#परवसम
Explore tagged Tumblr posts
Photo
अठार वर्ष प्रवासमा बिताएर घर फर्केका थापा बाख्रापालनबाट ‘नमुना उद्यमी’ बागलुङ, ९ चैत । अठार वर्ष प्रवासमा बिताएर घर फर्कनुभएका काठेखोला गाउँपालिका–४ का रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ । ५३ वर्षीया थापाले १० वर्षअघि एउटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले व्यवस्थित ‘फार्म’ मा परिणत भएको छ । थापाले बनाएको ‘नमुना बाख्रापालन फार्म’ मा हाल ३५ वटा बाख्रा छन् । मासिक पाँच÷छ वटा बाख्रा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “वार्षिक रु दुई लाखसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । रु दुई लाख ५० हजारको लगानीमा सुरु गरेको बाख्रापालन सफल भएपछि थापाले माछापालन, तरकारीखेती र मौरीपालन समेत सुरु गर्नुभएको छ । कृषि कर्मबाटै थापाले घरपरिवारको खर्च चलाउँदै आउनुभएको छ । उहाँले खोर मर्मतका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु २० हजार अनुदान पाउनु भएको छ । थापाको बाख्रापालन फार्मलाई जिल्लाकै नमुना मानिन्छ । उहाँले आधुनिक र व्यवस्थित खोरमा बाख्रापालन गर्दै आउनुभएको छ । थापाको फार्ममा उन्नत जमुनापारि क्रस र स्थानीय खरी जातका बाख्रा, बोका र खसी छन् । एउटै बोका रु ११ हजारद��खि र रु २५ हजारसम्ममा बिक्री गर्ने गरेको थापाले बताउनुभयो । साना पाठापाठी भने रु तीन हजारदेखि रु चार हजारसम्ममा बिक्री हुने गरेका छन् । थापालाई हेफर इन्टरनेसनलले केही वर्षअघि छवटा बाख्रा किन्न बिना ब्याज ऋण उपलब्ध गराएको थियो । सोही परियोजनाबाट नश्ल सुधारको लागि रु १२ हजार मूल्यको उन्नत जातको बोका पनि थापाले प्राप्त गर्नुभएको छ । नश्ल सुधारका लागि फार्ममा उन्नत जातको बोका पाल्ने गरेको थापाले बताउनुभयो ।
0 notes
Photo
प्रवासमा रहेका नेपालीले गाउँको सडक निर्माणका लागि सात लाख जुटाए म्याग्दी, २० कात्तिक । कुहुँ–८ थाइवाङको विकासप्रति प्रवासमा रहेका थाइवाङवासी एकजुट भएका छन् । विश्वका विभिन्न देशमा पुगेका थाइवाङवासीले रु सात लाख जुटाएर गाउँसम्म पुग्ने सडक मर्मत सम्भार तथा स्तरोन्नति गरेका छन् । थाइवाङ जोड्ने कुहुँ–पञ्चासे खोलासम्मको जोखिमपूर्ण सडकलाई ब्रेकरको प्रयोग गरेर सडक विस्तार तथा मर्मत गरिएको थाइवाङका स्थानीय बलिभद्र गौतमले जानकारी दिनुभयो । “प्रवासमा रहेका थाइवाङवासीको सक्रियतामा सडक मर्मत भएको छ, अब सहजै गाउँसम्म सानाठूला सवारीसाधन चल्छन्” गौतमले भन्नुभयो । बेनी–दरवाङ सडकखण्डअन्तर्गत सिमलचौर र पुलाचौर–डडुवा कुहुँ हुँदै गाउँसम्म पुग्ने पुरानो सडक भए पनि भिरालो र जोखिमपूर्ण भएकाले गाउँसम्म सहज सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । गाउँ नजिकै सवारीसाधन राखेर जानुपर्ने अवस्थामा सडक स्तरोन्नति भएपछि ट्याक्सी समेत गाउँमै पुग्छन् । सडकखण्डको पञ्चासे खोलादेखि रातो खोलासम्मको करिब एक किलोमिटर मर्मत गरिएको थाइवाङ गाविसले जनाएको छ । पाँच दिनसम्म लगातारको सडक मर्मत सम्भारपछि कुहुँको हिदी गाउँका साथै मालिकाधुरी जान समेत सहज भएको छ । जिल्लाकै धार्मिकस्थलको रुपमा परिचित मालिकाधुरीमा पुग्ने सबैभन्दा छोटो रुट थाइवाङ हँुुदै पर्छ । थाइवाङ गाविस अभियानमार्फत शिक्षा, स्वास्थ्य, विकास निर्माण, आर्थिक अवस्था कमजोर भएकाको उपचारलगायत गाउँमा आवश्यक पर्ने सबै क्षेत्रमा सहयोग गर्ने लक्ष्य रहेको छ ।
0 notes
Photo
बुद्द बिहारलाइ प्रवासमा बस्ने नेपालीकाे तेइस लाखभन्दा बढी आर्थिक सहयोग बागलुङ, ७ कात्तिक । रिघा–१ मा निर्माणाधीन ‘उदय रिघा बुद्ध विहार’लाई प्रवासमा बस्ने नेपालीले रु तेइस लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । सत्चालिस मुलुकबाट सङ्कलित रु तेइस लाख ८० हजार एक सय २१ आइतबार विहारलाई हस्तान्तरण गरिएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि सोम सापकोटाले सो रकम बराबरको चेक विहारका अध्यक्ष शेरबहादुर घर्ती मगरलाई प्रदान गर्नुभयो ।
0 notes