#मनदर
Explore tagged Tumblr posts
jagjitdass · 1 year ago
Text
Tumblr media
#GodMorningWednesday
#SpiritualMessageOnDussehra
गरीब, रतन जडाऊ मनदर है लख जोजन स्थान | साकट सगा न मेटिये, जे होय इन्द्र समान ||
अवश्य पढ़ें आध्यात्मिक पुस्तक "जीने की राह"।
0 notes
sonita0526 · 5 years ago
Text
हर्ष मिन्दर के खिलाफ सुप्रीम कोर्ट की अवमानना ​​का आरोप, पुलिस ने दाखिल किया हलफनामा
हर्ष मिन्दर के खिलाफ सुप्रीम कोर्ट की अवमानना ​​का आरोप, पुलिस ने दाखिल किया हलफनामा
नई दिल्ली:
दिल्ली पुलिस ने हर्ष मिन्दर के ख़िलाफ़ सुप्रीम कोर्ट में हलफ़नामा दायर कर उन पर सुप्रीम कोर्ट की अवमानना ​​का आरोप लगाया है। पुलिस ने कहा कि जामिया में सीएए के ख़िलाफ़ प्रदर्शन के दौरान मिन्दर ने लोगों को हिंसा के लिए उकसाया।
टिप्पणियां
पुलिस ने कहा है कि हर्ष मिन्दर ने सुप्रीम कोर्ट के ख़िलाफ़ आपत्तिजनक टिप्पणी कर कोर्ट की अवमानना ​​की है जिसके लिए मिन्दर के ख़िलाफ़ सुप्रीम कोर्ट…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
श्रीमतीको सम्झनामा मन्दिर निर्माण दाङ, १७ वैशाख । यहाँका एक व्यक्तिले श्रीमतीको सम्झनामा भगवती मन्दिर निर्माण गर्नुभएको छ । दाङ तुलसीपुर–६ निवासी देवराज धितालले स्व श्रीमती राधादेवी धितालको स्मृतिमा देवी भगवती मन्दिर निर्माण गर्नुभएको हो । धितालले तुलसीपुरको वरुवागाउँस्थित पार्कमा रु पाँच लाख ५० हजार खर्च गरेर देवी भगवती मन्दिर निर्माण गर्नुभएको हो । मन्दिरको अक्षतृतीयाको अवसरमा शनिबार उद्घाटनसमेत गरिएको छ । वृद्धवृद्धाको निःशुल्क आँखा जाँच यहाँका वृद्धवृद्धाको निःशुल्क आँखा जाँच गरिएको छ । दाङ घोराहीको तेरौटेमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाको आँखा जाँच गरिएको हो । रिपोर्टर्स क्लब, दाङ र राप्ती आँखा अस्पताल रक्षाचौरको संयुक्त आयोजनामा हिजो गरिएको निःशुल्क आँखा जाँच शिविरमा दुई दर्जन बढी वृद्धवृद्धालाई सेवा दिएको थियो । आँखा शिविरमा चारजना वृद्धवृद्धाको आँखाको दृष्टि गुमेको र चारजना वृद्धवृद्धाको आँखामा मोतिबिन्दुका कारण आँखा नदेख्ने समस्या देखिएको राप्ती आँखा अस्पताल रक्षाचौरका नेत्र सहायक अधिकृत शालीकराम गौतमले जानकारी दिनुभयो । The post श्रीमतीको सम्झनामा मन्दिर निर्माण appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चन्दा उठाएर मन्दिर निर्माण बेनी (म्याग्दी), १७ वैशाख । म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका स्थानीयवासीले चन्दा सङ्कलन गरेर रु आठ लाखको लागतमा उमा महेश्वर शिवालय मन्दिरको निर्माण गरी शिवलिङ्ग र मूर्ति स्थापना गरेका छन् । स्थानीयवासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी निर्माण गरेको मन्दिरको शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गर्नुभयो । कार्यक्रममा पुलस्त्य ऋषिको तपोभूमि क्षेत्रमा निर्माण गरिएको मन्दिर धार्मिक पर्यटकका लागि महत्वपूर्ण स्थान हुने नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले बेनी नगरपालिकाभित्र रहेका धार्मिक क्षेत्रको प्रचारप्रसारमा आफूले योजना बनाएको समेत जानकारी दिनुभयो । कार्यक्रममा चन्दादाताहरु समाजसेवी हरिकुमार श्रेष्ठ, नगेन्द्र केसी, भोजनाथ पौडेलले सो मन्दिरको धार्मिक र ऐतिहासिक महत्वमाथि प्रकाश पार्नुुभएको थियो । The post चन्दा उठाएर मन्दिर निर्माण appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
‘मनले चाहेको पुर्याउने मैतीदेवी मन्दिर’ काठमाडौँ, ६ वैशाख । डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी मन्दिरमा नेवार समुदायका वज्राचार्यहरुले पुस्तौँदेखि पूजा गर्दै आएका छन् । उनीहरु मन्दिरको रेखदेखकर्ता र संरक्षकका साथै पुजारीका रुपमा चिनिन्छन् । मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ । वर्षौंदेखि मन्दिरमा बिहान तथा साँझ पूजा एवम् भजनकीर्तन हुँदै आएको छ । स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा तथा अन्य स��ंस्कृतिक कार्य सञ्चालनको जिम्मा लिएका छन् । पुस्तौँदेखि पूजा गर्दै आएका मुख्य पुजारी तीर्थज्योति वज्राचार्य दैनिक सयौँ भक्तजन मन्दिरको दर्शन गर्न आउने भएकाले पूजाको व्यवस्थापन गर्न चुनौती हुने गरेको बताउनुहुन्छ । आफ्ना पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिने र जनताको सेवा गर्ने सुवसर पाएकामा आफू भाग्यमानी रहेको उहाँको भनाइ छ । उहाँका पाँच पुस्ताले एक सय २० वर्षदेखि पूजा चलाउँदै आएका छन् । दैनिक पूजामा खटिने पुजारीले मासिक तलब रु पाँच सय र पूजा खर्च रु दुई हजार २०० पाउँछन् । मन्दिरमा प्रत्येक महिना सरदर रु दुई लाख भेटी सङ्कलन हुने गरेको पुजारी वज्राचार्यले जानकारी दिनुभयो । विशेषगरी मङ्गलबार, बिहीबार र शनिबार यहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ । आफूले चाहना गरेको कुरा देवीसँग माग्दा पूरा हुने भक्तजनको विश्वास रहिआएको छ । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा दैनिक बिहान बेलुुका गरी पाँच सयदेखि छ सय दर्शनार्थी पूजाअर्चना गर्छन् । त्यसैगरी प्रत्येक वर्ष कुकुर तिहारका दिन यहाँ विशेष मेला लाग्ने गर्छ । नियमित रुपमा मैतीदेवीको पूजार्चना गर्दै आउनुभएकी अञ्जु श्रेष्ठले भन्नुभयो, “यस मन्दिरमा पूजा गर्दा मनमा आनन्द आउँछ, मनले चाहेका इच्छा पूरा हुन्छ ।” उहाँले बाल्यकालदेखि नै सो मन्दिरमा आएर पूजा गर्नुभएको छ । नरिवल, लड्डु एवम् अन्य पूजा सामग्रीले पूजा गरिन्छ । मन्दिरमा बडादसैँको नवरात्रिमा पशुबलि दिइँदै आएको छ । एका बिहानै हातभरि पूजाका सामग्री लिएर पूजा गर्न लाम बसेकी ६५ वर्षीया खिमादेवी सिलवालले मैतीदेवी आफ्नो ‘मनकी माता’ भएको बताउनुभयो । आफू जन्मेदेखि नै देवीप्रति विश्वास जागेकाले बाँचुन्जेल देवीको मन्दिर आउने प्रणसमेत उहाँले गर्नुभयो । बस्तीको बीचमा रहेको सो मन्दिर परिसरमा गर्मीमा पीपलको छहारीमा शीतलता लिने र जाडो याममा घाम तापेर न्यानो लिने खुला स्थान भएकाले पनि थकाइ मार्न र फुर्सदको समय सदुपयोग गर्नेहरु थुप्रै भेटिन्छन् । मैतीदेवी मन्दिर मुलुकका विभिन्न क्षेत्रका आन्तरिक तथा विदेशी पर्यटकको पनि आकर्षण बन्दै गएको छ । मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव दर्शन महतोले गत वर्षको भुइँचालाबाट मन्दिर परिसरमा रहेका पाटी एवम् अन्य संरचना भत्किएकाले यसको पुनःनिर्माणका लागि पहल गरिरहेको जानकारी दिनुभयो । सांस्कृतिक धरोहर मैतीदेवीलाई व्यवस्थित गर्नका लागि भक्तजनले चढाएको भेटी एवम् चन्दा नै मुख्य स्रोत भएको सदस्य सचिव महतोले जनाउनुभयो । The post ‘मनले चाहेको पुर्याउने मैतीदेवी मन्दिर’ appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जलेश्वरमा त्रिशूलीदेवीको मन्दिर खुला गरियो गौशाला, १७ चैत । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष आश्विन र चैतमा मनाइने दसैँको दश दिन मात्रै खुल्ला रहने यो मन्दिर यस वर्षको चैते दसैँमा पनि सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । दसैँभरिका लागि मात्रै खुल्ला रहने यस मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूलीदेवी भवानीको मन्दिर वर्षभरि खोलिँदैनन भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । तर दसैँमा पुजारीले उनको दश दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो । जलेश्वर महादेव मन्दिरको त्रिशूली देवी महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा पनि निक्कै प्रख्यात रहेको छ भने यी विभिन्न जिल्ला तथा भारतका विभिन्न ठाउँबाट त्रिशूली मन्दिरमा दर्शनका लागि हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । दसैँमा त्रिशूलीदेवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनले पुनः दसैँमा नै माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यसैले, दसैँभरि त्रिशूलीदेवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखौँको भेटी र प्रसाद चढाइने गरिन्छ । त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको हुँदा यो मन्दिर सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ । The post जलेश्वरमा त्रिशूलीदेवीको मन्दिर खुला गरियो appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
एउटै घर भित्र खिचिएको ‘मन्दिरा’ एउटै घर भित्र सम्पूर्ण कथा खिचिएको चलचित्र ‘मन्दिरा’ असार २ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । यो चलचित्रलाई एउटा प्रयोगको संज्ञा
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अमेरिकामा मन्दिर निर्माण गर्न नेपालीद्वारा छ लाख डलरमा जग्गा खरिद वासिङ्टन डिसी, १४ चैत । नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको छ । अमेरिकामा रियल स्टेटको क्षेत्रमा क्रियाशील रहनुभएका र मन्दिर निर्माणका लागि बोर्ड अफ ट्रष्टी समेत रहनुभएका कृष घिमिरेको पहलमा उक्त भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको हो । “खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया हामीहरुले शुक्रबार सम्पन्न गरेका छौँ,” घिमिरेले रासससँग भन्नुभयो – “अब यसको मर्मत सम्भार गरेर आगामी डिसेम्बरसम्ममा सञ्चालनमा ल्याउने सोच बनाएका छौँ । मर्मत सम्भार गर्न र पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब १६ लाख डलर लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।” घिमिरेले दिनुभएको जानकारी अनुसार चार महिनाको अवधिमा मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएका ८०० परिवारको सहयोगमा रकम सङ्कलन गरिएको हो । छोटो समयमा यसरी रकम सङ्कलन गर्न सफल भएर नेपाली समुदायले महत्वपूर्ण सन्देश दिन सफल भएको छ । “हामीहरुले यो अभियानमा दोस्रो पुस्ताका युवायुवतीलाई समेत परिचालन गर्दै उनीहरुको संलग्नतामा यसलाई सफल बनाउन लागिपरेका छौँ,” घिमिरेले अगाडि थप्नुभयो – “पारदर्शिता, स्वच्छ कार्यशैली र समुदायको प्रतिबद्धताको कारणले हामी यो सम्पत्ति खरिद गर्न सफल भएका छौँ ।” The post अमेरिकामा मन्दिर निर्माण गर्न नेपालीद्वारा छ लाख डलरमा जग्गा खरिद appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पाल्पा जिल्लाको रम्भादेवी मन्दिर क्षेत्रमा पूर्वाधारको अभाव कृष्ण दर्नाल पाल्पा, २५ फागुन- पाल्पा जिल्लाको ताँहु गाविसस्थित रम्भादेवी मन्दिर क्षेत्र पूर्वाधारको अभाव रहेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वले धनी ताँहु गाविसको प्रसिद्ध रम्भादेवी मन्दिर जिल्ला सदरमुकाम तानसेनदेखि करिब ३१ किलोमिटर पूर्वकोे रम्भापानीको जङ्गलभित्र फैलिएको छ । मन्दिरमा त्रिशूल, नाग र गाईका मूर्ति, एउटा मन्दिर र एउटा प्रशिक्षालय भएपनि पर्यटक आकर्षण गर्ने भौतिक संरचनाको विकास हुन नसक्दा ओझेलमा पर्दै आएको छ । बाह्रै महिना शीतल हुने यस रम्भादेवी मन्दिर क्षेत्रमा पर्यटकीय क्षेत्रका रुपमा विकास गरी प्रशस्त आम्दानी लिन सकिने स्थानीयवासी बताउँछन् । रम्भादेवी मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व रहेपनि विकासका पूर्वाधारको विकास हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित गन्तव्य बन्न सकेको छैन । भगवान् राम, सीता र लक्ष्मण वनबास निस्कँदाको यात्रासँग सम्बन्ध जोडिएकाले स्थानीयवासी राम, सीता र लक्ष्मणको मूर्ति निर्माण गरी पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ । मन्दिर क्षेत्रबाट १५ मिनेट पैदल यात्रा गरेपछि मन्दिरमा पुग्न सकिने पुजारी प्रेमनारायण पाण्डेले बताउनुभयो । मन्दिर प्रवेश गर्ने बाटो ढुङ्गाले छापिएको र वन क्षेत्रमा त्यहाँ पुग्ने मानिसले प्राकृतिकरुपमा आनन्द लिन सकिने स्थानीय बासिन्दा दीपा परियारले बताउनुभयो । भगवान राम, सीता र लक्ष्मण वनबास निस्ँिकदा राम्दी जाँदा ताँहुमा बाँस बस्नुप¥यो, वनबास निस्केका बेला सीतालाई तिर्खा लागेपछि पानीका लागि रामसँग आग्रह गर्दा रामले आफूसँग रहेको धनु��ाणले हानेर जमिनमुनिको पानी निकाली सीताको तिर्खा मेटाएको भन्ने विश्वास रहेको पुजारी प्रेमनारायण पाण्डेको भनाइ छ । मन्दिरनजिकै अहिले पनि पानी प्रशस्त देख्न सकिन्छ । यहाँको पानीको मुहानबाट ताँहुका करिब दुईसय घरपरिवारले पानी प्रयोग गर्दै आएका छन् । मन्दिरको प्रशस्त प्रचार हुन नसक्दा धार्मिक महत्व बोकेको यो मन्दिर अझै पनि गुमनाम छ । यो क्षेत्र ऋषिमुनिको पनि तपोभूमिका रुपमा समेत प्रसिद्ध मानिएको छ । ऋषिले आराधना गर्दा रम्भादेवी प्रकट भइन् । जमिनमुनि मेरो शिला छ, त्यसलाई निकालेर पूजा गर्नु भन्ने आज्ञा भएपछि जमिनमुनि खन्दा शिला फेला परी त्यसलाई मन्दिर बनाएर रम्भादेवीको पूजा गर्दै आएको पुजारी प्रेमनारायण पाण्डेको भनाइ छ । देवी सीतालाई रमा नामले समेत चिनिने गरिएकाले रामले पानी उत्पत्ति गरी तिर्खा मेटाएकाले यस मन्दिर क्षेत्रलाई रमापानी नामले पनि चिनिन्छ । रम्भादेवी मूर्ति पटक पटक चोरी भएपछि पुजारीले रातको समयमा घरमा लैजाने र बिहान पुजा गर्न मन्दिर दैनिक डोकोमा बोकेर ल्याउने चलन रहिआएको छ । कृष्ण भगवान् जन्मेको दिनको सम्झनामा बर्सेनि भाद्र कृष्णअष्टमीका दिन विशेष मेला लाग्दै आएको छ । मन्दिर पूजा–आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वासले रोट, फलफूल र पञ्चबलि समेत चढाउने चलन छ । सोही समयमा स्थानीयवासीले नाचगान, शृङ्गारका सामान, कपडा, स्थानीय खानाका परिकार, घरेलु उत्पादनसमेत बेच्न राख्ने र यस क्षेत्रका बासिन्दाले मन्दिरमा पूजा गर्ने सामान राखी किनबेच हुने स्थानीय बासिन्दा हिमाल परियार बताउनुहुन्छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
यस्तो मन्दिर जहाँ महिलाका ब्रा र पेन्टी सजाएर राखिन्छ एजेन्सी । हामीकहाँ मन्दिरलाई पवित्रता र आस्थाको केन्द्रविन्दु मानिन्छ । जहाँ फोहोर, अनावश्यक सामाग्रीहरु लैजान प्रतिबन्ध गरिन्छ । तर जापानमा यस्तो मन्दिर छ जहा महिलाका भित्री बस्त्र सजाएर राखिन्छ । जापानको राजधानी टोक्योमा यो मन्दिर अवस्थित छ । जुन मन्दिर बौद्ध मन्दीर हो । आम मानिसहरु यो मन्दीरको विषयमा भिभिन्न कुरा गर्ने गर्छन् । कोही यो मन्दीर डरलाग्दो भएको बताउँछन् त कोही यो मन्दीरमा जादु पनि छ । यस्तै कुराका कारण यो मन्दीर संचालन भन्दा बाहिर छ । मन्दिरमा नियमित काम बन्द गरिएपछि अहिले यो मन्दिरमा नयाँ नयाँ हरकतहरु देखिन थालेका हुन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर पुनःनिर्माण गर्ने काठमाडौँ, ३ माघ । पुरातत्व विभागले रानीपोखरी बीचको बालगोपालेश्वर (जमलेश्वर) मन्दिर पुनःनिर्माण गर्ने भएको छ । प्राचीन महत्व बोकेको उक्त सम्पदालाई पुरानो स्वरुप कायम हुने गरी भूकम्प प्रतिरोधी बनाइनेछ । यसअघि काठमाडौँ महानगरपालिकाले रोडा, कङ्क्रिट र सिमेन्टको प्रयोग गरेका कारण विभागले त्यो प्रक्रियालाई स्थगन गरी आफँै बनाउन लागेको हो । विभागले सो मन्दिर पुनःनिर्माणका लागि ठेक्का प्रक्रिया केही दिनमा सुरु गरी दुई महिनाभित्र काम सुरु गर्ने जनाएको छ । विभागअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेले काम सुरु गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिनुभयो । करिब रु एक करोड ४० लाखको लागतमा मन्दिरको निर्माण पूरा गरिनेछ । राजा प्रताप मल्लका पालामा निर्माण गरिएको सो मन्दिर समय समयमा सामान्य मर्मत तथा जीर्णोद्धार गरिए पनि गत वर्षको भूकम्पका कारण ठूलो क्षति भएपछि पुनःनिर्माण गर्न लागिएको हो । रानीपोखरी तथा त्यस वरपरका क्षेत्रका अन्य जीर्णोद्धार तथा मर्मत भने काठमाडौँ महानगरपालिकाले नै गर्नेछ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मन्दिर संरक्षणका लागि धार्मिक वन काठमाडौँ, २३ कात्तिक । वन विभागले धार्मिक महत्वका क्षेत्रको संरक्षण र संवद्र्धनका लागि धार्मिक वनलाई प्राथमिकता दिएको छ । मन्दिरको संरक्षणका लागि वनबाट उत्पादन भएको काठ बिक्री वितरण गरेर सञ्चालन गरिने भएकाले यस्तो वन संरक्षण गर्न प्राथमिकता दिइएको हो । विभागका उपसचिव प्रकाश लम्सालले सनातनदेखि चलेको परम्परालाई निरन्तरता दिन तथा दस्तावेजीकरण गर्न धार्मिक वनलाई महत्व दिएको बताउनुभयो । वन ऐन २०४९ को परिच्छेद– ६ को ३५ नं बुँदामा धार्मिकस्थल वा त्यसको वरिपरीको राष्ट्रिय वनको विकास, संरक्षण र उपयोग गर्न चाहने कुनै धार्मिक निकाय, समूह वा समुदायले त्यस्ता वनको क्षेत्रफल, चार किल्ला, वनमा गरिने कार्य तोकेर जिल्ला वन कार्यालयमा बुझाएपछि धार्मिक वन प्राप्त गर्न पाउने प्रावधान छ । हाल नेपालमा एकहजार १७१ हेक्टर क्षेत्रफलमा ७१ धार्मिक वन रहेका छन् । सामुदायिक, कबुलियती, राष्ट्रिय वनजस्तो धार्मिक वनमा भने काठ चोरी नभएको लम्सालको भनाइ छ । तनहुँमा २१, कञ्चनपुरमा सात, नवलपरासीमा छवटा, काठमाडौँमा पाँच र कपिलवस्तुमा चारवटा धार्मिक वन रहेका छन् । यस्तै साउनमा मात्र कैलालीमा मुस्लिम सम��दायको नाममा मुस्लिम मदरसा धार्मिक वन हस्तान्तरण गरिएको छ । मुस्लिम समुदायको नाममा स्थापना भएको उक्त वन पहिलो धार्मिक वन हो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मन्दिर निर्माणका लागि देउसीभैलोबाट करिब दुइ लाख सङ्कलन इलाम, २० कात्तिक । इलामको एकतप्पा– ९ रुपटारमा निर्माणाधिन सिद्ध किराँत हाङसाम युमा माङहिमको लागि तिहा��मा खेलाइएको देउसीभैलो कार्यक्रमबाट रु एक लाख ८२ हजार सङ्कलन भएको छ । एकवर्ष अघि शिलान्यास भएको उक्त माङहिम (मन्दिर) निर्माणका लागि स्थानीय युवाको सक्रियतामा दीपावलीको अवसरमा एकतप्पा गाविस भरिमा खेलाइएको देउसीभैलोबाट उक्त रकम सङ्कलन भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर योङहाङले मन्दिर निर्माणका लागि विभिन्न स्रोतको पहिचान गरिरहेको बताउनुभयो । मन्दिर निर्माणका लागि हालसम्म मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलामले रु एक लाख ९६ हजार, गाउँ परिषद्बाट रु दुई लाख १४ हजार, समाजसेवी डम्बर खडकाले रु ४१ हजार आर्थिक सहयोग गर्नुभएको छ । यसअघि शिलान्यासका समयमा स्थानीयवासीबाट तीन लाख ३२ हजार रकम सङ्कलन भएको समेत अध्यक्ष योङहाङले बताउनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चित्रगुप्तको मन्दिर निर्माणका लागि जग्गादान महोत्तरी, १७ कात्तिक । महोत्तरीको बर्दिबास नगरपालिका–३ का रामसेवकप्रसाद लाल कर्णले चित्रगुप्त मन्दिर निर्माणका लागि रु साढे तीन लाख बराबरको जग्गादान गर्नुभएको छ । चित्रगुप्त मन्दिर निर्माणका लागि उहाँले आफ्नी स्वर्गीय पत्नी गुञ्जेश्वरीदेवी कर्णको सम्झनामा जग्गादान गर्नुभएको हो । चित्रगुप्त पूजाका क्रममा उहाँले मङ्गलबार गाउँलेसामु जग्गा दिन निधो गर्नुभएको थियो । मङ्गलबारै नेपाली काँग्रेसका महोत्तरी क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष महेशकुमार झाले मन्दिरको शिल्यान्यास गरेको पूजा आयोजक समितिका अध्यक्ष दीपेन्द्रकुमार कर्णले जनाउनु भएको छ । शिल्यान्यास कार्यक्रममा नयाँ शक्ति नेपाल महोत्तरी क्षेत्र नं १ का संयोजक श्यामनारायणलाल कर्ण, शिक्षक विमलेश दत्त, बृजनारायणलाल कर्ण, नरेन्द्रकुमार कर्ण, डा सुशीलकुमार कर्ण, सञ्जीवकुमार कर्ण, अरुण कर्ण, दीपक कर्ण लगायतको सहभागिता रहेको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बंगलादेशमा हिन्दू मन्दिर र हिन्दू धर्मालम्बीमाथी आक्रमण कात्तिक १७ । बंगलादेशमा हिन्दू मन्दिर र हिन्दू धर्मावलम्बीका घरहरुमा आक्रमण तथा आगजनी गरिएका छन् । फेसबुकमा इस्लाम विरोधी पोष्ट गरेको भन्दै आक्रोशित जमातले हिन्दूका घर र मन्दिरलाई निशाना बनाएका हुन् । ब्रह्मणबरिया जिल्लाको नासिरनगरमा रहेका हिन्दू समुदायको घर र मन्दिरमा मुस्लिम समुदायका आक्रोशित भीडले आक्रमण गरेको हो । प्रहरीका अनुसार कम्तिमा २० घरमा आगजनी गरिएको छ भने दश हिन्दू मन्दिरमा आगलागी गर्नुका साथै त्यहाँको सम्पत्ति लूटपाट गरिएको छ । हिन्दू समुदायका मानिसलाई कुटपिटसमेत गरिएको छ । मुस्लिम बहुल बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि यस्ता आक्रमण यसअघि पनि हुने गरेको थियो । फेसबुकमा एक हिन्दू युवाले मुसलमानको धार्मिकस्थलको बारेमा आपत्तिजनक सामाग्री पोष्ट गरेपछि यो घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले फेसबुकमा आपत्तिजनक सामाग्री पोस्ट गर्ने युवकलाई पक्राउ गरेको छ । The post बंगलादेशमा हिन्दू मन्दिर र हिन्दू धर्मालम्बीमाथी आक्रमण appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
१० लाखको लागतमा हनुमान मन्दिर महोत्तरी, १४ कात्तिक । स्थानीय भरतपुरमा हनुमानको मन्दिरको निर्माण गरिएको छ । भरतपुर–५ स्थित हनुमान आराधना समितिले रु १० लाखको लागतमा मन्दिर बनाएको हो । स्थानीय भक्तजनको भेटीबाट दुई वर्षका अवधिमा मन्दिर बनेको मन्दिर निर्माण समितिका अध्यक्ष सियाराम दासले बताउनुभयो । मन्दिरमा हनुमानको पौने चार फि उचाइको मूर्तिसमेत राखिएको छ ।
0 notes