Tumgik
dabalikhabar · 1 year
Text
नुवाकोटमा आपूर्ति तथा बजार अनुगमन अनुशिक्षण
नुवाकोट उद्योग वाणिज्य संघले दशैँतिहार लक्षित गर्दै विषयगतका व्यवसायीहरुलाई आपूर्ति तथा बजार अनुगमन सम्बन्धि अनुशिक्षण दिएको छ ।
विदुर – नुवाकोट उद्योग वाणिज्य संघले दशैँतिहार लक्षित गर्दै विषयगतका व्यवसायीहरुलाई आपूर्ति तथा बजार अनुगमन सम्बन्धि अनुशिक्षण दिएको छ । नुवाकोट चेम्बर अफ कमर्सको समन्वयमा विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भएको कार्यक्रममा विदुर नगरपालिका क्षेत्रभित्रका प्रमुख व्यापारीहरुको उपस्थिति रहेको थियो । चाडपर्वमा हुने खाद्य तरलता, मूल्यवृद्धि, गुणस्तरको मापदण्ड, प्रसाशन र स्थानीयले गर्ने बजार अनुगमनको…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
प्याब्सन खुला लोक नृत्यमा जेडी स्कूल प्रथम
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति नुवाकोटले बट्टारमा आयोजना गरेको प्याब्सन खुला लोक नृत्य प्रतियोगिता-२०८० मा जालपादेवी बोर्डिङ स्कुल प्रथम भएको छ।
विदुर – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति नुवाकोटले बट्टारमा आयोजना गरेको प्याब्सन खुला लोक नृत्य प्रतियोगिता-२०८० मा जालपादेवी बोर्डिङ स्कुल प्रथम भएको छ। प्रतियोगितामा सहभागी १८ विद्यालयको सहभागिता रहेको प्रस्तुतिमध्ये गत वर्षको लोकनृत्यका विजेता जेडी स्कुल प्रथम भएको हो। विद्यालयले नगद १० हजारका साथै प्रमाणपत्र जितेको छ। अब जेडीले बागमती प्रदेशस्तरीय…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
क्रिकेट खेलाडीसँग अन्तर्क्रिया
नुवाकोट #क्रिकेट संघले क्रिकेट खेलाडीसँग जिल्लाको क्रिकेट विकास विषयकमा अन्तर्क्रिया गरेको छ । #cricket
विदुर – नुवाकोट क्रिकेट संघले क्रिकेट खेलाडीसँग जिल्लाको क्रिकेट विकास विषयकमा अन्तर्क्रिया गरेको छ । संघको उपाध्यक्ष विष्णु प्याकुरेलको सभापतित्वमा बट्टारमा भएको कार्यक्रम पहिलो चरणमा खेलका खेलाडी र समर्थकहरूसँग छलफल गरेको छ । कार्यक्रममा खेलाडीहरुले जिल्लमा क्रिकेट खेल विकासको लागि जिल्लाका स्थानीय तह र जिल्ला खेलकुद विकास समितिले प्राथमिकता साथ बजेट विनियोजन गर्नुपर्ने सुझाव र विद्यालयस्तरमा…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
नुवाकोटमा विविध कार्यक्रम गरी मनाइयो बाल दिवस
बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी नुवाकोटमा पनि विभिन्न ठाउँमा मनाइएको छ । #childrenday
विदुर – बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी नुवाकोटमा पनि विभिन्न ठाउँमा मनाइएको छ । वि.सं. २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । बाल दिवसको अवसरमा नुवाकोट जिल्लाका १२ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । जिल्लाका…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
सरुवा कार्यान्वयन गर्न अटेरी गर्ने विद्यालयसँग तारकेश्वर गाउँपालिकाले माग्यो स्पष्टीकरण
तारकेश्वर गाउँपालिकाले काज सरुवा भएका शिक्षकहरूलाई रमाना दिन र हाजिरी गराउन अटेरी गर्ने विद्यालयका प्रधानाध्यापकहरूसँग स्पष्टीकरण मागेको छ ।
नुवाकोट – तारकेश्वर गाउँपालिकाले काज सरुवा भएका शिक्षकहरूलाई रमाना दिन र हाजिरी गराउन अटेरी गर्ने विद्यालयका प्रधानाध्यापकहरूसँग स्पष्टीकरण मागेको छ । गत साता गाउँपालिकाले ८६ जना शिक्षकको काज सरुवा गरेकोमा केही विद्यालयले सरुवा कार्यान्वयन गर्न अटेरी गरेकाले सात दिनभित्र चित्त बुझ्दो कारण सहित स्वयं उपस्थित भई स्पष्टीकरण पेस गर्न प्रधानाध्यापकहरूलाई पत्र काटिएको गाउँपालिका अध्यक्ष शिव अधिकारीले…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
नेपाली सेनाका ९८ जना सिपाही दीक्षित
जबरजंग गण नुवाकोटमा सञ्चालित सैन्य आधार तालिमबाट ९८ जना नेपाली सेनाका सिपाही दीक्षित भएका छन् ।
विदुर – जबरजंग गण नुवाकोटमा सञ्चालित सैन्य आधार तालिमबाट ९८ जना नेपाली सेनाका सिपाही दीक्षित भएका छन् । सोमबार एक कार्यक्रममा उनीहरुलाई २५ नं. बाहिनीका बाहिनीपति सहायक रथी मनोज थापाले दीक्षित गर्दै सेवा प्रवेश गराएका छन् । विदुर नगरपालिकाको देवीघाट ब्यारेकमा नौ महिने तालिम पूरा गरेकाहरुलाई एक समारोहको आयोजना गरेर दीक्षान्त गरिएको हो । सि.सं. १० सैन्य आधार तालिमको दीक्षान्त समारोह सम्पन्न भएको…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
सशस्त्र प्रहरीको रक्तदान
सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म मुख्यालय नुवाकोटको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । #apf #armypoliceforcenepal
विदुर – सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म मुख्यालय नुवाकोटको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । छैठौं वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरीको मुख्यालयमा रक्तदान कार्यक्रम गरिएको प्रमुख जगन्नाथ खड्काले जानकारी बताए । नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्दानमा १० जनाले रक्तदान रक्तदान गरेको उनले जानकारी दिए । सशस्त्र प्रहरीले भोलि औपचारिक…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
जानकीको तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’
यस वर्षको तीजलाई लक्षित गर्दै गीतकार तथा संगीतकार जानकी पन्थले पनि तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ ल्याएकी छिन् ।
काठमाडौं – यस वर्षको तीजलाई लक्षित गर्दै गीतकार तथा संगीतकार जानकी पन्थले पनि यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ ल्याएकी छिन् । म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द र संगीत जानकीकै रहेको छ । लोकप्रिय गायिका अस्मिता अधिकारी र अलिफ खानको सुमधुर स्वरले सजिएको गीतमा महेन्द्र भन्डारीको संगीत संयोजन रहेको छ । गीतमा एकातिर काठमाडौंमा लामो…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
११औं वर्डक्याम्प सम्पन्न
विश्वव्यापी रूपमा आयोजना हुने वर्डप्रेसको ११औं संस्करणको वर्डक्याम्प सम्मेलन शनिबार सम्पन्न भएको छ ।
काठमाडौं – विश्वव्यापी रूपमा आयोजना हुने वर्डप्रेसको ११औं संस्करणको वर्डक्याम्प सम्मेलन शनिबार सम्पन्न भएको छ । भाद्र २२ र २३ गतेसम्म दुई दिन सञ्चालन भएको सम्मेलनमा नेपालमा वर्डप्रेसको अवस्था र भूमिकाबारे प्रस्तुतिकरण तथा कार्यशाला भएको थियो । गैरीधारामा भएको सम्मेलनमा देश तथा विदेशबाट ५०० भन्दा बढीले सहभागिता जनाएको कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । वर्डप्रेस प्रयोगकर्ता…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
नुवाकोटमा प्रहरीमा अब ‘स्मार्ट कन्ट्रोल रुम’
नुवाकोट प्रहरीले कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिनुका साथै त्यसको प्रतिकार्यका लागी स्मार्ट कन्ट्रोल रुम सुरुवात गरेको जनाएको छ।
विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले स्मार्ट कन्ट्रोल रुमको सुरुवात गरेको छ। नुवाकोट प्रहरीले कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिनुका साथै त्यसको प्रतिकार्यका लागी स्मार्ट कन्ट्रोल रुम सुरुवात गरेको जनाएको छ। स्मार्ट कन्ट्रोल रुमको बुधबार नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेकाछन् । कन्ट्रोल रुमको उद्घाटन…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
नुवाकोटमा एमसिसीको विरोध प्रदर्शन
विदुर – अमेरिकी परियोजना एमसिसी सम्झैाता खारेजको माग गर्दै नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा नुवाकोटको विदुरमा आज जनप्रदर्शन गरिएको छ । नेकपाले एमसीसीको कार्यान्वय नगर्न र राष्ट्रघाति एमसिसी परियोजना खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लामा क्रमबद्ध रुपमा विरोध प्रदर्शन गरिएको पार्टीले जनाएको छ ।
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
एनयुएफसी फुटसल भाद्र २० गतेदेखि
नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामा दोस्रो संस्करण फुटसल कप प्रतियोगिता यही भदौ २० देखि २३ गतेसम्म बट्टारमा हुने भएको छ । #fnufc #nuwakotunitedfc #futsal
विदुर – नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामा दोस्रो संस्करण फुटसल कप प्रतियोगिता यही भदौ २० देखि २३ गतेसम्म बट्टारमा हुने भएको छ । क्लबको आयोजनामा नुवाकोट फुटसलमा हुने विद्यालय जिल्लास्तरीय फुटसल प्रतियोगितामा छात्र र छात्रा दुई विधामा खेलाईने क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए । सहभागिताको लागि भाद्र १७ गतेसम्म समुह दर्ता गराउनुपर्नेछ । प्रतियोगिताको दर्ता शुल्क छात्र समुहको लागि…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
नागरिक समाजको ध्यानाकर्षण
नागरिक समाज नुवाकोटले धरान उपमहानगरपालिकामा आपसी सद्भाव भड्किने किसिमको गतिविधि भइरहेकोले आज आईतबार जिल्ला प्रशासन नुवाकोटमार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
विदुर – नागरिक समाज नुवाकोटले धरान उपमहानगरपालिकामा आपसी सद्भाव भड्किने किसिमको गतिविधि भइरहेकोले आज आईतबार जिल्ला प्रशासन नुवाकोटमार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । समाजका अध्यक्ष बद्री त्रिपाठीको टोलिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई उक्त पत्र बुझाएका हुन् । पत्रमा भनिएको छ “पछिल्लो समय नेपाको पूर्वी कोशी प्रदेशको धरान उपमहानगरपालिकाभित्र नेपालको सद्भाव भड्किने…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
ग्लोबल आईएमई बैंकले निःशुल्क क्रेडिट कार्ड दिदै
ग्लोबल आईएमई बैंकले महिलाहरूलाई निःशुल्क क्रेडिट कार्ड दिने भएको छ । #globalime #credicard
काठमाडौं – ग्लोबल आईएमई बैंकले महिलाहरूलाई निःशुल्क क्रेडिट कार्ड दिने भएको छ । महिलाहरूले निःशुल्क क्रेडिट कार्डका लागि भदौ १४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन अनलाइनबाट दिन सकिने बैंकले जनाएको छ । यहाँ क्लिक गरी निःशुल्क क्रेडिट कार्डका लागि अनलाइन आवेदन दिन सकिने छ ।
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
अर्थमन्त्री डा. महत बने ‘जीईएफ’ को उपाध्यक्ष
ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् ।
क्यानाडा – ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव र नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडि मन्त्री डा महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
कवि मीनालाई काव्य सम्मान
साहित्य संगम नुवाकोटले कवि मीना श्रेष्ठलाई काव्य पुरस्कारद्वारा सम्मानित गरेको छ ।
विदुर – साहित्य संगम नुवाकोटले कवि मीना श्रेष्ठलाई काव्य पुरस्कारद्वारा सम्मानित गरेको छ । शनिबार शिवपुरी गाउँपालिकाको थानापति स्थित जनज्ञान निकेतन माविमा आयोजित संगमको “गाउँगाउँमा साहित्य” कार्यक्रममा कवि श्रेष्ठलाई सम्मान गरिएको हो । कवि श्रेष्ठको “फर्गेट एस्टर्डे” कवितासंग्रहको “आईमाई बस्ने घर” नामक कवितालाई छनौट गरी सम्मान गरिएको संगमका अध्यक्ष सुमित्रा सुमीले जानकारी दिए । कवि श्रेष्ठ…
View On WordPress
0 notes
dabalikhabar · 1 year
Text
"च्वाडीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्छ": नगरप्रमुख श्रेष्ठ
"च्वाडीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्छ": नगरप्रमुख श्रेष्ठ
नुवाकोट – नुवाकोट क्रिकेट संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले च्वाडीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्ने जानकारी दिएका छन् । नगरप्रमुख श्रेष्ठले नेपाल क्रिकेट संघ र जिल्ला संघको समन्वय र विद्यालय व्यवस्थापन समितिको सहकार्यमा नगरपालिकाले वडा नम्बर ५ मा रहेको च्वाडी माध्यमिक विद्यालयको ९० रोपनी जग्गामा क्रिकेट खेलमैदान निर्माण गरिने घोषणा गरेका…
Tumblr media
View On WordPress
0 notes