#जलवायु-प्रेरित असमानता
Explore tagged Tumblr posts
Text
कैसे असमानता से लड़ना जलवायु परिवर्तन को उलट सकता है
कैसे असमानता से लड़ना जलवायु परिवर्तन को उलट सकता है
वैश्विक अर्थव्यवस्था में बदलाव और जलवायु परिवर्तन को उलटने के लिए आवश्यक सार्वजनिक समर्थन हासिल करने के लिए असमानता से निपटना महत्वपूर्ण है, पर्यावरणीय तनाव के ऐतिहासिक 50 वर्षीय कंप्यूटर सिमुलेशन के लिए एक अद्यतन पाया गया है। वैश्विक अर्थव्यवस्था में बदलाव और जलवायु परिवर्तन को उलटने के लिए आवश्यक सार्वजनिक समर्थन हासिल करने के लिए असमानता से निपटना महत्वपूर्ण है, पर्यावरणीय तनाव के ऐतिहासिक 50…
View On WordPress
#अर्थव्यवस्था#असमनत#असमानता#उलट#क#कस#जलवय#जलवायु अध्ययन#जलवायु गरीबी#जलवायु परिवर्तन#जलवायु परिवर्तन पर शोध#जलवायु लड़ाई#जलवायु-प्रेरित असमानता#परवरतन#लडन#शुद्ध-शून्य गरीबी#स#सकत#ह
0 notes
Text
‘अतीतमा दक्षिण एशिया समृद्ध थियो, अहिले हामी पछि पर्यौं’
विचारहरुको विकास र महत्वपूर्ण सार्वजनिक नीतिका विषयहरुमा बौद्धिक बहसको आधार निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको इन्डिया फाउन्डेसनको उच्च प्रशंसा गर्न चाहन्छु । पाँचौं वर्षको अवधिमा, यस ‘इन्डिया आइडिया कन्क्लेभ’ फरक चरित्रको एक नेतृत्वदायी समारोह मात्र नभई विचारहरुको जन्म, विकास आदान-प्रदानका हिसाबले एक विशिष्ठ माध्यमका रुपमा विकास भएको छ । त्यसले कालान्तरमा अझ सौहार्द एवं समृद्ध समाज निर्माणका लागि सकारात्मक माहोल सिर्जना गर्न योगदान पुर्याउनेछ ।
२१ औं शताब्दीमा आविश्कार र अन्वेषणहरुको लहर पैदा गर्नका लागि भारतले धेरै प्रस्ताव गर्नुपर्नेछ । विचारक, नीति निर्माताहरुको सम्मानित भेलाका अगाडि म दुई करोड ८० लाख नेपालीहरुको सामुहिक विचार र तिनको सुनौलो भविष्यका लागि तिनका सपनाहरु, दृष्टि तथा आशाको प्रतिनिधित्व गदै तपाईमाझ आफ्नो विचार सेयर गर्दैछु ।
मानव जाति र हाम्रा आ-आफ्ना देशका नागरिकहरुका आ-आफना विचार हुन्छन् । हामी हाम्रो समाजलाई कस्तो बनाउन चाहन्छौं र हामी हाम्रो राज्य र विश्व समुदायलाई कहाँ पुराउन चाहन्छौं भन्ने विचारले निर्देशित गरेको हुन्छ ।
विचारहरु शुन्यतामा हुर्कन सक्दैन । विशिष्ठ भौतिक सन्दर्भ र वस्तुस्थितिले मानव मस्तिष्कमा पार्ने प्रभावका प्रतिक्रिया नै विचार हुन्, मानव परिकल्पना र सिर्जनाको उपज हुन् विचार। केही विचारहरु समकालीन चुनौती र समस्याको मुकाविला गर्नका लागि आकस्मिक आवश्यकताद्वारा निर्देशित हुन्छन् भने धेरैजसो विचार मानव सुझबुझ र प्रगतिलाई अगाडि बढाउने र विकासको क्षितिजलाई विस्तार गर्दाका परिणाम विकास भएका हुन् ।
हरेक नयाँ युगको प्रारम्भका निम्ति केही अग्रगामी (क्रान्तिकारी) विचारहरुले रुपान्तरणकारी भूमिका खेलेका हुन्छन् । जब विचार प्रादुर्भावको शुरुवात व्यक्तिगत तवरमा सर्वाङ्गीण एकाग्रताद्वारा समकालीन सोचका लागि हुन्छ, त्यसका लागि सिंगो समाज, राज्य र सभ्यताद्वारा त्यसलाई मलजल र सम्र्वद्धन गर्नुपर्छ ।
कुनै समय, विचार व्यक्तिगत एकरुपतामा अन्त हुँदैन । विचारको विविधताले सामाजिक बहसलाई थप मजबुुत बनाउँछ । अन्तरसम्वाद र आदान-प्रदानले विचारलाई परिस्कृत बनाउँछ, फलस्वरुप तिनीहरुका लागि व्यापक अपनत्व, गहिरो अर्थ र नयाँ उचाइ हासिल गर्न मद्दत पुर्याउँछ ।
विचारले आधारभूत रुपमा हामीलाई परिभाषित गरेको हुन्छ भन्ने कुरामा तपाईहरु मसँग सहमत हुनुहुन्छ भन्ने लाग्छ । विचार हाम्रो पहिचान हो र मानव सभ्यताको यात्राका लागि निर्देशित उज्यालो हो । विचारहरु केवल अर्मूत हिसावले निर्माण भएका होइनन् । तिनीहरु आधारहरु हुन्, जहाँ व्यक्तिक सोचले आकार ग्रहण गर्दै, समाजहरु निर्माण हुँदै राज्यहरु मजबुत बन���नेछन् । यो आखिरी गन्तव्यको विचार हो, जसले हाम्रो सामुहिक सोच��्वारा तय गरिएको मार्गलाई विस्तार गर्नका लागि हामीलाई प्रोत्साहन गर्छ ।
विचारले हामीलाई सही र गलत, नैतिक र भ्रष्ट, असल र खराव पहिचान गर्नका लागि मद्दत गर्छ । यो मानव मस्तिष्कहरुको संसर्ग र परस्पर उर्वरताको विचार हो, जसले अविश्वसनीय तवरका मानव विकास र परिवर्तनहरु ल्याएका छन् ।
समय क्रममा उल्लेखनीय मानव विकासका बावजुत, विश्वले आज असंख्यक चुनौतीहरुको सामना गरिरहेको छ । गरिबीको क्रुरतालाई आजपर्यन्त निवारण गर्न सकिएको छैन । असमानता राज्यभित्र र राज्य-राज्यबीच विशाल छन् । धेरै देश र समाजहरु विकास प्रकृयामा पछाडि नै छन् । धेरै क्षेत्रहरुमा शान्ति हासिल हुन कठिन भइरहेको छ । मानव दोहनबाट पैदा भएको जलवायु परिवर्तनका असरका कारण पृथ्वीको स्थिरतालाई खतरा पैदा भइरहेको छ ।
परिवर्तनकारी चौथो औद्योगिक क्रान्ति उदयसँगै नयाँ अवसर र चुनौती दुबै पैदा भएका छन् । प्रविधिका विविध क्षेत्रमा भएका क्रान्ति, कृत्रिम इन्टेनिजेन्स, रिवोटिस्, थ्रीडी, नानो प्रविधिहरुले विचारलाई सवल र परिस्कृत बनाउनका लागि मानव क्षमताको परिक्षण भइरहेको छ । तर, प्रविधिको विस्तार मात्रै पर्याप्त छैन । धेरै देशहरु अझै औद्योगीकरणको अघिल्ला लहरबाट लाभान्वित हुन सकेका छैनन् । प्रविधिको सपाट विस्तार र प्रसारका लागि अधीक काम आवश्यक छ ।
कुनै पनि विचारको असली परीक्षा मानव जीवनमा त्यसले पार्ने सकारात्मक प्रभावको स्तर हुनेछ । अनि सामवेशिता यस्तो प्रभावको मूल आधार हुनुपर्छ । इतिहासको श्रृखंलामा विचारहरुको फैलावटका हिसावले दक्षिण एशियाली क्षेत्रले विश्व मानचित्रमा द्विविधारहित तवरमा एक अद्वीतीय स्थान ओगटेको छ । भारतले धेरै प्रतिभाहरु जन्माएको छ, जसको महान विचार र ज्ञानले मानव सभ्यतालाई प्रेरित गरेको छ । र, ती ज्ञानहरु मानवताका लागि एक मार्गदशक प्रकाश मात्र थिएनन्, तिनीहरु समयको परीक्षणद्वारा खडा भएका छन् ।
विश्वको यस भूभागमा महान सभ्यताहरुले बास गरेका छन् । र, ठूला विचारक, नेताहरु, आविस्कारक, अन्वेषकहरु, विद्धानहरु र शोधकर्ताहरुलाई जन्म दियो । बौद्धिक उन्नतीको स्तर वा समृद्धिको स्तरमा, दक्षिण एशियाको अतीत समृद्ध छ । विगत २०० बर्ष समयको अवधिमा, संसारका प्रायःजसो क्षेत्र अघि बढ्यो र हामी पछि पर्यौं ।
एक समयमा जब बहुमत विश्व कष्टपद र अन्धविश्वासको प्रतिछायाँमा रुमल्लिरहेको थियो । हाम्रो क्षेत्र वेद र बौद्ध दर्शनद्वारा पहिले नै प्रबुद्ध भएको थियो । प्राचीन दक्षिण एशियाले विश्वलाई अनगिन्ती सभ्यताको विशेषता प्र��ान गरेको थियो- साहित्य र वास्तुकलादेखि भौतिक विज्ञान, खगोलविज्ञान र औषधि, राज्यकलाको विचारदेखि व्यापार र उद्योगकलासम्म । दक्षिण एशियाली सभ्यताको यस बहुमूल्य विशेषता, हाम्रो मूल्य प्रणाली आजपर्यन्त कामयावी छन् ।
यी मूल्यमान्यता सौहार्दता, अनुुशासन र व्यापक सार्वजनिक हित र चासोमा आधारित हाम्रो सामुहिक सभ्यताको स्वीकारोक्ति र केही थोरै व्यक्तिगत स्वकेन्दि्रयताद्वारा पैदा भएको हो । यी मूल्यमन्यताहरुले साझेदारी, हेरविचार र सहअस्तित्वमा अधिक जोड दिन्छ । शान्ति, अन्तर-विश्वास सहिष्णुता र शान्तिपूर्ण अस्तित्वका सिद्धान्तको विचार आधुनिक समयका थुप्रै लहडहरुका लागि उत्तरहरु हुन् ।
नेपालको अनुभव
दशकौंसम्म तानशाही शासन, गरिबी र अविकासका विरुद्ध स्वतन्त्रताका लागि नेपाली जनताले लामो र कठिन संघर्ष गर्नुपर्यो । तानाशाहीबाट स्वतन्त्रता, गरिवीबाट स्वतन्त्रता, एक दशक लामो सशस्त्र संघर्ष र त्यसपछि शान्ति प्रकृयाको नेताका हैसियतले मैले नजिकवाट मेरा जनताहरुको आकांक्षालाई देखेको छु । सशस्त्र संघर्षका बेलामा मेरो ध्यान सबैभन्दा बढी दबाइएका र सीमान्तकृत समुदायलाई जागरुक बनाउनु, उनीहरुको राम्रो भविष्यको सपना देखाउनु र तिनीहरुलाई प्रवृद्ध र सशक्तीकरण गर्नु थियो । यो देशको दुरजन क्षेत्रहरुमा सामाजिक जागरण उठेको सबैभन्दा उत्कृष्ट समय थियो ।
केही वर्षको अन्तरालमा नै सामन्तवादका किल्लाहरु ध्वस्त हुन सुरु भयो र स्वतन्त्रता र लोकतान्त्रीकरणको आवाज ठूलो र दृढतापूर्वक उठ्यो । जब सशस्त्र संघर्षले जनतालाई सशक्तीकरण गर्दै लगेको थियो, ऐतिहासिक शान्ति प्रकृयाले जनताको आकांक्षा निहीत एजेण्डालाई संस्थागत गर्दै लग्यो । जनताको उत्कृष्ट सेवाका लागि प्रकृयालाई सरल बनाउनु, जनताको सामाजिक-राजनीतिक आकांक्षालाई संविधानमा समेटी संविधानलाई जनताको पूर्ण अपनत्व हासिल हुने प्रकृया अवलम्वन गर्नु । मैले ऐतिहासिक शान्ति प्रकृया र लोकतान्त्रिक परिवर्तनका हरेक उदारचढाव र मोडहरुलाई देखेको छु ।
आज, हामीसँग संविधान छ जसलाई हामी आरामका साथ हाम्रो नागरिकको घोषणापत्र भन्न सक्छौं । प्रकृया र अन्तरवस्तु दुबैका हिसावले नागरिक घोषणापत्र । प्रकृया यस अर्थमा, नेपालको इतिहासमा पहिलोपटक, नेपालको संविधान जनताद्वारा प्रत्यक्ष निर्वाचित समावेशी संविधानसभाद्वारा निर्माण गरियो । अन्तवस्तुका हिसावमा यसले दशौं बर्ष लामो संघर्षमा जनताद्वारा प्रदर्शित सपनाहरुलाई संस्थागत गर्यो ।
यो घोषणापत्र, जसले जनतालाई सार्वभौमसत्ता र राज्यलाई प्राधिकार बनाउँछ । यो घोषणापत्र, जसले जनताको आकांक्षा अनुसार आवश्यक संशोधनद्वारा निरन्तर सुधार गर्दै लैजान प्रतिवद्ध छ । यो घोषणापत्र, जसले नगारिक ��ावनाको मूल्य मन्यतालाई प्रर्वद्धन र नेपाली जनताको राष्ट्रिय पहिचानलाई संरक्षण गर्छ ।
हामीले संविधान निर्माणपछिको संक्रमणका साथसाथै गत बर्ष तीन तहको निर्वाचनलाई कुशलतापूर्वक सफल र व्यवस्थित गरेका छौं । चुनावपछि केन्द्र सरकारका साथ प्रादेशिक सरकारहरु बलियो र लोकप्रिय जनमतमार्फत गठन भएका छन् । दशकौंको राजनीतिक अस्थिरता र पीडादायी संक्रमणकालपश्चात हामी अन्ततः स्थिर सरकारको सुखद अवस्थामा छौं, जुन विकासका लागि अति आवश्यक छ ।
यस प्रकारको राजनीतिक प्रकृया पूरा गरिसकेपछि, हाम्रो दृष्टि अब जनताको स्वतन्त्रताको अर्को पाटोमा केन्दि्रत छ, मूलतः गरिवी र अविकाशवाट स्वतन्त्रता हासिल गर्ने, कठिनाई र अभावपूर्ण जीवनवाट स्वतन्त्रता, आधारभूत आवश्यकताहरुको चिन्ताबाट स्वतन्त्र, जीवनको उच्च लक्ष्य पछ्याउनका लागि स्वतन्त्र । यसका लागि, हाम्रो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को विचारलाई साकार पार्नका लागि काम गरिरहेको छ । हामीले हाम्रो विकासको निति र कार्यक्रममा केही निश्चित क्षेत्रहरुलाई प्राथमिकता तय गरेका छौं ।
हामी पूर्ण सचेत छौं कि, राजनीतिक उपलव्धीको संरक्षणका लागि हामीले छोटो समयमा एक बलियो र स्वस्थ आर्थिक आधार निमार्णबाट मात्र सम्भव छ । हामी हाम्रो सीमित स्रोत साधनका बारेमा पूर्ण जानकार छौं । त्यसैले सीमित श्रोतसाधनको न्यायिक बाँडफाटबारे ध्यान दिन जरुरी छ ।
हाम्रो विकासको प्रयासमा हाम्रा छिमेकीहरु र संसारभरका मित्रराष्ट्रहरुबाट प्राप्त सहयोगका लागि आभारी छौं । हामी आशावादी छौं कि यस्तो सहयोग निरन्तर जारी रहनेछ । मलाई कुनै सन्देह छैन, तपाई सबैसँग सहमत हुनुहुनेछ कि शान्तिपूर्ण र समृद्ध नेपालले मात्र क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिमा योगदान पुर्याउन सक्छ ।
मैले भन्नुपर्छ कि हाम्रो दुई देश, नेपाल र भारतवीच, परापूर्वकालदेखि सौहाद्धपूर्व सहअस्तित्वको सम्बन्ध रहँदै आएको छ । हामी भूगोलका साथै इतिहास, धर्म संस्कृतिका साथ वाणिज्य सम्बन्धद्वारा जोडिएका छौं । हामी छिमेकी मात्र होइन्ाौं, नजिकका साथीहरु पनि हौं । जनता-जनतावीचको अन्तरक्रिया र आदान-प्रदानहरु विशिष्ट छन्, जसले हाम्रो सम्बन्धलाई युनिक प्रकृतिका स्वरुप प्रदान गरेको छ ।
हाम्रा सम्बन्धको आधार आत्मीयता, भातृत्व, सहयोग र समान सार्वभौमका लागि पारस्परिक सम्मानमा आधारित छ । समयसापेक्ष र हाम्रा जनताको आकांक्षाअनुरुप यस सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनका हामी दुवै देश प्रतिवद्ध छौं । इन्डिया फाउन्डेसन जस्तो थिकंटयाकले नेपाल र भारतको पारस्परिक सम्बन्ध र जनतविचको सम्बन्धलाई थप विस्तारित र मजबुत बनाउनका लागि अन्य आया��हरुको खोजी गर्न सक्छ ।
(पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा शुक्रबार नयाँदिल्लीमा आयोजित पाँचौं ‘इन्डिया आडिया कन्क्लेभ’मा व्यक��त मन्तव्यको सम्पादित अंश)
0 notes