#कमएक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
कमाएको सबै पैसा ममिलाई दिन्छु, पकेट मनी माग्न गनगन गर्नुपर्छः गायिका आस्था राउत मैले सबै पैसा ममीलाई दिने गरेकी छु । पकेटमनी पनि ममीसँगै लिन्छु । काम नपरी घरबाट निस्कन्नँ । त्यसैले, मलाई त्यत्ति धेरै पैसाको आवश्यकता पर्दैन । स्कुटीमा हिँड्छु । पेट्रोल, रिचार्ज र कफी पिउनमा पैसा खर्च हुन्छ । सपिङमा धेरै पैसा खर्च गर्ने बानी छ मेरो । त्यसैले, मलाई ममीले अड्कलेर पैसा दिनुहुन्छ । कोही पत्याउँदैन होला, मेरो अहिलेसम्म बंैक खाता नै छैन । खाता नभएपछि एटिएम हुने त कुरै भएन । सोसियल ओर्कका लागि भने एउटा एकाउन्ट छ । त्यो एटिएम पनि कता छ, खोज्नैपर्छ । अचेल त्यत्ति काम नभएकाले खोज्नुपरेको छैन । साँच्चै भन्ने हो भने त मलाई एटिएम चलाउन पनि आउँदैन । कहिल्यै आवश्यकता महसुस भएन । आफूस“ग पैसा भयो भने उडाइहाल्ने बानीका कारण ममीले अलि ‘टाइट’ गर्नुभएको छ । मैले कुन प्रोग्रामबाट कति पारिश्रमि�� लिन्छु, गाएर कति कमाउँछु भन्ने सबै ममीलाई थाहा छ । त्यसैले ढा��ट्न मिल्दैन । म ममी–बाबाको प्यारी छोरी हुँ । उहाँहरूकै अनुसार चल्ने गर्दछु । म अलि सक्रिय भएको सन् २०१४ देखि त हो नि ! त्यसपछिको दुई वर्ष युरोप, अमेरिकातिरका प्रायः च्यारिटी कार्यक्रममै बित्यो । त्यसैले पैसा कमाउनेतिर ध्यान दिइएन । मलाई आवश्यक पनि लाग्दैन । दुई–तीन महिनामा एकचोटि भने ममीले सपिङ गर्नका लागि राम्रै पैसा दिनुहुन्छ । नत्र अरू वेलामा भने मेरो पर्समा पाँच सयदेखि दुई हजारसम्म मात्रै हुने गर्दछ । धेरै पैसा माग्न ममीसँग धेरै गनगन गर्नुपर्छ । गनगन गर्नुभन्दा ममीको ‘लिमिटेसन’मा बस्नु नै जाति लाग्छ । नयाँपत्रिकाबाट ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
ढुङ्गा बोकेर जीन्दगिमा पहिलोपल्ट २२ सय कमाएको थिएँः गायक बाबु बोगटी मैले जीवनमा ढुंगा बेचेर पहिलो कमाइ गरेको थिएँ । झन्डै २२ वर्षअघिको कुरा हो, एसएलसीपछिको खाली समयमा घर (लेटाङ)नजिकैको चिसाङ खोलामा ढुंगा बटुल्न जान्थेँ । त्यतिवेला एक गाडी ढुंगा साढे चार सय रुपैयाँमा पाइन्थ्यो । मैले एकै दिन दुई गाडी जम्मा गरेर बेचेँ । नौ सय रुपैयाँ पाएँ । त्यो नै मेरो जीवनको पहिलो कमाइ हो । त्यो पैसा मैले आमालाई दिएँ । आमाले दुईटा रातो कुर्सी किन्नुभयो । अनि मलाई टिसर्ट र पाइन्ट पनि किनिदिनुभयो । मलाई अहिले पनि याद छ, त्यो रातो टिसर्टको । त्यतिवेला किनेको कुर्सी अहिले पनि छ । मैले जति कमाउँछु, सबै आमालाई दिने गरेको छु । उहाँले नै चलाउनुहुन्छ । अचेल पनि म आफूले कमाएको जति आमालाई दिन्छु । गीत गाएर भएको पहिलो कमाइ पनि मलाई राम्ररी याद छ । यो चाहिं ०५८ सालतिरको कुरा हो क्यारे । मैले त्यतिवेला राष्ट्रिय सभागृहमा भएको एउटा कार्यक्रममा गीत गाउने मौका पाएको थिएँ । त्यतिवेला मैले मेरो भर्खर आएको गीत ‘पुल्चोक– पाटन’ गाएको थिएँ । गीत त्यति नचले पनि स्टेजमा गाउँदा भने माहोल निकै जमेको थियो । स्टेजमा गाएबापत मलाई आयोजकले एक हजार रुपैयाँ पारिश्रमिक दिएका थिए । त्यो पनि ‘अनएक्सपेक्टेड’ रकम थियो । स्टेजमा गाएर पारिश्रमिक पनि पाउनु बहुतै ठूलो कुरा थियो त्यतिवेला । अहिले सम्झिँदा निकै रमाइलो लाग्छ । नयाँ पत्रिकाबाट ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
विदेशमा पसिना बगाएर कमाएको धन यतिखेर अनुत्पादन क्षेत्रमा खर्चिने क्रम बढ्दै पाल्पा, ८ मङ्सिर- विदेशमा पसिना बगाएर कमाएको धन यतिखेर अनुत्पादन क्षेत्रमा खर्चिने क्रम बढ्दै गएको छ । श्रीमान् विदेश गएपछि श्रीमती बालबच्चासहित सहरको डेरामा बस्न थालेपछि अनावश्यक रुपमा खर्च बढेको हो । कसेनीको सराइ बजारमा डेरामा बस्दै आउनुभएकी पार्वती थापा श्रीमान्ले पठाएको रकम बचत हुन नसकेको बताउनुहुन्छ । “गाउँको घर जग्गा छोडेर डेरामा बसेपछि दिनहुँ अनावश्यक क्षेत्रमा खर्च भइरहेको छ,” उहाँले भन्नुभयो– “समय सा��ेक्ष कपडा लाउनै प¥यो, टेलिभिजन हेर्नैप¥यो, श्रीमान् विदेश गएपछि राम्रो मोबाइल पनि चाहियो नै ।” छोराछोरीलाई बोर्डिङमा पढाउँदा श्रीमान्ले पठाएको मासिक रु ३० हजार रकमले घरव्यवहार चलाउन मुस्किल हुने गरेको उहाँको भनाइ छ । श्रीमान् विदेशीएपछि दुई वर्षको बच्चा बोकेर सहलकोटदेखि रामपुर झर्नुभएकी खेमकुमारी चिदी पनि दश वर्षको अवधिमा घडेरीबाहेक अरु केही सामान जोड्न नसकेको बताउनुहुन्छ । विदेशबाट पठाएको रकम घरखर्च, लत्ताकपडा, घरभाडा, मोबाइल खर्चलगायत गरेर करिब रु २० हजार मासिक रुपमा खर्च हुने गरेको छ । एउटा तथ्याङ्कअनुसार जिल्लामा यतिखेर विदेशबाट दैनिक रुपमा रु ५० लाखभन्दा बढी रकम भित्रिने गरेको छ । तर उत्पादनमूलक कार्यमा भने न्यून रकम लगानी हुन्छ । वैदेशिक आम्दानी घर घडेरी, घरायसी खर्च, विलासिताका सामग्री खरिदमा मात्र सीमित बनेको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
विश्वमै पर्यटकीयरुपमा ख्याति कमाएको पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै पोखरा, ५ कात्तिक । विश्वमै पर्यटकीयरुपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । गत वर्षको भूकम्प र नाकाबन्दीका कारण तहसनहस बनेको पोखराको पर्यटनलाई अघिल्लो वर्ष आन्तरिक पर्यटनले केही मात्रामा भने पनि राहत पु¥याएको थियो । यस वर्ष पनि पोखरामा विदेशी पर्यटकको अपेक्षित आगमन नभए पनि आन्तरिक पर्यटक आउने क्रम भने बढिरहेको होटेलका सञ्चालकहरू बताउँछन् । पोखराको पर्यटनको मुख्य याम अक्टोबर र नोभेम्बर महिना भए पनि यस याममा अपेक्षित विदेशी पर्यटक पोखरामा नआएको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पराजुली बताउनुहुन्छ । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण प्रभावित पोखराको पर्यटन यस वर्ष सुधार हुने अपेक्षा भए पनि अपेक्षाअनुसार पर्यटकको आगमन हुन नसकेको उहाँले बताउनुभयो । पछ��ल्लो समयमा पोखरामा आन्तरिक पर्यटक आउने क्रम भने बढिरहेको बताउँदै पराजुलीले दसैँ पछिको केही दिन भने आन्तरिक पर्यटकका कारण पोखराका होटेल भरिभराउ भएको जानकारी दिनुभयो । भूकम्पअघि नेपालमा वार्षिक आठ लाखको सङ्ख्यामा विदेशी पर्यटक आउने गरेको भएपनि गत वर्ष लगभग पाँच लाखको सङ्ख्यामा विदेशी पर्यटक आएको पराजुलीको भनाइ छ । “नेपालमा दुई छिमेकी राष्ट्र भारत र चीनबाट पर्यटकलाई नेपालमा ल्याउन सक्नुपर्छ,” उहाँले भन्नुभयो, “भारतीय पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको ‘चलिए पोखरा’ कार्यक्रम जस्तै चिनियाँ पर्यटकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।” नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् । पोखरामा लगभग रु एक खर्बभन्दा बढी लगानी गरेर पर्यटकलाई लक्षित गरी बनाइएका सुविधासम्पन्न होटेलको सङ्ख्या चार सयभन्दा बढी छ जसमध्ये दुई पाँचतारे र १२ तीनतारे होटल रहेका छन् । अक्टोबरदेखि डिसेम्बरको मध्यसम्म पोखराको पर्यटनको महत्वपूर्ण याम रहेको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले विशेषगरी यस समयमा युरोपेली राष्ट्रका पर्यटक पर्वतीय पर्यटनका लागि आउने गरेको बताउनुभयो । यस वर्ष याम सुरु भइसके पनि अपेक्षित विदेशी पर्यटकको आगमन हुन नसकेको बताउँदै उहाँले अधिकतम सङ्ख्यामा पर्यटक भित्र्याउनका पर्यटन सम्बद्ध सङ्घसंस्थाले गम्भीर रुपमा सोच्नु आवश्यक रहेको बताउनुभयो । पर्यटकलाई आकर्षण ��र्ने किसिमका पर्यटकीय ग���िविधिको विस्तार आवश्यक रहेकोमा थापाको जोड छ । भूकम्पअघिका वर्षमा पोखराको लेकसाइड क्षेत्रमा विदेशी पर्यटकको चाप हुने गरे पनि त्यसपछि भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या बढेको होटल एसिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थी बताउनुहुन्छ । हाल होटलमा ५० प्रतिशत विदेशी पर्यटक रहेको बताउँदै पन्थीले अन्य ५० प्रतिशत पर्यटक नेपाली रहेको जानकारी दिनुभयो । पछिल्लो समयमा आन्तरिक पर्यटकको बढ्दो आकर्षणका कारण पोखराका होटलमा लगानी गर्ने क्रम पनि उत्तिकै बढेको छ । केही वर्षयता नेपालीमा घुमफिर गर्ने संस्कृति विकास भइरहेका कारण पोखरा आन्तरिक पर्यटनको आकर्षण बन्दै गएको हालै सञ्चालनमा आएको होटल प्राइम, लेकसाइडका सञ्चालक विष्णुबहादुर क्षेत्रीले बताउनुभयो । “छिमेकी राष्ट्र भारत र चीनका पर्यटकलाई अधिकतम रुपमा पोखरा ल्याउने वातावरण तयार गर्नुपर्छ,” उहाँले भन्नुभयो, “स्वदेश भित्रै आन्तरिक पर्यटनलाई विकास गर्ने कुरा राज्यको प्राथमिकतामा पर्नु अपरिहार्य छ ।” रासस
0 notes