#ससदल
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी काँग्रेसका २६ सांसदले अस्वीकार गर्ने वासिङ्गटन, ५ माघ- आगामी शुक्रबार सम्पन्न हुन गै रहेको ४५औं अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी काँग्रेसका २६ सांसदले अस्वीकार गर्ने भएका छन् । अमेरिकामा दुई सदनात्मक ब्यबस्थापिका (संसद)लाई राष्ट्रिय काँग्रेस भनिन्छ । तल्लो सदन (प्रतिनिधि सभा) र माथिल्लो सदन (सिनेट) समेत गरी यसको दुबै सदनमा सदस्यसंख्या जम्मा ५३५ रहेको छ । अस्ति मात्र अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्र्याटिक पार्टीका एक सम्मानित सदस्य जोन लुइसले नवनिर्वाचित ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको चर्को आलोचना गर्दै सिंगो डेमोक्र्याटिक पार्टीलाई समेत तथा नाम गाली गरेका थिए । यसको कडा प्रतिबाद स्वरुप छब्बीस जना डेमोक्र्याट काँग्रेस सदस्यहरुले सो औपचारिक शपथ ग्रहण समारोह बहिष्कार गर्ने बताएका हुन् । यसैबीच, नवनिर्वाचित डोनाल्ड ट्रम्पले बेलायती र जर्मनी पत्रिकाहरुलाई अन्तर्वार्ता दिँदै बेलायतले युरोपेली संघ त्याग गर्ने बारे गरेको ��ूर्वनिर्णयको प्रशसा गर्दै अन्य देशले पनि त्यसैगरी बिस्तारै युरोपेली संघ त्याग गर्दैजाने विश्वास व्यक्त गरेका थिए । साथै, ट्रम्पले जर्मनीकी चान्सलर एन्जेला मार्कलको ठूलो संख्याका बाहिरिया शरणार्थीलाई जर्मनीमा स्वगत गर्ने नीतिको तीब्र आलोचना गरेका थिए । उनको यस्ता अभिव्यक्तिहरु बर्लिन र पेरिसले पटक्कै रुचाएनन् । तत्कालै प्रतिक्रिया ब्यक्त गर्दैै चान्सलर मर्केलले युरोपेलीहरुको भाग्य आफ्नै हातमा रहेको बताइन् । साथै युरोपेली बलिष्ठ एकता नै ट्रम्पलाई गतिलो जबाफ हुने पनि बताइन् । यस अतिरिक्त, ट्रम्पले ब्यक्त गरेका ब्रेक्जिटको प्रतिक्रिया स्वरुप चान्सलर मर्केल र र फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलाँदले युरोप आफ्नो मूल्य तथा मान्यताबाट निर्देशित हुने भन्दै आफ्नो मार्ग तय गर्न बाहिरिया उपदेशको आवश्यकता नरहेको टिप्पणी गरेका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
विकासका लागि यि सांसदले जनाए यस्तो प्रतिवद्धता कञ्चनपुर, २९ पुस । कञ्चनपुरको बेलडाँडी नगरपालिकाको दोस्रो नगर परिषद् बिहीबार उद्घाटन गर्नुहँुदै व्यवस्थापिका–संसद्का सांसद दिवान सिंह बिष्टले विकासका कार्यक्रम सञ्चालन गर्नका लागि आफू कटिबद्ध रहेको बताउनुभएको छ । विकास कार्यका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर समान तरिकाले कार्य गरेको उहाँले बताउनुभयो । “जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हुलाकी राजमार्ग, शुक्लाफाँटा आरक्षको स्तरोन्नति गरी निकुञ्जमा परिणत गर्ने कार्य मेरै पहलमा भएको छ”, उहाँले भन्नुभयो । नगरपालिकाका कार्यकारी अधिकृत गणेश दत्त भट्टले आव २०७४÷७५ को रु नौ करोड १४ लाखको बजेट परिषद्समक्ष प्रस्ताव गर्नुभएको छ । सडक ग्राभेल, तटबन्ध निर्माण, जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति, स्वास्थ्य चौकीको भौतिक संरचना निर्माण, पुलपुलेसा, कल्भर्ट निर्माण, तालतलैया संरक्षण र दलित जनजाति, महिला अपाङ्ग, बालबालिकाको सशक्तीकरणका लागि बजेटमा प्रस्ताव गरिएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सांसदले गाउँलेलाई दिए एम्बुलेन्स र खुशी एकैसाथ कञ्चनपुर, २१ पुस- संंसदीय विकास कोषको रकमबाट स्थानीय झलारी पिपलाडी नगरपालिकास्थित पिपलाडी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स आज हस्तान्तरण गरिएको छ । संसदीय विकास कोषबाट प्राप्त रु आठ लाख ३० हजारबाट खरिद गरिएको एम्बुलेन्स सांसद कृपाराम रानाले स्वास्थ्यचौकी सञ्चालन समितिका सदस्य सचिव चेतराज भट्टलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले दुर्गममा रहेको स्वास्थ्यचौकीले एम्बुलेन्स सेवा सञ्चालन गरी सर्वसाधारणको उपचारमा थप टेवा पुग्ने बताउनुभयो । स्वास्थ्य चौकीका निमित्त कार्यालय प्रमुख दिलीपसिंह साउदले सांसद रानालाई दुई कोठे पक्की भवन, इन्सीनेटर, डम्पिङ साइट, पर्खाल रङरोगनका लागि रु १७ लाख ५० हजार रकमको व्यवस्था गरिदिनका लागि आग्रह गर्नुभयो ।
0 notes
nepal123 · 8 years ago
Text
सांसदले मागे भन्सार छुटको गाडी
सांसदले मागे भन्सार छुटको गाडी
१३ असोज, काठमाडौं । व्यवस्थापिका संसदमा सांसदहरुलाई भन्सार छुटका गाडी माग भएको छ । संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद प्रेम किशोर साह तेलीले सांसदहरुलाई गाडी माग गरेका हुन् । सांसदहरु टेम्पो कुरेर बस्न नसक्ने भन्दै उनले १५ वर्षसम्म बेच्न नपाउने गरी भन्सार छुटको गाडी माग गरेका छन् । साथै उनले सांसदहरुको तलब भत्ता बढाउन पनि माग गरे । पत्र��त्रिकामा सांसदहरुको तलब भत्ता…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Text
काँग्रेसकै सांसदले गरे सरकारको बिरोध
काँग्रेसकै सांसदले गरे सरकारको बिरोध
१२ असोज, काठमाडौं । इलाकालाई आधार मानेर स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने सरकारी निर्णयप्रत्ति स्वयं सत्तारुढ नेपाली काँग्रेसकै सांसद्हरुले आपत्ति जनाएका छन् । कैलाली घटना प्रकरणः ओलीले ट्वीटरबाट दिए जवाफ व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिको आज सिंहदरबारमा बसेको बैठकमा काँग्रेसका सांसद्हरुले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि सामु इलाकालाई आधार मानेर स्थानीय तहको सीमाना र…
View On WordPress
0 notes