#बहनदख
Explore tagged Tumblr posts
Photo
भक्तपुरमा बिस्केट जात्राको रौनक, बिहानैदेखि भीड १ वैशाख, भक्तपुर । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । नयाँवर्ष अर्थात् वैशाख १ गते भक्तपुरको
0 notes
Photo
उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि वर्षा, मौसम खुल्न नसक्नुको यस्तो रहेछ कारण काठमाडौं, चैत १६ – काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बुधबार बिहानैदेखि पानी परेको छ । बंगालको खाडीबाट आएको दक्षिण पूर्वी हावा वायुमण्डलको तल्लो सतहमा बगिरहेकाले त्यसको प्रभावले पानी परेको मौसमबिदले जनाएका छन् । मध्य भेगमा भन्दा पूर्वी भेगमा बुधबार दिनभरि नै पानी पर्ने सम्भावना रहेको बताइएको छ यधपि काठमाडौंसहित मध्य भेगका केही ठाउँमो केहीबेर मौसम खुल्ने अनुमान गरिएको छ । तर अझै केही दिन मौसम यस्तै हुने बताइएको छ । The post उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि वर्षा, मौसम खुल्न नसक्नुको यस्तो रहेछ कारण appeared first on Etajakhabar.
0 notes
Photo
पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड पोखरा, १३ फागुन- महाशिवरात्रिका अवसरमा पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । पोखराका प्रसिद्ध बिन्ध्यवासिनी मन्दिर परिसरको शिव मन्दिरका साथै छोरेपाटनस्थित गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव, सीतापाइलास्थित सदाशिवजी सिद्धेश्वर हरिहरलगायतका शिव मन्दिरमा भगवान शिवलाई दूध, जल र बेलपत्र चढाउन दर्शनार्थी लामब��्ध भएर उभिएका छन् । महाशिवरात्रिका दिन सामूहिक ब्रतबन्ध गर्ने चलनअनुरुप धेरै शिवालयमा सामूहिक ब्रतबन्धको कार्यक्रम पनि सञ्चालन भएको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर सीतापाइलाका अध्यक्ष ऋषिराम भण्डारीले बताउनुभयो । भरतपोखरीस्थित सिलिङ्गे, मनियलडाँडा, धारापानी लगायतका स्थानमा पनि सामूहिक रुद्री पूजा र ब्रतबन्धका कार्यक्रम सञ्चालन भएका छन् ।
0 notes
Photo
यमनमा आगामी बिहीबार बिहानैदेखि युद्धबिराम हुने घोषणा यमन, ३ कात्तिक । अन्तर्राष्ट्रिय समुदायबाट यमनमा जारी द्वन्द्वको अन्त्यका लागि पहल गर्न दबाब दिइरहेका बेला संयुक्त राष्ट्रसङ्घले द्वन्द्वबाट विक्षिप्त बनेको यमनमा आगामी बिहीबार बिहानैदेखि युद्धबिराम हुने घोषणा गरेको छ । संयुक्त राष्ट्रसङ्घद्वारा प्रस्तावित युद्धबिरामका पहलमा यमनी राष्ट्रपति अबेद्रेब्बो मन्सुर हाडीको सरकार र यसका साउदी समर्थकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तर यमनी राजधानी सानासहित राज्यका केही महत्वपूर्ण सहर समेत कब्जामा लिइसकेकोे इरानद्वारा सहयोग प्राप्त विद्रोहीले भने मङ्गलबारसम्म कुनै प्रतिक्रिया जनाएको छैन । गत अप्रिलमा यमनमा जारी द्वन्द्व अन्त्यका लागि भएको युद्धबिराम पुनः अक्टोबर २९ देखि कार्यान्वयनमा ल्याउन पहल गरिएको राष्ट्रसङ्घका यमनीस्थित प्रतिनिधि इस्माइल वल्ड शेख अहमदले बताउनुभयो । युद्धबिराम सुरुमा ७२ घण्टाका लागि घोषणा भएको र यसलाई सहमति निर्माण गर्दै क्रमशः यमनको स्थायी शान्तिमा परिणत गरिने गरी निर्णय लिइने उहाँले बताउनुभयो । यमनमा सन् २०१४ देखि जारी द्वन्द्वका कारण सात हजार मानिसको ज्यान गएको र झन्डै ३५ हजार जनसङ्ख्या विस्थापित बनेको छ ।
0 notes
Photo
आज बिहानैदेखि देवीका मन्दिर एवम् शक्तिपीठमा भक्तजनको भिड काठमाडौँ, २१ असोज । आश्विन शुक्ल षष्ठी अर्थात् बडादसैँको छैटौँ दिन आज बिहानैदेखि देवीका मन्दिर एवम् शक्तिपीठमा श्रद्धालु भक्तजनको भिड लागेको छ । आश्विन शुक्ल पक्षमा शक्तिपीठमा गई पूजा आराधना एवम् साधना गरेमा देवी प्रसन्न भई मनोकामना पूर्ण गर्नका लागि भक्तजनलाई आशीर्वाद दिन्छिन् भन्ने धार्मिक विश्वास छ । काठमाडौँ उपत्यकाका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रबाराही, दक्षिणकाली, श्वेतबाराही, धूम्रबाराही, चामुण्डा, सुन्दरीमाई लगायत शक्तिपीठमा पूजाआजा एवम् बलिसहित विशेष पूजा गर्ने भक्तजनको पनि भिड लागेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिर गोरखाको मनकामना, नुवाकोटका जालपादेवी र भैरवी, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभे्रपलाञ्चोकका नाला भगवती, पलाञ्चोक भगवती र चण्डेश्वरी, सिन्धुपाल्चोकका पाल्चोक भगवती र लिस्तीमाई, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा देवीस्थानलगायत शक्तिपीठमा पनि पूजाआजा गर्ने भक्तजनको भिड लागेको छ । घटस्थापनाका दिन दसैँघर अथवा पूजाकोठामा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी राखिएको जमरामा आज नवदुर्गाको छैटौँ रुप कात्यायनीको पूजा आराधना गरिएको छ ।
0 notes
Text
अन्तिम धक्का भन्दै बिहानैदेखि वीरगञ्ज र गौर ठप्प
अन्तिम धक्का भन्दै बिहानैदेखि वीरगञ्ज र गौर ठप्प
काठमाडौं : मधेस आन्दोलनको सबैभन्दा धेरै प्रभाव रहेका पर्सा र रौतहटमा आज बिहानैदेखि आन्दोलनकारी सडकमा उत्रिएका छन्। रौतहटका गौर र गरुडामा तनाव कायमै छ। त्यहाँ मोटरसाइकलसमेत चल्न दिएका छैनन् आन्दोलनकारीले। बिहानै दुईवटा मोटरसाइकल तोडफोड गरे पनि सुरक्षाकर्मी सडकमा उत्रिएका छैनन्। तर आन्दोलनकारीहरु भने बिहानैदेखि सडकमा टायर बालेर बसका छन्। (more…)
View On WordPress
0 notes