#झलनथ
Explore tagged Tumblr posts
Photo
विकास निर्माणमा राजनीति गर्न नहुने: झलनाथ खनाल इलाम, १८ माघ- नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नं १ अन्तर्गत कोल्बुङमा निर्माण भइरहेको विकास निर्माणका गतिविधिको आज स्थलगत अनुगमन गर्नुभएको छ । सांसद विकास कोषअन्तर्गत सञ्चालन भइरहेका विद्युतीकरण, विद्यालय निर्माण, सडकलगायत पूर्वाधारको अनुगमन गरिएको हो । अनुगमनपछि पूर्वप्रधानमन्त्री खनालले कुनै पनि विकास निर्माणमा राजनीति गर्न नहुने बताउँदै विकासका गतिविधि पारदर्शी रूपले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचन क्षेत्र नं १ का सांसद खनालका तर्फबाट करिब रु तीन करोड भन्दा बढीका योजना सञ्चालन भएका छन् । विकासका योजना समयमै सम्पन्न गर्न पनि उहाँले सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।
0 notes
Photo
संसद्मा पेलेर जान खोजे प्रतिकार गर्ने झलनाथ खनालको चेतावनी भक्तपुर, १८ पुस- नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसद््मा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताउनुभएको छ । संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यह�� पुस २२ गते काठमाडौँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा आज एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले राष्ट्रलाई विखण्डन गराउने गरी कुनै पनि संशोधन हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘‘५ नं प्रदेशका तराई र पहाडलाई अलग बनाउने प्रस्ताव अन्ततः एक मधेस एक प्रदेश बनाउने मनसायले आएकाले आफूहरुले त्यस्तो प्रस्तावलाई संसद््मा छलफल र पारित गर्न दिने छैनौँ । आन्दोलनको आवाज नसुने अहिले सरकारमा रहेका दल आगामी निर्वाचनमा बत्ती बालेर खोज्नुपर्ने हुन सक्छ ।’’ नेपालको संविधान लोकतान्त्रिक चरित्रको भएपनि यसमा रहेका कतिपय कमजोरी क्रमशः सुधार गर्नुपर्ने तर हाललाई गतिशील दस्तावेजका रुपमा यसको कार्यान्वयनमा जानुको विकल्प नभएको उहाँले उल्लेख गर्नुभयो । जिल्ला प्रचार विभागका प्रमुख श्यामसुन्दर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले संविधानको प्रतिकूल हुने गरी संविधान संशोधन आएकाले सञ्चारमाध्यमले तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
0 notes
Photo
एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव छैनः झलनाथ खनाल सिमरा, १४ मङ्सिर- नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले (एमाले) लाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल बाराले सिमरा विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय सहमतिका लागि संविधान संशोधन गर्ने कुराको कुनै अर्थ नरहेको बताउनुभयो । वरिष्ठ नेता खनालल संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिदैं एमालेको सहमति बिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद गर्ने भन्नुभयो । संविधान संशोधनमा सत्तारुढ दलले पुर्नविचार गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो – एमालेसँग सहमति गरी अघि बढ्नुको विकल्प छैन ।
0 notes
Photo
संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य हुँदैनः झलनाथ खनाल पर्सा, ११ मङ्सिर- नेकपा(एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेपछि प्रस्तावको औचित्यनै समाप्त भएको विचार व्यक्त गर्नुभयो । उहाँले संविधान सभाबाट पारित भएको संविधानलाई लिएर मधेसी जनतामा कुनै समस्या नभएको, तर मधेसवादी दल र तिनका कार्यकर्तामा समस्या देखिएको बताउनुभयो । नेता खनालले अहिले मुलुकलाई संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको र यसका लागि काँग्रेस, एमाले र (माओवादी केन्द्र) बीच एकता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
0 notes
Photo
पूर्व प्रधानमन्त्री झलनाथ खनालखनालद्वारा तेइसवटा योजना जिविसमा पेस इलाम, ४ मङ्सिर । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं– १ का सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा २३ वटा योजना पेस गर्नुभएको छ । आर्थिक वर्ष ०७३÷७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरेअनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचत सांसदका लागि रु तीन करोडका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद खनालले बजेट कार्यान्वयनका निम्ति २३ वटा योजना पेस गर्नुभएको हो । पेस गरिएका योजनामध्ये फिक्कल– पञ्चकन्या– कन्याम चक्रपथ निर्माणका लागि रु ४० लाखको योजना पेस गर्नुभएको छ । यसैगरी इरौटारको विद्युतीकरण, जिर्मले विद्युतीतकरण सलकपुर १, २, ३ नं तथा कुवापानी लामिटार ८ र ९ नंम्बरका लागि रु २०÷२० लाखको योजना जिल्ला विकास समिति इलाममा पेस गर्नुभएको छ । कोलबुङ शङ्खर निमाबिबाट– ७ नम्बर जोड्ने सडक, छब्बिसे–छिरुवा–उत्तरे खोला श्रीअन्तु सडक मर्मत र गोदकको सार्वजनिक भवन निर्माणका लागि रु १५÷१५ लाखको योजना पेस गर्नुभएको हो । सांसद खनालले पेस गर्नुभएको अन्य अधिकांश योजनामा सडक स्तरोन्नति तथा मर्मत रहेका छन् । त्यसमध्ये सुनपा– १० मा बसपार्क निर्माणका लागि रु १० लाख र पशुपतिनगर– ४ मा सामुदायिक भवन निर्माणका लागि रु १० लाखको योजना पेस गर्नुभएको छ । यसभन्दा अघि क्षेत्र नं– २ का सांसद सुवासचन्द्र नेम्वाङले उक्त क्षेत्रका लागि २४ वटा योजना जिविसमा पेस गरिसक्नुभएको छ । क्षेत्र नं– ३ का सांसद केशव थापाले मात्र तीन रु करोडको योजना पेस गर्न बाँकिर���ेको जिविसले जनाएको छ ।
0 notes
Photo
झलनाथ खनाल भन्छन्–‘विदेश नीतिमा सबै दल एक हुनुपर्छ’ चितवन, ३० भदौ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले आवश्यक गृहकार्य नगर्दा नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा विवादमा पर्ने गरेको बताएका छन् । भरतपुरमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले भारत भ्रमण जानुअघि प्रधानमन्त्रीले जुन ढङ्गको गृहकार्य गर्नुपर्ने हो त्यो नहुँदा फस्ने गरेको बताए । उनले भने ‘आफ्नै कारणले फसेका पनि छन् र फसाइएका पनि छन् ।’ आफू दह्रो भएर नजाँदा फसेका र फसाइएका प्रशस्त उदाहरण रहेको पनि उनले औँल्याए । खनालले भने ‘भारत जाँदा जुन शीर ठाडो छ, आउँदा शीर निहुराउन नपरोस् भन्ने हामी चाहन्छौँ ।’ राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखेर सन्धिसम्झौता गर्नुपर्ने सुझावसहित एमालेले के गर्दा राम्रो हुन्छ भन्ने विषयमा एक ज्ञापनपत्र समेत दिएको उनले बताए । उनले भने ‘एमालेले लोकतन्त्र, राष्ट्रियता, सीमा, देशको सार्वभौमसत्तालगायतका विषयमा गम्भीर हुन सुझाएको छ ।’ भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने नेता खनालको धारणा छ । मुलुकको विदेश नीति सत्ता पक्ष र विपक्षको फरक कहिल्यै हुन नहुने पनि उनले बताए । रासस
0 notes