले संविधान संसोधन विरोधी भएको र आफूहरुको अवरोधका बीच पनि नेपालगञ्जमा कार्यक्रम गर्न लागेको भन्दै बसमा आगजनी गरेको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष कमरुद्धिन रायले बताए । नेकपा एमाले जर्वजस्ती नेपालगञ्जमा मेचीमहाकाली अभियान सञ्चालन गर्न लागेको भन्दै मार्चाले आज नेपालगञ्ज बन्दको आब्हान गरेको छ । आगजनी गर्ने क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच केहीबेर झडप समेत भएको थियो । प्रहरीले लाठि चार्ज गरी मोर्चाको भिडलाई तितरवितर पारेको छ । आफूहरु फेरी विरोधमा र्याली निकाल्ने तयारीमा रहेको रायले बताए । नेपालगञ्जमा हुने कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीलगायतका बरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । The post एमाले कार्यकर्ता ओसारेको भन्दै मोर्चाका कार्यकर्ताद्धारा नेपालगञ्जमा बसमा आगजनी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
मोर्चाका कार्यकर्ताद्धारा मानवअधिकार आयोगका प्रवक्ता अन्सारी चढेको गाडीमा तोडफोड सप्तरी, २६ फागुन- प्रहरीद्वारा आफ्ना चारजना कार्यकर्ताको हत्या गरेको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी चढेको गाडीमा आज तोडफोड गरेका छन् । सप्तरीको मलेखमा सो आयोगको बा७च ७४७९ नंको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट गाडीको झ्यालको शिशा फुट्नुका साथै सामान्य क्षति पुगेको छ । त्यस्तै कार्यकर्ताले राजविराज–४ मा रहेको भूमिसुधार कार्यालयमा आगजनी गरेको छ । मोर्चाका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एक दर्जन गाडीमाथि ढुङ्गामुढा प्रहार गरी गाडीका झ्याल र ढोकाका शिशा तोडफोड गरी क्षति पु¥याएका छन् । मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा टायर बालेर विरोध गरिरहेकाले राजविराजको अवस्था अहिले पनि तनावग्रस्त छ ।
0 notes
Photo
सप्तरीमा मोर्चाका कार्यकर्ताद्धारा दुई कार्यालय र मानवअधिकार आयोगको गाडी तोडफोड सप्तरी, २४ फागुन- प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन तीव्र पारेका छन् । नेकपा(एमाले)द्वारा आयोजित मेची–महाकाली अभियानको विरोधमा विगत चार दिनदेखि आन्दोलनमा रहेका कार्यकर्ताले सोमबार राजविराज औद्योगिक क्षेत्रमा आफ्ना सहकर्मीको प्रहरीद्वारा हानिएको गोलीबाट मृत्यु भएको विरोधमा मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गर्नाका साथै दुई सरकारी कार्यालयमा तोडफोड गरेका छन् । प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय र नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् । हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले अहिले जिल्ला प्रशासन कार्यालय घेरिरहेका छन् । ‘कार्यकर्ताको मृत्यु हुँदा कुनै पनि सहयोग नगरेको’ जनाउँदै प्रदर्शनकारीले आज राष्ट्रिय मानवअधिकार आयोगको गाडीसमेत तोडफोड गरेको त्यहाँ उपस्थित कर्मचारीले बताएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि राखिएको आयोगको बा ७ च ७४७३ नंको गाडीमा प्रदर्शनकारीले तोडफोड गरेको बताइएको छ । गाडी तोडफोडपछि त्यसमा रहेका चार जना कर्मचारी जिल्ला अदालतमा सुरक्षाका लागि बसेका छन् । अहिले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालयलगायत सरकारी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले घटनाको छानबिन, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, मृतकलाई सहिद घोषणा र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै नगर परिक्रमासमेत गरेका छन् । एमालेको कार्यक्रम बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार साँझ भएको झडपमा मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा आज(मङ्गलबार) र भोलि(बुधबार) मधेस बन्द आह्वान गरिएको छ । एमाले कार्यालयमा ढुङ्गामुढा लहान– मोर्चाका कार्यकर्ताले आज बिहान नेकपा (एमाले)को लहान नगरपालिका – १ स्थित क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । सप्तरीमा झडपका क्रममा प्रहरीको गोली लागेर मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा बिहानैदेखि प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्ताले एमालेको कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षाकर्मीले मोर्चा कार्यकर्तालाई लखेट्ने क्रममा दुई पक्षबीच केहीबेर ढुङ्गामुढा समेत भएको थियो । आह्वान गरिएको मधेस बन्दलाई सफल बनाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि लहान, गोलबजार, मिर्चैयालगायत स्थानमा प्रदर्शन गरिरहेका छन् । यसैगरी मोर्चाका कार्यकर्ताले आजै सप्तरी सदरमुकाम राजविराजस्थित नगरपालिका कार्यालय, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको कार्यालयमा तोडफोड गरेका छन् ।
0 notes
Photo
सप्तरीमा मोर्चाका कार्यकर्ताद्धारा एमाले जिल्ला नेतामाथि कालोमोसो २० फागुन, सप्तरी । सप्तरीको राजविराज, हटियामा मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका जिल्ला नेतालाई कालोमोसो दलेका छन् । एमाले मधेस विरोधी भएको र जथाभावी नारावाजी र गालिगलौज गरेको भन्दै मोर्चाका कार्यकर्ताले एमाले जिल्ला सदस्य प्रताप नारायण चौधरीलाई कालोमोसो दलेका हुन् । मेची–महाकाली अभियानमा रहेको एमालेले सप्तरीमा आमसभा गरिछाड्ने र मोर्चाले हुन नदिने अडान लिएपछि दुबै पक्षबीच केही बेर तनाव भएको सद्भावनाका केन्द्रीय सदस्य जितेन्द्र चौधरीले बताए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला राजविराजमै ५ जनाको मृत्यु भएको, एमाले मधेस विरोधी भएको र आफूहरुका माग सम्बोधनमा सकारात्मक नभएको मोर्चाको आरोप छ । जितेन्द्र चौधरीले एमालेबिरुद्व मधेसी जनता आक्रोशित रहेको बेला मेची महाकालि अभियान गरेर आफूहरुका मागलाई ओझोलमा पार्न खोजेकोले मधेसी जनता आक्रोशित भएको बताए । स्थानीय चुनावलाई लक्षित गर्दै एमाले मेची महाकाली अभियानमा छ भने मोर्चा आन्दोलनमै छ । मोर्चाले विरोध स्वरुप २२ गते मसाल जुलुस र २३ मा चक्काजामको कर्यक्रम राखेको छ । The post सप्तरीमा मोर्चाका कार्यकर्ताद्धारा एमाले जिल्ला नेतामाथि कालोमोसो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
सप्तरीमा मोर्चाका कार्यकर्ताद्धारा एमाले नेतालाई कालोमोसो, तनाव बढ्यो फागुन २० गते- सप्तरीमा मधेशी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका जिल्ला नेतालाई कालोमोसो दलिदिएका छन् । भोलीदेखि सुरु हुन लागेको मेची–महाकाली अभियानलाई सफल बनाउन क्रियाशील एमालेले मोर्चाको विरोधकाबीच तराईमा कार्यक्रम गर्न लागेपछि त्यसको विरोधमा मोर्चाका कार्यकर्ताले एमालेका जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका हुन् । एमालेले सप्तरीमा आमसभा गर्ने र मोर्चाले हुन नदिने अडान लिएपछि दुवै पक्षबीच तनाव बढेको हो । अभियानलाई सफल पार्न पर्चा बितरण गरिरहेको समयमा मोर्चा कार्यकर्ताले चौधरीलाई कालोमोसो दलेका थिए । त्यसपछि एमालेका अन्य नेताहरुको भागाभाग भएको थियो । एमालेविरुद्व मधेसी जनता आक्रोशित रहेको बेला आफ्नो गतिविधी गर्न खोजेपछि जनता थप आक्रोशित भएको मोर्चाका जिल्ला संयोजक दिनेश यादवले बताए ।
0 notes