#परयटकलई
Explore tagged Tumblr posts
Photo
बाह्रै महिना गर्मी नहुने जेफाले : पर्यटकलाई आकर्षणको केन्द्र पथरी (मोरङ), १९ वैशाख । मोरङ भन्नासाथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको छैनभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र सडकको पहुँच पुग्छ । सडक, सञ्चार र सुरक्षाको व्यवस्था नभए पनि आन्तरिक र बाह्य पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ – उत्तरी मोरङको सिंहदेवी–५ स्थित जेफाले सामुदायिक होमस्टे । होमस्टेका लागि सुविधासम्पन्न पाँचवटा घर र सम्पूर्ण पूर्वाधार तयार भएपनि त्यहाँसम्म पुग्ने सडक, सञ्चार र सुरक्षाको व्यवस्था नहुँदा जेफाले ओझेलमा परेको हो । धनकुटाको भेडेटार र नाम्जेलाई बिर्साउने जेफाले सु��म जिल्लाको दुर्गम गाउँमा भएपनि यतिबेला पूर्वमा पहिलो रोजाइको गन्तव्य भएको छ । जेफालेमा निर्माण गरिएको भ्यू टावरबाट पूर्वाञ्चलका १६ वटै जिल्लाको अवलोकन गर्न सकिन्छ । त्यति मात्र होइन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण जेफालेबाट सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमाल पनि देख्न सकिन्छ । आकाश खुलेको बेला तराईका फाँटिला जग्गा, गाउँ सहरको मनोरम दृश्य देखिने जेफालेको भ्युटावर समुन्द्र सतहदेखि एकहजार नौसय ७० मिटरको उचाइमा रहेको छ । जिल्ला समन्वय समिति मोरङको रु ३६ लाख ५० हजार, धनकुटा जिविसको रु पाँच लाख, विराट पर्यटन केन्द्र, काँकडभिट्टाको रु २१ लाख र स्थानीयवासीको रु आठ लाख बराबरको जनश्रमदान गरी कुल रु ७० लाखमा भ्युटावरको निर्माण गरिएको हो । सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजारवटा सिँढी चढेपछि भ्युटावर पुगिन्छ । चारतले भ्युटावर बनेपछि सूर्योदय, सूर्यास्त, हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक आउन थालेको जेफाले पर्यटन विकास समितिका सदस्य भीम ठकुरीले बताउनुभयो । धेरै सम्भावना हुँदाहुँदै पनि त्यहाँसम्म पुग्ने सजिलो मोटर बाटो, प्रहरी सुरक्षा र सञ्चारको व्यवस्था नहुँदा त्यहाँ पुगेका पर्यटकलाई असजिलो हुने गरेको छ । स्थानीयवासी मनोज अधिकारी भन्नुहुन्छ, “सञ्चारका लागि टेलिफोनको टावर, एउटा प्रहरी पोष्ट र सडकको व्यवस्था सरकारले गरिदिए जेफालेको पर्यटन प्रवद्र्धन आफैँ हुन्छ ।” पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको कोसीहरैचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्छ । छिनभरमा घाम झुलुक्क देखिन्छ अनि छिनभरमै पानी पर्न थाल्छ । बाह्रै महिना गर्मी नहुने जेफालेको मुख्य विशेषता नै चिसो मौसम भएको सदस्य ठकुरीले बताउनुभयो । भ्युटावरको दक्षिण पश्चिममा पाथिभरा देवीको मन्दिर रहेको छ जसले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्ने स्थानीयवासी युवराज खड्काको भनाइ छ । जेफाले क्षेत्रमा मृग, हरिण, बँदेल, खरायो, लोखर्केजस्ता जङ्गली जनावर हेर्न पाइन्छ । जेफाले सामुदायिक वनले सो क्षेत्रमा सिकार गर्न बन्देज लगाएपछि जङ्गली जनावर, कालिजलगायत चराचुरुङ्गीले जेफालेको सुन्दरता अझ बढाएका छन् । छिनछिनमा कुहिरोले छोप्ने अनि छिनभरमा उघ्रने, पानी पर्ने, घाम देखिने जेफालेको मुख्य आकर्षण यति मात्र होइन । शान्त वातावरणमा उत्तरतर्फ बाह्रै महिना हरियो देखिने जङ्गलको थुम्कोमा भ्युटावर ��, त्यही डाँडाको काखमा जिल्लाको एक मात्र मातृभूमि चिया बगान बसेको छ । जेफाले वरिपरिका कुनै पनि डाँडा रुखो छैनन् । अदुवा, अलँैची, अम्लिसो र चियाले भरिभराउ भएका डाँडा साँच्चिकै लोभलाग्दा देखिन्छन् । जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । त्यहाँको प्राकृतिक सुन्दरता, वातावरणीय आनन्द तथा जेफाले डाँडाबाट देखिने दृश्यको प्रचार हुन सके बाह्य पर्यटकलाई समेत आकर्षण गर्न सकिने होमस्टे सञ्चालक उमा ठकुरीले बताउनुभयो । जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउन सक्ने व्यवस्था मिलाइएको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीले बताउनुभयो । The post बाह्रै महिना गर्मी नहुने जेफाले : पर्यटकलाई आकर्षणको केन्द्र appeared first on Etajakhabar.
0 notes
Photo
हवाईयात्रा गर्ने पर्यटकलाई चितवनका होटल सञ्चालकले गरे २५ प्रतिशत छुट चितवन, २५ चैत । नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि हवाईमार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई यहाँका होटल सञ्चालकले २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । जिल्लामा भित्रिने पर्यटक घटेको भन्दै होटल सञ्चालकले सो छुटको व्यवस्था गरेको हो । यहाँ अधिकांश पर्यटक काठमाडौँबाट आउने गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमै भएकाले विदेशी पर्यटकको पहिलो गन्तव्य काठमाडौँ नै बन्ने गर्छ । दोस्रो गन्तव्य पोखरा जानका लागि सडक यातायात पनि सहज छ । तर चितवन आउँदा नारायणगढ–मुग्लिन सडकखण्ड पार गर्नुपर्ने हुन्छ । स्तरोन्नतिको काम भइरहेको उक्त सडक दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरिन्छ भने समय समयमा खस्ने पहिरो, ढुङ्गा र हिलोका कारण पर्यटक घन्टौँ सवारी जाममा पर्छन् । “अहिले सवारी जामकै कारण पर्यटकको रोजाइ चितवन नभई पोखरा हुने गरेको छ,” क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो । भूकम्पअघिका वर्षमा ६० प्रतिशत होटल बुकिङ हुने भए पनि अहिले ४० प्रतिशतमात्रै बुकिङ भएको उहाँको भनाइ छ । सडककै कारण २० प्रतिशत पर्यटकमा कमी आएका कारण सङ्घले निर्णय गरेर हवाईमार्ग प्रयोग गर्ने पर्यटकलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको घिमिरेले बताउनुभयो । होटल सञ्चालकले तोकेको महसुलमा बोर्डिङ पासको अधकट्टी पेस गर्ने पर्यटकलाई २५ प्रतिशत छुट दिन सबै होटललाई परिपत्र गरिएको छ । यहाँका होटलमा रु आठ अर्बभन्दा बढी लगानी भइसकेको छ । एक सय ५० वटा पर्यटकीय होटल जिल्लामा रहेका छन् । सबैभन्दा बढी सौराहा��ा छन् भने निकुञ्ज आसपासका क्षेत्र पटिहानी, जगतपुर, मेघौलीमा पछिल्लो समय पर्यटकीय होटल थपिँदै गएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन् । क्षेत्रीय होटल सङ्घले हवाई भाडामा समेत छुट दिन विमान कम्पनीलाई आग्रह गरेको छ । हाल काठमाडौँ–भरतपुर एकतर्फी उडानको नेपालीका लागि रु तीन हजार ५०० र विदेशीका लागि १०९ डलर हवाई भाडा तोकिएको छ । The post हवाईयात्रा गर्ने पर्यटकलाई चितवनका होटल सञ्चालकले गरे २५ प्रतिशत छुट appeared first on Etajakhabar.
0 notes
Photo
प्रणय दिवसमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा चितवन, २९ माघ- सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । उनीहरुले खान बस्नमा रु १५ प्रतिशत र साना पर्यटन व्यवसायी समूहमार्फत उपहार सामग्रीहरु खरिदमा रु ३० प्रतिशत छुटको घोषणा गरेका हुन् । मुख्यगरी हामीले खाना महोत्सवलाई लक्षित गरेर आएका पर्यटकलाई सहज होस् भन्ने हेतुले छुटको घोषणा गरेको क्षेत्रीय रेवानका अध्यक्ष लालबहादुर भट्टले जानकारी दिनुभयो । छुट सुविधा लिनका लागि खाना महोत्सव परिसरमा रहेको सचिवालयबाट बुकिङ लिनुपर्ने उहाँले बताउनुभयो । आजदेखि सुरु भई फागुन ४ गतेसम्म चल्ने यसपालीको खाना महोत्समवा भ्यालेन्टाइन जोडीलाई सौरेलीले विशेष निम्तो नै दिएका छन् । विशेष छुट प्याकेज कै घोषणा गरेर सौरेलीले खाना महोत्सवमा निम्तो बाँडेका हुन् । “प्रेमी जोडीका लागि सौराहा महत्वपूर्ण गन्तव्य हो, त्यसमाथि फुड फेष्टिवलले झन् उनीहरुलाई रौनक दिनेछ”–कार्यक्रम संयोजक नरेश गिरीले भन्नुभयो, “जोडीलाई सौरेलीको निम्तो छ ।” सौराहामा १०० बढी सुविधायुक्त होटलमा दैनिक दुई हजार ५०० पर्यटक बस्न सक्ने क्षमता छ । अहिले पर्यटकको सिजन नभएकाले उनीहरुलाई आकर्षित गर्न हात्ती महोत्सव, खाना महोत्सव, नयाँ वर्ष उत्सवलगायत कार्यक्रम सौरे���ीले गर्दै आाएका छन् । जसका कारण आन्तरिक पर्यटक भने बढेको व्यवसायी शीरलाल परियार बताउनुहुन्छ । यसपटक खाना महोत्सवमा स्थानीय परिकार, थारुको परिकार र सौराहामा हुने खाना तथा अन्तर्राष्ट्रिय परिकार प्रदर्शन गरिदै छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर खाना महोत्सव आयोजना गरेको हो । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने नारासहित कार्यक्रम गरिएको हो । महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेल मैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने जनाईएको छ । महोत्सवमा करिब रु ४० लाख खर्च हुने र रु. ५० लाख बढीको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक गोकर्ण गिरीले बताउनुभयो ।
0 notes
Photo
घलेगाउँमा पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण बँेसीसहर (लमजुङ), २२ माघ । सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको छ । पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा स्थानीय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तु निर्माण गरिएका छन् । सङ्ग्रहालयमा गुरुङ संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधि तथा सामग्री राखिएका छन् । “सङ्ग्रहालय गुरुङ संस्कार र सस्कृतिको खुला विद्यालय हो, यहाँबाट पर्यटकले हाम्रो संस्कार र संस्कृतिको बारेमा सजिलै थाहा पाउनेछन्,” घलेगाउँ ग्रामीण पर्यटन समितिका अध्यक्ष प्रेम घलेले भन्नुभयो । प्राकृतिक सौन्दर्य हेर्न तथा स्थानीय होमस्टेको अनुभव लिन देश विदेशबाट पर्यटक घलेगाउँ आउने ��र्दछन् । सङ्ग्रहालय बनेपछि गुरुङ संस्कृति जान्न र अध्ययन गर्न चाहने देश विदेशका पर्यटक अझै थपिने अध्यक्ष घलेको विश्वास छ । घलेगाउँमा वार्षिक ३० हजार भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । प्राकृतिक दृश्यावलोकन, होम स्टे, स्थानीय चिया बगानसँगै यहाँको आतिथ्यता यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् । घलेगाउँमा निर्माण भएको पर्यटकीय सङ्ग्रहालय शनिबार उद्घाटन हुँदैछ ।
0 notes
Photo
‘पर्यटन प्रवद्र्धन गर्न आन्तरिक पर्यटकलाई आकर्षित गर्नुपर्छ’ काभ्रे, ९ माघ । मुलुकमा पर्यटन क्षेत्रको विकास गर्न आन्तरिक पर्यटकलाई ��कर्षित गर्नुपर्ने उद्योग राज्य��न्त्री कञ्चनचन्द्र वादेले बताउनुभएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिले आज यहाँ आयोजना गरेको ‘नगरकोट क्षेत्रको पर्यटन, चुनौती र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रममा राज्यमन्त्री वादेले होटल व्यवसायीले स्थानीय क्षेत्रको स–साना भौतिक पूर्वाधारको विकास आफैले गर्न सके पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । “पर्यटन व्यवसायी भूकम्पपछि ठूलो आर्थिक सङ्कटमा छन्, सरकार उहाँहरुको समस्या समाधानका निम्ति सधैँ प्रतिबद्ध छ,” उहाँले भन्नुभयो । व्यवसायीलाई निर्धक्क भएर काम गर्ने सरकारले वातावरण तयार पारेको र त्यसको उपयोग गर्न राज्यमन्त्री वादेले व्यवसायीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्रबहादुर लामाले नगरकोट क्षेत्रमा पर्यटनको विकासका लागि समिति सधैँ प्रतिबद्ध रहको बताउनुभयो । सो क्षेत्रको विविध परम्परा र संस्कृति लोप हुनबाट जोगाउन समितिले विभिन्न कार्य गर्दैआएको उहाँको भनाइ थियो । कार्यक्रममा सहभागि विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिले नगरकोट क्षेत्रमा मिचिएका सार्वजनिक जग्गाको विषयमा समेत कुरा उठाएका थिए ।
0 notes
Photo
हात्ती अातंकपछि कोसी टप्पुमा पर्यटकलाई प्रवेश निषेध ! इनरुवा, १३ पुस- पूर्वाञ्चलको प्रसिद्ध पर्यटक क्षेत्रका रुपमा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा निषेध गरिएको छ । आरक्षको जङ्गल क्षेत्रबाट दैनिकरुपमा जङ्गली हात्ती आएर बितन्डा मच्चाउने गरेका कारण आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको कोसी टापु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । हात्ती आतङ्कका कारण यहाँ अवलोकन गर्न आउने पर्यटकमा मानवीय खतरा बढेकाले आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साहले जानकारी दिनुभयो । आन्तरिक पर्यटकले अवलोकन गर्ने बेलामा पथ प्रदर्शक सहयोग नलिने गरेको र जङ्गल क्षेत्रको अवलोकन कसरी गर्ने विषयमा ज्ञानको अभाव भएकाले आरक्षमा आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत साहले बताउनुभयो । उहाँले टाढाबाट तथा नेपालबाहेकका मुलुकबाट चरा तथा जङ्गली जनावर हेर्न आउने पर्यटकलाई अवलोकन गर्न दिइने वातावरण बनाउने बताउनुभयो । विदेशी मुलुकबाट आरक्षको चरा तथा अर्ना हेर्नका लागि आउने पर्यटकलाई पथ प्रदर्शक र सावधानी अपनाएर आरक्ष अवलोकनको वातावरण मिलाउने अधिकृत साहले बताउनुभयो ।
0 notes
Photo
जलयात्रा गर्ने पर्यटकलाई शौचालयको सास्ती फलेवास (���र्वत), २ मङ्सिर । कालीगण्डकी नदीमा जलयात्राको मज्जा लिन बर्सेनि हजारौँ विदेशी पर्यटक आउँछन् । जिल्ला विकास समिति पर्वतले जलयात्राका लागि आउने ती पर्यटकबाट कर असुली गर्दै आएको छ । तर, जलयात्रा सुरु हुने स्थलमा व्यवस्थित शौचालयको अभाव हुँदा विदेशी पर्यटकले असन्तुष्टि जनाएका छन् । कालीगण्डकीमा पर्वतको पाङस्थित नयाँपुलबाट जलयात्रा यात्रा सुरु हुन्छ तर, त्यहाँ वनभोजमा आउने समूहले अत्यधिक फोहर छाड्ने गरेका छन् । “जथाभावी फोहरले दुःखी बनायो” इजरायली नागरिक असाफ अलोनीले भन्नुभयो– “अब आउनेले यस्तो देख्न नपरोस् ।” उहाँले फोहरसँगै व्यवस्थित शौचालय र पिउने पानीको अभाव भएको बताउनुभयो । असाफजस्तै अन्य पर्यटकले पनि जथाभावी फोहर र शौचालय नभएकोमा दुःख मनाउ गरेका छन् । रिभर गाइड ज्ञानु तिवारीले जलयात्रा गर्नुपूर्व तयारी गर्ने नयाँपुलमा शौचालय र खानेपानीको निकै समस्या भएको गुनासो गर्नुभयो । “शौचालय र खानेपानीको व्यवस्थापन आवश्यक छ,” उहाँले भन्नुभयो । जिल्ला विकास समितिले जलयात्रा व्यवसायीबाट कर उठाए पनि देखिएका समस्या समाधान गर्न चासो नदेखाएको उहाँको भनाइ छ । “कालीगण्डकीमा जलयात्रा पर्वतकै पहिचान हो भनेर सम्बन्धित निकायले चासो देखाए राम्रो हुने थियो,” तिवारीले भन्नुभयो । शौचालय अभावले पर्यटक पाखो क्षेत्रमा जान बाध्य छन् । जलयात्रा सुरु हुने नयाँ पुलमा वनभोजका लागि जिल्लाको कुश्मा, बागलुङ र बेनीसम्मका विभिन्न समूह आउने गरेका छन् । वनभोजमा मनोरञ्जन लिन आउनेहरुले फोहर त्यसै छाड्ने गरेका छन् ।
0 notes
Photo
होटल भरिभराउ भएपछि घरमै लगेर पर्यटकलाई सुताउँछन् मुस्ताङ्गका बासिन्दा मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । तिब्बती कला र संस्कृति । उपल्लो मुस्ताङमा अवस्थित लोमान्थाङको यीनै विशेषतामा रमाउन यतिबेला यहाँ आन्तरिक पर्यटकको खचाखच भीड लागेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट दुईदिने पैदल यात्रापछि पुगिने लोमान्थाङलाई आन्तरिक पर्यटकले ‘भर्जिन गन्तव्य’का रुपमा चित्रण गर्ने गर्छन् । “लोमान्थाङ पुग्नु स्वर्गको स्वर्णिम अनुभूति गर्नु जस्तै हो । घुम्नका लागि यो भर्जिन गन्तव्य हो”, हालै लोमान्थाङमा पुगेर फर्केका पोखराका पर्यटन व्यवसायी चक्र गुरुङले भन्नुभयोे, “त्यहाँको सुन्दरताको बयान गरी साध्य छैन, त्यहाँ पुग्दाको आनन्द शब्दमा वर्णन गर्न सक्दिनँ ।” एकै लहरमा मिलेर बसेको बस्ती र त्यहाँ पाइने आतिथ्य सत्कार पर्यटकका लागि कहिल्यै नभुल्ने क्षण हुन्् । दसैं र तिहारको बिदा मनाउन नेपाली धमाधम लोमान्थाङ पुग्न थालेका छन् । केही वर्षअघिसम्म बाह्य पर्यटकको मात्र चहलपहल हुने लोमान्थाङमा आन्तरिक पर्यटकको आकर्षण व्यापक बनेको लोमान्थाङका होटल व्यवसायी छिरिङ सान्मो गुरुङले बताउनुभयो । लोमान्थाङमा १० वटा सुविधासम्पन्न होटल छन् । ती होटलमा एकैरात एकसय ५० जनासम्म बास बस्न सक्छन् । “तर होटल भरिभराउ भएपछि घरमा लगेर पनि सुताउने गरेका छौँ”, गुरुङले भन्नुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले नेपाली पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि अहिले दैनिक दुई सयको हाराहारीमा नेपाली लोमान्थाङ भ्रमणमा पुग्ने गरेका छन् । लोमान्थाङ क्षेत्रमा वार्षिक चार हजारको हाराहारीमा बाह्य पर्यटक पुग्ने गरेको एक्यापको तथ्याङ्क छ । एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले आन्तरिक पर्यटकको ‘फ्लो’ ९प्रवाह० बढेको बताउनुभयो । “अफसिजन सुरु हुन लागेको छ, चिसो पनि बढेको छ”, उहाँले भन्नुभयो, “तैपनि नेपालीहरु जानेक्रम रोकिएको छैन ।” रासस
0 notes
Photo
पोखरा आएका पर्यटकलाई भव्य स्वागत पोखरा, ११ असोज । कास्कीमा ३७औँं विश्व पर्यटन दिवसका अवसरमा पोखरा विमानस्थलबाट पोखरा आएका पर्यटकलाई आज भव्य स्वागत गरिएको छ । पोखरा पर्यटन परिषद्को संयोजनमा पोखरामा पर्यटन संवद्ध सङ्घ संस्थाले पर्यटकको स्वागत गरेका हुन् । बर्सेनि विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउने पहिलो, दोस्रो र तेस्रो पर्यटकलाई विशेष उपहार दिने चलन अनुरुप कोरियाका नागरिक को यङ ही, किम योङ एन र काङ योङ एनलाई उपहार प्रदान गरिएको थियो । विशेष बाजागाजासहित सांस्कृतिक प्रस्तुतीका साथ गरिएको स्वागत समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा, उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम, रेस्टुरेट एन्ड बार एसोसिएसन ९रेवान०पोखराका अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन कार्यलयका प्रमुख डोलराज ढकाललगायतले पर्यटकको स्वागत गर्नुभएको थियो । विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँबाट पोखरा हवाई मार्ग एवम् स्थल मार्गबाट आउने पर्यटकलाई स्वागत गर्ने प्रचलन अनुरुप आज स्वागत कार्यक्रम आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले बताउनुभयो । विश्व पर्यटन दिवसकै अवसरमा आजै साँझ पोखराको लेकसाइडमा एक दिने सडक महोत्सव आयोजना गरिएको रेवानका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
0 notes