#धरनम
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
धरानमा डेङ्गुपीडित थपिँदै इटहरी, २ मङ्सिर । डेङ्गुपीडित ३५ जनाको उपचार पछि धरान–१६ का अरु दुईजना पीडित थपिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अघिल्लो साता धरान–१६ की १३ वर्षीया जिना राईमा डेङ्गुको उपचारलगत्तै सोही वडाका १८ वर्षीय सवीन प्याकुरेल र ४९ वर्षीय भीम प्याकुरेल पनि डेङ्गुपीडित भई बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना भएका छन् । झापाको दमक नगरपालिका र आसपासका क्षेत्रमा देखिएको डेङ्गु पछिल्लो समयमा आएर धरानमा पनि देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले धरानमा त्यससम्बन्धी छलफल समेत चलाएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक उपचार कक्षमा दैनिक ४ देखि ५ जना मानिस डेङ्गुपीडित भई उपचारका लागि आउने गरेको डा सुनिल जिरेलले जानकारी दिनुभएको छ । प्रतिष्ठानमा उपचारार्थ आएका सबै डेङ्गुपीडित स्वस्थ भएर जाने गरेको पनि उहाँले जानकारी दिनुभयो । सफा पानीमा बस्न रुचाउने एक प्रकारको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्ने चिकित्सकले जानकारी दिँदै धेरै लामो समयसम्म घर वरपर बाल्टी वा अन्य भाँडावर्तन र खाल्डोमा सफा पानी जम्न नदिनु नै यस रोगको सङ्क्रमणबाट जोगिन सकिने प्रमुख उपाय रहेको बताएका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
धरानमा ढेङ्गु रोग देखियो कात्तिक २६ । देशका विभिन्न स्थानमा डेङ्गु फैलिरहेका बेला धरान–१६ की १३ वर्षीया जीना राईमा पनि पोजिटिभ देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएक��� छ । डेङ्गुपीडित राईको पेडियाट्रिक विभागमा उपचार भइरहेको प्रतिष्ठानको आकस्मिक सेवा विभागले जानकारी दिएको छ । डेङ्गु धरानलगायत आसपासकै क्षेत्रमा फैलनु चिन्ताको विषय बनिरहेको प्रतिष्ठानका चिकित्सकको भनाइ छ । प्रतिष्ठानको आकस्मिक कक्षमा डेङ्गुपीडित दैनिक चारदेखि पाँचजना आउने र उनीहरुलाई प्रतिष्ठानले उपचार गरिरहेको चिकित्सकले जानकारी दिएका छन् । डेङ्गुपीडित भएर आउनेलाई आकस्मिक कक्षबाटै उपचार गरेर डिस्चार्ज गरिँदै आएको छ । उपचारका लागि धरानबाटै आएकी एक बालिका र एक अर्का व्यक्तिको मेडिकल विभागमा उपचार भइरहेको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा एक दिनअघि झापाको दमक–१५ बाट डेङ्गुपीडित भएर आउनुभएका २८ वर्षीय सञ्जय निरौला आकस्मिक कक्षमा नै उपचार गराइरहेका छन् । उपचारमा रहेका निरौलाले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताए । सोही अवसरमा चिकित्सक सुनिल जिरेलले आकस्मिक कक्षमा दैनिक चारदेखि पाँचजना पीडित मानिस भर्ना हुने गरेको जानकारी दिए । The post धरानमा ढेङ्गु रोग देखियो appeared first on नेपाल आज.
0 notes