#भकतजनल
Explore tagged Tumblr posts
Photo
तीन लाख भक्तजनले त्रिवेणी धाममा दर्शन गरे उदयपुर, ८ माघ- उदयपुर जिल्लाको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा सञ्चालन भइरहेको १५ दिने मेलामा एक हप्ताभित्र झन्डै तीन लाख भक्तजनले त्रिवेणी धामको दर्शन गरेर मेलामा सहभागिता जनाएका छन् । माघ १ गतेदेखि माघ ७ गते सम्ममा पूर्वको तराई पहाड र भारतको बिहारलगायत राजधानी काठमाडाँैदेखि भक्तजन आएर दर्शन गर्दै रहेको र दर्शन गर्नेको सङ्ख्या झन्डै तीन लाख पुगेको प्रहरी चौकी बेलस्रोतका प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो । अहिलेसम्म त्रिवेणी धाममा नुहाउने र त्रिवेणीको कमलेस्वर मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेकोसमेत स्थानीय केदार धमला बताउनुहुन्छ । यस्तै त्रिवेणीको कमलेस्वर मन्दिरमा आयोजना गरेको सप्ताहव्यापी पुराण शुक्रबार सम्पन्न भएको छ । प्रत्येक वर्ष तीन वर्षदेखि कमलेस्वर मन्दिरमा आयोजना गर्दै आएको सप्ताहव्यापी पुराण यसवर्ष पनि माघ १ गतेदेखि सुरु गरेर ७ गते सम्पन्न गरेको पुराण आयोजक समितिका संयोजक नेत्र भट्टराईले बताउनुभयो । उक्त पुराणमा सङ्कलन भएका रकम तथा दानबाट त्रिवेणीको कमलेस्वर मन्दिर व्यवस्थापनमा खर्च गरिने संयोजक भट्टराईले बताउनुभएको छ । भक्तजनले माघ महिना भरिनै त्रिवेणीमा दर्शन गर्ने र पूजा तथा आराधना गर्ने गरेका कारण माघ अन्तिमसम्ममा टाढा÷टाढाबाट आउने धेरै भक्तजनले कमलाको त्रिवेणी दर्शन गर्ने गर्दछन् । रा
0 notes