#जनजवन
Explore tagged Tumblr posts
Text
बर्फ की चादर में ढका शिमला, आम जनजीवन अस्त व्यस्त
बर्फ की चादर में ढका शिमला, आम जनजीवन अस्त व्यस्त
पहाड़ी राज्य के अधिकांश स्थानों पर भीषण ठंड जारी है क्योंकि ऊपरी इलाकों में रुक-रुक कर बर्फबारी हो रही है जबकि मैदानी इलाकों में बारिश हो रही है। अधिक पढ़ें अपडेट किया गया 11 जनवरी, 2022 07:32 PM IST 7 तस्वीरें 1 / 7 हिमाचल प्रदेश में प्रसिद्ध भारतीय पर्यटन स्थल, शिमला, जिसे पहाड़ियों की रानी के रूप में भी जाना जाता है, में 8 जनवरी को मौसम की पहली बर्फबारी देखी गई। राज्य की राजधानी को शिमला…
View On WordPress
#fırat life style yorumlar#life style hindi status#life style sports returns#lifestyle camper#lifestyle choices#qatar lifestyle#xifra lifestyle#असत#आम#क#चदर#जनजवन#ढक#बरफ#म#वयसत#शमल#शिमला#शिमला पर्यटक#शिमला हिमपात#हिमपात
0 notes
Photo
अधिक गर्मी र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित नेपालगन्ज, ३ वैशाख । अधिक गर्मी र दिउँसो चल्ने हल्का तातो हावाका कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । करिब ३८ डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी अत्यन्त आवश्यक कामबाहेक बिहान र बेलुका घरबाट बाहिर निस्कँदैनन् । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको तथा बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । वैशाखको सुरुआतसँगै बढेको गर्मी र चलेको तातो हावाले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउछन् । जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ३५÷४० जना विभिन्न सरुवा रोगका बिरामी उपचार गर्न आउने गरेको जनाइएको छ । यस वर्षको गर्मीयाम सुरु भएयता बाँके जिल्लामा पानी पर्न सकेको छैन । The post अधिक गर्मी र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित appeared first on Etajakhabar.
0 notes
Text
दक्षिण गुजरात में भी झमाझम बारिश: सूरत में दो घंटे में तीन इंच बारिश से जन-जीवन अस्त-व्यस्त, जोरदार बारिश से किसानों के चेहरे खिले
दक्षिण गुजरात में भी झमाझम बारिश: सूरत में दो घंटे में तीन इंच बारिश से जन-जीवन अस्त-व्यस्त, जोरदार बारिश से किसानों के चेहरे खिले
Hindi News Local Gujarat In Surat, Due To Three Inches Of Rain In Two Hours, Life Was Disturbed, The Faces Of The Farmers Blossomed Due To Heavy Rain. सूरतएक घंटा पहले कॉपी लिंक सड़कें जलमग्न होने से लोगों को ट्रैफिक की समस्या से दो-चार होना पड़ा। गुजरात में सौराष्ट्र सहित दक्षिण गुजरात में भी दो दिनों से जोरदार बारिश हो रही है। सूरत में दोपहर दो घंटे में दो इंच बारिश होने से कई इलाकों की…
View On WordPress
0 notes
Photo
हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन असामान्य जुम्ला, २९ फागुन- बिहीबारदेखि लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन आजसम्म असामान्य बनेको छ । शनिबार बिहान ८ बजे खुलेको आकाश दिउँसो १ बजे पुनः बादलले गमक्क ढाकेको थियो । चिसोले स्थानीयवासीलाई आवतजावत गर्न सहज भएन । लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सडक पक्की भएकाले छोटो दूरीका गाडी गुड्न सामान्य सुरसार गरे पनि गाडी चढ्ने यात्रु नै भेटिएनन् । पाँच दिनदेखि जुम्लामा हवाई यातायात पनि ठप्प भएको छ । आकाश मार्गबाट आएर फर्कने पाहुना जुम्लामा रोकिएका छन् । शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय खोलिए पनि सेवाग्राहीको आवातजावत शून्य रह्यो । व्यापार व्यवसाय तथा साना–ठूला विभिन्न क्षेत्रका उद्योग पनि तीन दिनदेखि बन्द छन् । हिउँले सदरमुकाम जुम्लासहित कर्णाली क्षेत्र सेताम्य छ । हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरसियाले आज पनि बेला बेलामा बादल आउने र चिसो बढ्ने बताउनुभयो । शनिबार अधिकत तापक्रम ७.८ डिग्री सेल्सियस र वर्षा ९७ मिलिमिटर भएकामा आज बिहानको न्यूनतम तापक्रम –२.५ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख चौरसियाले जनाउनुभयो । त्यसैगरी सदरमुकाम जुम्लामा २०.२ सेन्टिमिटर हिमपात भएको उहाँको भनाइ छ । उहाँका अनुसार हिमपात कालीकोट र मुगु जिल्लामा कम परे पनि सबैभन्दा बढी हुम्ला, डोल्पा र जुम्लामा परेको छ । यी तीनै जिल्लाका उच्च भेकमा करिब चार फिट हिउँ परेको जनाइएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले यस यामको चौथो पटकको हिमपातले जनजीवन केही कष्टकर भए पनि किसानको मुहारमा मुस्कान छाएको बताउनुभयो । माटोमा चिस्यान नभएको बेला मूलतः सबै बालीका लागि हिमवर्षा फलदायी भएको बताउँदै कँडेलले स्याउ बालीका लागि भने यो अमृत समान भएको स्पष्ट गर्नुभयो ।
0 notes
Photo
हिमपातले ढाक्यो कर्णाली, जनजीवन प्रभावित जुम्ला, २७ फागुन- एकसातादेखि मौसममा बदली भई चिसो बढ्दै जाँदा भएको भारी हिमपातले कर्णाली पुनः ढाँकिएको छ । हिमपातले सबैभन्दा यहाँका बालबालिका, महिला, वृद्ध, अशक्त अपाङ्गलाई बढी समस्या परेको छ । घरबाट बाहिर जानसक्ने सहज अवस्था छैन् । यसले स्थानीयवासीको दैनिक कामकाज ठप्प भएको छ । पानीपँधेरो, आवातजावत गर्न र मेलापातमा जान ठूलो समस्या भएको चन्दननाथ नगरपालिका–८ का स्थानीय महिला सम्झना महतले जानकारी दिनुभयो । हिमपातका कारण हिउँले गरिब घरपरिवार र खासगरी उच्च भागमा बस्ने समुदायको जनजीवन कष्टकर बनेको छ । कर्णालीका मुगु, डोल्पा, हुम्ला, डोल्पा हिउँले सेताम्य भएको छ भने कर्णालीको माथिल्लो भेकमा जनजीवन प्रभावित भएको जनाइएको छ । दक्षिणी र पश्चिमी वायुको प्रभावका कारण हिमपात भएको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरासियाले जानकारी दिनुभयो । चिसोले चार डिग्री सेन्टिग्रेड तापक्रम एकाएक ०.४ डिग्री सेल्सियसमा झरेको कार्यालय प्रमुख चौरासियाले बताउनुभयो । उहाँका अनुसार भोलिसम्म मौसम सफा हुँदै जानेछ । हिमपातले किसानमा खुसी छाएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले बताउनुभयो । यसले अब किसानलाई नयाँबाली लगाउन र हिउँदेबाली सप्रन सहयोग पुग्ने वरिष्ठ कृषि विकास अधिकृत कँडेलेको भनाइ छ । हिमपात हुँदा सदरमुकामा विद्युत् अवरुद्ध भएको छ । फ्याक्स, फोटोकपी, प्रिन्टर अफसेट मेसिनले काम गर्न छोडेका छन् । लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा अवरोध पुगेको छ । यहाँको सिङ्जा, कर्णाली र नारी एफएम् रेडियो पनि चलेका छैनन् । सरकारी कार्यालय खुलेपनि हिमपातले सेवाग्रही आउन नसकेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
0 notes
Photo
मोर्चाले आह्वान गरेको बन्दका कारण दोस्रो दिन पनि जनजीवन प्रभावित लहान, २५ फागुन- सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि सिरहा जिल्लाको जनजीवन प्रभावित भएको छ । ‘बजार पसल बन्द छन् भन्ने लामो तथा छोटो दुरीका यातायातका साधन पूर्णरुपमा ठप्प छन् । बजार पसल बन्द हुँदा लहानसहित बजार सुनसान देखिन्छ’ । मोर्चाका कार्यकर्ताले आज पनि बिहानैदेखि जिल्लाका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । यसैबीच बजार बन्द गराउँदै हिँड्ने क्रममा सिरहाको लहानबाट हिजो पक्राउ परेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्तालाई रिहा गरेको छ । इलाका प्रहरी कार्यालय लहानमा राखिएका सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत १३ जनालाई रिहा गरेको हो । सप्तरीमा चार जनाको मृत्यु हुनेगरी भएको झडप पश्चात लहान बजार बन्द गराउने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
0 notes
Photo
मोर्चाको बन्दले पूर्वी तराईको जनजीवन प्रभावित विराटनगर, २४ फागुन- सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गरिएको दुईदिने बन्दको पहिलो दिन आज मोरङमा बन्दको असर देखिएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन बिहानैदेखि सडकमा गुडेका छैनन् । यसका साथै शिक्षण संस्थामा अध्ययनअध्यापन ठप्प भएका छन् । बन्दको प्रभाव विराटनगर बजारमा पनि देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बन्द शान्तिपूर्ण रहेको र अहिले कुनै अप्रिय घटना नभएको तथा छिटपुट रुपमा हल्का सवारी साधन गुडिरहेको जनाएको छ । सिरहा बन्द मोर्चाले आह्वान गरेको मधेस बन्दका कारण आज बिहानैदेखि सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको छ । नेकपा (एमाले)को मेची–महाकाली अभियान अन्तर्गतसोमबार सप्तरीमा कार्यक्रम गर्ने क्रममा प्रहरी र मोर्चा कार्यकर्ताबीचको झडप हुदाँ मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चाले मधेस बन्दको आह्वान गरेको हो । बन्दका कारण सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहानसहित मिर्चैया, गोलबजार, चोहर्वा, सदरमुकाम सिरहालगायत प्रमुख बजार पसल बन्द छन् । पूर्वपश्चिम राजमार्गसहित जिल्लास्थित सहायक मार्गमा यातायातका साधन बिहानैदेखि सञ्चालन नहुँदा यात्रु अलपत्र परेका छन् भन्ने सडक सुनसान देखिएका छन् । सप्तरी घटनाको विरोधमा मोर्चाका कार्यकर्ताले बिहानैदेखि लहानसहितका स्थानमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । सप्तरी घटनालगत्तै मोर्चाका कार्यकर्ताले गए राति गोलबजारमा एउटा भारतीय ट्रकमा आगजनी गर्नाका साथै दुई दर्जन सवारी साधनमा तोडफोड गरेका थिए ।
0 notes
Photo
मधेसी मोर्चाको आह्वानमा मोरङ बन्द : बन्दका कारण जनजीवन प्रभावित विराटनगर, ११ फागुन । मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ । बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटपूmट रुपका कुदिरहेका देखिन्छन् । सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । अधिकांश निजी विद्यालय बन्द रहेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा आज बन्दको आह्वान गरेको हो ।
0 notes
Photo
हिमपात र वर्षातका कारण देशका अधिकांश स्थानको जनजीवन प्रभावित सोलुखुम्बु, १५ माघ । सोलुखुम्बुमा गएराति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ । शुक्रबार बिहान करिब १० बजेदेखि पर्न सुुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो । जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुण्ड नगरपालिका लगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन् । यस वर्ष यसअघि पुस महिनाको दोस्रो हप्ता हिउँ परेको भए पनि त्यसबेलाको भन्दा यस पटक बढी हिउँ जमेको छ । हिमपातसँगै जिल्लामा चिसो पनि अत्यधिक बढेको छ । आज बिहान ५ः३० बजे सदरमुकाम सल्लेरीको तापक्रम माइनस ७।२ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ । यस्तै खुम्जुङ भ्यालीको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको खुन्दे अस्पताल परिसरमा रहेको तापमापन केन्द्रले जनाएको छ । हिमपातसँगै जिल्लाको हिमाली बस्तीको जनजीवन कष्टकर बनेको छ । रातभर हिउँ परेको भए पनि बिहानैदेखि ��ौसम सफा भएर घाम लागेका कारण स्थानीय बासिन्दालाई राहत भएको छ ।
0 notes
Photo
कालीकोटमा भारी हिमपात, जनजीवन प्रभावित कालीकोट, १४ माघ- कालीकोट जिल्लामा वर्षासँगै भएको हिमपातले जनजीवन प्रभावित भएको छ । आज बिहानबाट आएको वर्षासँगै हिमपातले जिल्लाका माथिल्लो क्षेत्र धोलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, जुविथा, चिल्खाया, छाप्रे,पाङ्खा र सदरमुकाम मान्मालगायतका गाविसमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएका छन् । बिहानैदेखि कालीकोट जिल्लालगायत कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा भारी हिमपात भइरहेको छ । हिमपातसँगै आएको वर्षाले कृषकमा खुसी ल्याएको छ । स्थानीय कृषकले लगाएको गहुँ तथा जौ बालीलाई बर्षाले राम्रो गर्ने हुँदा कृषकलाई राहत भएको छ ।
0 notes