#Nepalagro
Explore tagged Tumblr posts
Text
संघीयतापछि कृषि क्षेत्र झन् कमजोर
काठमाडाैं, ६ असाेज ।
♦ प्रसंग १ः संघीयताअघि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मुख्य बाली धानको तथ्यांक जिल्ला जिल्लाका कृषि कार्यालयबाट मगाउथ्यो, हप्ता हप्तामा सार्वजनिक गथ्र्यो । रोपाइँ सकिएपछि भदौमा पत्रकार सम्मेलन नै गरेर रोपाइँको तथ्यांक बाँड्थ्यो । हाल मन्त्रालय तथ्यांकका बारेमा मौन छ, यस्ता विषयमा पत्रकार सम्मेलन हुन छाडेको छ ।
♦ प्रसंग १ः संघीयताअघि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मुख्य बाली धानको तथ्यांक जिल्ला जिल्लाका कृषि कार्यालयबाट मगाउथ्यो, हप्ता हप्तामा सार्वजनिक गथ्र्यो । रोपाइँ सकिएपछि भदौमा पत्रकार सम्मेलन नै गरेर रोपाइँको तथ्यांक बाँड्थ्यो । हाल मन्त्रालय तथ्यांकका बारेमा मौन छ, यस्ता विषयमा पत्रकार सम्मेलन हुन छाडेको छ ।
♦ प्रसंग २ः मुलुकभर मल, बीउ, प्रविधि, प्राविधिक कति आवश्यक छ भन्ने विषयमा संघीयताअघि मन्त्रालय र मातहतका निकायले जनताको मागको तथ्यांक ल्याउथे र सोही अनुसार भएको स्रोत साधन प्रयोग गरि कार्यक्रम बनाइथ्यो । अहिले यो जिम्मेबारी प्रदेश र स्थानीयमा पुगेको छ । केन्द्रीकृत तथ्यांक नै छैन ।
♦ प्रसंग ३ः विगतमा कुनै जिल्लामा धान, मकै, केरा वा अन्य खेत�� वा पशुपंक्षीमा एक्कासी महामारी वा ठूलो रोगको प्रकोप लाग���यो भने मन्त्रालय वा मातहतका निकायले केन्द्रीय विज्ञ टोली बनाइ तत्काल पुग्न पहल हुन्थ्यो । हाल संघले सिधै प्रदेश मन्त्रालयलाई चिठी लेख्न पनि मिल्दैन, मुख्यमन्त्रीको कार्यालयमार्फत् जाँदा समय लाग्छ, जिम्मेवारी लिनबाट निकाय पन्छिन्छन् । स्थानीय तह र प्रदेशको पहुँच तत्कालै विज्ञसँग जोड्न समस्या छ ।
♦ प्रसंग ४ः विगतमा करोडौंको कृषि अनुदान वितरणको विषय आलोचनाको विषय बनिरहको छ तर संघीयतापछि दुरूपयोग बढ्ने संकेत आइरहेका छन् । सार्वजनिक–निजी साझेदारी (५०-५० प्रतिशत) मा आधारित अनुदान कार्यक्रम हुनुपर्ने सरकारी मान्यता विपरित स्थानीय तहले मनोमानी अनुदान वितरण गरको गुनासो बढ्न थालेका छन् । अनुगमन गर्ने निकाय छैन ।
कृषि विकासका लागि अनुसान्धान र विकासका लागि संघ, प्रदेश र स्थानीयतहबीच संघीतयापछि समन्वय टुट्दा देखिएका प्रतिनिधि समस्या हुन् । संघीयताले स्रोतको विकेन्द्रीकरण गरे पनि कृषि विकासको विषय भने अझै अलमलमा परेको हो । संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वय अभावमा कृषि क्षेत्रमा कहाँ के भइरहको छ भन्ने एकिकृत अद्यावधिक तथ्यांककै अभाव हुन थालेको छ ।
कृषि क्षेत्रका विज्ञ तथा सरोकारवाला त संघीयतापछि खस्किँदै गएको देख्छन् । “२०४६ सालअगाडि बरु जेटी, जेटिएहरू किसानका खेतबारीमा पुग्थे र किसानका समस्या सुन्थे तर २०४६ पछि जति हुनुपर्ने थियो त्यति हुन सकेन,” लामो समय कृषि क्षेत्रको अभियन्ताको रूपमा सक्रिय उद्धव अधिकारी भन्छन्, “२०६२ यता त अगाडिको कृषिको व्यवस्थापन जति राम्रो थियो त्यति पनि छैन, संघीयतापछि एकातिर तीन तहको सरकार कृषिका लागि अभिश्राप भएको छ ।” उनले तल्लो तहमा कृषिका निकायमा जाने कर्मचारी नै नभएको, पुगेका प्राविधिक पनि स्थानीय सरकारले जन्मदर्ताको जागिर दिएर राखेको र कर्मचारी नै फिर्ता गर्ने जस्ता कामले कृषकले कृषि सेवा नपाएको उनको ठम्याइ छ ।
राष्ट्रिय कृषक समूह महासंघका संस्थापन तथा पूर्वअध्यक्ष अधिकारीले निकै कम संख्यामा पालिकाहरूले कृषि क्षेत्रमा नमूनायोग्य काम गरे पनि धेरै जसोको प्राथमिकतामा कृषि नपरेको र प्रदेशको कृषिमा भूमिका झनै नभएको बताए । “तत्कालीन समयमा ३७८ कृषिका सेवा केन्द्र ९९९ सेवा केन्द्र, ७५ कृषि जिल्ला कार्यालय हुँदा पनि १५ प्रतिशत कृषकसम्म सेवा पुगको सरकारकै ��थ्यांक छ,” अधिकारी भन्छन्, “अहिले त कुन तहमा के अवस्था छ भन्ने नै थाहा छैन, संघीय मन्त्रालयले समेत तल्ला तहसँगको सम्बन्ध टुट्दा तथ्यांक नै हचुवामा संकलन गरिरहेको छ ।” ५१ ज्ञान केन्द्रलाई बलियो बनाउनु भन्दा ७५३ पालिकामा अधिकृत पठाएको भए संघीय सरकारले रुवावासी गर्ने वातावरण आउने थिएन भन्ने उनी ज्ञान केन्द्रको नाममा अनावश्यक संरचना थपिएको गुनासो गर्छन् ।
मुलुकभर कति बीउविजन आवश्यक छ ?, कति खाद्यान्न उत्पादन हुन्छ ?, कति खाद्यान्न पुग्छ ?, कति आयात गर्नुपर्छ ?, कुन क्षेत्रमा कस्ता समस्या छन् र कसरी सम्बोधन गर्नुपर्छ ?, कुन क्षेत्रमा कस्ता प्रविधि कसरी पु-याउनुपर्नेछ ? यी र यस्तै प्रश्नको उत्तर दिने मुख्य जिम्मेबार निकाय संघीय कृषि तथा पशुपंक्षि विकास मन्त्रालय पनि तीन तहका सरकारबीचको समन्वय नहुँदा कृषि विकासको मुद्दा अलमलमा परेको स्वीकार्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि अनुसन्धान परिषद् र राष्ट्रिय परियोजनाको क्षेत्राधिकारमा छ भने संविधानअनुसार अन्तर्राष्ट्रिय समन्वयका विषय संघमा छन् ।
कृषिसचिव डा. युवकध्वज जीसीले संघीयतापछि तीन तहका सरकारको गतिलो समन्वय हुन नसकेको स्वीकार्छन् । “कृषि क्षेत्रको वर्तमान अवस्थाबारे तथ्यांक संकलन गरि हामीले प्रधामन्त्री कार्यालयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई जानकारी र समन्वय गर्नुपर्न हुन्छ,” उनले भने, “हामीले संघ र स्थानीय सरकारलाई अनुरोध गर्छौं तर रेस्पोन्स नै कम हुन्छ, निर्देशन गर्ने अधिकार त हामीलाई छैन ।” कहाँ मल, बीउ पुग्यो पुगेन, रोग किराको समस्या कस्तो छ, कुन बाली कति फल्यो जस्ता विषयमा रिपोटिङ गर्ने संघको दायित्व पुरा गर्न आफूहरूलाई चुनौतिपूर्ण बनेको बताए । उनले पछिल्लो समयमा फौजी किराको प्रकोप देशभरी बढेको समाचार आए पनि कहाँ कस्तो असर छ र त्यसलाई कसरी कम गर्ने भन्ने विषयमा समन्वय गर्न चाहनेर पनि हुन नसकेको बताए । समन्वयका लागि जिल्ला तहमा जिल्ला समन्वय समिति र प्रधानमन्त्री कार्यालय अन्तर्गत समन्वय महाशाखा पनि छ ।
तर, दुवै निकायको भूमिका कम प्रभावकारी रहेको सम्वद्ध कर्मचारीहरू नै स्वीकार्छन् । “समन्वय गर्ने निकायबाट केही हदसम्म समन्वयको पहलसमेत भएको छ तर सम्बन्धित निकायहरूले खासै गम्भीरतापूर्वक लिएको पाइदैन,” मन्त्रालयका एक कर्मचारी भन्छन्, “स्रोतसाधन नभएको, अधिकार नभएको निकायले पत्राचार गरेको अनुरोधलाई सुन्दैनन्, समन्वय गर्न निकै समस्या छ ।” ती अधिकारीले प्रदेश र स्थानीय निकायहरूले आफ्ना कार्यकर्तालाई पोष्ने गरि नियम विपरित अनुदानको रकम बाँडिरहेको बताए । कृषिका निकायहरूको पुनर्संरचना गर्दादेखि ��ै कमजोरी रहेकाले थप अध्ययन गरी समन्वयका लागि अधिकारसम्पन्न समन्वयकारी निकाय बनाएर अगाडि बढ्नु पर्ने विज्ञहरूको राय छ ।
काराेबार दैनिकमा सोमवार, आश्विन ६, २०७६ मा प्रकाशित
0 notes
Text
धानको बीउ छनोट गर्ने तरिका
धानको बीउ छनोट गर्ने तरिका #Paddy #Asar15 #AgroTips #NepalAgro
पानी र नुन प्रयोग गरेर सहज रुपमा नै बीउ राख्न उपयुक्त धानको छनोट गर्न सकिन्छ, जसका लागि निम्न लिखित प्रक्रिया अपनाउन सकिन्छ : १) ३ लिटर पानीमा मसिनो धानको लागि ५०० ग्राम र मोटो धानको लागि ६०० ग्राम नुनको मिश्रण तयार पार्ने। आवश्यकता बमोजिम पानी र नुनको मात्रा बढाउन पनि सकिन्छ जसमा पानी र नुनको अनुपात ४:१ राखेर मिश्रण बनाउनुपर्छ। २) सो मिश्रणमा १ केजी बीउ खन्याएर राम्रोसँग घोल्ने। त्यसको २-३…
View On WordPress
0 notes
Text
मौसम अनुकूलताले कृषि उत्पादनको वृद्धिदर दोब्बर
सरकारले सोमबार संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरिएको हो । उत्पादनको वृद्धिको मुख्य कारण भने प्रकृति अर्थात् मौसमको प्रतिकुलता हो ।
काठमाडौं, १३ जेठ ।
मुख्य खेतिपातीको समयमा वर्षाको अनुकुलता र प्राकृतिक प्रकोपले कृषिमा गर्ने क्षति कम हुँदा चालू आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन झन्डै दोब्बरले वृद्धि हुने भएको छ । सरकारले सोमबार संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरिएको हो ।
उत्पादनको वृद्धिको मुख्य कारण भने प्रकृति अर्थात् मौसमको प्रतिकुलता हो । “आर्थिक वर्ष ०७४-७५ मा कृषि क्षेत्रको वृद्धिदर ��.७ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष ०७५-७६ मा यस्तो वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान छ,” प्रतिवेदनमा भनिएको छ, “प्रमुख खाद्यान्न बाली तथा तरकारी बालीमा भएको अभिवृद्धि, मल, बीऊलगायत कृषि सामग्रीको उपलब्धता, सिँचाइमा विस्तार एवं अनुकुल मौसमका कारणले कृषि क्षेत्रको वृद्धिमा सहयोग पुगको हो ।” कृषि क्षेत्रको वृद्धिमा प्रत्यक्ष असर सिँचाइ, मल, बीऊ, प्रविधि, मौसम र पोष्ट हार्भेष्टलगायत रहने गर्छ ।
बीऊ, मल र प्रविधिको पहुँच रहँदा पनि सबैभन्दा बढी भूमिका सिँचाइको रहने गर्छ । कृषिप्रधान मुलुक भएर पनि हालम्म वर्षैभर सिँचाइ गर्न मिल्ने कृषियोग्य भूमी ३३ प्रतिशतमात्र रहेको देखाएको छ । त्यसमाथि पानीको मदतले खेती गरिने नेपालकै प्रमुख खाद्यान्न बाली धानले कुल खेतियोग्य जमिनको ८० प्रीतशत हिस्सा ओगट्छ भने अन्य बालीलाई पनि पानी आवश्यक पर्छ । धानलाई पानी आवश्यक पर्ने समयमा वर्षा भएको र उत्पादकत्वमा समेत वृद्धि भएकाले यो वर्ष गत वर्षको तुलनामा ८.८९ प्रतिशतले धानको उत्पादन वृद्धि भइ ५६ लाख १० हजार मेट्रिक टन धान फलेको छ ।
चालू आर्थिक वर्षमा कृषि, वन तथा मत्स्यपालनको कुल गार्हस्थ्य उत्पादनमा योगदान २६.९८ रहने अनुमान गरिएको छ । धान उत्पादनमा १० प्रतिशतले कम वा बढी हुँदा जीडीपीमा एक प्रतिशतले तलमाथि हुने गरेको तथ्यांक छ । “मनसुन सरदरभन्दा राम्रो भएकाले धानाबाली लगाइएको क्षेत्रफल एवम् उत्पादन समेत बढ्यो,” सवेक्षणमा भनिएको छ, “माटोमा रहेको चिस्यान एवम् हिउँदे वर्षालगायत पहाडी र उच्च पहाडी क्षेत्रमा उल्लेख्य हिमपात भएको कारण हिउँदे बालीहरूमा पनि सकारात्मक प्रभाव परेको छ ।” कृषि उत्पादन बढ्नुमा प्राकृतिक प्रकोपको क्षति कम हुनु पनि रहेको छ । गत वर्ष प्राकृतिक प्रकोपका कारण धान, मकै, तरकारी, माछा पोखरी, फलफूल तरकारीलगायत खेती गरिएको १ लाख ४४ हजार हेक्टर क्षेत्रमा क्षति पुगेको थियो भने यो वर्ष ३९ हजार हेक्टरमा मात्र क्षति पुगेको तथ्यांक छ ।
नेपालमा कुल कषियोग्य भूमी २६ लाख ४१ हजार हेक्टर रहेकोमा गत वर्षसम्म १४ लाख ७३ हजार हेक्टरमा मात्र सिँचाइ पुगेको छ । “स्रोतमा पानीको उपलब्धतामा कमी, जल स्थान्तरण तथा जलाशययुक्त बहुउद्देश्यीय आयोजनाहरूको कार्यान्वयनममा ढिलाइ हुँदा सिँचित क्षेत्रफलको करिब ३३ प्रतिशत जमिनमा मात्र बाह्रै महिना सिँचाइ सुविधा पुगेको अनुमान छ,” आर्थिक सर्वेक्षणमा उल्लेख छ । यसका बाबजुद चालू आवमा थप ३ हजार २१० (फागुनसम्म) हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा विस्तार भएको छ ।
चालू आवमा बीऊबिजनको उत्पादन तथा वितरण प्रणाली र मलखादको वितरणको अवस्था पनि कमजोर देखिएको छ । गत वर्ष ९०७ टन स्रोत बीउ उत्पादन ��रिएकोमा यो वर्षको आठ महिनासम्म १९२ टनमात्र उत्पादन भएको छ । सरकारले कृषि क्षेत्रमा कुल बजेटको २ प्रतिशत पनि बजेट विनियोजन गर्न सकेको छैन भने कृषि अनुसन्धानको लगानी पनि घट्दो छ । चालू आवमा कुल बजेटको १.७३ प्रतिशत बजेट कृषिका लागि विनियोजन गरिएको छ ।
विगतदेखि नै सरकार गठन गर्दा भागवण्डा मिलाउनकै लागि मन्त्रालयलाई कहिले फोड्ने र कहिले जोड्ने गर्नाले कृषिको संरचनामा पटक पटक परिवर्तन हुँदा पनि कृषि क्षेत्रको विकास प्रभावित भएको कृषि क्षेत्रका विज्ञहरूको भनाइ छ । दुई वर्षअघि कृषि र पशुपंक्षी छुट्टाछुट्टै मन्त्रालय बनाएकोमा चालू आवमा भूमी, कृषि र पशुपंक्षी सँगै बनाइयो । तर, बजेट विनियोजन पश्चात भूमिलाई छुट्टै बनाइएको छ ।
कारोबार दैनिकमा प्रकाशित
0 notes