#आमरक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
आमिरको जस्तै सोचेर आफ्नो कामलाई पर्फेक्ट बनाउन छोरीलाई सैफको आग्रह एजेन्सी- चर्चित बलिउड नायक सैफअली खानकी छोरी सारा अली खान अहिले बलिउडमा चर्चामा छिन् । बलिउडमा डेब्यू गर्नका लागि साराले गर्ने डेब्यूलाई लिएर बलिउड मिडियामा धेरै जसो उनी छाएकी छिन् । निर्देशक करण जोहरले फिल्म ‘स्टूडेन्ट अफ द इयर’मा उनले काम गर्ने चर्चासँगै उनी अहिले मिडियाको आँखामा परेकी छिन् । तर यसै विषयमा पिता सैफअलीले मुख खोलेका छन् । भारतिय मिडियाका अनुसार उनले छोरी सारालाई आमिर खानको पदचाप फलो गर्न भनेको बताइएको छ ।उनले छोरीलाई आमिरको जस्तै सोचेर आफ्नो कामलाई पर्फेक्ट बनाउन आग्रह गरेको बताइएको छ । The post आमिरको जस्तै सोचेर आफ्नो कामलाई पर्फेक्ट बनाउन छोरीलाई सैफको आग्रह appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
कट्रिनालाई आमिरको हिरोइन बनाउने सलमानको प्रयास मुम्बई । कट्रिना कैफ र सलमान खानविच मन मुटाव भएको सन्देश फैले लगत्तै धेरैले अनुमान गरे । अब सलमान-कट्रिनाको बोलचाल सदाको लागि बन्द हुन्छ । तर, आम दर्शकले सोचे
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
आमिरको ‘दंगल’को कमाई करिब ७ सय करोड ! पुस २७ गते– आमिर खानको फिल्म दंगलले यसअघिका उनकै फिल्मले बनाएका सबै रेकर्ड तोड्दै बलिउडमा अहिलेसम्म सर्वाधिक कमाउने फिल्ममा आफूलाई दर्ज गरेको छ बलिउड अभिनेता आमिर खानको फिल्म ‘दंगल’ले बलिउडमा कमाइको रेकर्ड राखेको छ । फिल्म व्यापार विश्लेषकका अनुसार विश्वभर यो फिल्मले ६ सय ७० करोड भारतीय रुपैयाँ कमाइसकेको छ । विश्लेषक तरण आदर्शका अनुुसार आइतबारसम्म दंगल भारतीय बजारमा मात्र तीन सय ४५ करोड भारतीय रुपैयाँ कमाएर सबैभन्दा बढी कमाउने फिल्म बन्यो । यो आमिर खानकै यसअघिका फिल्मको कमाइभन्दा पनि बढी हो । यसअघि आमिर खानकै फिल्म ‘पिके’ले भारतीय बजारमा करिब तीन सय ४० करोड भारतीय रुपैयाँ कमाएर रेकर्ड बनाएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा चाहिँ अहिलेसम्म सबैभन्दा बढी कमाउने बलिउड फिल्म पिके नै हो । ��िकेले अन्तर्राष्ट्रिय बजारमा सात सय ४० करोड भारतीय रुपैयाँ कमाएको थियो । तर, अबको एक सातामा दंगलको कमाइ योभन्दा धेरै हुने अनुमान छ । बलिउड ट्रेन्डमाथि अध्ययन गरिरहेका विशेषज्ञका अनुसार भारतीय बजारमा दंगल र पिकेपछि सबैभन्दा बढी कमाउने भारतीय फिल्म सलमान खानको ‘बजरंगी भाइजान’ हो । यो फिल्मले चाहिँ तीन सय २० करोड रुपैयाँभन्दा धेरै कमाएको छ । सर्वाधिक कमाउने चौथो फिल्ममा पनि सलमान खानकै ‘सुल्तान’ आउँछ । सुल्तानले तीन सय करोड भारतीय रुपैयाँ कमाएको थियो । आमिरकै फिल्म ‘धुम–३’चाहिँ दुई सय ८४ करोड भारतीय रुपैयाँ कमाएर सर्वाधिक कमाउने फिल्मको सूचीमा पाँचौँ नम्बरमा छ । नयाँ पत्रिकाबाट ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
आमिरको सफलताका पाँच कारण र चलचित्र ‘दंगल’ पुस २० गते– ‘पर्दामा अमिर खान देखिए मात्रै पनि तीन घण्टा हेरिरहन सक्छु । उनको सिनेमा त छुटाउने कुरै भएन ।’ आमिर स्टारर पछिल्लो सिनेमा ‘दंगल’को पहिलो सो हेर्न पुल्चोकस्थित लबिम मल पुगेका एक युवक भन्दै थिए । नेपालमा आमिर–फ्यानका उदाहरण हुन् उनी । आमिर–क्रेज राम्ररी बुझेका नेपाली सिनेमा निर्माताले ‘दंगल’सँग आफ्ना सिनेमा जुधाएनन् । ‘दंगल’को नेपाल अधिकार किन्दा गोपीकृष्ण मुभिजले अहिलेसम्मकै बढी मूल्य तिरेको छ । आमिर स्टारर अघिल्लो सिनेमा ‘पीके’ले गरेको १० करोडभन्दा बढी नेपाल ‘कलेक्सन’ले वितरकलाई यो आँट दिएको हो । भारत र विश्वबजारमा आक्रामक रूप देखाइरहेको ‘दंगल’ले ‘क्रिटिक्स’ प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । नेपाली थिएटरमा पनि यसले भव्य ‘अक्युपेन्सी’ पाएको छ, ‘क्रिटिक्स’को प्रशंसा पनि उत्तिकै मिलेको छ । बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’को पहिचान बनाएका आमिर पछिल्लो समय एकपछि अर्को हिट सिनेमा दिइरहेका छन्, जसले बलिउड सिनेमाका रेकर्ड ब्रेक गरिरहेका छन् । त्यसैले उनको सिनेमालाई ‘स्ट्यान्डर्ड सेटर’को रूपमा लिइन्छ । सन् २००८ मा रिलिज भएको उनी स्टारर सिनेमा ‘गजनी’ले सय करोडभन्दा बढीको व्यापार गरेपछि बलिउडमा सय करोड क्लबको ‘स्ट्यान्डर्ड’ तय भयो । दक्षिण भारतीय सिनेमाको ‘रिमेक’ले गरेको त्यो व्यापारसँगै बलिउडमा सय करोड क्लबका आधारमा सिनेमाको सफलता मापन गर्न थालियो । सन् २००९ मा रिलिज भएको सिनेमा ‘थ्री इडिएट्स’लाई दर्शकले यति धेरै मन पराए कि त्यसको व्यापार दुई सय करोड पुग्यो । यसले एकैपटक एक हजार सात सयभन्दा बढी स्क्रिन पाएको पनि चर्चा भएको थियो । त्यसपछि आमिरले ‘धुम–३’का लागि ‘साइन’ गरे । त्यसबेला प्रश्न उठ्यो, किन आमिरले मसलावाला सिनेमा खेल्दैछन् ? जवाफ सिनेमाले नै दियो । सन् २०१४ मा रिलिज भएको उनी स्टारर ‘पीके’ले तीन सय करोड क्लबको खाता खोल्यो । चीनमा समेत सय करोडको व्यापार गरेको ‘पीके’को चर्चा लामो समयसम्म चलिरह्यो । ‘दंगल’ले ‘पीके’को रेकर्ड तोडेर चार सय करोडको खाता खोल्ने विश्लेषण बलिउड व्यापार विश्लेषकहरूको छ । आमिरको ��रिअर चकलेटी छविका साथ सुरु भएको थियो । सिनेमा निर्माता पिता ताहिर हुसेन तथा निर्देशन र अभिनयमा सक्रिय काका नासिरको छत्रछायाँमा हुर्केका उनी काकाकै सिनेमा ‘यादों की बारात’मार्फत बालकलाकार भएर सिने–नगरीमा प्रवेश गरेका हुन् । त्यसको नौ वर्षपछि सन् १९८४ मा ‘होली’ सिनेमामा उनी अभिनेताको रूपमा देखापरे । सन् १९८८ मा काकाका छोरा मन्सुर खानको सिनेमा ‘कयामत से कयामत तक’ले उनलाई स्टारको हैसियत दिलायो । सफलताका पाँच कारण एक पटकमा एउटा मात्रै काम गर्नु तर सम्पूर्ण ध्यानकेन्द्रित गर्नु । आफूले गर्ने कामलाई विभिन्न आयामबाट मूल्यांकन गर्नु । बजारमा राम्रो छाप निर्माण गर्नु । विज्ञापनमा यथार्थ रूपमा प्रस्तुत हुनु, दर्शकलाई नझुक्याउनु । सामान्य दर्शकको दृष्टिकोणबाट स्क्रिप्ट पढ्नु र दर्शकको मनोविज्ञान थाहा पाउनु । कला अनुरागी/अन्नपूर्ण टुडेबाट अांशिक अंश साभार ।
0 notes
nepal123 · 8 years ago
Text
सर्वाधिक कमाउने ५ फिल्ममा सलमान र आमिरको कब्जा
सर्वाधिक कमाउने ५ फिल्ममा सलमान र आमिरको कब्जा
बलिउडमा बर्षेनी रिलिज हुने सय बढी चलचित्रमध्ये केहिले मात्र लोभलाग्दो व्यापार गर्छन् । अझ, केहि कलाकार बाहेक २ सय करोड माथिको व्यापार धेरैका लागि सपना मात्र बन्ने गरेको छ । बलिउडमा आजसम्म रिलिज भएका चलचित्रको व्यापार हेर्ने हो भने, केहि मात्र यस्ता चलचित्र छन् जसले २ सय र ३ सय करोड नेटको व्यापार गरेका छन् । हामी, यहाँ एउटा रोचक तथ्य उल्लेख गर्दैछौ । बलिउडमा आजसम्म रिलिज भएका चलचित्र हेर्ने हो…
View On WordPress
1 note · View note
nepal123 · 8 years ago
Photo
Tumblr media
आमिरको ‘दंगल’ ले एकदिनमै कमायो ३० करोड पुस ९ गते– शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘दंगल’ ले एकदिनमै राम्राे कमाइ गरेकाे छ । भारतमा एक हजार र पाँच सय दरका नाेट सरकारले बन्द गरेपछि त्यहाँ चलचित्रले कमजोर व्यापार गरिरहेकाे अवस्थामा दंगलले भने एकैदिन करिब ३० कराेडकाे उत्साहजनक व्यापार गरेकाे हाे । दंगल भारतका ४२ सय हलमा चलिरहेकाे छ । २ बर्षपछि आमिर खान पर्दामा आएकाले पनि दर्शकका लागि दंगल चलचित्र प्रतिक्षामा थियाे । भलै दर्शकले अामिरकाे याे चलचित्रलाई माया गरिदिएका छन् ।
0 notes
nepal123 · 9 years ago
Text
आमिरको आँशुमा भयो धेरै कमेडी, भन्छन्-‘मलाई चाडै रुन आउँछ’
आमिरको आँशुमा भयो धेरै कमेडी, भन्छन्-‘मलाई चाडै रुन आउँछ’
बलिउड नायक आमिर खान चलचित्र हेरेपछि रोएका दृश्य धेरै पटक मिडियामा कैद भएका छन् । आमिर रोएको दृश्यलाई कसैले उनको भावनासँग जोडेका छन् भने कसैले कमेडी पनि बनाएका छन् । (more…)
View On WordPress
0 notes