#नरणयम
Explore tagged Tumblr posts
Photo
‘महाभियोग प्रस्तावको निर्णयमा काँग्रेस न्यायाधीश भएर उभिने’ बुटवल, १२ कात्तिक । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको निर्णयमा काँगे्रस न्यायाधीश भएर उभिने बताउनुभएको छ । उहाँले नेपाली काँगे्रसले जे निर्णय गर्छ त्यहीँ हुने भएकाले संसद्मा पेस भएको महाभियोग प्रस्तावबारे काँगे्रसले सत्यतथ्य निर्णय गरेर आफ्नो मत जाहेर गर्ने र त्यही नै निर्णायक बन्ने बताउनुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता महतले महाभियोग प्रक्रिया अघि बढ्ने तर हचुवाको भरमा कसैलाई फसाउन पनि नहुने र कोही पनि भ्रष्टाचारीलाई मुक्ति दिन नहुने बताउनुभयो । उहाँले मधेसको मुद्दालाई समाधान गर्न, संविधान संशोधन गर्नका लागि काँगे्रस र माओवादीको सरकार बने पनि प्रधानमन्त्री दाहालले काँगे्रसलाई बाइपास गरेर एकलौटी निर्णय गरेको बताउनुभयो । मधेसको मुद्दालाई सम्बोधन गर्न र संविधान संशोधनका लागि सबैको सहमति आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“अहिलेको महत्वपूर्ण काम मधेस आन्दोलनको सम्बोधन हो । तर यो काम काँग्रेसले मात्र गरेर हुदँैन । एमाले पनि सहमत हुनुपर्छ । सरकारको पह�� प्रर्याप्त भएको छैन् ।” युनियनका जिल्ला सभापति ��िक्रम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले स्थानीय तहको पुनःसंरचनाको विषयमा गम्भीर रुपले काम नभएको बताउँदै गम्भीर रुपले पहल भए मात्र स्थानीय निर्वाचन हुनसक्ने र संविधान कार्यान्वयनमा सहज हुने बताउनुभयो ।
0 notes