#आधक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
अष्ट्रेलियामा आएको भीषण समुन्द्री आँधीका कारण २५ हजार प्रभावित एजेन्सी- २ सय ६३ किलोमिटर प्रतिघण्टाको गतिको समुन्द्री आँधी अष्ट्रेलियाको क्विन्सल्याण्ड तटमा पुगेको छ ।सो आँभी पश्चात त्यहा २५ हजारभन्दा बढिलाई स्थानान्तरण गराइसकिएको बताइएको छ । उक्त भीषण आँधीले चर्चित ह्विटसन्डे आइल्याण्डमा क्षती पुर्याइसकेको छ भने २३ हजारले घर छोडिसकेका छन् ।आँधीले बोअ‍ेन र एयरली समुन्द्री तटको जमिन भास्सिएको छ । सो क्षेत्रमा आँधी धेरै समय सम्म रहन सक्ने हुँदा सुरक्षाका लागि सर्वसाधारणलाई सजग रहन आग्रह गरिएको छ ।हावाको तीव्रता र क्रुरतामा क्रमश बढ्दै जादा मानिसहरु आत्तिएको बताइएको छ । The post अष्ट्रेलियामा आएको भीषण समुन्द्री आँधीका कारण २५ हजार प्रभावित appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
हैटीमा म्याथु नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय पुग्यो माइमी (हैटी), २१ असोज । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ। गत मङ्गलबार अकस्मात क्यारेवियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनौ मानिस वेपत्ता भएका छन् । हैटीको पनि आँधी��ाट अति प्रभावित दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयको हताहती भएको र लाखौँ मानिस विस्थापित बनेका छन् । म्याथुका कारण हैटीमा करिव २९ हजार घरहरु पूर्णरुपमा भत्किएको वा पानी र लेदोले पुरिएका छन् । हैटीको दक्षिणी शहर जेरमीमा आँधीले व्यापक विपत्ति निम्त्याएको छ । यस सहरमा प्रायः सबै घर आँधीका कारण भत्किएका छन् । आँधीका कारण उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा चौपायाहरुको मृत्यु भएपछि र विस्तारै मृत जनावरका शरिर सड्न थालेपछि यस क्षेत्रमा रोगको महामारी आउन सक्ने डरमा जीवित स्थानीयहरु आतङ्कित बनेका छन् । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि काम गर्ने संसथाले हैटीमा मात्र तीन लाख ५० हजार मानिस खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीको रहेको रहेको बताएको छ । आँधीका कारण हैटीका विभिन्न नदीहरुका पुल, तथा सडक सञ्चाज भत्किएका साथै नीजि तथा सार्वजनिक भवन र तरकारी तथा अन्य बालीको समेत नष्ट भएको भन्दै प्रभावित क्षेत्रमा प्राकृतिक विपदको अवस्था आएको भन्दै यहाँको सरकारले आ–आफ्नो क्षेत्रमा रहेर विपद्को सामानाका लागि पहल गर्न आग्रह गरेको छ । म्याधुको प्रभाव हैटीबाट क्युवा हुँदै अमेरिकी शहर फ्लोरिडासम्म पुगेको बताइएको छ । क्यूवामा करिव १३ लाख मानिसलाई आँधीबाट सुरक्षित राख्न समुद्री तटदेखि टाढा टाढाका स्थानमा स्थानान्तरण गरी शिविरमा राखिएको बताइएको छ ।
0 notes