#पखरलई
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
पोखरालाई टेबल टेनिसको हब बनाउन सकिने पोखरा, २५ माघ- राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ टेबल टेनिस प्रशिक्षक दीपक शाक्यले पोखरालाई टेबलटेनिस खेलको हब बनाउन सकिने बताएका छन् । कास्की जिल्ला टेबलटेनिस संघको आयोजनामा भएको छलफल कार्यक्रममा उनले पोखरा पर्यटन, साहित्य, स्वस्थ बाताबरण, फुटबल खेलमा अगाडि रहेको बताउँदै टेबलटेनिस खेलको बिकासमा पनि उल्लेखनीय कार्य गर्न सक्ने सम्भावना रहेको बताए । त्यसै गरि टेबलटेनिसका राष्ट्रिय खेलाडी किसन जिसिले कास्की जिल्लामा नियमित प्रतियोगिता संचालन हुन नसकेको कारण खेलाडी उत्पादनमा कमि देखिएको धारण राखेका थिए । सो अबसरमा जिल्ला सदस्य कृष्ण रानाभाट, निर्मल सोती, रुप गुरुङ लगाएतले संघ आर्थिक रूपमा सक्षम हुनुपर्नेमा जोड दिएका थिए । संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव फडिण्द्र तिमिल्सिनाले गरेका थिए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पोखरालाई खेलकुद नगरी बनाइने : मन्त्री श्रीपाइली पोखरा, १४ मङ्सिर । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले पर्यटकीय नगरी पोखरालाई खेलकुद नगरीको रुपमा विकास गरिने बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९नेसनल प्याव्सन��� कास्कीको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सुरु भएको एघाराँै नेसनल प्याप्सन खेलकुद महोत्सवको उद्घाटन गर्दै उहाँले पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने जानकारी दिनुभयो । खेलकुदको विकासका लागि देशव्यापी रुपमा खेल अभियान सुरु गरिने र यसक्रममा १३ वर्षभन्दा मुनिका बालबालिकालाई खेलप्रति आकर्षित गर्न उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता सञ्चालन गरिने जानकारी गराउनुभयो । उहाँले शैक्षिक पाठ्यक्रममा खेलकुदलाई पनि जोड्नुपर्नेमा जोड दिनुभयो । नेसनल प्याप्सनका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै जानुपर्ने धारणा राख्नुभयो । यही मङ्सिर १७ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा जिल्लाका ४५ विद्यालयका सात हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । महोत्सवअन्तर्गत भलिबल, फुटबल, बास्केटबल, ह्यान्डबल, टेवलटेनिस खेल समावेश गरिएको छ ।
0 notes
nepal123 · 8 years ago
Text
कत्ले सिमसार पोखरीलाई पर्यटकीय क्षेत्र बनाइने
कत्ले सिमसार पोखरीलाई पर्यटकीय क्षेत्र बनाइने
उर्लाबारी (मोरङ), २४ भदौ । मोरङको मधुमल्लास्थित मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पोखरी स्तरोन्नतिका लागि स्थानीय उपभोक्ता सक्रिय भएका छन् । मधुमल्ला–५ मा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी जुटेका हुन् । चालु आर्थिक वर्षमा उक्त सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयबाट करिब आठ लाख रुपैयाँ…
View On WordPress
0 notes