#आउछ
Explore tagged Tumblr posts
wedonthaveablognameyet · 20 days ago
Text
Tumblr media
मृणाल जि, आजकल यसता साना साना कुरा देखदा मलाइ हजुरको याद आउछ।
किन होला?
2 notes · View notes
dubmasterloveshiswife · 2 years ago
Text
Maaya
Song by Varsha Thapa
मन मेरो ढुकढुकीन्छ, तिम्रो पहिलो झलक देख्दा खेरी मेरो सास थामिन्छ, तिमीले मायाले बोलाउदा खेरी
माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ यो मन त साटियौँ माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले तिमीमा मैले आफूलाई पाएँ
मेरो आँखामा, खालि, मलाई जब हेर्दछौ मन पग्लिन्छ मेरो हात समाई मलाई जब भन्छौ "तिमी मेरो हौ, अब कहीँ नजाऊ" तिम्रो सबै त्यो कुरा मलाई मन पर्छ म के गरुँ? म के भनुँ? तिम्रो सबै त्यो कुराले मलाई बाध्याछ म के गरुँ? म के भनुँ? लुकीछिपी आउछ तिम्रो याद मलाई त
माया, जतिजति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ यो मन त साटियौँ माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले तिमीमा मैले आफूलाई पाएँ
दुःख-सुख तिमी सँगै बा��्छु तिम्रो साहाराले मलाई प्रेणा दिन्छ म रुदा तिमीलाई पनि दुख्छ नदेखाए नि मलाई थाहा छ मुटुले थाम्न नसक्ने माया नगर आँखा भरी आँसु आउछ मुटुले थाम्न नसक्ने माया नगर आँखा भरि आँसु आउछ जिन्दगीको पलहरू सँगै काट्नुछ
माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ यो मन त साटियौँ माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले तिमीमा मैले आफूलाई पाएँ
0 notes
ultraaslamaman · 2 years ago
Quote
भन्छन् पालो सबैको आउछ,प्राथना गर्छुकि मलाई रुवाउनेहरुको चाहिँ रुने दिन कहिले नआओस्।😏
0 notes
nepsebajarofficial · 2 years ago
Text
नबिल बैंकको नाफा ३ अर्बभन्दा बढी , प्रतिशेयर आम्दानी र नेटवर्थ कति ?
नबिल बैंक लिमिटेडले दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्बजनिक गरेको छ। सार्बजनिक वित्तिय विवरण अनुसार बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ४१ करोड ७६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ जुन गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा करिब ५७ प्रतिशत बढी हुन् आउछ। कम्पनीले गत वर्ष यस अवधिसम्म २ अर्ब १८ करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस बर्ष…
Tumblr media
View On WordPress
0 notes
bhushita · 4 years ago
Note
मलाई एउटा क्षण याद आयो।
कहिँ कतै एक जना भन्दै थिए। महादेव र पार्वति, कैलास पर्वतमा प्रेमलापमा मस्त थिए, त्यहि बखत देवि देवता माईत ससुराल गएको देखिन, अनि उनि आँफुलाई पनि ईच्छा जागेको कुरा महादेवको अगाडि राखिन्। तर समस्या गहनाको थियो, महादेव संग हुने त्यहि खरानि हो। गहनाको ईच्छा जाएर गर्दा, गहनाको बन्दोवस्त गर्न आफुँ असर्मथ रहेको जानाकारि दिए। तर एक चिम्टि खरानि दिएर, ल जाउ कुवेर को मा, जति आउछ त्यति लिएर आउ यसको तौल अनुसारको। पार्वति छक्क परिन, यतिले के आउँछ र? तैपनि खरानि संग। कुवेर पनि बल्ल बल्ल राजि भए, खरानि संग जोख्न थाले। कुवेर संग भएभरको गहना राखे पनि, खरानिको तौल बढि नै देखियो। कुवेर हार खाए। पार्वति फर्किईन, यो कस्तो लिला हजुरको? महादेव मुस्कुराए किनकि यहि हुनु थियो। यसको कारण जान्ने ईच्छा पार्वति ले व्यक्त गरिन।
महादेवले नजिकै रहेको होमको दाउरा जलाए भयो खरानि, पराल जलाए भयो खरानि, अनेकन ��िज जलाए पनि भयो खरानि। किनकी सबै चिज ज��� जति विद्दमान छ यो धर्तिमा हुने खरानि हो। त्यसकारण यथार्थ यहि हो, सुन पनि जले हुनि खरानिनै हो। र सत्य यहि हो कि, यो मायाको संसारमा, भौतिक रुपमा जे पनि विद्दमान छ त्यसको अन्त खरानिमै सिमित रहन्छ। उनिहरुले मायाको आँखाले हेरे त्यसकारण त्यो सुन भयो तर अन्तरमनको आँखाले हेर्दा त्यो खरानि नै हो। त्यसैले अन्त जे हो भार उसैको बढि हुन्छ। अन्त केवल एक हुँदैन, त्यो हो अमर अविनाशि आत्मा।
यहाँ संग शेयर गर्न मन लाग्यो त्यसैले। यसमा यहाँको राय के छ?
Its a beautiful story. 
6 notes · View notes
chitralekha · 4 years ago
Text
Tumblr media
पात्र (अ)सहवास
बनारस १९३८
सारा प्रतिमूर्ति, सम्पदा र कलादीर्घाहरु धार्मिकता र संस्कृतिसँग गासिएर आफूलाई प्रस्फुटन गरिरहेका छन्।
आराधनाको विशेष स्थल काशी ...
अन्धकारको भक्ति क्षेत्र मणिकर्णिका.... जहाँ शिव जीले पार्वतीलाई पर्वतमा छोडेर धेरै समय बिताएका थिए ...
पौराणिक कथाहरुको श्रेय बोकेको बनारस..
मोक्षको आकाङ्क्षामा गंगामा स्नान गरिरहेका उपासकहरु ..
टाढाबाट संगीत र स्थानीय तथा पर्यटकीय पादचारीहरुको मिश्रति आवाज ..
पश्चिम आकाशमा हेर्दा लाग्छ, पृथ्वी सूर्यलाई आफ्नो गर्भमा लुकाउने प्रयास गरिरहेकी छिन्।
म यहीँ अडिएकी छु। यहाँको इतिहास र दैनिकीसँग एकदम असम्बन्धित र अपरिचित .. भिन्न शताब्दीको, भिन्न मान्यताको, नवीन युवती ..
भनिन्छ, सारा सृष्टि विनाश भएपनि बनारसलाई महादेवले बचाउछन् । संसारको सबैभन्दा पूरानो सभ्यता यहाँबाट विकसित भएको हो- त्यसैको परिणाम केशर र म जो तत्काल संकोच र कौतुहतको क्षणभङ्गुरतामा लपेटिएका छौं। सृष्टिको नियम विपरीत म उसको जिवित आभास पाउन सक्दिनँ।
( वास्तविकता र कल्पना बिचको संघारमा म आफूलाई सम्हालिरहेकी छु। यहाँ प्रसङ्ग विघटन प्रशस्त पाइने छ।)
केशरको रुपराशिलाई म निहाल्छ। विश्वनाथ ग��्लीमा रुमलिरहने, विराटनगरको सडकमा डुलिरहने, सन्ध्याको आरतीमा मुग्ध, दालमण्डी बजारमा देखिने.. कान्तिमय, बालसुलभ, संवेदनशील, आकर्षक र स्थिर अनुहार .. यौवनाको प्यासले भरिपूर्ण र उसको अनुसार एक विलक्षण व्यक्तित्व।
मैले उसलाई कहीँकतै त अवश्य चिनेकी छु किनकि उसको भावनाहरु जो शब्दमा निहित गरिएका थिए तिनको तरंग मेरो कल्पनामा पनि प्रवाह भएका थिए । त्यसैमा बग्दै बग्दै म उसको बनारससम्म आइपुगेकी थिए।
केशर कुनै प्राचिन ढुङ्गामा बसेर लेख्दै थियो। सायद कुनै अर्को कविता.. बेङ्गाली, हिन्दी वा नेपालीमा..सायद प्रेम बारे वा कुनै दैविक सौन्दर्यप्रति निष्ठित..
मेरो उपस्थितीको ज्ञान उसलाई थिएन। ऊ त्यस्तै सौम्य र निश्छल देखिन्थ्यो। म उसको डायरीमा हेर्छु, को होलिन् ति अग्निपुष्प, कामुक ज्वाला..?
नजिकै सर्छु र भन्छु, " मैले तिमीलाई चिनेकी छु।"
उसको एकाग्रता भंग हुन्छ। दुई बाटुलो कालो आँखा ममाथि पर्छन्। म निहुरिएरै उसको हातमा `अग्निवाटिका´ शिर्षकको किताब राखिदिन्छु। मानौं म हाम्रो अस्तित्वको रहस्य खोल्दै छु। ऊ मलाई किञ्चित विनम्र भावले हेर्छ। मलाई कताकता नौलो लाग्न थाल्छ। म जसको पनि आचरण समात्न सक्छु, स्यामाको लाज? उसको छाती मै कतै मेरो नयन अल्झिरहन्छन्।
किताब एकफेर पल्टाइसके पछि ऊ सरल बोलीमा भन्छ ," यदि तिमीले मात्र लेखकको कल्पनालाई विश्वास गरेर मेरो अतीत पढेकी छौं भने तिमीले मलाई चिनेकी छैनौं।"
रत्तसञ्चार तेज हुन थाल्छ। नजानिदो डर पलाउन थाल्छ, कतै ऊ मलाई तिरस्कार गरिदिने त होइन?
" के तिमी त्यो भन्दा भिन्न छौं?"
" म अब तारणीको कलममा अभिशप्त छैन। लेखकको नियन्त्रणबाट म मुक्त भइसके। जसरी म तिम्रो कल्पनामा छु, त्यसरी नै तिमी मेरो बर्तमनमा छौं।"
गंगाको लहर किनारामा ठोकिँदै- पन्छिदै छ। हरेक गतिमा लाग्छ, ऊ कसैको अवशेषलाई टाढा कतै पुर्‍याउदै छे। ऊ कसैको स्तुति वा विराग कामनालाई आदान गरिरहेकी छे।
गंगा, तिमी जीवनको श्रोत हौं र तिम्रै समीप म चौरासी घाट भेट्टाउछु।
कुनै दिन, तिम्रो स्पर्श पाए भने म यहीँ कमना राख्छु कि मेरो छेउ मृगतृष्णा जस्तो रहिरहेको केशरलाई पनि जिवनदान दिनु..
के त्यो सम्भव होला र ?
केशरले छुदा मेरो इन्द्रिय गतिशून्य नै हुनेछ। मेरो हृदयमा उसको जुन स्थान छ त्यो भौतिक जगतमा केबल कला/ लेखाइको यस्तै क्षणहरुमा जाग्रित हुन सक्छ।
" तिमी यहाँ के कारणले आयौं?" नरम बोली र जिज्ञासा ।
" पात्रको अभिलाषाले"
पात्रको अभिलाषा.. सन्ध्याले केशरलाई सेफालीको निम्ति स्वइकृति दिएपछि उनले पाएकी असम्हार पीडा, प्रशन्नता, रोदन जस्तै मलाई पनि लाग्छ, म कुनै आगोमा पिल्सिदै छु। ईष्र्याको आगो, मिलन अघि नै विछोडको छाया जस्तै आगो, केशरप्रति स्नेह, ममता, तिर्सनालाई सदा मुटुमा थुनिदिनु पर्ने विवशताको आगो..
किनकि केशर, तिमी शब्दबाट परिणत हुन सक्दैनौं। र म मेरो नजर अघि तिमीलाई धूमिल आकृति जसरी मात्र उभ्याउन सक्छु। जुन तृप्तिलाई चञ्चला, लाली, सन्ध्या, सेफाली, सीता र स्यामाले आफूभित्र सुरक्षित राखेका छन् , जुन अग्नि शिखामा तिनहरु तिमीसँग एकाकार भएका थिए, त्यसबाट म सदा वञ्चित छु। साहित्यको साहयताले हाम्रो भिन्न अस्तित्वलाई मेरो हितमा मोडिदिन, म असमर्थ छु।
" के लेखकको संसारमा यो सबै थिएन?"
" थियो, सबै थियो। तर तिमीलाई मैले पहिलोपटक १५ बर्षको उमेरमा भेटेकी थिए। जब म आफै संवेगत्मक र वासनामय भावनाको अनुभव गरिरहेकी थिए। मेरो लागि ति कुराहरुको परिभाषा सिकाउने, तिनलाई प्रेमसँग जोड्ने प्रमुख भुमिका तिम्रो पनि थियो। मैले तिमीलाई प्रेम गरेकी थिए, केशर।"
गाढा मौनता ..
घामको झलक आकाशबाट हराइसक्यो।
केशर एकटकले गंगा पारिको अन्धकारलाई हेरिरहन्छ। बस् ,केही पल र ऊ पनि त्यसैमा मिसिने छ। हामी बिच मात्र अन्धकारले प्रवेश गर्न बाकी छ।
नजिकै लाश पोलेको गन्ध आउछ। समयलाई छल्न सकिदैन। मानिसको चेतनाको सबैभन्दा ठूलो आविष्कार मृत्यु र त्यसैसँग टासिंएर आएको समय.. तिमी यो सबैबाट निर्भर छौं- तिमीलाई सधैं म जस्तो पाठकले शाश्वत राख्ने छन्।
एउटा प्रश्न म उसको सामु राखिदिन्छु ," के सामाजिक सम्बन्धबाट टाढा, मात्र अप्राकृतिक बस्तुसँग आत्मिय रहिरहनु ठिक हो? तिमीलाई के लाग्छ?"
ऊ मौन छ। लाग्छ, आफ्नो व्यक्तिगत अनुभूतिसँग जोडेर यस बारे मनन गरिरहेको छ।
एकैछिन पछि छेउमा रहेको किताब `अग्निवाटिका´ ऊ मलाई दिन्छ।
कहिल्यैसम्म थाम्न सक्छु म यस शान्त उत्तरलाई ?
" अप्सना"
यहीँ नाम जब उसको स्वरसँग मिसिन्छ, मलाई लाग्छ, भरखरै मेरो आत्मबोध तिव्र भएको छ, भरखरै मैले आफ्नो प्रतिबिम्बको केही अंशलाई आफैमा समाहित गरेकी छु। आफू हुनुको स्पष्ट सम्झना, हृदय थामिएको जस्तो... अप्सना .. थोरै छट्पटी, थोरै विद्रोह..
उसको हात मेरो कान निर बहलिन थाल्छ। म निर्निमेष उसको विभोरतामा लत्पतिएको आँखा हेर्छु, मात्र यो भन्न कि मैले समर्पण गरिसके। तारणीले जति बयान गरेका थिए, ति भन्दा बढी सुकुमारता म उसमा पाउछु। फेरि उही पुर���षवासना, पुरुषसंसर्ग, पुरुष छत्रछाया, प्रणयको तृष्णा..
ऊ मेरो निधारमा चुम्बन गर्छ। म कृतज्ञता र समानुभूतिले पग्लिदै जान्छु। सधैं नै यस्तो लाज उब्जिन्छ, उसको अघि। मानौं पहिलो प्रेमको अनुराग र पश्चातापको स्मरण छातीमा सल्बलाउन थालेको छ।
`A writer should fall in love with tragedy.´
गोरेटोहरुमा ऊ विलिन हुन्छ। भ्रामिक स्मृति बटुलेर म एक्लै वास्तविकतामा फर्किन्छु। उसको उमेर १७ बर्ष मै अडिन्छ, उसको स्वरुप कान्तिमय नै रहन्छ। ऊ अझैपनि पात्र नै हो। म अझै उबाट प्रेरित भइरहन्छु।
-
केशर तिमीले लेखेको गीत ,
मुझको मेरी नींद मे तुँ छोड दो ।
इस सुनहले ख्वावको मत तोड दो ।
मुझको अकेला छोड दो ।
जागूँ तो फिर से हलेजा जल उठेगा ।
जिन्दगी बेकार था बेकार होगा ।
कुनै दिन यो परिवेश सजिव भएछ भने म यहीँ गुन्गुनाउने छु। यदि मोक्षको चाहना विना बनारस आए भए, म यहाँको मन्दिरहरुमा तिम्रो आभा खोज्ने छु। प्रेमिका जसरी तिमीलाई यहीँ पर्खने छु। तिम्रो आँखाहरुबाट यहाँको महत्त्वलाई आत्मसात गर्न सिक्ने छु।
त्यसै यात्रामा तिमी सहभागी भयौं भने केशर, तिमी त्यस यात्रामा आयौं भने.. म मात्र यति आग्रह गर्ने छु कि मलाई पनि तिमी सँगै लैजाउ, म यो सपनाबाट बिउँझिन चाहन्न।
4 notes · View notes
nepal123 · 8 years ago
Photo
Tumblr media
खुट्टाबाट जुत्ताको गन्ध आउँछ ? यसरी हटाउनुस गन्ध, ६ टिप्स गर्मी सुरु भएसंगै पसिनाबाट उत्पन्न हुने समस्या बढ्छ । यसको लागी कतिपयले विभिन्न बडी स्प्रे तथा पर्फ्युको प्रयोग गर्दछन् भने कतिले नियमित नुहाउनु, पानी पिउने अनि सन्तुलिन भोजनमा ध्यान दिने गर्दछन् । गर्मीमा देखा पर्ने अर्को एउटा समस्या हो जुत्ताबाट आउने गन्ध । अफिस होस् या घर जुत्ताबाट खुट्टा निकाल्दा वित्तिकै नराम्रो गन्ध आउँन थाल्छ । कतिपय अवस्थामा आफ्नो गन्हाउने जुत्तादेखि आफै लज्जित हुनुपर्ने हुन्छ । खुट्टाबाट आउने त्यस्तो गन्धलाई ब्रोमिहाइड्रोसिस पनि भनिन्छ । यस्तो समस्या शरिरमा हुने विभिन्न ब्याक्टेरियाको कारणले हुन सक्छ । त्यसैले यसको समस्या समाधानका लागि यी तरिका अपनाउनुस् । १. बेकिंग सोडा खुट्टाबाट आउने गन्ध हटाउन बेकिंग सोडा अति उपयोगी मानिन्छ । यसले पसिनाको पिएच लेवल सामान्य राखी ब्याक्टेरियालाई नियन्त्रण गर्दछ । हल्का तातोपानीमा बेकिंग सोडालाई मिसाएर १५ देखि २० मिनेटसम्म खुट्टा पानीमा डुवाउनाले समस्या हटेर जान्छ । २. वास्नादार तेल यसले वास्ना दिने मात्र नभई ब्याक्टेरिया मार्नमा समेत सहयोग गर्दछ । हल्का तातो पानीमा केहि थोपा तेल मिसाएर केहि समयसम्म खुट्टामा लगाइराख्नाले गन्ध हट्दै जान्छ । ३. फिटकिरी यसमा एन्टि सेफ्टिक गुण हुन्छ । जसले व्याक्टेरियालाई रोकी खुट्टाको गन्ध हटाउछ । एक चम्चा फिटकिरी पाउडरलाई एक जग पानीमा मिसाएर खुट्टा धुनाले एकैछिनमा गन्ध हट्छ । ४. नुन यसले पसिनाबाट हुने संक्रमणलाई रोक्दछ । यसलाई फिटकिरि सरह प्रयोग गर्न सकिन्छ । ५. अदुवा अदुवाको रसले खुट्टामा मालिस गर्नाले गन्ध हटेर जान्छ । ६. र सबैभन्दा सजिलो र उत्तम उपाय जुत्ता प्रयोग गरिसकेपछि खुट्टा धुने हो । र नियमित जुत्ता अनि मोजा धुने गर्नुस्।
0 notes
everythingremembered · 5 years ago
Photo
Tumblr media
छरिन मलाई नि आउछ ।
3 notes · View notes
mithilanchaltoday · 2 years ago
Text
एक चोक्टा भए नि मासु खान्थ्यो भन्दै भक्कान्छिन् आमा(भिडियो सहित) – Anautho
एक चोक्टा भए नि मासु खान्थ्यो भन्दै भक्कान्छिन् आमा(भिडियो सहित) – Anautho
काठमाडौं । दशैं तिहार हरेक वर्ष हर्षको उमंग ल्याएर आउँछ । तर कतिपयको परिवारमा चाडपर्वले खुशी नभई पीडा लिएर आउँछन् । सुर्खेतको लेकवेशी नगरपालिका–१० देवी डाँडामा रहेको मानबहादुर पुलामी मगरको घरमा यस्तै भएको छ । हरेक वर्ष आउने दशैं तिहार आँशु बोकेर आउछ । विगत ९ वर्ष देखि धन कमाउन विदेश गएका छोरा चन्द्रबहादुर पुलामी मगर फर्केका छैनन् ।छोराको बाटो हेरेर बसेका मानबहादुर पुलामीका लागि दशैं तिहार आउनु…
Tumblr media
View On WordPress
0 notes
bharatpokhari2052 · 2 years ago
Text
देशको जुनसुकै क्षेत्रबाट उम्मेदवारी दिन्छुः रवि लामिछाने
सञ्चारकर्म छाडेर राजनीतिमा हाेमिएका रवि लामिछाने आफू देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । ‘मलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन लागेको छ । हार्ने सुविधा छैन् । राजनीति राजनीति जस्तै गर्नुपर्छ । सुझबुझका साथ जहाँबाट प्रतिकृया आउछ त्यहाँबाट उम्मेदवार दिन्छु’, मंगलबार राजधानीको सभागृहमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने । उनले अगाडि…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 3 years ago
Text
नेताहरु कहिले सुध्रिने होलान् ?
नेताहरु कहिले सुध्रिने होलान् ?
पछिल्लो समय बढ्दो इन्धनको मूल्यले सर्वसाधारणको ढाड सेकेको छ । नेपाल आयल निगमले महिनैपिच्छे इन्धनको मूल्य बढाउने गर��को छ । बढेको इन्धनको मूल्यपछि जनताको भान्सा मँहगो हुने निश्चित देखिएको छ । पेट्रोल र डिजेलको मूल्य बढ्नेबित्तिकै यातायात व्यवसायी सार्वजनिक सवारी साधनको भाडा बढाउन दबाब दिन्छन् । नेपालीको पेट भर्ने खाद्यान्न सबै बाहिरबाट आउछ । ढुवानी भाडा नै मँहगो भएपछि सामानको मूल्य बढ्नु स्वाभाविकै…
Tumblr media
View On WordPress
0 notes
nepsebajarofficial · 2 years ago
Text
भाटभटेनीले उपहार दिने भन्दै फेक लिंक भाइरल , क्लिक गरे तपाईंको एकाउन्ट हुन सक्छ ह्याक।
भाटभटेनीले उपहार दिने भन्दै फेक लिंक भाइरल , क्लिक गरे तपाईंको एकाउन्ट हुन सक्छ ह्याक।
यति बेला सामाजिक सञ्जालमा एउटा लिंक निकै भाइरल भएको छ। भाटभटेनीले तपाईलाई उपहार दिदैछ लिंक क्लिक गरि आफ्नो उपहार लिनुहोस् भन्दै उक्त लिंक भाइरल भएको हो। जुन लिंक क्लिक गरेपछि उपहार जितेको म्यासेज आउछ र तपाइको फेसबुकको डिटेल माग्छ र तपाइले उपहार पाउने लोभले आफ्नो डिटेल हानेमा तपाइको एकाउन्ट ह्याक हुने छ। तपाइको एकाउन्ट ह्याक गरेपछि तपाईंको सम्पूर्ण फ्रेन्डलाई सोहि म्यासेज तपाईंको एकाउन्टबाट पठाउने…
Tumblr media
View On WordPress
0 notes
niteshme · 6 years ago
Text
कला
Tumblr media
बेरोजगारी अनि अल्छी लाग्दा दिनहरू। दिउँसो चै गर्मी नै छ, बिहान वेलुका जाडो हुन थाले पनि। खाना खाएपछि, निन्द्रा लागे जस्तै भयो(प्राय सधै सुत्ने गर्या छ दिउँसो ) । ओच्छ्यान तिर लागे। सिरानी मिलाएर पल्टे। निन्द्रा लागेन। दिमागका कुराले मलाई सुत्न दिएनन। कुरा के थियो भने।’ जागिर ‘। अब त शब्द सुन्दा पनि कन्सिरी तातेर आउछ।
बाल्यकाल नै निकै रमाइलो। न जागिर खाने तनाव, न पैसा कमाउने रहर, न त गर्लफ्रेन्डको…
View On WordPress
1 note · View note
chitralekha · 3 years ago
Text
`millennium mambo´ कि पात्र
तर ऊ सधैं फर्किन्थी ,
किनकि, अपरिभाषित मार्गहरु अघि ऊ प्रतिवाद गर्न डराउथी र अन्तत: विगतलाई पुन: व्याख्या गरेर ऊ निरन्तर बन्धनको सिर्जना गर्थी।
किनकि, उसका आत्म-सिमित विश्वासहरु एउटा बिषाक्त सम्बन्धको फेरो समातेर मदहोश झै परिचित बाटो हिड्न विवश भइरहन्थ्यो।
क्लब होसटेज विक्कीको सम्मोहनमा परे जसरी क्यामेरा उसको ��ुन्दरता र आकर्षणलाई निहालिरहन्छ।
ताइवानको शीतल रातमा विक्की चुरोटका धुँवाहरुलाई उडाउदै सहरको कुनै सुरुङमा हिडिरहेकी थिई। पृष्ठभूमिमा बिस्तारै संगतहरु फिजिन थाल्छ र मानौं त्यसैको लयमा मिसिएर ऊ एक्लै डुलिरहेकी थिई। उनको रात्री जीवनशैलीमा पाश्चात्य प्रभाव भेटिन्थ्यो। उसले १६ बर्षको उमेर देखि जिन्दगीलाई गम्भीरतापूर्वक लिन छोडिदिएकी थिई। उसको प्रेमीले उसलाई हाइ स्कुलको परिक्षाको दिन विहान उठाउदैन। ऊ डराउथ्यो कि विक्की धेरै पढ्ने छे र ऊ भन्दा निकै अगाडि बढ्ने छे।
त्यहीँ सुरुङ जसरी नै ऊ हओ हओ सँगको सम्बन्धमा घुमिरहन्छे। उहीँ विगत फेरि उदाङ्गो भइदिन्छ र उहीँ नशा-सेवन फिल्म भरि एउटा लामो तन्द्रा जसरी निरन्तर चलिरहन्छ।
संगीतमा एउटै लय बारम्बार दोहोरिए जस्तो तन्द्रा
झिमझिम उज्यालोले आँखालाई थकाए जस्तो तन्द्रा
मदिराको असरले बिस्तारै इन्द्रियलाई छोइरहे जस्तो तन्द्रा
एउटै संकुचित स्थानमा सम्झनाहरु घुमिरहन्छन्। हामी देख्छौं, स्वामित्व जमाउन खोज्ने उसको प्रेमीको स्पर्शमा कसरी उसको शरिर अफ्ट्यारो मानिरहेका छन् र कसरी ऊ केही गर्न नसकेर आफैलाई तटस्थता वा असंलग्नताको अवस्थामा पुर्‍याउन खोज्थी। फेरि क्यामेरा बार तिर दौडिन्छ, त्यहीँ संकुचित स्थान, झिलिमिलि बत्तीहरु, अन्जान मानिस, रात र मधिरा.. विक्की मेरै अगाडि रहे पनि कहाँ हराउछे कहाँ, क्यामेराले उसलाई स्पष्ट देखाउन नसके जस्तै, मेरो चतनाले उसको चरित्रलाई स्पष्टरुपमा चिन्न सक्दैन। यसरी ऊ पनि एउटा धुमिल आकृति मात्र रहन्छे जो जति चाहौं व्याख्या गर्न सकिँदैन। तर उसको उपस्थिति यति शशक्त किन छ ?
के थाहा ति शोषण र विक्की र उसको प्रेमीको विपरीत प्रवित्तिका सम्झनाहरु किन मानसपटलमा दोहोरिरहन्छन्। बिस्तारै दृश्य भरि उसको भावना पोखिन्छ, ऊ पोखिन्छे र त्यहीँ सानो घेरामा सिमित रहेरै हामी उसको विडम्बना बुझ्न सक्छौं। यो बाहेक विगत, जो एकदम निजात्मक र धमिलो छ, त्यसलाई कसरी प्रमाणीत गर्न सकिन्छ? यदि उसलाई बुझ्नु छ भने, उसका स-साना हलचलहरुलाई पनि नछुटाइ हेर्नू पर्छ, स-साना भावकृतिको ख्याल गर्नु पर्छ र विशेषतः एउटा लामो मौनतालाई मनन गर्न सक्न पर्छ। फिल्म भरि उसमा रहेको मुक्तिको अभिलाषा देख���न्छ, रात्रीकालीन जीवनयापन भन्दा केही भिन्न प्रकारले ऊ स्वामित्वको खोजीमा हुन्छे। आधुनिक पुँजीवाद अन्तर्गत पर्ने विलासिता र मनोरञ्जनका स्रोत र साधनबाट निस्किएको असन्तुष्टि र त्यसबाट उम्किने चाहना धेरै दृश्यहरुमा प्रबल रुपले देखा परेका छन्।
विक्कीको कथा, मेरो विचारमा आघात- केन्द्रीत कथा हो जो कहिलेकाहीँ आफैं ��घातबाट निस्किन असहयोगी हुन सक्छ। यहाँ उसको आघातको कथा `विगत´को कथा बनेको छ र त्यसबाट अगाडि बढ्नु `आत्म-नकार´ जस्तो लाग्न सक्छ। यस्तो लाग्छ, फिल्म भरि विक्की मलाई केही इसारा दिइरहेकी छे, तर म अन्त्यसम्म पनि यो कुरा बुझ्दिन। उसको खालीपन मात्र पर्दा भरि ठूलो स्वरमा प्रतिध्वनित गरिरहन्छ।
`ऊ आफ्नो प्रेमी हाओ हाओ सँग सम्बन्ध विच्छेप गर्छिन् तर ऊ सधैं विक्कीको ठेगाना पत्ता लगाउथ्यो ।
फोन गर्थ्यो र फिर्ता आउन बिन्ती गर्थ्यो।
पटक पटक
मन्त्रमुग्ध वा सम्मोहित भए जस्तै .. उनी उम्किन सक्दिनन्।
उनी सधैं फर्किन्थिन्।
आफैसँग भन्थिन् कि उनको बैंकमा NT $ 5,00,000 छ र जब उनी यो सबैको प्रयोग गर्छिन्, उनी राम्रोको लागि हाओ हाओ लाई छोडिदिन्छिन्।
यो दस बर्ष अगाडिको घटना हो ..
जब सन् २००१ मा विश्वले २१ औं शताब्दीलाई अभिवादन गरिरहेको थियो।´
त्यपछि आउछ ज्याक.. जो सँग हाओ हाओको जस्तै एउटा रोमान्टिक शृङ्खला सुरु हुन्छ। ऊ एउटा अविभावक जसरी विक्कीको हेरचाह त गर्छ तर.. एउटा सटिक सम्बन्ध ऊ बाट स्थापित हुन सक्दैन। ज्याकको विक्की प्रतिको कामुकता वा विचार कहिल्यै खुलेर आउदैन। र विक्कीलाई पुरानो सम्बन्धको ह्याङ ओवरबाट निस्किन निकै समय लाग्दछ।
विक्की, मानव सम्बन्धको अमूर्त स्वरुप मात्र भए पनि अमानवीय होइन। ऊ टाढा छे। संवेदना गासेर उसलाई कसैले विना तात्पर्य आधुनिक जीवनशैलीको उद्देश्यहिनतामा छोडिदिएको जस्तो। उसको प्रेमी विना अनुमति उसको शरिरलाई चलाइदिन्छ, उसको सामानहरु खोताल्न थाल्छ, अनावश्यक प्रश्नहरु गरिरहन्छ र कुनै रात विना प्रसंग उसलाई भन्न आउछ ..
` तिमी र म बेग्लै बेग्लै संसारसँग आवद्द छौ।
तिमी तिम्रो संसारबाट झरेर म सम्म आइपुगेकी हौ। त्यसैले तिमी मेरो संसार बुझ्दैनौं।´
अनि धिमा गतिमा उहीँ आधुनिक jazz संगीत पृष्ठभूमिमा बजिरहन्छ। चुरोटहरु सल्किन्छन्, नृत्य जारी रहन्छ, ड्रगहरु संसोधित हुन्छ, यसरी रात पलायनतर्फ ढल्किन्छ। यो निरन्तरको किस्साहरु मानसिक विकारलाई प्रभाव पारिरहन्छ। ऊ एक प्रकारले निष्क्रिय नै रहन्छे, उसका भावनाहरु हरेक परिस्थितिमा अवरोध भइरहन्छ। एकैछिनमा उसको सहजता हराउछ, एकैछिनमा ऊ पनि हराउछे। उसल निस्सासिदो अवस्थाले एक्लोपन महसुस गर्नुको कारण उसको बाल्यकाल हुन सक्छ, परिवार हुन सक्छ वा आफैंसँगको एक अपरिभाषित सम्बन्ध हुन सक्छ।
फिल्मको अन्त्यमा मात्र हामी उसलाई जापानको जाडोमा हिउँ माझ रमाइरहेको देख्छौं। त्यस बेला मात्र, एउटा चक्रको अन्त्य भएको संकेत देखिन्छ। जब ऊ भन्दै जान्छे कि उसलाई पनि हाओ हाओ स्नो म्यान जस्तै लाग्छ, जब घाम झुल्किन्छ तब ऊ पनि गायब हुने छ। एकदिन ऊ सँग यौन गरिरहेको बेला उसलाई यो कुरा आभास भएको थियो। त्यो दिनको संसर्ग निरास लाग्दो थियो।
अनि मेरो अगाडि बसेर सिग्रेट तानिरहेकी विक्कीलाई म फेरि निहाल्छु। यो कस्तो मुग्नता हो, कस्तो तिर्सना हो। कोही मेरै सामु भएर पनि मेरै थाहै नपाइ मेरो चेतनालाई खल्बल्इरहेको छ मेरो खालीपन भरि एकनास के के खोजिरहेको छ।
यो पटक म उसको सम्मोहनमा परेकी छु। ऊ सिग्रेट नसकिए सम्म मेरो सामु बसिरहन्छे। त्यसपछि ऊ फर्किन्छे वा फर्किन्न, यो कुनै पनि रातलाई थाहा छैन...
Tumblr media Tumblr media Tumblr media Tumblr media
1 note · View note
nepal123 · 8 years ago
Photo
Tumblr media
वर्षमानको दाबीः एमालेले कात्तिकमा चुनाव गरौं, सरकारमा आउँछु भन्यो २६ चैत्र, बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय चुनाव सारेर कात्तिकमा गर्न नेकपा एमालेले प्रस्ताव ल्याएको दाबी गरेका छन् । एमालेबाट यसरी चुनाव सार्ने प्रस्ताव आउनु
0 notes
aarthikhub · 3 years ago
Text
न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म कति पर्याे आवदेन ? जान्नुहाेस ।
न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म कति पर्याे आवदेन ? जान्नुहाेस ।
न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवदेन दिने आज अन्तिम दिन १४.०९ गुणा बढी आवदेन परेको छ ।शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार मंगलबार साँझसम्ममा २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको छ ।यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको १४.०९ गुणा बढी हुन आउछ । मागभन्दा…
Tumblr media
View On WordPress
0 notes