This is a blog written by first-generation-literate Nepali teenagers. They are all part of a Gaky's Light Fellowship in which they are learning English, technology and entrepreneurship. This is a blog created to share the experience of Nepali teenagers and also to help them improve their English. PLEASE HELP US BY COMMENTING, SHARING, ASKING US QUESTIONS. Thank you for reading.
Don't wanna be here? Send us removal request.
Text
Devastating Earthquake in Nepal
Sandip Regmi, Pokhara, May 8, 2015
On the Nepali Date: 2072-01-12 at 11:56 AM(April 25 2015) there was the second biggest Earthquake in Nepal. The Earthquake is about 7.8 rectors, which affected more than 10 Districts of Nepal. The number of Deaths from the Earthquakes has reached around 8000 across the Country. Another more than 15000 People are being treated for injuries. Historical Buildings and Houses were completely damaged. Districts like Sindhupalchowk, Kathmandu, Nuwakot, Dhading, Gorkha, Rasuwa, Kavre, Bhaktapur, Lalitpur, Dolakha etc. are highly affected.
The Government has received assistance from National and International Organization but the proportion of relief material distributed is comparatively low.
“We have not been able to distribute enough relief materials, compared to what we have received in the Name of relief. The relief package announced for the affected people is very nominal, Although the Government has already decided to provide RS 40000 to each family that lost their members. Prime Minister Sushil Koirala Said the amount will be increased to RS 1 lakhs to each such family. The Government only decided to provide RS 5000 to each affected family for Food, as per the decision. Minister Rijal said that “We are trying to review the relief package and he said Reconstruction work will be begin only after rescues and relief work achieve some progress ‘’. According to Minister Rijal “we have also instructed concerned authorities to protect archeological materials found from the demolished structures’’.
From my side I have heard that our country is getting Package from different countries of the world but, victim of earthquake are not getting relief. The victims wants 4 lakhs tent but our Government is unable to give 50 thousand tent for them. People were being homeless, familyless but our government is not doing anything for that. I want to request government to provide relief given by the national and international organization, countries etc.
0 notes
Text
भुकम्पले गर्दा आर्थिक विकाशमा हुन सक्ने प्रभाव
सबिना खातुन, पोखरा
२०७२÷०१÷१२ नेपालमा गएको महाभुकम्पले असङ्र्रख्य धनजनको क्षति भएको थियो । हाम्रो देश नेपालमा अहिले हाहाकार झै मच्चिएको छ । मानिसहरुले खान लाउन नपाएर सडकमा बस्न बाध्य भएका छन् । कतिपय मानिसहरुको आम्दानीको स्रोत नै गुमिसकेको छ । नेपालमा गएको यो भुकम्प १९९० साल पछिको दोस्रो ठुलो महाभुकम्प थियो ।
हालै गएको महाभुकम्पले देशको विभिन्न क्षेत्रमा ठुलो असर परेको छ । हाम्रो देशको राजधानी काठमाडौँमा धेरै नै घरहरु भत्किएका छन्, कलकारखानाहरु, मनोरन्जनका स्थलहरु पनि ध्वस्त भएका छन् । जसले गर्दा आम्दानीको स्रोतको बाटोहरु नै बन्द भइसकेको छ । काठमाडौँमा रहेको धरहरा जस्तो स्थल पनि भुकम्पले गर्दा ध्वस्त भएको छ । नेपालको थुप्रै मानिसहरु सोखले धरहराको भ्रमण गर्न जाने गर्दथे तर अहिले वर्तमानमा धरहरा भ्रमण गर्ने इच्छा अधुरो हुने भयो ।
हाम्रो देश नेपाल पर्यटकिय देशहरु मध्ये एक हो । प्रत्येक वर्ष लाखौँ सख्यामा पर्यटकहरु हम्रो देश आउने गर्छन् । हालै गएको महाभुकम्पले गर्दा कतिपय पर्यटकहरु नेपाल आउन चिन्तित भएका छन् भने कतिपय पर्यटकहरु नेपाल आउने टिकट नै रद्द गरेका छन् । जसले गर्दा आम्दानीको बाटो नै बन्द भइसकेको छ । नेपालमा गएको महाभुकम्पले एकातिर मात्र नभई हरेक क्षेत्रमा असर गरेको छ । यस महाभुकम्पले ठुला ठुला होटेलहरु, स्कुलहरु, कलेजहरु, कार्यलय भवनहरु, कलकारखानाहरु, मन्दिरहरु, मस्जिदहरु, चर्चहरु, गुम्बाहरु आदि समेत भत्केका छन् ।
अब यि सम्पुर्ण कुराहरुलाई पmेरि निर्माण गर्न अधिक मात्रामा बजेट र समय चाहिन्छ । जसले गर्दा नेपालको आर्थिक विकासमा समेत गभ्भिर प्रभाव पर्ने छ
0 notes
Text
FULLMOON By Shrishti Shrestha
It was 12 pm when Dr Shenoy finished his work. He left the front pharmacy hall properly locked and went to the small bed room behind the pharmacy. Dr Shenoy had been living in this place since he left his hospital job four years ago. At the moment he was running his own pharmacy, working till late night, he was quite withdrawn but living a very busy life alone.
He turned off the light of his bedroom and went to widen the window curtains. He saw the glowing moon outside. "Full moon. Night of the devil," he whispered.
The bright scene of the fullmoon made him feel pleasant and silent but somewhere inside he felt scared. He remembered when he and his friends used to watch really terrifying movies in college. "Those horror movies were so scary. They scare me now also," he thought. He went into his warm bed.
Suddenly he heard a violent knock at the door. The knock was on the bedroom door, close to him; someone might have already entered into his pharmacy! It had just been five minutes that he had been lying in his bed. He peeped out of his blanket and saw a kind of shadow movement beneath the door. He got up to look but the flapping of the window cutains frightened him. He turned back.
He saw the FULLMOON. Night of the devil!
He went close to the window but before he could do he heard another violent knock on the door. He turned back. He panicked. He shivered but reassured himself, "Oh, you're a Doctor. Don't be such a scared fellow. Be BRAVE. You're a man." He paced ahead slowly. The knock was growing and growing.
Finally he reached the door. He opened the door but could see nothing except a fine dark. He stepped forward. Silence. Now there was nothing but the sound of the curtain flapping, and this scared him more than ever. He reached to turn on the light, and again heard the violent knocking sound. This time he lost his courage to turn back. He just screamed aloud.
Slowly he opened eyes. He rolled on to his side, and his frightened eyes could see a small crazy mouse inside a plastic bag, stucked between the corners of door.
2 notes
·
View notes
Text
सडक दुर्घटना -अन्जु चौधरी
नेपालमा दिन प्रतिदिन सडक दुर्घटना भइरहेका छन् । जसले गर्दा कयौं निर्दोश मानिसको ज्यान गएको छ । अहिलेको अवस्थामा सडक दुर्घटनालाई ठुलो समस्याको रुपमा लिईएको छ । जसले गर्दा कयौं समस्याहरु ीदन प्रतिदिन विभिन्न समाचारका माध्यम पत्रपत्रिका,रेडियो, टेलिभिजन बाट हामी सुनिरहेका छौं । यसको कारणले गर्दा कतिपय मानिसहरु अनाथ, अपाङ्ग भइरहेका छन् । यो सबैको कारण सडक दुर्घटना नै हो ।
अहिले नेपालमा सडक दुर्घटना बाट कयौं मानिसहरुको मृत्यु भएका छन् । जसले गर्दा यात्रुहरुले लामो समयको यात्रा गर्न डराइरहेका छन् । यसको जिम्मेवार सरकार हो कि गाडि चालक? यसको वारेमा दिन प्रति दिन चर्चा परिचर्चा लगायत नेतानेताहरु ीवच छलफल भइरहेका हुन्छन् तर यो सडक दुर्घटना कम भएको छैन् । यसको जिम्मेवार सरकार र चालक दुबै हुन् । सरकारले जसतो मानिसलाई नि लाइसेन्स दिइरहेका छन् । त्योे बेला यो कुराको ध्यान दिदैन कस्तो मानिसलाई लाइसेन्स दिने त ?हाम्रो सरकार वालाहरुले त्यो मानिसलाई लाइसेन्स दिइरहेको छ जो गाडि चलाउन सम्बन्धि राम्रो सँग सिपसिकेको छैन । चलाउन ढङ्ग छैन् । अथवा गाडि चालकले गाडि चलाउदाकतिको स्पिडमा गाडि चलाउने, गाडिको इन्जिनलाई आफ्नो बसमा राख्ने कित्यो कुराको राम्रो ज्ञान नहुने त्यस्ता र गाडिको लाइसेन्स निकाल्नु बेलामा चालक आफु राम्रो सँग नजान्ने र घुस खुवाएर लाइसेन्स निकालने गरेको हुनाले गर्दा सडक दुर्घटना भइरहेको छ ।
यसवाट बच्नको लागि सर्वप्रथम हामि सचेत हुनु पर्दछ हामीले जनचेतनाजगाउनु पर्दछ । बाटो घाटोको निर्माण, समय समयमामर्मत गराउनु पर्दछ । गाडि चालकहरुलाई गाडि चलाउने समबन्धी तालिम दिएर मात्र लाइसेन्स दियो भने यो समस्या समाधान हुन सक्छ । साथै तिव्र गति गाडि चलाउने चालकहरुको लागि नियम कानुन लगाउनु पर्छ र पैदल यात्रुहरुको लागि फराकिलो बाटो घाटोको निर्माण, सडकको साइज बनाइयो भने यो दुर्घटना वाट बच्न सकिन्छ । अथवा नेपालको सन्दर्भमा यदि साच्चै सडक दुर्घटना घटाउनु छ भने सरकारले कडा निति नियमको व्यवस्थागर्नु पर्छ र यसको पालनानगर्नेलाई कडा कारवाहि गर्नु पर्छ ।
0 notes
Text
बढदो महङ्गी -अस्मीता अधिकारी
आज हाम्रो देशमा अरु सामाजिक राजनितिक, शैक्षिक समस्या जस्तै महङ्गीले पनि उग्र रुप लिएको पाइन्छ । जसले गर्दा महङ्गीको प्रत्यक्ष असर नेपाली जनतामा परेको छ । वर्तमान समयमा भएको यस्तो किसिमको मुल्यवृद्विले नेपाली जनताको ढाड भाचेको छ र उनिहरुलाई दैनिक जीवन यापन गर्न समेत निकै कठिन भएको छ । जसले गर्दा नेपाली जनतामा हाहाकारको स्थिति पनि पैदा हुन नसक्ला भन्न सकिदैन । वर्तमान समयमा मुल्यवदिले झन चर्को रुप लिएको छ ।
मुल्यवृदि हुनका पनि विभिन्न किसिमका कारणह��ु रहेका छन । यस सम्बन्धमा अनेक पक्षहरुले विभिन्न किसिमका कारणहरु प्रस्तुत गरेको पाईन्छ । राजनितिक अस्थिरता यसको प्रमुख कारण रहेको छ । सरकारको दुर्बलताको कारण मुल्य नियन्त्रण हुन नसकेको हो भन्ने अधिकाश मानिसहरुको धारणा रहेको छ । यसको साथ साथै विभिन्न व्यापार पेशागर्ने व्यापारीहरु पनि मुल्यवृदि गराउनेमा लिन सकिन्छ ।
आज तिव्र रुपमा बढदै गएको महङ्गीका कारण नेपाली जनताहरु ठुलो संकटमा परेका छन । नेपाल एक विकाशोन्मुख राष्ट्र हो ाजहा नेपालीहरुलाई खानाको लागी पनि निकै धौधौ हुने गर्छ । त्यहि समयमा महङ्गीले आकाश छोएको छ । विजुली, पानी, दुध, शिक्षा आदिको अनियन्त्रित रुपमा मुल्यवृद्वि भएको छ ।
मुल्यवृद्वि��ो अदश्य शक्तिले आफनो कब्जामा पार्न कुनै क्षेत्र बाकी राखेको छैन । जसले गर्दा गरिब जनतालाई बिहान बेलुकी छाक टार्न पनि निकै कठिन अवस्था सिर्जना भएको छ । यस्तै रुपमा महङ्गी बढदै गएमा एकदिन सबै नेपाली भोकै बस्नु पर्ने स्थिति आउन सक्छ ।
वास्तबमा मुल्यवृद्विले गर्दा नेपाली जनतामा उकुसमुकुसको स्थिति सिर्जना गरेको छ । जलस्रोतमा दोस्रो धनि देशमा पानी समेत किनेर खानुपर्छ । कृषिपधान देश भएपनि बिहान बेलुका दालचामल किनेर खानुपर्छ । यस्तो अवस्थामा सम्पुर्ण सर्वसाधरण जनतामा निराशको कालो बादलले ढाकेको छ । यसप्रति कुनै क्षेत्रले पनि त्यति चासो दिएका छैनन । जनताहरु सरकार प्रति आक्रोसित छन । सरकारलाई कुर्सी तानातानगर्दै ठिक्क छ । जनताको पिर मर्का बुझन समय नै छैन । त्यसैले बढदो महङ्गीलाई घटाउन सरकारले यस तर्फ ध्यानाकर्षण गर्न जरुरी देखिन्छ ।
0 notes
Text
प्राकृतिक स्रोतहरु -पुजा श्रेष्ठ
प्राकृतिक स्रोत भन्नाले पृथ्वीबाट निशुल्क रुपमा पाइने सम्पुर्ण साधनहरुलाई प्राकृतिक स्रोत भनिन्छ । यस भित्र हावा, पानी, ताप, वनजङ्गल, प्रकाश, भुमी आदी सबै प्राकृतिक स्रोतहरु हुन् । यि स्रोतहरु हामीले प्रयोग गर्दा कुनै किसिमको रकमतिर्नु पर्दैन । सम्पुर्ण मानवजातिले यसको उपभोग गर्न पाउदछ ।
प्राकृतिक स्रोतहरु कनै निश्चिित भुभागमामात्रनभई पृथ्वीको सम्पुर्ण स्थानहरुमा पाइन्छ । त्यसैगरि हाम्रोे देश नेपालमापनिप्राकृतिक स्रोतहरु अत्याधिकमात्रामा पाइन्छन् । प्राकृतिक स्रोतहरु हाम्रो लागीप्रमुख सम्पतीहुन् । नेपालमाप्राकृतिक स्रोतहरु थुप्रै छन । यि स्रोत तथा साधनहरुको सहि सदुपयोग गर्न सकेमा देशको विकाशमा ठुलो सहयोग पुग्दछ । हाम्रो देश नेपालमाविश्वको सर्वोच्चशिखर सगरमाथा रहेको छ । त्येसै गरी हाम्रो देशमानदिनाला, वनजङ्गल, तालतलैया, हिमालआदिपनि धेरै मात्रामा छन् । यि स्रोतहरु हाम्रा सम्पतिहुन।
वर्तमान परिपेक्ष्यमाप्राकृतिक स्रोतहरुको दुरुपयोग हुदा यि साधनहरुको मात्रा घटन थालेको छ । प्राकतिक स्रोतहरुको दुरुपयोग हुदावा यि साधनहरुमा कमि हुदा नेपालमा मात्र नभइ विश्वमा नै ठलो असर पर्दछ । यि साधनहरुको सहि परिचालनगर्न सकिएन भने विभिन्नप्राकृतिकप्रकोपहरु ह्ुने सम्भावना बढि हुन्छ । समयमै वर्षा नभई अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि, बाढि, पहिरो, भुकम्प जस्ता समस्याहरु आई पर्छन् । जसले गर्दा सम्पुर्ण मानवजात�� देखीलिएर जिवजन्तु, पशुपन्छी सबैलाई नकारात्मक असर पर्दछ । त्येसैले ��ि प्राकृतिकप्रकोपको समस्याबाट जोगिन र भावी पुस्ताको उज्जवल भविष्यको लागि प्राकृतिक स्रोतहरुको सहि सदुपयोग गर्ने, यि साधनहरुको विनाश हुनबाट जोगाउने आदिकार्यहरु गर्नु पर्दछ ।
हामीले प्राकृतिक स्रोतहरु निशुल्क रुपमा उपभोग गर्न पाउछौ भन्दैमा प्राकृतिक स्रोतहरुको दुरुपयोग गर्न हुदैन । किनकी हामीले प्राकृतिक साधनहरुको उचित प्रयोग गर्न सकेनौ भने हामीलाई नै नकारात्मक असर पर्न सक्छभन्ने ज्ञान सबैमा हुनु अतिआवश्यक छ । अतमानवजातीको उत्थानको लागीहोस् या देशको चौतफी विकाशको लागी होस् प्राकृतिक साधनहरुको धेरै ठुलो भुमिका रहेको हुन्छ ।
0 notes
Text
खानेपानीको महत्व -सविना खातुन
हाम्रो देश नेपाल प्राकृतिक स्रोतहरुले भरिपुर्ण देश हो । हाम्रो देश नेपालमा विभिन्न प्रकारका प्राकृतिक सम्पदाहरु अत्याधिकमात्रामा उपलब्ध भएको पाउछौ । हुन त सम्पुर्ण प्राकृतिक स्रोतहरु अति नै महत्वपुर्ण हुन्छन् । तर पनि पानी एकदमै महत्पुर्ण पदार्थ हो । मानव जीवनका लागि मात्र नभईकन अन्य जीव तथा बोटविरुवाका लागि पानी अत्यन्त महत्वपुर्ण हुन्छन् । पानी भनेको यस्तो तरल पदार्थ हो जसबाट विभिन्न जीव तथा चराचुरुँगीहरुको जीवनको आधार हो । पानी मानव जीवनको लागी अपरिहार्य तत्व हो । मानिस बिहान उठेदेखि नसुतिन्जेल सम्म पानीको प्रयोग गर्दछ ।
पानी बिनाको जीवन कल्पना पनि गर्न नसकिने भएकाले पानीको ठुलो महत्व छ । हाम्रो देश जलस्रोतमा ब्राजिल पछिको दोस्रो ठुलो धनि राष्ट्र हो । यहा जलविद्युत उत्पादन क्षमतापनि ८३००० मेघावाट रहेको छ । जलस्रोेतमा धनि राष्ट्रभएता पनि यसको सहि परिचालन गर्न नसकेकोले नेपाल एक अविकसित देशको रुपमा चिनिन्छ । हाम्रो देश नेपालमा करिब ६००० नदिनालाहरु छन् तर यसको उचित रुपमा परिचालन हुन सकेको छैन । प्राविधिक ज्ञानको कमी, जनशक्तिको अभाव, पुजीँको अभावआदिको कारणले गर्दा जलसम्पदाको उचित परिचालन गर्न सकेको छैन ।
देशका कतिपय मानिसहरु शुद्ध खानेपानी खान नपाएर अकालमै मर्न बाध्य भएका छन् । शुद्ध खानेपानीको अभावमा विभिन्न किसिमका रोगहरुले धेरै मानिसहरुलाई ग्रसित पारेका छन् । देशमा शुद्ध खानेपानीको अभावको कारण शैजा, जेन्डिस जस्ता रोगहरु फैलन्छन् ।
नेपालको ग्रामिण क्षेत्रमा भन्दापनि सहरी क्षेत्रमा पानीको हाहाकार मच्चिएको पाईन्छ । विशेष गरेर काठमडौँ, पोखरा, विराटनगर जस्ता सहरी क्षेत्रमा पानीको बढि अभाव हुन्छ । जलस्रोतमा दोस्रो ठुलो राष्ट्र भएता पनि लोडसेडिङ्��ले आजसम्म पनि पिछा छोडेको छैन । एकातिर शुद्ध खानेपानीको अभाव र अर्कोतिर अन्धकार जीवन बिताउन मानिसहरु बाध्यभएका छन् ।
जलसम्पदामा दोस्रो धनि राष्ट भएता पनि खानेपानीको अभाव, लोडसेडिङ्ग आदि समस्याहरु रहेका छन् । त्यसकारण यि समस्याहरुबाट बच्नका लागी सम्पुर्ण युवावर्ग तथा सरोकार वालाहरु समेत समयमै विशेष ध्यानपुर्याउनु आवश्यक छ । जवसम्म सरोकार वालाहरु त्यस्तै युवावर्गहरु अघि बढ्दैनन् तबसम्म देशमा अन्धकार र खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै जान्छ । त्यसकारण यस्ता समस्या समाधानगर्न तर्फ अग्रसर हुनु हामी सबैको अहम उत्तरदायित्व हो ।
0 notes
Text
सुखि र शान्तजीवनको लागी शिक्षा -पवित्रा भण्डारी
शिक्षा मानिसको तेस्रोआखाँ हो ।शिक्षा बिना सुखि र शान्त जिवन कल्पना गर्न पनि सकिदैन। जसरी दुलहिलाई सिगार पटारको आवश्यक पर्छ त्यसरी नै सुखि र शान्त जीवनको लागि शिक्षा आवश्यक पर्छ। न्ोपालको ईतिहास र्हेने हो भने विःस १९१० पछि क्रमश शिक्षाको विकास भएको पाइन्छ र शिक्षाले मानवजिवनलाई सरल र सहज बनाउन मदत्त गर्छ ।भनिन्छ नि “शिक्षाबिनाको मानिस पशु सराबर हुन्छ ’’। मानिस अरुप्राणी भन्दा सर्वश्रेष्ठ ,चेतनशिल मानिन्छ ।
आजको युग वैज्ञानिक युगहो ।आजकामानिस खोजनितितपर्m दौडिरहेका छन् । मानिस शिक्षाले गर्दा चन्द्मामा पुग्न सपmल भएका छन्। यदि शिक्षा नभएको भए मानिस जङगल बाट बाहिर आउने थिएन होला ।प्राचिनकाल देखि नै शिक्षाको विकास भईरहेको पाइन्छ । शिक्षा समयअनुसार विकास हुदै आइरहेको छ । तर अरु देशको तुलनामाहाम्रो देशको शिक्षाको स्तर एकदमै कम छ। रामा्रे तथा असल शिक्षा नभएको ले हामा्े देश विकास हुन सकेको छैन । यदिशिक्षा सबैको लागि सर्वसुलभ, राम्रो हुने हो , भने बेरोजगारी को सख्यापनिकमहुन्थ्यो होला। गुणस्तरीय जिवन शिक्षा बिना कल्पना पनि गर्न सकिदैन ।
शिक्षाजिवनको महत्वपुर्ण अङ्ग हो ।शिक्षा ले नै सुखि र शान्त जिवन यापनगर्न सकिन्छ ।शिक्षा बिनाको जिवनवा सुखि र शान्तजिवनकल्पनागर्नु भनेको हत्केलाले सुर्य लाई छेक्नु बराबर हो ।
त्यसैले सुखि,खुसि र शान्तजीवनको लागि शिक्षा अति आवश्यक हुन्छ ।शिक्षा मानिस लाई सहि के?गलत के?भन्ने कुराको जानकारी दिन मद्दत गर्र्छ । मनिसलाई सभ्य र चेतनशिलभएर आप्नो जीवन चलाउन सहयोग गर्छ। शिक्षा यस्तो हुनुपर्छ जसले मान��लाई सकारात्मक तथा असल बाटो तर्फ लैजान प्रेरित गर्न सकोस्, देश विकाशको लागीआफ्नो कर्तव्य तथा भुमिका निभाउन सकोस्, मानवको गलत धारणा तथा सोचाईलाई सकरात्मक बाटो तर्फ लैजान सकोस् । शिक्षाको उदेश्य मानिसले आफ्नो इच्छा अनुसार केहि सिप वा तालिम सिक्न र त्यसै अनुसारको कामहरु गर्नपाओस भन्ने हुनु पर्छ । शिक्षा जीवनको ज्वोति हो । सुखी र शान्त जीवनयापनगर्न शिक्षा एक महत्वपुर्ण अङ्ग हो ।
0 notes
Text
विदेश ले तान्यो नेपाली युवा -सन्दिप रेग्मी
हाम्रो द��श नेपाल समस्या र सम्भावनाको मिश्रीत देश हो । हरेक काम र अवसरमा सम्भावना रहेको छ । त्यसरी नै ति काम र अवसर सम्भावना जस्तै समस्या पनि खडकीएको छ ।नेपालमा सिर्जित विभिन्न समस्या मध्य वैदेशिक रोजगार एक जटिल समस्या बनेको छ । जसले गर्दा नेपाली युवाहरु दिनानुदीन विदेश पलायन हुन बाध्य भएका छन् । पारीवारीक र आर्थिक कारणले गर्दा आज आम नेपाली युवाहरुले आफ्रनो तातो र रातो रगत खाडी मुलुकको बालुवा र अन्य ठाउमा पोख्न बाध्य छन् । शिक्षा स्वास्थ्य लगाएत अन्य क्षेत्रकोहरुको मध्यनजर गदै नेपाली युवाहरु बाध्यता बस विदेशीने क्रम दीन प्रतिदीन बढ्दै गएको छ । विदेशका विभिन्न मुलुकहरुले नेपाली युवाहरुको श्रमको प्रयोग गरी विभिन्न विकास निमार्णका कार्य गरेका छन् तर आफ्रनो मातृृभुमि राष्ट्र नेपालमा उनीहरुको श्रमको कुनै कदर गरिरहेको छैन ।
नेपाली युवाहरुको मुल्यविहीन श्रमको उपयोगको लागी विभिन्न माध्यमद्धारा विदेश लैजाने क्रम बढ्दो मात्रामा रहेको छ । जापानीज भाषा कोरीयन भाषा, डिभी लगाएतका माध्यम द्धारा पलायन भएका छन् ।दिनानु दिन को युवा विदेशीने प्रवृतिले आज सिङगो नेपालनै आज युवा विहीन बनेको छ ।विभिन्न माध्यम द्धरा युवाहरु विदेशीने गर्दछन । कतिपय युवा आर्थीक अवश्थाको कारण ले पनि विदेश पलायन हुन्छन भने कतिपय युवा देखासीकी बाट पनि विदेश पलायन हुने गरेको वर्तमान अवश्था रहेको छ ।यस्तो अवश्थाको कारण ले गर्दा सिङगो नेपालनै मुल्य विहिन श्रमको शोषण गरीएको छ भने विश्वका अन्य मुलुकमा पनि श्रम शोषण गरीएको छ ।
ग्रामीण क्षेत्रमा त झन यसको बढीनै प्रभाव परेको छ ।लेपाली मेनपावर एजेन्सीहरु दलालहरु र रेमिटेन्स लगाएत अन्य माध्यम द्धरा लेपाली युवा विदेश पलायन हुने गर्दछन । लेपाल सरकार अझैपनि देशलाई उभो लाउन नसकीरहेको बेला अझ भावी पुस्ता जुन देशको पछीका देश थाम्ने खम्बा शरु छन ।यिनिहरु लार्य विदेश जान रोक्न सकेको छैन । सरकार सटिफिकेट दीलाउछ अनि पछि फेरी राहादानी बनाउने समयको सीर्जना गराइदीन्छ । यस्तो अवश्थालाई चित्रण गर्ने हो भने विदेश मा नगएको परिवार बीरलै देख्न पाइन्छ ।किन सकिरहेको छैन सरकार युवाहूलाई जान रोक्न किन लाचार छ सरकार सधै झिना मसीना कुराहरुमा मात्र अल्झेर बस्ने हो भने नेपाल दलालको मात्र डेरा भएर चिनिन सक्छ ।
त्यसैले नेपाल सरकारले स्वदेशमा रोवगारको अवसर प्रदान गर्नु पर्छ । स्वदेशमै विभिन्न रोजगार मुलक तालिमको व्यवस्थाको साथै बिना धितोकर्जा उपलबध गराउनु पर्छ युवाहरुलाई तिनीहरुको योग्यता अनुसार रोजगार दिन आवस्यक छ । यदि यसो भएन भने अबको १० देखि १५ वर्षमा हाम्रो देश युवा बिहिन हुनेछ ।
0 notes
Text
लक्ष्य प्राप्तिको लागि मेरो संघर्ष -नारायण भट्टराई
हरेक मानीस जन्मदा नै उसले कुनै न कुनै लक्ष्य बोकेर जन्मिएको हुन्छ । जन्मदा आफु बाँच्नु पर्छ भन्ने लक्ष्य हुन्छ । एउटा बच्चामा । त्यसैले त रुदै आमाको स्तनपानको निम्ति संघर्ष गर्छ । त्यहाँबाट सुरु भएको संघर्ष आफ्नो जिवनको अन्तिमपल सम्म पनि निरन्तर रुपमा चलिरहेको हुन्छ । र त्यहि गति पछ्याउदै दौडेको एउटा पत्रा म पनि हुँ ।
मैले पनि मेरो लक्ष्य प्राप्तिको लागि निकै संघर्ष गरेको छु । जन्मिए, बालापन बित्यो, हासीयो– डुलियो, हरेक कुरा गरीयो तर संघर्ष गर्न चाहीँ छोडीएन । मैले संघर्ष गर्दिन भन्दा कुनै न कुनै तरीकाबाट आफै हुदो रहेछ । मलाई सानैमा कसैले बाबु तिमी पछी गएर के बन्ने भनि प्रश्न गर्दा मैले म त कलाकार बन्ने भनि जवाफ दिन्थेँ । कलाकार यानकी गायक । मेरो सानै देखीको गायक बन्ने तिव्र ईच्छा थियो । विद्यालय स्तरमा गायन प्रतियोगितामा म भाग लिने गर्थे । एक दुई पटक द्धितिय भएँ होला नत्र सँधै प्रथम नै हुन्थे ।
अरुले अरु कसैले गरेका सृजना प्रस्तुत गर्थे भने मेरो बिलकुलै फरक हुने गर्दथ्यो । मैले जस्तो भएपनि आफै सृजना गर्ने गर्थेँ । त्यसैले पनि मौलिकताको आधारमा भएपनि मैले प्रथम स्थान कायम नै राख्थे । म पढेको विद्यालय श्री लिला नि.मा.विमा गुरु वर्गहररुबाट धेरै साथ र सहयोग मैले प���एँ । त्यहा वार्षिकोत्सबमा मैले गित गाएको थिए । त्यो देखेर मलाई श्री छोरेपाटन उ.मा.विका तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सुवेदी ज्यूले बाँकी मावि तहको अध्ययनका लागि आफ्नो विद्यालयमा छात्रबृद्धिमा पढाउने घोषणा समेत गर्नुभयो । जसबाट मलाई मेरो लक्ष्य प्राप्तिमा थप उर्जा थपीयो ।
त्यस लगत्तै जब म छोरेपाटन स्कुलमा आएँ, त्यहाँ विभिन्न प्रतियोगिताहरुमा भाग लिने अबसर प्राप्त गरे । भाग लिँदा म लप्रायः प्रथम हुने गर्दर्थेँ । मलाई अझै याद आउँछ । म कक्षा ९ मा पढ्दा मैले लेखेको जितको गीतमा सामुहीक तिज गित प्रतियोगितामा चार जना पुरुष प्रथम भएका थियोँ । कताकता खुसी र कताकता दुखः पनि लाग्यो । प्रथम भएर खुसी हुुनु आफ्नो ठाउँमा स्वभाविक पनि थियो तर महिलाहरुको पर्वमा पुरुषहरु प्रथम हुनु अलिकति अस्वभाविक जस्तो पनि लाग्यो । तर सबै खुसी नै थिए । तर अर्को पटकको तिजमा भने दिदी र भाईमा आधारीत भएर गित लेखेँ र सोहि अनुरुप गाईयो । अनि प्रथम स्थान पनि काम नै राखियो । यसरी अन्य कार्यक्रमहरुमा पनिमेरो सहभागिता उत्तीकै रह्यो र मैले विभिन्न प्रमाण–पत्रहरु पनि मैले पाउदै गएँ । जुन सुरक्षित साथ जतन गरी राखेको छु ।
त्यस्तै मैले म गायक बन्ने लक्ष्य प्राप्तिको लागि जिल्ला स्तरीय परिक्षा लगत्तै रेडियोमा कार्यक्रम सञ्चालन गर्न सुृरु गरेँ । रेडियो सफलता भर्खरै खुलेको थियो । त्यहाँ गई आफ्नो सम्पुर्ण विवरण दिई म कार्यक्रम चलाउन ईच्छुक छु, भन्दा मलाई केहि वास्ता गरिएन तर मेरो आवाजमा केहि लुकेको छ, त्यसलाई बाहिर निकाल्नु पर्छ भन्दै उक्त रेडियोका निर्देशक गोविन्द कोईरालाले मलाई पुनः बोलाई अन्तरवार्ता लिने क्रममा मैले दिएका गीतका विवरणहरु बाट प्रभावित हुदै उहाँले अरु समयमा विद्यालयको पढाईलाई असर पर्ने भन्दै शनिबार विहान ९ बजेको कार्यक्रममा समय दिनुभयो ।
त्यहाँबाट सुरु भएको मेरो रेडियोको यात्रामा मलाई देवेन्द्र क्षेत्री, मधु अधिकारी, दुर्गा अधिकारी, कमल अर्याल, भिम थापा, दुर्गा राणा, तारा पौडेल, प्रल्हाद चन्द्र घिमिरे लगायत अन्य धेरैले निकै सहयोग गर्नु भएको छ । मैले रेडियोमा काम सुरु गरेपछि मलाई विभिन्न ठाउँबाट अतिथि कलाकारको अबसर पनि आयो र म आज यो स्थानमा आईपुगेको छु । मैले आज मेरो आत्मिय मित्र कमल अर्याल र सुरेश सिग्देलको सहयोगमा मेरो पहिलो गित बजारमा ल्याएको छु । जसको लागि काठ्माण्डौँमा जनता डिजिटल एण्ड फिल्मस्का प्रोपाइटर केशव साप��ोटाले पनि त्यतिकै साथ र सहयोग गर्नु भएको छ । मेरो पहिलो प्रयास सक्ने भए विर्सेरै बस्थेँ होला म नी ले नै बाँकी मेरो भविष्य निर्धारण गर्नेछ ।
0 notes
Text
अझै आएन नेपालको संविधान- निराजन कठायत
कुनैपनि राष्ट्रको भाग्य कोर्ने देशको मूल कानुनलाई संविधान भनिन्छ र संविधान विभिन्न नियम कानुनहरु र राज्य सञ्चालन सम्बन्धीको अवधारणालाई नै संविधानको मूल भागमा समेटीएको हुन्छ । राज्यमा सुशासन, समानता र बिकास सुखी कार्य सञ्चालनको लागि संविधान आवश्यक पर्दछ । संविधानले गरीव अपाङ्ग, अशक्त, महिला, दलित, मधेशी, पिछडीएका वर्ग लगायत अन्य वर्गहरुको उचित अवसर पनि प्रधान गर्दछ । राज्यलाई कसरी सञ्चालन गर्ने भावि कार्य योजना समेत संविधानका विभिन्न धारा उपधारामा व्यवख्या गरीएको हुन्छ । विश्वको हरेक देशहरुमा संविधान रहेको छ, भने बेलायतमा हाल सम्म लिखित संविधान छैन । वर्तमान समयमा मानीसहरुका नकरात्मक क्रियाकलापहरुले गर्दा दिन प्रतिदिन संविधान आवश्यकता बढ्दो मात्रामा आवश्यकता बढ्दो मात्रामा रहेको छ ।
नेपालको सन्दर्भमा अहिले आएर संविधान आकाशको फल आँखा तरि मर भन्ने नेपाली उखान जस्तै भएको छ । २०६२÷६३ सालको जनआन्दोदन पश्चात नेपालमा संविधान निर्माूणको लागि भनि २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव सम्पन्न भयो । उृक्त संविधानसभाले संविधान दिन्छ भन्ने नेपालीहरुमा पुर्ण आशा रहेको थियो तर उक्त आशा सपनामा परिणत भयो । यो नेपालीहरुको लागि दुरभाग्य हो । यसरी चुनाव गर्दा पनि नेपाली जनताको आसामा समेत प्रश्न चिन्ह खडा भएको थियो । एनेकपा माओवादी, नेकपा एमाले, नेपालरुी काँग्रेस र मधेशी दलहरुले नेपालरुी जनताको आसा र विर सहिदहरुको रगतमा पौडी खेली पहिलो संविधानसभा संविधान विनानै विघटन हुन पुग्यो । उक्त संविधानसभाले गर्दा नेताहरुले घर बनाए, पुजीवादीहरुको विकास भयो, संविधान नेपाली जनताहरुले पाउन सकेनन् । संघियता सहितको संविधान, शासकिय स्वरुप, राज्य पुनसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणाली लगायतका मुख्य विषयहरुमा आपसी द्धन्द्ध सृजना भएका कारणले गर्दा पहिलो संविधानसभाले संविधान दिन सकेन ।
नेपालमा संविधान निर्माण गर्नका लागि पूनः २०७० साल मंसिर १४ गते दोश्रो संविधानसभाको निर्वाचन ��यो । उक्त निर्वाचनमा पनि उनै पुराना र पुजिवादी नेताहरुकै बाहुल्यता भयो । दोश्रो संविधानसभाको निर्वाचन भएको पनि एक वर्ष वितिसकेको छ तर अहिले सम्म संविधान बन्न आवश्यक पुर्वाधार निर्माण्ढा भएका छैनन्, भनौ संविधानको मस्यौदा पनि बन्न सकेको छैन । यसले गर्दा संविधान पक्कै बन्छ त भन्ने कुरामा नेपालीहरु विश्वस्त छैनन् । संविधानको विषयमा अझै धेरै प्रश्नहरु उठाउने गर्छन जनता । नेपालमा संविधान हाल सम्म पनि नबन्नु मूख्य कारण संघियता नै हो । एमाओवादी र मधेशी दलहरुले पहिचान सहितको संघियता र संघियता सहितको संविधान निर्माण गर्नुपर्ने कुरामा जोड दिदै आएका छन्, भने नेपाली कााग्रेस र एमाले लगायतका दलहरुले एकल जातिय संघियता हुन नहुने बताउदै आएका छन् । कुन विषयमा नेपालको लागि उचित हुन्छ भन्ने कुरा समयले नै देखाउला तर नेपालका जनताको संविधान खोई ? कुर्ची सत्ता र भत्ताले गर्दा आज नेपाल संविधान बिहिन राष्ट्र हुन पुगेको छ । नेताजीहरुको भाषण र बोलीमा संविधान आए पनि लिखित रुपमा भने संविधान आएको छैन । अन्तरीम संविधानले नै आज नेपालमा कानुन नियमहरु तर्जुमा भएको र राज्य सञ्चालन भएको पाउन सकिन्छ । नेपालमा संविधान नबन्नुमा विदेशी हस्तक्षेप समेत यताकता पाउन सकिन्छ । साँच्चै हामी नेपालीले संविधान पाउन छ भने र राजनेताहरुले संविधान जनतालाई दिन छ भने हामी जनताले आ–आफ्नो ठाउँबाट नेताहरुलाई संविधान बनाउन र संविधान बनाउन चुनिएका नेताहरुले कुर्चीको मोह त्यागी कसैको पुतलि नबनी आफ्नो जिम्मेवारीमा लाग्नुपर्दछ । यदी यसो गरेमात्र नेपालमा नयाँ संविधान बन्नेछ र नेपालीहरुले नयाँ संविधान पाउने छन्, नयाँ निति र नियम पाउने छन् । अनि मात्र आनन्दको स्वास फेर्न सक्छन् नेपालीहरु ।
0 notes
Text
गरिबलाई कानुन्, धनिलाई सुबिधा— रमेश आचार्य
भनिन्छ जो सोझो उसको मुखमा घोचो । यो साँच्चै यस्तै नै भएको छ आज नेपाली समाजमा । जसरी एउटा बाच्छो सोझो भयो भने त्यसलाई गोरु बनाइन्छ, जसरी रुखे सोझो भयो भने त्यसलाई दलिन बनाइन्छ, त्यसरी नै जो मानिस आर्थिक रुपमाकमजोर छ, उसलाई नै यो समाजमा दण्ड सजाय र केबल उसलाई नै छ यहाँ जेल सजाएँ । नेपालमाजुनसुकै संबिधानवाअन्तरिम संबिधानभएतापनिउक्त संबिधानले ब्यावाहारिक रुपमागरिव जनतालाई समेट्न सकेको छैन । कापिको पाना र शिंहदरवारमासिमित रहेको नियमकानुनलाई धनिवर्गले राता रात पैसामाकिनबेच गरिरहेका छन् । के कानुन बेच्न राखीएको सामानहो ?होइनभने किनकानुनको किनबेच गरिन्छ ? यो प्रश्नको उत्तर खोज्न बिबस छन् गरिव नेपालीजनता । आज नेपाली समाजमामानवअधिकार आयोग, नागरिक समाज, नेपालप्रहरी, अख्तियार दुरुपयोग अनुशन्धानआयोग, बिभिन्नतहकाअदालतले पनिगरिब जनतालाई कानुनमामात्र बाँध्दछ, धनिलाई बाँध्दैन किन? भनिन्छ हाम्रो देश नेपाल एउटा सार्वभौम् सत्ता राष्ट्र हो । यहाँ हरेक नेपालीलाई‘ लिखित रुपमा समाननियमकानुन र सुबिधाहरु छन् तर खोई ब्यावाहारिक रुपमा समानता? एउटा गरिब मज्दुरले गिटि बालुवाचालेर आफ्नो संघर्षको जिवनबिताउँदा नेपाल सरकारले गिटि बालुवामा रोक लगाउँछ तर धनिहरुले रातारातदुई नम्बरी धन्दागर्दा समेत नेपाल सरकार लाचार भएर बसेको देखीन्छ । नेपाल सरकार र अन्यनिकायहरु इतिसम्मलाचार छन् किकालाब्यापारीलाई करको दायरामाउभ्याउन समेत असफलभइरहेका छन् । नेपालमाकानुन कस्का लागिहो ? सेतित्रिशुलीकाकिनारमादिनरातनभनिबालुवाचाल्नेहरुको लागि, गाउँगाउँमा कुटो कोदालीगर्नेकालागि, भारीसँगआफ्नो जिवनको अस्तित्वखोज्ने भरीयाकालागि या कालाब्यापारी, दलाल, पदको दुरुपयोग कर्ता, भ्रष्टचारीकालागि? यस्ता प्रश्नको स्पष्टिकरण माग्दै छन् गविजनताहरु । यसरी सरकार लाचार भएर बस्नु भएन । हामी सबै नेपालीहौँ, त्यसैले समान सुबिधा र कानुनतर्जुमागरिनु पर्दछ । धनिलाई सुबिधा र गरिवलाई कानुनमात्रनिर्माण भएमाहाम्रो देश नेपाल केहि बर्षमापतनहुननसक्लाभन्नमिल्दैन । सरकारी निकायमा समान सहभागिता, समानन्याय प्रणाली र समानअवसर प्रदान गरेमामात्रगरिव जनताले वास्तविकजिवनको अर्थ थाहपाउने छन् । नेपाल सरकारले गरिव जनताकालागिनगरपालीका घोषणा होईन बरु अवसर र रोजगार घोषणा गरेमामात्रगरिवीन्युनिकरण गर्न सकिन्छ । अबकाभाविदिनहरुमान्यायको तराजुमा पैसा र राजनितिहोइनन्याय र अन्यायतौलिनु पर्दछ । धनि र गरिब दुबैलाई समानकानुन र समान सुबिधाप्रदानगरिनु पर्दछ । अख्तियार दुरुपयोग अनुशन्धानआयोगले धनि र ठुला स्तरकाब्यक्तीलाई पनिकानुनको दायरामाल्याउनु पर्दछ । अबबन्ने नयाँ संबिधानमापनिगरिबकाहकअधिकार र सुबिधालाई समान रुपमा समेटिएको हुनु पर्दछ । गरिब धनमागरिब हुन्छन् तर राष्ट्रियतामा होइन ।
0 notes
Text
प्राकृतिक प्रकोपले पोखरालाई पनि छोडेन् -नारायण भट्टराई

प्रकृतिको धनी देश नेपाल, यहाँको हरियाली वातावरण, यहाँको रहनसहन रितीरिवाज आदिले मन नलोभिने मानिस त सायद कोहि पनि नहोला अझ त्यसमा पनि पोखरा । पोखरा नेपालकै सुन्दर नगरी हो, अर्को अर्थमा भन्दा नेपालको दोस्रो राजधानीको रुपमा पोखरालाई लिइन्छ । विभिन्न तालहरु, गुफा, हिमाल, अझ फेवातालमा पर्ने माछापुच्छे्र«को छायाँ झन यसबाट प्रभावित नहुने त को नै होला र ?
तर यही प्रकृतिको वरदान मानिने पोखरामा आज प्रकृतिले नै हस्तक्षेप गर्न खोजे जस्तो महसुस भएको छ । अहिले आएर यहाँका मृग सावकहरु खेल्ने हरियाली पाखाहरु नाङ्गिदै गएका छन् । विभिन्न राष्ट्रबाट आउने पर्यटकहरुले विश्राम लिन बस्ने छहारी पनि बिस्तारै लोपोन्मुख बन्दै छ । हिजोका दिनमा आफ्ना मोतिसरी हिउँ टलक्क टल्काउने माछापुच्छे« अन्नपुर्ण लगायतका हिमालहरु आज केबल चट्टानमा परिवर्तन हुदैँ गैरहेका छन् । लहलह धान झुल्ने खेतियोग्य भुमीहरु पनि विस्तारै प्लटिङ्ग हुने र त्यहाँ ठुला ठुला महल बन्ने क्रम बढ्दो छ ।
यहाँका ठुलाठुला वनजङ्गल नाङ्गीएका कारणले गर्दा जमिनले पहिरोको रुप देखाएको छ । स्वच्छ कञ्चन मानिने यहाँको फेवाताल केबल फोहोर फाल्ने कन्टेनरमा परिवर्तित भएको छ । अझै यसको आकार दिन प्रतिदिन घट्ने क्रम तिब्र छ । सात तालको वाटीका शहरको रुपमा चिनिने लेखनाथका केही ताल पनि सुक्दै गएर मैदान हुने अबस्थामा छन् । त्यस्तै विभिन्न क्षेत्रमा प्रकृतिको प्रत्यक्ष आक्रमण हँुदा बाढी, पहिरो आदिको समस्या पनि देखा परेको छ ।
वि सं २०६९ सालको वैशाखमा पोखरामा आएको सेती बाढीले कयौं मानिसलाई बगाएर लग्यो, ठुलो मात्रामा धनजनको क्षती भयो । त्यस समयमा तत्कालिन सरकारले बाढी पिडितलाई केहि राहत त दियो तर पुर्ण रुपमा पिडितको मर्मलाई टार्न सकेन । त्यसैगरी वि.सं २०७० को मङसिरमा अर्मलामा गएको भुँगानले कैयौँको दुई छाक टार्ने जमिन नै नास गरि लग्यो । कतिले यसलाई नागले गरेको संज्ञा दिए त कसैले अरु नै केही । त्यति बेला पनि शुसिल कोइरालाको सरकारले १५ करोड खर्च हुने क्षेत्रमा जम्मा २२ लाख नगद प्रदान ग¥यो । भुँगान पुर्ने र सडक मर्मतको लागि दिइएको उक्त रकमले एक छेउ सम्म पनि भेटेन । भाषणमा भनिएको बजेट विनियोजन गर्नेकार्य भाषणमा मात्र सिमित भयो । भर्खरै चुनाव जितेर गएका सभासदले पनि जति भने पनि राहतका लागि केहि गरेनन् ।
त्यस्तै त्यहाँको आलो घाउ आलो नै रहँदा पोखरामै पुनः अर्को प्राकृतिक हस्तक्षेप हुन पुग्यो । पोखराको मर्दी खोला, लेकसाइड, पुम्दीभुम्दी लगाएतका क्षेत्रमा पनि पहिरोका समस्या देखिए । त्यस्तै त्यो भन्दा ठुलो कुरा त पर्यटकीय स्थल विश्व शान्ति स्तुप नै धरासायी बनेको छ । त्यहाँ ६ महिनाको लागी प्रवेश निषेध गर्नुपर्ने वाध्यता छ ।
यदि यसरी नै प्रकृतिले पोखरालाई लत्याउने हो भने त भोलि पोखरा भन्न पनि नपाइएला जस्तो छ । त्यसैले आजैबाट हामीले हाम्रो ठाउँ बाट सक्ने कार्य गरी हामीबाट हुने रोकथामको पहल त गर्नैपर्छ । प्रकृतिको क्षतिलाई त हामीले रोक्न सम्भव छैन तर सक्ने जति गर्नै पर्छ ।
0 notes
Text
ग्रामिण स्वास्थ्य समस्या –अस्मिता अधिकारी
नेपाल ग्रामिण क्षेत्रले भरिपूर्ण भएको देश हो । ७५ प्रतिशत भन्दा वढी भुभागमा रहेको ग्रामिण क्षेत्र आपैंमा विकासमा पछि परेको छ । ग्रामिण क्षेत्रमा अवस्थित विभिन्न समस्या मध्ये एक मुख्य एवं संवेदनशिल समस्या स्वास्थ समस्या हो जसले यस समुदायमा पूर्ण रुपले जरो गाडेको छ ।
स्वास्थ्य मानिसको महत्वपूर्ण धन हो । जब स्वास्थ्य राम्रो हुन्छ, तब मानिसले जुनसुकै काम जोश र जाँगरका साथ गर्न सक्छन् । तर अहिलेको अवस्थामा हेर्ने हो भने शहर बजारमा प्रशस्त मात्रामा स्वास्थ्य संस्थाहरुको निर्माण भएको छ । सरकारी तथा अन्य निजी संस्थाहरुको लगानी पनि बढी प्राथमिकता सहरी क्षेत्रलाई नै रहेको छ । यस्तो अवस्थामा ग्रामिण क्षेत्रमा स्वास्थ्य संस्थाहरुको विकास हुन सकेको छैन ।
गाउँमा राम्रोसँग विकासका पूर्वाधारहरुको विकास हुन सकेको छैन । गाउँमा मानिसहरु अझैपनि अशिक्षित रहेको पाईन्छ । उनीहरु विरामी हुँदा अस्पताल जानुको ��ट्टा धामी झांक्रीकोमा जाने गर्छन । सुत्केरी हुँदा उनीहरु घरमै सुत्केरी गराउने भनी अस्पताल जान मान्दैनन् । जसले गर्दा आमा र बच्चाको स्वास्थ्य बिग्रन गई अकालमा मृत्यु समेत हुन जान्छ ।
त्यस्तै गाउँमा भएका स–साना स्वास्थ्य चौकीमा पनि औषधी उपचार नहुदाँ झाडापखाला, हैजा जस्ता साना रोगहरुले पनि भयानक रुप लिएको पाइन्छ । त्यस्तै गरी सरकारी कर्मचारीहरुले पनि गाउँमा गएर काम गर्न नखोज्ने र उनीहरुलाइर् दिइनुपर्ने सुविधाको पनि कमी भएकाले उनीहरु ग्रामिण क्षेत्रमा जान खोज्दैनन् । आफ्नो गाउँ आफै बनाउँ भन्ने अवधारणालाई आत्मसाथ गरेमा मात्र ग्रामिण क्षेत्रको विकास सम्भव छ । अवका भावी दिनहरुमा सरकारी निकायबाट बजेट विनीयोजन गर्दा पनि ग्रामिण क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्छ । नेपालमा बिभिन्न देशहरुबाट आएका सहयोगी बजेट पनि बिशेषगरी ग्रामिण क्षेत्रको विकासको लागि लगानी गर्नुपर्छ । त्यस्तैगरी ग्रामिण जनसमुदायमा पनि श्रम प्रदानगरी ग्रामिण क्षेत्रको विकासका अघि बढ्नुपर्छ ।
0 notes
Text
मेरो अविस्मरणिय यात्रा –पवित्रा भण्डारी
हामी कक्षा नौ मा पढ्दा विद्यालय बाट शैक्षिक भ्रमणको निम्ती धम्पुस बाट खासा गएका थियौ । २०६८ सालको मंसिर महिनामा विद्यालयका साथीहरु, सरहरु सँगको उक्त यात्रा मेरो लागि एकदमै अविस्मरणिय बन्न पुग्यो । उक्त शैक्षिक भ्रमणका लागि हामी सबैजना बिहान ८ बजे घट्टे खोलामा जम्मा भएर हाम्रो यात्रा सुरु गरेका थियौं । यो दिन त हामी जाँदाजाँदै कतै नघुमिकन समय बितेको थियो । घाम लागेकाल यो दिनको मौसम पनि राम्रो थियो । सबैजना गफगर्दै रमाउदै मुग्लिन पुगेर खाना खाएर हामी त्यहा बाट हिड्यौ । काठमांडौ पुग्दा त्यस्तै साझँको ६ बजेको थियो । त्यो दिन हामी काठमांडौमा नै बस्यौ । दिनभरी को बसको यात्राले गर्दा हामी खाना खाएर सुत्यौ । दोस्रो दिन बिहान ४ बजे तिर उठेर सबैजना काठमांडौ बाट खासा जानेतर्फ लाग्यौ । हामी सबै जना गित गाउँदै रमाईलो गर्दै गयौं । बाटोमा पुराना घरहरु देखियो । हामी ११ बजेतिर खाना खान लाग्यौ । अनि फेरी हामी हाम्रो गतव्यतिर लाग्यौ । बाटो बिग्रेको थियो । ठाउँ ठाउँमा पहिरो गएको थियो । बाटो एकदमै अग्लो ठाउँमा थियो । हामी बिचमा पुगेपछि जाने कि नजाने जस्तो पनि भयो । अनि विस्तारै–विस्तारै गरि हामी नेपाल र चिनको बोर्डर सम्म पुग्यौ । ब���र्डरमा एउटा पुल थियो, आधा नेपालको र आधा चिनको । त्यही पुलपनि नेपालको तर्फ एकदमै फोहोर र कालो थियो, तर चिनको तर्फ टेक्दा पनि फोहोर लाग्छ कि जस्तो थियो । हामीहरुलाई त्यहाँ उनिहरुले हाम्रो परिचयपत्र हेरेर प्रवेश गर्न दिएका खिासाको अवलोकन गरेर त्यहाँबाट काठमांडौ तर्फ फर्कियौ । तेस्रो दिन बिहान हामी काठमांडौमा अवस्थित मन्दिरहरुको अवलोकन गर्न तर्फ लाग्यौ । पहिला हामी स्वयम्भुनाथको दर्शन गर्यौ । अनि त्यसपछि पशुपतिनाथको दर्शन गरी खाना खाएर काठमांडौमा रहेको धरहरा हेर्न तर्फ लाग्यौ । धरहराबाट काठमांडौ शहर निकै राम्रोसँग देखिदो रहेछ । हामी त्यहाँबाट खाजा खाएर फर्कियौ । चौथो दिन पनि वुढानिकण्ठ, घण्टाघर, भक्तपुर, पाटनदरबार, पच्चपन्न झ्याले दरबार, नारायणहिटि दरबार, आदि ठाउँको अवलोकन गर्यौं । यो दिन एकदमै रमाईलो सँग बित्यो । अर्को दिन विहान ५ बजे नै उठेर नास्ता खाएर जाउँलाखेलको चिडियाखाना तर्फ पुग्यौ । त्यहाँ हामीले धेरै प्रकारका जनावर, चराचुरुङ्गि आदिको अवलोकन गर्यौ । सोहि दिन बजार तिर केहि सामान किनेर हामी सबैजना घरतर्फ फर्कियौ । हामी त्यहाबाट मलेखु, मुग्लिन, पोखरा, हेम्जाहुदै धम्पुस पुग्यौ । अनि सबैजना स्कुलमा पुगेर छुिट्यौ । यसरी हाम्रो पाँच दिन यात्रा मेरो लागी अविस्मरणिय बन्नपुग्यो ।
0 notes
Text
GLFP मा दर खाने कार्यक्रम सम्पन्न -नारायण भट्टराई

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा यहि भाद्र ११ गते अल्टरनेटिभ्स् नेपालका छात्रहरुले गत वर्ष जस्तै यस वर्ष पनि न्ीँए का छात्राहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेका छन् ।
संस्कृति अनुसार विवाहित चेलीहरु माइतीमा र अविवाहित चेलीहरु मामाघर गइ दर खाने प्रचलन रहेको छ । सोहि क्रमलाई पछ्याउँदै अल्टरनेटिभ्स् नेपालका छात्रहरुले पनि वर्षै पिच्छे दर खुवाउने गरेक�� बताए । उनीहरुका अनुसार घर जानेहरु घर गए, रमाइलो गरी मनाए तर घर नगइ यहि बसेकालाई पनि घरमा नै गएजस्तै आभास दिलाएका छौँ र दाजुभाईले निभाउनु पर्ने कर्तव्य निभाएका छौँ जस्तो लागेको बताए ।
उक्त कार्यक्रममा दर सम्बन्धि परिकार बनाएर खुवाउने र विभिन्न तीजका गित संगितमा नाच्ने गाउने गरी मनाइएको थियो ।
0 notes
Text
मेरो रमाइलो विदा –पवित्रा भण्डारी

गएको साउन महिनाको २५, २६ र २७ गते क्रमशः जनैपुर्णिमा, गाईजात्रा र टोंटे पर्व रहेको थियो । यो तीन दिन हाम्रो क्याम्पस बिदा थियो । म घर नगएको पनि धेरै दिन भएको थियो । त्यसैले उक्त विदाको दिनमा म घर गएको थिए । घर गएर बाबा, आमा, हजुरबाबा, हजुरआमा, दिदी, भाई तथा घरको सबैजना सँग भेट्न पाए । मलाई सबै जना लाई भेट्दा रमाइलो लाग्यो ।
हाम्रो देश मा धेरै प्रकारका धर्म मान्नेहरु छन् । जनैपुर्णिमा बिशेष गरी हिन्दू धर्म मान्नेले मनाउने गर्दछन । यो पर्ब विभिन्न समाजले फरक फरक प्रकारले मनाउने गरेको पाईन्छ । केहिले भिनाजु अथवा भान्जा हरुले घर आएर रक्षाबन्धन बाध्ने चलन छ भने कोहिले दिदी बहिनी ले आफ्ना दाजुभाईको दिर्घायु को कामना गर्दै हातमा राखी बाधी विभिन्न थरिका मिठाई हरु दिने चलन छ । तर मैले यो पर्ब मनाउन पाईन किनभने हाम्रो काकाको आमा बित्नुभएको १ बर्ष भएको थिएन । यो दिनमा पानी परिरहेको थियो । पानी परेकोले कतै पनि जान सकिएन ।
२६ गते गाईजात्रा को दिन थियो । यो पर्ब विशेष गरी नेवार जातिले मनाउने गर्छन । तर हाम्रो गाउँमा नेवार बस्ती नभएर गाईजात्रा हेर्न पाइएन । त्यहि दिनमा मेरा पुराना सबै साथीहरुसँग भेट भयो । धेरै पछी सबै साथीहरु सँग भेट हुन पाएकोमा एकदमै खुशी लाग्यो । सबैजना पढ्नको लागि विभिन्न ठाउँमा गएको भएर भेट भएको थिएन । सबैले स्कुलको समयमा बितेका पलहरु सुनाउने, गफ गर्ने गयौं । अन्तिममा सबैजना छुट्टिदा नरमाइलो लाग्यो । घरमा फर्कदा रात प���िसकेको थियो । तेसैले खाना खाएर म सुत्न गए । अर्को दिन २७ गते टाेंटे पर्बको दिन थियो । यो पर्ब बिशेष गरी गुरुङ समाजले मनाउने गरेको पाइन्छ । यो दिनमा उनीहरुले मन्दिरमा गएर आफ्नो तरिकाको बाजा बजाउने, विभिन्न प्रकारका खानेकुरा बनाउने र भेटघाट गरी रमाइलो गर्ने गर्छन । त्यो दिनमा उनीहरुले पुजा गर्ने मन्दिरमा गएर बाजा बजाएको र उनीहरु नाचेको हेंरे । अनि बिहानीको खाना खाएर म पोखरातर्फ फर्किए ।
अझ पोखरा फर्किएपछि साथीहरुसँग भेटेर कोहिनूर फिल्म हेर्न जाँदा झन रमाइलो भयो । त्यसपछि म होस्टेल तर्फ फर्किए । यसरी मेरो तीन दिनको बिदा रमाईलोसँग सम्पन भयो ।
0 notes