#असपतलल
Explore tagged Tumblr posts
Photo
अस्पतालले भन्यो: विनोद खन्नाको स्वास्थ्यमा सुधार हुँदै छ मुम्बई । अभिनेता विनोद खन्नाको स्वास्थ्य खराब भएको तस्बिर सार्वजनिक भएसँगै उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । यसैबीच, अस्पतालले विज्ञप्ति जारी गरेर उनको स्वास्थ्यमा सुधार हुँदै गएको जनाएको
0 notes
Photo
घरबेटीको छोराद्वारा बालिका बलात्कृत, प्रहरी र अस्पतालले बलात्कारीलाई उन्मुक्ति दिन खोजेको आरोप धनगढी– धनगढी उपमहानगरपालिकामा एक बालिका बुधबार बलात्कृत भएकी छन् ।घरमा आमा, बुबा नभएको मौका छोपेर बालिकालाई घरबेटीका छोरा १७ वर्षीय महेश्वर शर्माले बलात्कार गरेको आरोप रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्र मल्लले बताए । रक्ताम्मे अवस्थामा फेला पारेकी ती बालिकालाई घरबेटीकी छोरीले अभिभावकको जिम्मा लगाएको बताईएको छ । स्वास्थ्य अवस्था नाजुक रहेकी बालिकाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको महिला पुनःस्थापना केन्द्रकी बिनु रानाले जानकारी ��िइन् । अभियुक्त शर्मालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक मल्लले बताए। यसैबीच पीडित पक्षले प्रहरी र अस्पताल प्रशासनको मिलेमतोमा घटनालाई ढाकछोप गर्न लागेको आरोप लगाउँदै सेती अञ्चल अस्पतालमा धर्ना दिएका छन् । The post घरबेटीको छोराद्वारा बालिका बलात्कृत, प्रहरी र अस्पतालले बलात्कारीलाई उन्मुक्ति दिन खोजेको आरोप appeared first on Etajakhabar.
0 notes
Photo
गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क उपचार गर्ने विराटनगर, ११ फागुन । विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंँठौँ वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीकालागि बढीमा रु ४० हजारसम्म लिने घोषणा गरेको छ । जस्तोसुकै गम्भीर प्रकृतिको न्युरो सर्जरी गर्नुपर्ने भए पनि सोभन्दा बढी रकम नलिने अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले बताउनुभयो । यसैगरी जिल्लाका पत्रकारको उपचार पनि निःशुल्क गर्ने तर शल्यक्रिया गर्दा चिकित्सकलाई तिर्नुपर्ने रकम मात्र लिने उहाँले जानकारी दिनुभयो । वार्षिकोत्सवमा अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले यस वर्षका उत्कृष्ट कर्मचारीको रुपमा मोहम्मद नाजिमलाई पुरस्कृत गर्नुका साथै अन्य सात कर्मचारीलाई पनि सम्मान गर्नुभयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष दुलारचन्द रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा डा शिव अधिकारी, डा मनोजकुमार श्रीवास्तव, गौतमराज प्रधान, गोविन्दप्रसाद लुइँटेललगायतले अस्पतालले प्रदान गरेको सेवाबारे चर्चा गर्नुभएको थियो
0 notes
Photo
लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने रुपन्देही, २० माघ- लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयबाट फार्मेसी सञ्चालनका लागि रु १५ लाख बीउ पुँजी पाए पछि फार्मेसी सञ्चालनको तयारी थालिएको हो । अस्पताल प्रमुख डा विकास देवकोटाले भन्नुभयो – “मन्त्रालयबाट बजेट पनि पाइसकेका छौँ । फार्मेसी सञ्चालन गर्ने अन्तिम तयारीमा छौँ ।” अस्पतालमा फार्मेसी सञ्चालन भएपछि बिरामीले सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गर्न सक्नेछन् । कात्तिक महिनामा अस्पतालको आइसियु (सघन उपचार कक्ष)उद्घाटन गर्न बुटवलमा आउनुभएका स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालभित्र फार्मेसी तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । उहाँले बजेट अभाव हुन नदिने तर अस्पताल परिसरबाट बिरामीले सहज रुपमा औषधि खरिद गर्न पाउने व्यवस्था गर्न भन्नुभएको थियो । अस्पतालमा दैनिक ८०० देखि एक हजारसम्म बिरामी आउने गरेका छन् । बिरामीको सङ्ख्या बढेर निकै लामो लाम लाग्नुपर्ने भएपछि अस्पतालले हालै टोकन प्रणाली लागू गरेको छ । स्वास्थ्य मन्त्रालयबाट बिहान १० देखि ५ बजेसम्म सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन आएको र यसै अनुसार तयारी भइरहेको बताइएको छ ।
0 notes
Photo
भक्तपुर अस्पतालले आइसियु सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भक्तपुर, १७ माघ- भक्तपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भएको छ । अस्पतालका नव नियुक्त अध्यक्ष प्रेम खड्काले आज पदभार ग्रहण गर्दै अस्पतालमा आउने बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरीे गुणस्तरीय एवम् विश्वसनीय सेवा विस्तार गर्ने र आइसियु सञ्चालनमा ल्याउने कार्यमा आफू लाग्ने बताउनुभयो । अस्पतालमा आइसियु सेवा सञ्चालनमा नआउँदा धेरै बिरामी बाहिर पठाउनुपर्ने अवस्था सिर्जना भएको आफूले पाएको बताउँदै उहाँले यस्ता समस्या समाधान गर्न आफू निरन्तर लागिरहने बताउनुभयो । उहाँलाई अस्पतालका सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीलगायतका कर्मचारीले स्वागत गरेका थिए । डा केसीले उहाँलाई अस्पतालले दिँदै आएको सेवा, सुविधा, अस्पतालको अवस्था, गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।
0 notes
Text
‘निजी अस्पतालले नर्सहरुको आर्थिक शोषण गरे’
‘निजी अस्पतालले नर्सहरुको आर्थिक शोषण गरे’
८ कात्तिक, काठमाडाैं। तारा पोखरेल नर्सिङ पेशामा लागेको झण्डै ४० वर्ष हुन लाग्यो । विगत २५ वर्षदेखि उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा नर्सिङ विषयको अध्यापन गराउँदै आएकी छिन् । उनी नर्सिङ एसोसिएसनकी अध्यक्षसमेत हुन् । तारा आफै पनि एक नर्स हुनुका साथै क्यान्सर पीडित हुन् । हालसम्म झण्डै १२ हजार विद्यार्थीलाई नर्सिङ्ग सम्बन्धी शिक्षा दिइसकेकी उनी आफै भने अहिलेका नर्सहरुबाट त्यति सन्तुष्ट छैनन्…
View On WordPress
0 notes