#कगरसम
Explore tagged Tumblr posts
Photo
कांग्रेसमा देउवालाई जसरी पनि रोक्ने पौडेल पक्षको यस्तो योजना ७ वैशाख, काठमाडौं । सभापतिमा निर्वाचित भएदेखि नै जसरी हुन्छ नेपाली कांग्रेसमा सभपाति शेरबहादुर देउवालाई रोक्न खोजेको नेता रामचन्द्र पौडेल पक्ष उनलाई रोकिराख्ने दाउमा भएको बुझिएको छ । कोइराला विरासत भत्काएर सभापति भएका देउवालाई प्रधानमन्त्री हुँनै नदिने गरी रोक्ने तयारीमा पौडेल पक्ष लागेको कांग्रेस स्रोत बताउँछ । यो पढ्नुस् : निर्वाचनः देउवालाई प्रधानमन्त्रीको धन्दा, प्रचण्डलाई बजेटको चिन्ता यसरी लागेको छ पौडेल पक्ष पौडेल पक्षले आइजिपी विवाददेखि, संविधान संसोधन, मधेसीलाई हेर्ने दृष्टिकोणमा फरक मत राख्दै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका देउवालाई जसरी पनि रोक्ने नीति लिएको छ । पछिल्लो समय पौडेल पक्षले मधेसी मोर्चाले उठाउँदै आएका मागमा नरम व्यवहार थालेर देउवामाथि दबाब सिर्जना गरेको छ । पौडेल पक्षसहित कांग्रेस मधेसका नेताहरु जसरी पनि मधेसलाई सहमतिमा ल्याएपछि मात्र चुनावमा जानुपर्छ भन्दै देउवाको प्रधानमन्त्री हुने सोचलाई पछाडि धकेलिरहेका छन् । ३१ वैशाखमा ��्थानीय तहको निर्वाचन भएपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने प्रष्ट बताइरहेका बेला चुनाव भए देउवा प्रधानमन्त्री बन्ने लगभग प्रष्टै छ । तर, सभापति भएर पार्टी संचालन शैली चित्त नबुझाइरहेका बेला पौडेल पक्षले देउवालाई रोक्नकै लागि निधिलाई उकासेकोसमेत बताइन्छ । ‘देउवा सभापति भएदेखि नै अर्को पक्षले उनलाई रुचाएको थिएन, अहिले विमलेन्द्र निधिले आइजिपीदेखि वरिष्ठता विवादमा फरक मत देखाएपछि पौडल पक्षले उनलाई विश्वासमा लिन खोजेको देखिन्छ’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘निधि देउवासँग असन्तुष्ट भएदेखि नै पौडेल पक्ष उनलाई आफूतिर तान्ने र सकेसम्म देउवा प्रधानमन्त्री नहोउन्, उनी शक्तिमा नआउन् भन्ने चाहेको देखिन्छ ।’ मधेस मुद्दामा पौडेल पक्षको फरक मत सभापति देउवा जसोतसो मधेस मुद्दालाई मिले मिलाइहाल्ने तर, विवादमा नराख्ने पक्षमा भए पनि पौडेल पक्ष तराई मधेसलाई मिलाउनैपर्ने, उधारोमा राख्न नहुने पक्षमा छ । यस्तोमा पौडेल पक्षका नेताले मधेसी दलहरुले मानेपछि मात्र स्थानीय चुनाव गर्नुपर्ने पक्षमा आफ्ना मत दिइरहेका छन् । यस्तो मत उपप्रधान एवं गृहमन्त्री र देउवाका सहयोगीसमेत रहेका विमलेन्द्र निधिको पनि प्रष्ट छ । यो पढ्नुस्: गृहमन्त्री निधिमाथि किन यस्तो आरोप समान मत भएपछि देउवासमेत पछिल्लो समय निधिप्रति सशंकित बनेको बताइन्छ । मधेस केन्द्रीत दलहरुले नै भने अनुसार संविधान संसोधनबारे नयाँ प्रस्ताव ल्याइए पनि अहिले उनीहरुले मान्दिन भन्नुले चुनाव बिथोलिने र अब चुनाव हुनै नदिने रुपमा सभापति देउवाले बुझेको उनी निकट स्रोत बताउँछ । सभापति देउवाले आफ्नै पार्टीका मधेसी नेताहरुसँग पनि मधेसी दलहरुले राजनीतिक अवस्थालाई प्रयोग मात्रै गरेको बताएका थिए । तर, ३१ वैशाखमा चुनाव भएर राजनीतिक अवस्था सहज हुने र देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न सकिने अवस्था नै नरहेकाले पौडेल पक्ष सकेसम्म देउवालाई रोक्नै नै मनस्थितिमा पुगेको बताइन्छ । अहिले स्थानीय चुनावमा पनि आकाश नै नखस्ने तर, संसदीय चुनाव नै अहिले हुनुपर्ने मत पौडेल पक्षको छ । गृहमन्त्री निधि पनि यही लाइनमा बोलिरहेका छन् । मधेसी दलका नेताहरु पनि संसदीय चुनाव पक्षका बोलिरहेका छन् । स्थानीय चुनावप्रति उनीहरुका तीव्र असन्तुष्टि छ । यस्तोमा चुनावप्रति संशय मात्रै भएको छैन । संविधान कार्यान्वयन हुनेमा नै तीव्र शंका उत्पन्न हुँदै गएको छ ।
0 notes
Photo
चाँगुनारायणको मेयर बन्न कांग्रेसमा १२ बढी आकांक्षी, कसलाई देला पार्टीले टिकट ? २ वैशाख, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखका लागि १४ जना नेपाली काँग्रेसका नेताले उम्मेदवारी दर्ता गराएका छन् । साबिक चाँगुनारायण नगरपालिकामा नगरकोटसमेत गाभिएर नयाँ गठन भएको नगरपालिका भक्तपुर
0 notes
Photo
कांग्रेसमा ‘हिन्दु राष्ट्र’ को विषय जनमतसंग्रहबाट टुङ्ग्याउन प्रस्ताव १३ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्न माग गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजसुरु भएको केन्द्रीय समिति बैठकमा नेता खड्काले हिन्दू राष्ट्र नेपाल जनमत संग्रहमार्फत टुङ्गो लगाइयोस् भन्ने कार्यसूची लिखित रुपमा दर्ता गराएका हुन् । उनले नेपाललाई बहुसंख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्म निर��ेक्ष तुल्याइँदा काँग्रेसको केन्द्रीय समितिमा सामान्य छलफलसमेत नभएको विषयमा स्वामित्व लिन नमिल्ने भन्दै बैठकमा छलफलका लागि बिषय प्रस्तुत गर्न माग गरे । उनले नेपाललाई बुहसंख्यक जनताको भावना र प्रजातान्त्रिक विधि र प्रक्रियालाई उपेक्षा गरी धर्मनिरपेक्ष बनाइएको आरोप लगाए । हिन्दु राष्ट्रको विषयलाई विधिवत रुपमा टुंगो लगाएर देशमा उत्पन्न तनाव र विवाद समाधान गर्नु पर्ने उनको माग छ । कांग्रेस आफैमा एक प्रजातान्त्रिक पार्टी भएकाले यसले लिने निर्णयहरु जनमत सम्मत, प्रक्रिया सम्मत र पारदर्शी हुनु पर्ने माग उनले गरेका छन् । The post कांग्रेसमा ‘हिन्दु राष्ट्र’ को विषय जनमतसंग्रहबाट टुङ्ग्याउन प्रस्ताव appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
कांग्रेसमा ‘हिन्दु राष्ट्र’ को विषय जनमतसंग्रहबाट टुुग्याउन प्रस्ताव १३ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्न माग गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजसुरु भएको केन्द्रीय समिति बैठकमा नेता खड्काले हिन्दू राष्ट्र नेपाल जनमत संग्रहमार्फत टुङ्गो लगाइयोस् भन्ने कार्यसूची लिखित रुपमा दर्ता गराएका हुन् । उनले नेपाललाई बहुसंख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्म निरपेक्ष तुल्याइँदा काँग्रेसको केन्द्रीय समितिमा सामान्य छलफलसमेत नभएको विषयमा स्वामित्व लिन नमिल्ने भन्दै बैठकमा छलफलका लागि बिषय प्रस्तुत गर्न माग गरे । उनले नेपाललाई बुहसंख्यक जनताको भावना र प्रजातान्त्रिक विधि र प्रक्रियालाई उपेक्षा गरी धर्मनिरपेक्ष बनाइएको आरोप लगाए । हिन्दु राष्ट्रको विषयलाई विधिवत रुपमा टुंगो लगाएर देशमा उत्पन्न तनाव र विवाद समाधान गर्नु पर्ने उनको माग छ । कांग्रेस आफैमा एक प्रजातान्त्रिक पार्टी भएकाले यसले लिने निर्णयहरु जनमत सम्मत, प्रक्रिया सम्मत र पारदर्शी हुनु पर्ने माग उनले गरेका छन् । The post कांग्रेसमा ‘हिन्दु राष्ट्र’ को विषय जनमतसंग्रहबाट टुुग्याउन प्रस्ताव appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
कलाकार सरीता लामिछाने नेपाली काँग्रेसमा प्रवेश काठमाडौं– अभिनेत्री रेखा थापा राप्रपामा प्रवेश गरेको केही दिनमै अर्की नायिका सरीता लामिछानेले पनि राजनीति कोर्स शुरु गर्ने भएकी छिन् । सरीता बुधवार काँग्रेसमा प्रवेश गर्ने भएकी छिन् । काँग्रेस सभापति शेरबहादुर देउवाले नयिका रिस्ता बस्नेत सहित रामकेश बोगटी, पुस्कर लामा लगायतका कलाकारलाई बुधवार पार्टी प्रवेश गराउन लागेको बताइएको छ । उनीहरुलाई देउवा निवास बुढानिलकण्ठमा कार्यक्रम आयोजना गरेर पार्टी प्रवेश गराउन लागिएको बताइएको छ ।
0 notes
Photo
सरिता कांग्रेसमा जाने पुस ५ । कलाकारहरु रजनीतिमा जाने चाप अहिले बढ्दो छ । नायिका करिश्मा मानन्धर नयाँँ शक्तिमा, रेखा थापा र कोमल ओली राप्रपामा प्रवेश गरेसँगै विभिन्न चर्चा तथा परिचर्चा आए । त्यस्तै अर्की नायिका सरिता लामिछानेले पनि राजनीतिमा प्रवेश गरेकी छिन् । खबरअनुसार, सरिताले बुधबार नेपाली कांग्रेसमा प्रवेश गर्न लागेकी हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सरीतालगायत रामकेशव बोगटी, रिस्ता बस्नेत, पुस्कर लामालगायतका कलाकारलाई बुधबार पार्टी प्रवेश गराउन लागेका हुन् । सभापति देउवा निवास बुढानिलकण्ठमा कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई पार्टी प्रवेश गराउन लागिएको हो ।
0 notes
Text
संविधान संसोधनबारे काँग्रेसमा छलफल
संविधान संसोधनबारे काँग्रेसमा छलफल
७ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी र सरकारमा सहभागी मन्त्रीहरुको बैठक आज बसेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा साँझ बसेको बैठकले संविधान संसोधनका लागि प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई पनि सहमतिमा लिएर अघि बढ्ने निर्णय गरेको छ । ४० लाखमा विक्यो हिटलरकी पत्नीको पेन्टी (तस्विर सहित) संविधान संसोधनमा कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको पार्टीका नेता अर्जुन नरसिंह…
View On WordPress
0 notes
Text
महाअभियोगबारे काँग्रेसमा मिश्रित धारणा
महाअभियोगबारे काँग्रेसमा मिश्रित धारणा
५ कात्तिक, काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा आजपनि नेताहरुले संसदमा दर्ता भएको लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावबारे धारणा राखेका छन् । शक्ति सञ्चय गरिरहेका छौं- प्रचण्ड कांग्रेस नेता धनराज गुरुङले बैठकमा धेरै नेताहरुले महाभियोगको पक्षमा धारणा राखेपनि केहीले भने संविधान कार्यान्वयन र सत्ता समीकरणको कारण देखाउँदै विपक्षमा धारणा राखेको बताए । उनले महाभियोग प्रस्तावले संविधान…
View On WordPress
0 notes
Text
महाधिवेशनले कांग्रेसमा ठूलो भुइँचालो ल्याउँछ : नेता खाँड
महाधिवेशनले कांग्रेसमा ठूलो भुइँचालो ल्याउँछ : नेता खाँड
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड निकै हक्की स्वभावका मानिन्छन्। उनी संविधान जारी भएपछि विकसित घटनाक्रममा कांग्रेसले गल्ती गरेको बताउँछन्। अझ उनी यसमा पार्टी सभापति सुशील कोइरालाको बढी दोष देख्छन्। यो सबै परिणामको हिसाब किताब महाधिवेशनमा हुने बताउने खाँडसँग संविधान जारी भएपछिको अवस्था र कांग्रेसको नजिकिएको महाधिवेशनको विषयमा रमेश वाग्लेले गरेको कुराकानी : (more…)
View On WordPress
0 notes