#ओझ
Explore tagged Tumblr posts
Photo
प्रज्ञान ओझा ने तत्काल प्रभाव से क्रिकेट के सभी रूपों से सेवानिवृत्ति की घोषणा की बाएं हाथ के स्पिनर प्रज्ञान ओझा, जिन्होंने 24 टेस्ट खेले और 2009 में आईपीएल में डेक्कन चार्जर की खिताबी जीत के अभिन्न अंग थे, ने क्रिकेट के सभी प्रारूपों से संन्यास लेने की घोषणा की। । प्रज्ञान ओझा Source link
0 notes
Text
Pragyan Ojha Retirement: प्रज्ञान ओझा ने अंतरराष्ट्रीय क्रिकेट को अलविदा कहा - pragyan ojha said goodbye to international cricket
Pragyan Ojha Retirement: प्रज्ञान ओझा ने अंतरराष्ट्रीय क्रिकेट को अलविदा कहा – pragyan ojha said goodbye to international cricket
[ad_1]
नई दिल्ली भारत के बाएं हाथ के स्पिनर प्रज्ञान ओझा ने शुक्रवार को अंतरराष्ट्रीय और प्रथम श्रेणी क्रिकेट से तुरंत प्रभाव से संन्यास ले लिया। ओझा ने 2013 में वेस्ट इंडीज के खिलाफ मुंबई में सचिन तेंडुलकर के विदाई टेस्ट में आखिरी बार भारत के लिए खेला था। उन्होंने 2009 से 2013 के बीच 24 टेस्ट में 113 विकेट लिए हैं। उन्होंने ट्वीट किया, ‘मैं अंतरराष्ट्रीय और प्रथम श्रेणी क्रिकेट से तुरंत प्रभाव…
View On WordPress
0 notes
Photo
#ओ @47daysofdevanagaritype #ओ #o #47daysofdevanagari #typechallenge #expressive #letterforms #typography #devanagari #indianscript #type #36daysoftype #designchallenge #designevent #47days #Hindialphabet #MarathiAlphabet #hindiletters #marathiletters #ओझं
#devanagari#ओ#47days#marathiletters#expressive#47daysofdevanagari#letterforms#36daysoftype#marathialphabet#indianscript#hindiletters#o#designevent#ओझ#designchallenge#hindialphabet#type#typechallenge#typography
0 notes
Text
प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत : नेकपा प्रवक्ता श्रेष्ठ
९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताएका छन् ।
यो भेटबाट राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने श्रेष्ठले बताएका छन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’
प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना गोयललाई भेटेको बारे नेकपालाई कुनै पूर्वजानकारी नभएको र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल नभएको नेता श्रेष्ठको भनाइ छ ।
आफ्नो व्यक्तिगत विचार भन्दै श्रेष्ठले लेखेका छन्, ‘मेरो विचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूचि विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादा विपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको ।’
नेता श्रेष्ठ अगाडि लेख्छन्, ‘नेपालको रा��्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ । विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । …यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’
स्रोतहरुका अनुसार प्रधानमन्त्री ओलीकै पहलमा गोयल नेपाल भ्रमणमा आएका हुन् । र, भ्रमणको उद्देश्य नेपाल कम्युनिष्ट पार्टीभित्रको अवस्थाबारे जानकारी लिनु र नेपाल–भारत सम्बन्धका बारेमा छलफल गर्नु हो ।
प्रधानमन्त्री ओलीले पनि भारतसँग सम्बन्ध सुधार गर्नका लागि गोयललाई बोलाएको हुन सक्ने कूटनीतिक मामिलाका विश्लेषकहरु बताउँछन् । तर, यसका लागि प्रधानमन्त्री ओली प्रचण्ड, माधव नेपाललगायत आफ्नै पार्टीका नेताहरुसँग सल्लाह नगरी आफ्नै ढंंगबाट अगाडि बढ्न खोजेको देखिएको छ । र, यही कारणले भारतीय गुप्तचरको आगमनलाई सत्तारुढ दलका नेता र नागरिक अगुवाहरुले निको मानेका छैनन् ।
यो पनि पढ्नुहोस २३ नागरिक अगुवाले भने : प्रधानमन्त्रीले रअको प्रमुखलाई भेट्नु आपत्तिजनक
0 notes
Photo
आयुष्य सरळ आणि साधे आहे, ओझ आहे ते फक्त : अपेक्षा आणि गरजांच #kokankaravinash https://www.instagram.com/p/CCqh6RsgLy1/?igshid=1geoozajbpln4
0 notes
Text
लेफ्ट आर्म स्पिनर प्रज्ञान ओझा ने संन्यास लिया; सचिन तेंडुलकर के आखिरी टेस्ट में 10 विकेट लिए थे
लेफ्ट आर्म स्पिनर प्रज्ञान ओझा ने संन्यास लिया; सचिन तेंडुलकर के आखिरी टेस्ट में 10 विकेट लिए थे
खेल डेस्क। टीम इंडिया के पूर्व लेफ्ट आर्म स्पिनर प्रज्ञान ओझा ने क्रिकेट से संन्यास ले लिया। ओझा ने शुक्रवार को ट्विटर पर इसका ऐलान किया। 2013 में वेस्ट इंडीज के खिलाफ मुंबई में ओझा ने आखिरी टेस्ट खेला था। यह सचिन तेंडुलकर का भी आखिरी टेस्ट मैच था। इस मैच में ओझा ने दोनों पारियों में पांच-पांच विकेट लिए थे। 33 साल के ओझा वर्तमान में कमेंट्री और क्रिकेट से जुड़ी गतिविधियों में व्यस्त हैं। प्रज्ञा…
View On WordPress
#Cricket News - क्रिकेट न्यूज़#Deccan Chargers#India cricket#IPL#left-arm spinner#Mumbai Indians#Pragyan Ojha#आखर#आरम#ओझ#क#क्रिकेट समाचार#टसट#तडलकर#थ#न#परजञन#म#��ए#लफट#लय#वकट#सचन#सनयस#सपनर
0 notes
Photo
🚩🚩🚩🚩🚩 शिवराज्याभिषेक सोहळा #🚩एकच धून 6 जून । मावळा आहे शिवछत्रपतींचा । । या वाटेवर थकणार नाही । । परंपराच आहे आमच । । मोडेन पण वाकणार नाही । । वर्तमान सुधारल्या शिवाय भविष्यकाळ बदलणार नाही । गर्वाच ओझ घेउन डोक्यावर भुत काळात रमणार नाही । । ताकद आहे मनगटात आयुष्याची भीक मागणार नाही । । वाघाची जात आहे आमची ..लांडग्या सारखे जगणार नाही । । जिजाउंचे संस्कार आहेत । । वाटेला कुणाच्या जाणार नाही पण आडवे जाणाराची वाट लावल्या खेरीज राहणार नाही । । शिव-शंभुचा वंश आहे । । सत्तेच्या मोहात पडणार नाही म्रुत्युला घाबरविणारे आम्हीच । । फितुराना सोडणार नाही । |।*।| जय भवानी |।*।| |।*।| जय जिजाऊ |।*।| |।*।| जय शिवराय |।*।| 🚩🚩🚩🚩🚩🚩🚩 #holarsamajetkafoundation https://www.instagram.com/p/ByXWcRxhMEd/?igshid=1e9vs2tt4e0d8
0 notes
Link
इंडियन प्रीमियर लीग (Indian Premier League) के दूसरे सीजन का खिताब एडम गिलक्रिस्ट (Adam Gilchrist) की अगुआई में हैदराबाद डेक्कन चार्जर्स (Hy...
0 notes
Text
Motera Stadium: मोटेरा स्टेडियम के बारे में बोले प्रज्ञान ओझा, अब एमसीजी से होगा कॉम्पिटिशन - pragyan ojha on sardar patel motera stadium now will have a steep competition to mcg
Motera Stadium: मोटेरा स्टेडियम के बारे में बोले प्रज्ञान ओझा, अब एमसीजी से होगा कॉम्पिटिशन – pragyan ojha on sardar patel motera stadium now will have a steep competition to mcg
[ad_1]
गुजरात के अहमदाबाद में सरदार पटेल स्टेडियम का नवनिर्माण किया गया है, जिसमें 1.10 लाख दर्शकों के बैठने की क्षमता है। वहीं, ऑस्ट्रेलिया के एमसीजी में करीब 1 लाख दर्शक बैठ सकते हैं।
Published By Tarun Vats | नवभारतटाइम्स.कॉम | Updated: 19 Feb 2020, 04:14:00 PM IST
हाइलाइट्स
नए मोटेरा स्टेडियम का उद्घाटन 24 फरवरी को अमेरिका के राष्ट्रपति डॉनल्ड ट्रंप की मौजूदगी में होगा
सरदार पटेल…
View On WordPress
#competition#MCG#motera#ojha#Patel#pragyan#Sardar#Stadium#Steep#अब#एमसज#ओझ#क#कमपटशन#परजञन#बर#बल#म#मटर#स#सटडयम#हग
0 notes
Text
हमारे जाम्बाज सैनकों ने सर्वस्व न्यौछावर किया है- शर्मा
https://ift.tt/31YAJM3
अजमेर,15 अगस्त (वार्ता) राजस्थान के चिकित्सा, स्वास्थ्य तथा सूचना एवं जनसंपर्क मंत्री डॉ. रघु शर्मा ने कहा है कि देश की एकता और अखंडता बनाए रखने के लिए हमारे जाबांज सैनिकों ने देशसेवा में अपना सर्वस्व न्यौछावर किया है।
डा़ शर्मा ने आज अजमेर के पटेल मैदान पर 73वें जिला स्तरीय स्वाधीनता दिवस समारोह को संबोधित करते हुए कहा कि आजादी के लिए अनगिनत शहीदों एवं सैनानियों ने कुर्बानियां दी हैं। इसमें राजस्थान के वीर सपूतों का महत्वपूर्ण योगदान है। यहां की माटी का कण कण ओझ, शौर्य, वीरता, पराक्रम और बलिदान का प्रतीक है। इतना ही नहीं राजस्थान की भूमि महाराणा प्रताप की शक्ति, मीरा की भक्ति, भामाशाह की दानवीरता, वीर दुर्गादास की स्��ामी भक्ति और पन्नाधाय के त्याग की भूमि है।
मोदी के सम्बोधन की मुख्य बातें उन्होंने कहा कि देश और प्रदेश ने स्वतंत्रता के पश्चात विकास के नये आयाम स्थापित किए है। वर्तमान सरकार अपने जन घोषणापत्र को ध्येय मानते हुए गरीब एवं कमजोर वर्ग के लिए प्रभावी जनकल्याणकारी योजनाएं लागू कर रही है। इससे पहले डॉ. शर्मा ने पटेल मैदान पहुंचते ही ठीक 9:05 पर राष्ट्रीय ध्वज फहराया। इस मौके पर राज्यपाल का संदेश अतिरिक्त जिला कलेक्टर आनंदीलाल वैष्णव ने पढ़कर सुनाया। इस अवसर पर 120 सरकारी एवं गैर सरकारी क्षेत्र के लोगों को प्रशस्तिपत्र प्रदान करके सम्मानित किया गया।
The post हमारे जाम्बाज सैनकों ने सर्वस्व न्यौछावर किया है- शर्मा appeared first on The Sandhyadeep.
from The Sandhyadeep https://ift.tt/303h7EU
0 notes
Text
टाल्सटाय : प्रेम र वियोगका प्रतिमूर्ति !
जब एक रसियाली चर्चित गृहस्थ भौतिक जीवनको चरम सीमामा पुग्छ, त्यसपछि एकाएक उसलाई वेदान्तको ‘ब्रहृम सत्य जगत् मिथ्या’ भन्ने ज्ञान मिल्छ । पूर्वीय दर्शनमा निर्वाणको मार्ग भेटिन्छ, निस्सार जीवनको अर्थ भेटिन्छ ।
रुसको यास्नाया पल्यानामा ४२ वटा कोठा भएको आलिसान महल, चार हजार एकड भन्दा धेरै जग्गाजमिन, तीन सयभन्दा बढी नोकर चाकर राखेको त्यो सम्भ्रान्त परिवारमा जन्मिएर पनि कहिल्यै भौतिक सुख पाउन नसकेका चर्चित उपन्यासकार हुन्-लियो टाल्सटाय ।
सम्पत्तिले मात्रै आफ्ना बाबुआमा जोगाउन सकेनन् उनले । उनी नौ वर्षको हुँदा नै बाबु र आमाले संसार छाडेपछि सबैथोक भएर पनि रित्तो भएका थिए टाल्सटाय ।
त्यति धेरै सम्पत्तिका मालिक रहेका असाधारण साहित्यकारको रेल्वे स्टेसनमा साधारण मृत्यु भयो । मृत्युको दुई/तीन दिनसम्म कसैलाई पत्तो भएन ।
टाल्सटायका साहित्यिक विशेषता
टाल्सटाय छोटा र सुव्यवस्थित किसिमका साहित्यमा खासै विश्वास नगर्ने स्वभावका थिए । उनको लेखनसम्बन्धी स्वाभाव फ्रान्सका साहित्यकार वाल्जाकसँग मिल्दोजुल्दो देखिन्छ ।
टाल्सटायले आफूलाई विश्व प्रसिद्ध गराउने पुस्तकहरु मध्ये ‘वार एण्ड पिस’ सन् १८६३ देखि सन् १८६९ सम्म लगाएर लेखेका थिए । सन् १८६५ देखि यसको प्रकाशन सुरु भएको थियो । यसका कूल ४ भाग छन् । सबै उपन्यासको हिसाब गर्दा यसको कूल पृष्ठसंख्या झण्डै १५ सय पृष्ठको छ ।
युद्ध र शान्ति उपन्यासमा नेपोलियन र रूसी जनताको संयुक्त प्रतिरोधसँग सम्बन्धित युद्धको विवरण तथा आत्मीय र रंगीन जीवन, वरिपरिका उपन्यास पात्रहरूको दर्शनलाई समेटिएको छ ।
सामाजिक रुपमा उनको जीवन अशान्त र बेचैन थियो । आध्यात्मिक मापदण्डमा त्यही जीवन शान्तिपूर्ण थियो । उनलाई त्यसैको संयोग नै उपयुक्त लागेको थियो । त्यही युद्धको बीच भेटिएको शान्तिले नै ‘वार एण्ड पिस’को जन्म दियो । त्यसैले विश्व चिनायो र उनको गरिमा बढायो ।
उनको अर्को चर्चित पुस्तक अन्ना कारेनिना हो । उनले दर्जनौं उपन्यास, लघु उपन्यास र कथाहरु लेखे । उनको वाल्यावस्था, किशोरावस्था र युवावस्था सम्बन्धी पुस्तक पनि चर्चित मानिन्छ ।
उनको लेखनीमा आफ्नो जीवनको कथा मात्र छैन, उनले राज्यप्रणाली र त्यहाँको सामाजिक परिवेशका बारेमा धेरै विषय समेटेका छन् ।
टाल्सटाय तिनै महापुरुष हुन्, जसको क्षमताले युगौं पहिलेका साहित्यहरुको जस्तै ओझ दिएको छ । आफ्नो जीवनकालमा उनले साहित्यलाई ठूलो योगदान दिए । समाजलाई ठूलो योगदान दिए । तर, केवल आफ्नै लागि केही दिन सकेनन् ।
प्रेम र वियोगको कथा
टाल्सटायको आफ्नो विवाहित जीवन सामान्य रहन सकेन । उनको जीवन एउटा उत्कृष्ट नाटकजस्तो रह्यो । त्यसका कारक उनीहरु दुबै पात्र थिए । तर, त्यसका मुख्य पात्र थिए टाल्सटाय । उनकी पत्नी पनि मुख्य भूमिकामा नै थिइन् ।
टाल्सटायको वैवाहिक जीवनको सुरुवाती समय प्रेमिल सम्बन्धका साथ अघि बढ्यो । श्रीमान-श्रीमतीबीच प्रगाढ प्रेम थियो । उनीहरु एक अर्कालाई प्रेमले भरिएका पत्र लेख्थे । टाढा हुँदा सोही पत्रलाई छातिमा टाँसेर एक अर्काको यादमा हराउने गर्थे । एकले अर्काको आलिंगनमा संसार भुल्ने गर्थे । उनीहरुका लागि सिंगो ब्रहृमाण्ड त्यसैमा भेट्थे । सृष्टिको नियम भुल्थे । यस्तै थियो उनीहरुको संसार । विवाहको १५ वर्षसम्म उनीहरु धेरै हदसम्म आफ्नै संसारमा हराए । गहिरो प्रेममा परे । तर, त्यो लामो समय टिक्न सकेन ।
३४ वर्षका टाल्सटायले सन् १९८२ मा १८ वर्षीया किशोरीसँग विवाह गरेका थिए । सुन्दर अनुहार, चम्किला आँखा, धपक्क बलेको अनुहार, बाठी स्वभावकी कलाप्रेमी सोन्यालाई टाल्सटायको साहित्यले मोहनी लगाएको थियो भने टाल्सटायलाई उनको सुन्दरताले ।
एकातिर उनको साहित्यसँग मोहित भएकी सोफियालाई अर्काेतिर सम्पत्तिमा भने आशक्ति थियो । त्यसको ठीक विपरीत टाल्सटायको सम्पत्तिप्रतिको घृणा । उनीसँग पर्याप्त सम्पत्ति थियो । तर, उनी ती सबै सम्पत्ति गरिबलाई बाँड्न चाहन्थे । त्यो कुरा उनकी श्रीमती सोफियालाई मन पर्दैनथ्यो । तर, श्रीमतीको कुरा उनी सुन्दैनथे । टाल्सटायले सम्पत्ति बाँड्दै गर्दा सोफिया कराउँथिन् । रुन्थिन्, लडिबुडी गरेर चिच्याउँथिन् । तर, टाल्सटाय आफ्नी पत्नीसँगै रोइदिन्थे । तर, आफ्नो मनमा लागेको कुरा बन्द गर्दैनथे ।
टाल्सटायले आफ्नो जीवनमा जति नाटकीय पी��ा भोगे, सबै पीडाहरु अन्तिम साहित्यिक कार्यका रुपमा रहेको ‘दि लाइट साइन्स इन द डार्कनेस’मा उतारेर गए । त्यही साहित्यमार्फत् नै उनले आफ्नो पारिवारिक जीवनको कठोर सत्यलाई जीवित गराए । आफ्नो दर्दनाक कहानीको लेखोट लेखे । आफ्नो सन्यासप्रतिको आशक्ति पोखे र समग्रमा जीवनको सारलाई नै सोही पुस्तकमा उनले व्यक्त गरे ।
श्रीमतीसँगको प्रेममा बिस्तारै विराग बढ्दै थियो । सन्यास आश्रमतिरको बारेमा ज्ञान बढ्दै थियो । महाभारत र रामायण जस्ता पुस्तकहरुको अध्ययनसँगै तीक्ष्ण मस्तिस्क भएका उनलाई जीवन र जगतको ज्ञान बढ्दै थियो ।
उनैले आफ्नो जीवनको वास्तविक सत्यको खोजी गर्दै थिए । उनको सो कृति रसियनहरुको स्वतन्त्रताभन्दा अघि नै लेखिएको थियो । जसमा तत्कालीन रसियाको एउटा जीवित तस्वीर भेटिन्छ ।
शोक र आनन्दको आध्यात्मिक विरोधाभास उनको बच्चाहरूसँगको सम्बन्धका बारेमा थियो । उनका कूल १३ वटा र बाँचेका आठ बालबालिकामध्ये एउटी छोरी मारियासँग उनको विशेष लगाव थियो । उनी रुसी स्थानीय भाषामा उनलाई ‘माशा’ शब्दले बोलाउने गर्थे । स्थानीय भाषामा माशाको अर्थ महान वा शक्तिशाली महिला हो । तर, जीवनको अन्तिम क्षणमा उनले त्यो आशक्तिलाई पनि तोडेर गए ।
सन् १९१० को अक्टोबर २१ को दिन । श्रीमती सोन्याले टाल्सटायलाई पहिलेको प्रेमपत्र पल्टाएर हेर्न आग्रह गरिन् । त्यतिबेलासम्म टाल्सटायमा पहिलेको प्रेम, माया र विश्वास टुटिसकेको थियो । उनले बिहे हुनुभन्दा पहिले आफ्नी प्रेमिकालाई पठाएको एउटा पत्र खोलेर हेरे । त्यसलाई पढेर पनि सुनाए । त्यसमा प्रेमका कुराहरु थिए । कति कञ्चन प्रेम थियो ! त्यसलाई दुवैले सम्झिए । अँगालोमा बाँधेर धित मरुन्जेल रोए ।
तर, आँशु सुकेसँगै उनको पत्नीप्रतिको मरिसकेको प्रेम रसाउन सकेन । उनी सुख्खा भए । कठोर बने र सोही दिन दिउँसो ३ बजे घर छाडेर बिदा भएको उनीबारे लेखिएका विभिन्न पुस्तकमा उल्लेख छ । त्यसको ठीक ११ दिनपछि उनको लास घर नजिकैको एउटा रेल स्टेसनमा भेटियो ।
कुनै जमाना थियो, संसारका सबैभन्दा ठूला व्यक्तिहरुको नाम लिँदा पण्डितहरु निर्विवाद उनैको नाम लिन्थे । उनको बोली सुन्नकै लागि मानिसहरुको भीड लाग्थ्यो । उनको केवल बोलीमा मात्रै होइन, हरेक गतिविधिमा एउटा जादु थियो । उनको त्यो जादुले सबैलाई मोहित गराइरहृयो । जादुकै कारण उनले धेरैलाई हराए र अन्त्यमा आफैं पनि हारेर गए ।
बुद्धका भक्त, स��्यास आश्रमका पक्षपाती
साहित्यिक विशिष्टता र सम्पन्नता हुँदाहुँदै पनि विश्वले पुजेका एक महान् साहित्यकार अन्तिममा सन्यास आश्रम व्यवस्थाबाट प्रभावित भए । उनलाई घर, परिवार, समाज र राज्यव्यवस्था सबै मिथ्या लाग्न थाल्यो । उनले घरपरिवारलाई देखाउने माया सबै देखावटी लाग्न थाल्यो ।
‘युद्ध र शान्ति’लाई उनले आफ्नो जीवनमा एकैपटक भोगे । शरीरले युद्ध गरिरहँदा मनले शान्तिको सास फेरिरहेको थियो । उनलाई जति खुशी राजशी जीवनशैली र गृहस्थले दिएको थियो, त्योभन्दा धेरै आफ्नै जीवनले दिएको थियो ।
विश्वको साहित्यिक समूहलाई आफ्ना कृतिहरुमार्फत् तत्कालीन समयमा नेतृत्व गरिरहेका टाल्सटायले गाउँका ६ हजार गरिबहरुलाई आफ्नो सम्पत्ति बाँडे । यी दुबै कामबाट प्रभावित भएकाहरु उनलाई एउटा भगवानको रुपमा मान्ने गर्थे । अर्कोतर्फ उनी आफैं आफ्नो जीवनको वास्तविक अर्थ खोज्दै थिए ।
उनले विश्वका धेरै वैज्ञानिकहरू, दार्शनिकहरू र धार्मिक नेताहरूसँग प्रत्यक्ष कुराकानी गरेरै आफ्नो जीवनको अर्थ सोधे । कसैले पनि उनलाई सन्तुष्ट गराउन सकेनन् । भौतिकवादी विज्ञान, तर्कसंगत दर्शन र धर्मको प्रचलित व्याख्याहरूले उनलाई सन्तुष्ट पार्न सकेन । बरु, उनका प्रश्नहरूले त्यस समयको कुलीन वर्गका मानिसहरुलाई दोषी र व्यर्थताको भावना भर्न थालिसकेको थियो ।
सोही समयमा उनलाई पूर्वीय दर्शन साहित्य उपनिषद, बौद्ध दर्शनमा बुद्धका उपदेशहरु र प्राचीन चीनका प्रसिद्ध दार्शनिक लाओत्सेको चिन्तनले प्रभावित गरिरहेको थियो । उनले रामायण र महाभारतको पनि राम्रोसँग अध्ययन गरेका थिए । त्यसमध्ये पनि उनले उपनिषदमा उल्लेख गरिएको सन्यास आश्रमसम्बन्धी व्यवस्थाले उनलाई धेरै प्रभावित गरायो । उनी त्यसैका पछि लागे ।
अहिले टाल्सटायका बारेमा मात्रै २३ हजारभन्दा धेरै पुस्तकहरु लेखिएका छन् । ५६ हजारभन्दा धेरै आलेखहरु लेखिएका छन् ।
टाल्सटाय व्यवहारतः किशोरावस्थादेखि नै यौनमा आशक्त थिए भन्ने कुरा उनैले आफ्नो लेखनीमा स्वीकारेका छन् । तर, जीवनको उत्तरार्धमा उनी ब्रह्मचर्यप्रति आकषिर्त भए । उनको मान्यता थियो- सक्छौ विवाह नगर, सक्दैनौ विवाह गर । तर, कुनै महिलाप्रति व्यभिचार नगर । कसैलाई खराब नजरले हेर्छौ भने तिमीले उसमाथि व्यभिचार गरिसकेको हुनेछौ ।
टाल्सटायको विवाह, प्रेम र यौनसम्बन्धी मान्यता उनका कथाहरु ‘क्रुजर सोनेट’ र ‘पारिवारिक सुख’ मा जीवन्त रुपमा पढ्न पाइन्छ ।
0 notes
Text
मध्ययुगीन काळातील प्रगतशील रिती सोडुन पारंपरीक रुढी यांच ओझ मिरवुनी राहिलो. ���ग्न, सण, उत्सव यांच्या नावाखाली ऋण काढुन गोड धोडाच गाव जेवण घालुनी राहिलो.
0 notes
Text
भारतीय आर्थिक मन्दी : नेपालमा कुन–कुन क्षेत्रमा पर्दैछ असर ?
२ पुस, काठमाडौं । छिमेकी मुलुक भारत आर्थिक मन्दीको चपेटामा गुज्रिरहेको छ । सन् २००५ देखि बैंकिङ क्षेत्रमा सुरु भएको गलत अभ्यास र २०१७ मा मोदी सरकारले गरेको नोटबन्दीका कारण बढ्दै गएको संकट अटोमोबाइल, टेलिकम, रियल स्टेट र निजी उद्योगमार्फत् बाहिर आएको छ । बैंकिङ क्षेत्रको संकटबारे सबै गुपचुप रहे पनि एक्कासी केही महिनाअघि सरकारले विभिन्न क्षेत्रमा राहतको प्याकेज ल्याएपछि मात्र यो विषयमा बहस सुरु भएको हो ।
चालू आर्थिक वर्षको अक्टोबर महिनामा खुद्रा मूल्यको महंगी १६ महिनाकै उच्च बिन्दुमा पुग्यो । पछिल्लो एक वर्षमा पब्लिक सेक्टरका बैंकले साढे ५ हजार एटीएम बन्द गरेका छन् । ठूला बैंकहरुले ६ सयभन्दा धेरै बैंकका शाखाहरुमा ताला लगाए ।
सन् २०११ मा २.९ प्रतिशत रहेको राष्ट्रिय स्तरका बैंकहरुको खराब कर्जा २०१८ मा आइपुग्दा ११.२ प्रतिशत पुगेको छ । यस्तो अवस्थामा सरकारले समस्या सुल्झाउन राहत प्याकेज ल्याइरहेको छ, जुन गलत अभ्यास रहेको जानकारहरु बताउँछन् ।
यसरी भारत���ा चुलिँदै गएको आर्थिक मन्दीको बाछिटा कति पर्छ भन्ने बहस चलिरहेको बेला अर्थमन्त्री डा. युवराज खतिवडाले मन्दीको धेरै असर नेपालमा नपर्ने दाबी गरेका छन् । उनले त्यतिमात्रै दाबी गरेनन्, भारतीय अर्थतन्त्रमा देखिएको समस्या मन्दी नै नभएको बताएका छन् । उनले त्यो समस्यालाई उच्च आर्थिक वृद्धिपछिको विश्रामको संज्ञा दिएका छन् ।
तर, डा खतिवडाको यो तर्कलाई नेपाली अर्थशास्त्रीहरु मान्न तयार छैनन् ।
त्यो भन्दा पहिले नेपाल र भारतबीच रहेको व्यापारिक एवं अर्थतन्त्रसम्बन्धी अरु अन्तर सम्बन्ध हेरौं ।
विसं २०१७ साल बैशाख १ गतेदेखि नेपाली मुद्रा विनिमयको दर भारतसँग स्थिर छ । जसका कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रालाई पनि सिधा असर पर्छ । नोभेम्बरमा रेकर्ड राख्दै एक डलरको भारु मूल्य ७१ कटेको थियो । त्यसको ठाडो असर नेपाली रुपैयाँले पनि भोग्यो । भारतीय अर्थतन्त्र कमजोर भएकै कारण नेपालमा पनि एक डलरको मूल्य ११५ नाघ्यो । त्यसैले भारतीय अर्थतन्त्र कमजोर हुँदा त्यसको असर नेपालमा खासै पर्दैन भन्ने अर्थमन्त्री खतिवडाको भनाइमा ओझ नभएको अर्थशास्त्रीहरु बताउँछन् ।
अर्काे तर्फ, सरकारी तथ्यांकलाई आधार मान्ने हो भने २०१८ पछि मात्रै भारतमा १ करोड ९५ लाख बेरोजगार थपिएका छन् । मन्दीकै कारण फाइदा घटेपछि ठूला कम्पनीहरुले भटाभट कर्मचारीहरु कटौती गर्न थालेका छन् । यकीन अध्ययन नभए पनि नेपालको सुदूरपश्चिमी एवं मध्यपश्चिमका अधिकांश घरबाट हरेक वर्ष लाखौं मानिसहरु ज्यालादारी कामका लागि दिल्ली, ब्याङलोर जस्ता प्रान्तहरुमा जाने गरेका छन् । रोजगारी कटौतीले सिधा असर ती नेपाली कामदारहरुलाई पर्ने निश्चित छ ।
अनौपचारिक तथ्याङ्क अनुसार करिब ४५ लाख नेपालीहरु भारतमा रोजगारीका लागि गएका छन् । दिल्लीस्थित एक संस्थाले गरेको अध्ययन अनुसार रोजगारीका लागि भारत गएका नेपालीहरु मध्ये २३ प्रतिशत उद्योग क्षेत्रमा कार्यरत छन् । चौकीदारीमा १३ प्रतिशत, होटल रेष्टुरेन्टमा र सामान्य स्तरको काममा ११ प्रतिशत नेपालीहरु काम गर्ने गर्छन् । सो संस्थाको तथ्याङ्कलाई हेर्दा चौकीदारका रुपमा रहेका ११ प्रतिशत बाहेक अरु सबै क्षेत्रका नेपाली कामदारहरुको रोजगारी धरापमा छ । उनीहरु जहिलेसुकै पनि कामबाट निकालिने सम्भावना बढेको छ । र, यसको सिधा असर नेपालमा पर्ने निश्चित छ ।
भारतको पार्ले जी बिस्कुट कम्पनीले मन्दीकै कारण १० हजार कर्मचारी निकाल्ने तयारी गरेको छ । ब्रिटानिया कम्पनीले पनि पछिल्लो केही महिनामा बिक्री आधा घटेको प्रतिवेदन निकालेर खर्च कटौतीको घोषणा गरिसकेको छ । हिन्दूस्तान युनिलिभरको अप्रिलदेखि जुनबीचको बिक्रय वृद्धि ५ प्रतिशतमा सीमित भएको कम्पनीले सार���वजनिक गरेको विवरणमा उल्लेख छ । सो कम्पनीको वृद्धिदर अघिल्लो वर्ष १२ प्रतिशतभन्दा धेरै थियो । डाबर इण्डियाको बिक्रय वृद्धिदरमा पनि भारी गिरावट आएको छ । अघिल्लो वर्ष २१ प्रतिशत बढेको बिक्रयको वृद्धि यो वर्ष ६ प्रतिशतमा सीमित भएको छ । बिक्री कम र नाफा घट्दै गएपछि ठूला बहुराष्ट्रिय कम्पनीहरुले समेत खर्च कटौतीको संकेत दिइसकेका छन् ।
कर्मचारी कटौतीको सिलसिला अटो सेक्टरमा झनै उच्च छ । अटो मोबाइलसम्बन्धी भारतीय रिजर्भ बैंकले तयार पारेको तथ्यांकअनुसार अप्रिलदेखि जुन महिनासम्म मात्रै स्कुटर, बाइक, मोपेड जस्ता दुईपांग्रे बाहनहरुको बिक्रीमा ११.७ प्रतिशतले कमी आएको छ । योसँगै सबैभन्दा धेरै मार यही क्षेत्रका कर्मचारीहरुलाई हुने देखिएको छ । अटो सेक्टरबाट मात्रै कम्तिमा १० लाख कर्मचारीहरु नोकरीबाट निकालिने भएका छन् । धेरै कर्मचारी निकालिइसकेका छन् भने कैयौं शाखाहरु बन्द भइसकेका छन् ।
अप्रिलदेखि जुनसम्म नै खेत जोत्ने ट्याक्टरको बिक्रीमा १४.१ प्रतिशतले कमी आयो । जुन ग्रामीण अर्थव्यवस्थाको मन्दीको सूचक हो । यसको अर्थ निकट भविष्यमा नै कृषि उत्पादनमा पनि भारी मात्रामा कमी आउने स्पष्ट संकेत देखिन्छ ।
भारतमा प्याजको भाउमा वृद्धिभएसँगै नेपालमा समेत मूल्य आकासियो । यस्तै धेरै कृषि उपजहरुमा नेपाल भारतसँग आश्रित छ । यसले पनि नेपालमा भारी असर पर्ने अर्थशास्त्रीहरु बताउँछन् । यी सबै तथ्यांकहरुलाई आधार मानेर अर्थमन्त्रीको त्यो अभिव्यक्ति हास्यास्पद रहेको जानकारहरु बताउँछन् ।
भारतीय मन्दीको नेपालमा असर पर्ने अर्काे क्षेत्र हो वैदेशिक लगानी । भारतीय मन्दीले यो क्षेत्रमा भने फाइदा हुन सक्ने जानकारहरु बताउँछन् । नेपाल राष्ट्र बैंकको २०१८ को तथ्याङ्क अनुसार नेपालमा कृषि, उद्योग र सेवा क्षेत्रमा सहित गर्दा २७ अर्ब २५ करोडको वैदेशिक लगानी भारतबाट आउने गरेको छ । त्यसमध्ये १० करोडभन्दा धेरै कृषि क्षेत्रमा छ भने १६ अर्बभन्दा धेरै उद्योग क्षेत्रमा रहेको छ । सेवा क्षेत्रमा १० अर्बको हाराहारीमा लगानी छ ।
योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री कुनै पनि देश मन्दीमा डुबेको बेलामा त्यहाँका लगानीकर्ताहरुले बजारको सम्भावना देखेर अर्काे मुलुकमा लगानी गर्ने सम्भावना बढी रहेको बताउँछन् । तर, वैदेशिक सहायता भने मन्दीका कारण कम हुने उनको भनाइ छ ।
भारतीय टेलिकम सेक्टरमा मन्दीको अर्काे असर देखिन्छ । बीएसएनएल र एमटीएनएलले ३ महिनासम्म कर्मचारीलाई तलब दिन सकेका छैनन् । यी कम्पनीले पनि खर्च कटौती अनुसार धेरै कर्मचारी हटाउने तयारी गरेका छन् । मार्च २०१९ सम्म भारतको टप ३० शहरमा १२ लाख ८० हजारवटा नबिकेका घर रहेको विवरण आएको छ । यो २०१८ को तुलनामा ७ प्रतिशत ज्यादा हो ।
अप्रिलदेखि जुनसम्म तेल, सुन र चाँदीको आयात ४८ प्रतिशतले कम भएको छ । यसरी समग्र भारतीय अर्थतन्त्रको स्थिति हेर्दा पनि भारतीय अर्थतन्त्रको अधोगति स्पष्ट देख्न सकिन्छ । यो वर्षको आर्थिक बृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने देखिएको छ । जबकि पहिलो त्रैमासिक यही दर ५.०१ प्रतिशत हुने लक्ष्य थियो । अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा यो दर ५.८३ प्रतिशत र दोस्रो चौमासिकमा ७ प्रतिशत थियो ।
मन्दीका बाछिटा
सन् २००८ मा अमेरिकाबाट सुरु भई युरोप र एशियाली महादेशसम्म फैलिएको मन्दीबाट नेपाल खासै प्रभावित भएन । त्यसको प्रमुख कारण थियो व्यापारमा भारतसँगको परनिर्भरता । तर, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबबाटै एकदमै नजिक रहेको नेपाली अर्थतन्त्रमा भारतीय मन्दीको असर कति पर्छ भन्ने सम्बन्धमा नेपाली अर्थशास्त्रीहरु भारतमा जस्तै विभाजित छन् ।
खासगरी सरकारमा रहेका वा सरकारनिकट अर्थशास्त्रीहरुले नेपालमा यसको प्रभावलाई खासै चासो दिएका छैनन् । अहिलेसम्म कुनै पनि अर्थशास्त्रीहरु यस विषयमा बहसमा उत्रिएका छैनन् । जुन केही समय अघि भारतमा समेत कोही यस विषयमा बहसमा उत्रिन तयार थिएनन् । एकैपटक सरकारले राहत प्याकेज ल्याएपछि अर्थशास्त्रीहरु समेत झसंग भएका थिए ।
सरकारी बैंक सुधारका लागि भारतीय अर्थमन्त्री निर्मला सीतारमणले वेलआउट प्याकेज घोषणा गरिन् । त्यसपछि बल्ल मन्दीको सम्बन्धमा विभाजित भारतीय अर्थशास्त्रीहरु एकठाउँमा उभिए कि भारतीय अर्थतन्त्रमा मन्दीको संकेत देखिएकै छ ।
नेपालको सन्दर्भमा अर्थतन्त्रको विषयमा सरकारको आधिकारिक व्यक्तिकै हिसाबले लिइने खतिवडाको यस्तो अभिव्यक्तिपछि सरकारी प्रशासकहरुले त्यसबारे कुरा नै गर्न छाडे भने सरकारवादी अर्थशास्त्रीहरुले समेत त्यसमा कुरा गर्दा मुख बंग्याउन थाले ।
योबीचमा सरकारसँग टाढा मानिएका अर्थशास्त्रीहरुले यदाकदा त्यसलाई उठाउने गरेका पनि हुन् । तर, व्यापार घाटाको दुष्चक्रले वर्षौंदेखि आक्रान्त नेपाली अर्थतन्त्रलाई भारतीय मन्दीको पहिलो प्रहरले नै सकारात्मक संकेत दियो । वर्षौंदेखि निरन्तरको व्यापारघाटा घटेपछि ती अर्थशास्त्रीहरुको आवाज पनि दबियो । एकजना अर्थशास्त्री भन्छन् – ‘भारतमा मन्दी आउँदा त नेपाललाई झनै फाइदा पुग्छ भन्ने सन्देश पो गयो यतिबेला ।’
ती अर्थशास्त्री अर्थमन्त्रीको भनाइलाई ‘अर्थशास्त्रीभन्दा पर राजनीतिक नेताको रुपमा गरिएको भाषण’ भएकोले त्यसमा कुनै तुक नभएको भन्दै नेपाललाई मन्दीको खतराबाट मुक्त गराउन अर्थशास्त्रीहरुबीच पर्याप्त छलफल र बहस गर्नु आवश्यक रहेका बताउँछन् । उनले भने – ‘अर्थमन्त्रीको अभिव्यक्तिको के ‘कुरा गर्नु, अस्ति विराटनगर गएर पुँजीगत खर्च नभए पनि नेपालको विकासमा असर गर्दैन भनिदिनु भएछ, अब त्यसमा मैले के तर्क गरुँ ?’
कहाँ– कहाँ पर्न सक्छ मन्दीको असर ?
१. व्यापार
नेपालको वैदेशिक व्यापारमा भारतको हिस्सा ६५ प्रतिशत छ । आर्थिक वर्ष २०७५/७६ मा १५ खर्ब १५ अर्बको कुल वैदेशिक व्यापारमध्ये करिब ९ खर्ब ८१ अर्ब व्यापार भारतसँग भएको तथ्यांक छ । भारतसँग प्रत्यक्ष व्यापार नभए पनि भारतीय ��ाटो भएर नेपालमा हुने व्यापारको हिस्सा भने अहिले करिब ८२ प्रतिशत छ ।
उत्तरी नाकाबाट हुने व्यापार र हवाईमार्गबाट हुने व्यापारको नगन्य हिस्साकै कारण अहिलेसम्म पनि नेपाललाई ‘भारतवेष्ठित’ भन्ने गरिन्छ । हुन पनि चीनसँग पारबहन सन्धी भएको ३ वर्ष हुनै लाग्दा पनि तेस्रो देशबाट चीनको बाटो हुँदै एउटा पनि कन्टेनर नेपाल भित्रिन सकेको छैन । चीनबाटै आउने अधिकांश सामान पनि कोलकाताकै बाटो भएर आउँछ ।
भारतसँग हुने प्रत्यक्ष व्यापार बाहेक भारतीय बाटो भएर आउँदा गोदाम, मालसामान लोडअनलोड र ढुवानी खर्चमा पनि भारतीय अर्थतन्त्रको भूमिका नेपाली व्यापारमा हुन्छ । भारतबाटै आयात भएको गनिने पेट्रोलियम पदार्थ भने भारतले सामान्य मात्रै मूल्य अभिवृद्धि गरेर पठाउँछ । त्यस्ता वस्तुहरुमा मन्दीले खासै ठूलो असर गर्दैन । तर, भारतीय ओरिजिनका वस्तुहरुमा भने मन्दीले सकारात्मक असर गर्न सक्छ । अर्थात् मन्दीसँगै माग पक्ष कमजोर हुँदा नेपालले त्यसबाट फाइदा लिनसक्ने सम्भावना हुन्छ ।
तर, भारतमा निर्यात गर्ने निर्यातमूलक उद्योगहरुले भने योबीचमा संकटको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । भारतमा गतवर्ष ९८१ अर्बको व्यापारमध्ये करिब ६३ अर्ब निर्यात भएको थियो । तर, भारतमा निर्यात भएका अधिकांश वस्तुहरु चाहिँ फलाम, कागजका कबाडी मालवस्तु र सवारीसाधनका स्क्रापहरुकै बाहुल्य छ । त्यति हुँदाहुँदै पनि तराई क्षेत्रमा बस्ने ६० प्रतिशत जनसंख्यासँग पहुँच रहेको भारतको मूल्यस्तरले नेपाली मूल्य स्तरमा सोझो प्रभाव राख्दा सीमा क्षेत्रको नेपाली व्यापार व्यवसायलाई भने असर गर्न सक्छ । सीमा क्षेत्रबाट हुनसक्ने आयात नियन्त्रणका लागि ल्याइएको सेफगार्डसम्बन्धी कानूनले पूर्णता नपाउँदा यो जोखिम अझै बढ्ने देखिन्छ ।
२. रोजगारी
व्यापार क्षेत्रमा मूल्यस्तरमा सकारात्मक प्रभाव देखिँदैगर्दा रोजगारीमा भने भारतीय अर्थतन्त्र मन्दीको गहिरो प्रभाव पर्ने सरोकारवालाहरुको भनाइ छ । सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धीपछि सुला भएको नेपाल भारत सीमानाका कारण अहिले कति नेपाली भारतमा कार्यरत छन् भन्ने एकीन तथ्याङ्क छैन । यद्यपि यसबारे नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले राष्ट्र बैंकमा हुँदा एउटा अनौपचारिक अध्ययन गरेका थिए ।
हामीले पूर्वदेखि पश्चिमी भेगका मान्छेहरुको भारत जाने ट्रेन्डलाई हेरेर अनुमान गर्दा करिब ४५ लाख नेपाली भारतमा छन् भन्ने मोटामोटी अनुमान गर्यौं । त्यो राष्ट्र बैंकको आधिकारिक अनुसन्धान थिएन यद्यपि अहिले त्यसलाई नै सबैले मान्दै आएका छन्’ पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले भने –‘त्यही अनुमानलाई सही मान्ने हो भने भारतको बन्दीले ४५ लाख नेपालीहरुको रोजगारीको भविष्य अनि��्चित हुन्छ ।’
भारतमा काम गर्ने नेपालीहरु कुनकुन काममा कति संलग्�� छन् भनेर सन् २००९ मा दिल्लीमा एउटा अनुसन्धान भएको थियो । ४०२ जनाको नमुनामा आधारित त्यो अनुसन्धानले २३ प्रतिशत औद्योगिक कामदार, १३ प्रतिशत सेक्युरिटी गार्ड, ११ प्रतिशत होटल मजदुर, ८ प्रतिशत दैनिक ज्यालादारीमा काम गर्ने, ७ प्रतिशत घरेलु कामदार, ७ प्रतिशत ड्राइभर, ६ प्रतिशत वर्कशप हेल्पर, ६ प्रतिशत पसल कुरुवा, दक्ष कामदार, रेष्टुरेन्टहरुमा कुक, दक्ष कर्मचारी ३/३ प्रतिशत, ७ प्रतिशत अन्य तथा ३ प्रतिशत बेरोजगार कर्मचारी रहेको देखिएको थियो । ���ानो नमुना संकलन र पूरानो तथ्यांक भए पनि भारतमा नेपालीहरु दैनिक ज्यालादारी र अनौपचारिक क्षेत्रमा रहेको चाहिँ प्रष्ठ पार्छ । यसले गर्दा ती कामदारहरुको रोजगारीमा भने मन्दीको नराम्रो असर पर्न सक्छ ।
३. विनिमय
भारतीय मन्दीको अर्को महत्वपूर्ण प्रभाव भनेको विनिमयदरमा अस्थिरता हो । भारतीय मुद्रासँग स्थिर विनिमयदर रहेको नेपाली मुद्रा भारतीय मुद्राकै कारण लामो समयदेखि अवमूल्यनको सिकार बन्दै आएका छ । मन्दीसँगै भारतीय मुद्रा कमजोर हुँदैजाँदा यो अवमूल्यन थप हुनसक्ने विश्लेषण विज्ञहरु गर्छन् । १० वर्ष अघिसम्म नेपाली मुद्रासँग डलरको सटही दर ७०/७५ रुपैयाँ थियो । यो मूल्य ११९ रुपैंयासम्म अवमूल्यन भयो अहिले ११३ रुपैंयाको हाराहारीमा छ ।
भारतीय अर्थतन्त्रमा बन्दी बढ्दै जाने हो भने यसको मुद्रा कमजोर बन्दै जान्छ, सँगसँगै नेपाली मुद्राको पनि अवमूल्यन हुन्छ । तर, यस्तो अवमूलयनबाट नेपालले फाइदा वा घाटा जे पनि लिनसक्ने पूर्व गभर्नर क्षेत्रीको भनाइ छ । ‘यसले विदेशमा बस्ने नेपालीहरुलाई फाइदा हुन सक्छ, नेपालमा बसेर उपभोग गर्नेलाई घाटा हुनसक्छ । तर, धेरै व्यापार भारतसँग भएकोले विनिमय अवमूल्यनबाट फाइदा लिनसक्ने सम्भावना चाहिँ छ’ उनले भने ।
के नेपालमा मन्दी आउन सक्छ ?
विश्लेषकहरुका अनुसार भारतमा मन्दी आयो भन्दैमा नेपालमा मन्दी आउँछ नै भनेर आत्तिनुपर्ने अवस्था भने छैन । उनीहरुको तर्क छ कि भारतमा आर्थिक मन्दीका पछाडि जति कारणहरु खोतलिएका छन्, ती सबै नेपालसँग कुनै पनि रुपमा असम्बन्धित छन् । न नेपाललाई व्यापारयुद्धको प्रभाव परेको छ, न नेपालमा नोटबन्दी भएको छ । न त नेपाली बैंकहरु ठूलो कर्जा डुबेर सेटलमेन्ट गर्न नसक्ने स्थितिमा नै छन् ।
भारतसँग स्थिर विनिमय दर भए पनि नेपाली सीमाभित्र भारतीय नोटको कारोबार ज्यादै न्यून मात्रै छ । नोटबन्दीपछि त झन् भारतीय मुद्राप्रतिको विश्वास घट्यो यसले गर्दा भारतीयभन्दा नेपाली मुद्राको प्रचलन झन् बढ्यो । अहिले नेपाल र भारतको सम्बन्ध व्यापारिक तहमा छ । यसले गर्दा भारत र नेपालबीचमा अप्रत्यक्ष रुपमा मात्रै प्रभाव पार्छ । राष्ट्र बैंकका पूर्वकार्यकारी अधिकृत थापा नेपालमा समेत बैंक मर्जरको पछिल्लो बाध्यकारी व्यवस्थालाई संकेत गर्दै ठूला बैंकका कारण नेपालमा पनि केही दुई चार वर्षमा नै वित्तीय समस्या पैदा हुने दाबी गर्छन् । साना वित्तीय संस्था भएको खण्डमा त्यसको असर थोरै पर्ने भन्दै ठूला वित्तीय संस्थाका कारण अर्थतन्त्रमा भारतको जस्तै जोखिम बढी हुने उनको विश्लेषण छ ।
0 notes
Text
नयाँ शक्तिको मसाल : उपेन्द्रको विजय, बाबुरामको विलय ?
अस्तिसम्म आफूसहितका ६८ दललाई अघि-पछि लगाउँदै दलीय चुनाव चिन्ह नदिए आगामी स्थानीय चुनाव हुनै नदिने हुँकार दिँदै आएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई हिजोआज त्यो मागबाट ‘यु-टर्न’ भएर मसाल चुनाव चिन्हको राजनीतिक मार्केटिङ्ग गर्न थालिसकेका छन् ।
राजनीतिक बजार तताउन सामाजिक सञ्जालको भरपुर उपयोग गर्ने डा. भट्टराईको शैली अहिले सामाजिक सञ्जालमा पनि हिट छ । नयाँ शक्ति पार्टीले आफ्नो रोज��इको दलीय चुनाव चिन्ह निर्वाचन ऐनको तगाराहरुका कारण नपाउने निश्चित प्रायः भएपछि उनले रोजेको विकल्प र बाटो अस्वभाविक होइन, त्यो उनको दलीय रोजाइ, रहर वा वाध्यता जे भए पनि डा. भट्टराईले समेत स्थानीय चुनावमा भाग लिने प्रसंग सुखद नै हो ।
यसका लागि आगामी स्थानीय चुनाव उनको नयाँ दल नयाँ शक्ति र भाडामा लिएको झैं लाग्ने चुनाव चिन्ह बलिरहेको मसाल उनका लागि फलिफाप होस् भन्ने कामना नै गरौं । किनकि देशका एकजना सम्माननीय पूर्वप्रधानमन्त्री भैसकेका विद्धान राजनीतिज्ञले परिस्थितिको वाध्यतालाई अंगीकार गरेर २० वर्षपछि हुन लागेको संघीय गणतन्त्र नेपालको पहिलो स्थानीय तह चुनावमा भाग लिनुु आफंैमा व्यवस्थाको जग बलियो पार्ने र जनताको सार्वभौमअधिकारको सम्मान गर्ने एक उन्नत विधि नै हो ।
जसरी बलिरहेको मसालले विद्रोह र परिवर्तनको प्रतिनिधितव गर्छ, त्यसैगरी नयाँ शक्तिका संयोजक डा. भट्टराईले स्थानीय चुनावमा प्रयोग गरिरहेको मसाल चुनाव चिन्हले भने डा.भट्टराईको लालक्रान्तिपूर्ण विगतको संघर्षगाथा, वर्तमानको बदलाव र भविश्यको स्पष्ट मार्गचित्र भने प्रस्तुुत गर्दैन । यस अर्थमा आँखा नपाएर मसाल बोक्ने डा. सा’बको नियति एक राजनीतिक छलाङ होइन, राजनीतिक अवसानको पूर्वसूचक हो भन्नुु अतिशयोक्ति हुने छैन । यो फगत आरोप मात्रै होइन, यसका आधार र कारणहरु पनि पर्याप्त छन ।
भनिन्छ, मर्नु भन्दा बहुलाउनुु नै निको । कुनै पनि सुरवीरले मर्नु अघि नै खुट्टा तान्नुु हुँदैन नै । राजनीतिक रुपमा नयाँ शक्तिका लागि दलीय चुनाव चिन्हरहित भएर चुनाव बहिष्कार गर्नुभन्दा सापटीमा नै लिएर भए पनि मसालको चुुनाव चिन्हमा चुनावी दाउ खेल्नुु उन्नत विकल्प थियो । यस अर्थमा यो सही र जायज मार्ग नै हो नयाँ शक्तिको । भलै उसले दलीय चुनाव चिन्हका लागि आफूसहित लडिरहेका मोहन वैद्यदेखि रिजवान अन्सारीहरुसम्मलाई भने ताक परे तिवारी नत्र गोतामे शैली र चरित्र देखाई नै दिए ।
लेखकः सूर्य खड्का
लेखकः सूर्य खड्कानामै मात्रैका ६८ दलको दलीय चुनाव चिन्हको संघर्ष अब असरल्ल भैसक्यो । तर, विश्व सर्वहारा वर्गको मुुक्तिको प्रतीक मानिएको हँसिया हथौंडा अंकित विश्व साम्यवादी झण्डा फर्फराउदै ठीक २० वर्ष अघि बन्दुकको नालबाट देशको राजनीति फेर्न जंगल पसेका एकजना साम्यवादी नेता आज उही पुरानै व्यवस्थामा यसरी वाध्यताको रैती बनेर आफै बदलिनुुपर्ने परिस्थिति भने नेपाली जनयुद्धकालीन दशकमा ज्वाज्वल्यमान रहेका क्रान्तिकारी डा. बाबुुरामको राजनीतिक स्खलन नै हो ।
��िनभने देश बदल्न निस्केका उनी आफैं बदलिए अनि आफैं बदलिँदा बदलिँदा आफ्नो शक्ति र चुनाव चिन्हमा चुनावी महासमरको सामना गर्ने ल्याकत देखाउन नसकेर अर्कोको चुनाव चिन्ह लिनुुपर्ने तहसम्म झरे ।
उनका समर्थकहरुले जति नै ठूला गुुड्डी हाँके पनि डा. बाबुरामले जनयुुद्धकालका भगौडा पूर्वसहयात्री उपेन्द्र ���ादवको संघीय समाजवादी पार्टीसँग पार्टीगत सहकार्यको थालनी र एकताको प्रयाश गरिरहँदा चुनाव चिन्ह पैंचो लिनुुपर्ने परिस्थिति उनको राजनीतिक विजय र सफलताको द्योतक होइन, बरु यो जनयुद्धकालका सुुरुवाती वर्षका यादवका नेता डा. भट्टराईलाई अहिले आफ्नो पिछलग्गुु बनाउन सक्ने राजनीतिक विजय हो उपेन्द्र यादवको ।
डा. भट्टराईका लागि यो रणनीतिक रोडम्याप मात्रै हो भनिएला, तर विजय र पौरख होइन, बरु हो विलय । जब कि यादवका लागि त यो सानो दल र मध्यमस्तरीय नेताको राष्ट्रिय राजनीतिक छलाङ नै हो ।
उसो त एकताको पूर्वतयारी स्वरुप नै केही महिना अघिदेखि नै कार्यगत एकताका ब्यानरमुनि रहेका नयाँ शक्ति र संघीय समाजवादी वीचको यो स्तरको सहकार्य अपेक्षित नै थियो । अहिले नयाँ शक्तिका संयोजक डा. भट्टराईले चुनावी प्रयोजनकै लागि भए पनि मसालको राजनीतिक मार्केटिङ गर्दै जाँदा उनी विगतको ओझ र चमकदार छविबाट छायाँ पर्दै गएकै छन् भने यादव निकै तेजवान र चमकदार देखिँदै गएका छन् । क्षेत्रीय मधेसी दल संघीय समाजवादी जसै पूर्वएमालेका अशोक राई र राजेन्द्र श्रेष्ठहरुलाई भित्र्याएर जनजाति र आदिवासी लगायतको हुन सक्यो, अहिले त्यसैगरी पूर्व माओवादी डा. भट्टराईहरु समेतलाई सँगै हिँडाउन सकेर अब उ मधेसीवादीको पगरी उतारेर देशकै राष्ट्रिय दलको दाबेदार बन्न अग्रसर छ । यसमा नयाँ शक्तिलाई मन बुुझाउने मेलो भएको छ भने संघीय समाजवादीलाई हौसला र उत्साह थपिएकै छ । डा. बाबुरामले ०५२ देखि ०६२ को आलोकमा लालध्वजको लालक्रान्तिको जुन गाथा बुने, त्यो उनी आफैंले पखाले ०६३ पछि निरन्तर, निरन्तर । त्यो उनको स्वेच्छिक रुपान्तरण थियो र व्यक्तिगत अधिकार पनि । तर, जनयुद्धको आलोकमा हेर्दा त्यो उनको आफ्नै विगतप्रतिको गद्दारी थियो । शहीद, वेपत्ता र घाइतेजनहरुप्रतिको धोकाघडी र भगौडा प्रवृत्तिको मानक उदाहरण थियो । ०६३ पछिका हरेक राजनीतिक मुुभमा शान्तिवादी माओवादीका अगुवा बनेका डा. बाबुरामका कदमहरु आफू केन्दि्रत ज्यादा र पार्टी केन्दि्रत कम हुँदै जाँदा जाँदा अन्ततः उनी गैरमाओवादी नै बने दुुई सालअघि ।
एउटा उग्र साम्यवादी नायकको उम्दा प्रजातन्त्रवादी मसिहा ठहरिने रातारातको कोसिस कुनै पनि मानेमा सर्वसम्मत कदम हुन सक्दैन्थ्य�� र भएन पनि । आलोचना र समर्थन उनले बरोबरजसो नै पाए ।
तर, जसै जननायक वीपी कोइराला र जननेता मदन भण्डारीका विचारहरुको कपीपेष्टमा उनले साम्यवादी विचारलाई प्रजातन्त्रवादी छायाँछवि बनाउन खोजे, त्यसै दिनदेखि उनका समर्थकहरु शहरमा हराउँदै जान थाले । उनी न रहे क्रान्तिकारी, न बन्न सके वैकल्पिक प्रजातन्त्रवादी । उनका हर राजनीतिक कदमहरुले उनलाई पलायनवादतिर धकेलिरहयो र धकेलिरहेकै पनि छ ।
माक्र्सवादका विद्यार्थी डा. भट्टराईले पेरिसडाँडाको माओवादी दरबारलाई भत्केको रातो स्टीकरवाला काम नलाग्ने घर भनी आफैंले थोपरेको आरोप पनि व्यवहारमा प्रमाणित गर्न सकेनन् । बरु माओवादी सुुपि्रमो प्रचण्डले नै सत्तानायक भएर बाबुरामलाई दलीय चुनाव चिन्ह पनि नपाउने हैसियतामा ठिंग्याइदिए । उनले कांग्रेस, एमालेजस्ता ठूला दललाई पाखा लाउने गरी धक्का नै दिन सकेनन् । बरु आफैं धक्का खाँदै खाँदै उपेन्द्र यादवसम्मको हात र साथ खोज्न विवश भए ।
माक्र्सवाद वा माओवादको मेनुुफेस्टो डेट एक्सपायर्ड थिएन, त्यसको सिर्जनात्मक नेपाली प्रयोगको विधि र थिति मात्रै नेतृत्वको गल्तीका कारण अस्वीकृत भएको थियो भन्ने तथ्य केलाउनतिर लागेका भए मात्रै पनि डा. बाबुुराम स्तरका पठित नेताको यो स्तरको राजनीतिक हरिबिजोक नहुन सक्थ्यो होला । उनले माओवादी नेतृत्वको युद्धकालीन र शान्तिकालीन राजनीतिक भुलको धुलोमैलो ऐनामा देखे, न कि आफ्नो चिन्तन, व्यवहार र अनुुहारमा । फलतः ओराली लागेको हरिणको चालमा पुुगे डा. भट्टराई र नयाँ शक्ति ।
राजनीति जोगी हुुन गरिँदैन भनेर एकातिर राजतन्त्रको झोली र अर्कातिर गणतान्त्रिक सत्ताको मालिक भएर कमल थापाले दुनियाँलाई प्रजातन्त्रको सबक सिकाइरहँदा डा. बाबुरामको नयाँ शक्तिलाई विवकेशील दल वा साझा पार्टीसम्मको एकता र सहकार्य मञ्जुर हुन नसक्नुुले पनि उनले साम्यवादी रुझानमा दिएको पारपाचुके वा उम्दा प्रजातन्त्रवादी हुन गरेको भगिरथ प्रयत्न पर्याप्त र सर्वस्वीकृत थिएन भन्ने नैै सम्झाइरहेको छ ।
छिमेकी भारतमा उदाएको आम आदमी पार्टीको नेपाली संस्करणजस्तो झल्को दिँदै बडा तामझामका साथ उदाएको नयाँ शक्तिको यो स्तरको विलयपथ नेपाली राजनीतिमा नयाँ हुन खोज्ने कुुनै पनि राजनीतिक शक्तिका लागि एक बेजोड शिक्षा पनि हो । कम्युनिष्टहरु जति नै दूधले नुहाए पनि प्रजातन्त्रवादी मसिहाका रुपमा स्वीकृत हुन सक्दैनन् भन्ने मात्रै होइन, आत्मकेन्दि्रत लहड अनुुरुपमा राजनीतिक कदमहरु जनस्तरमा विकल्प शक्तिका रुपमा स्थापित हुन मुस्किल छ भन्ने सन्देश पनि उपेन्द्रको विजय र डा. भट्टराईको विलय यात्राले द���एको सबक नै हो ।
नयाँ दलका रुपमा उदाउँदै गरेको साझा पार्टी होस कि नयाँ केही देखिन खोजेको विवेकशील तिनका लागि पनि नयाँ शक्तिको यो ओराली यात्रा निःशुुल्क पाठ हो ।
नेपालमा कम्तिमा केही वर्ष ठूला भनिएका दलहरुलाई टक्कर र ठक्कर दिने गरी नयाँ राजनीतिक शक्ति स्थापित हुन मुस्किल नहुुनुु पर्दथ्यो, किनभने नेपालले ठूला दलको दलीय सहमतिको आवरणमा गैरप्रजातान्त्रिक हर्कतको पराकाण्ठ प्रदर्शन गरिरहेकैै छन् । तर खोई ठूलालाई माथ गर्ने छाती र छविको नयाँ शक्ति साँच्चै जन्मेला र यही मौजुदा परिस्थितिमा ? किनभने यहाँ स्वतन्त्र जनता भन्दा पार्टीका कार्यकर्ता नै ज्यादा भैरहँदा डा. भट्टराई पनि विकल्प हुन नसक्नुुले उनको विलयपथ कांग्रेेस, एमाले र माओवादीहरुका लागि अरु सहज खर्क बनेकै छ नि छैन त ?
0 notes