#भरद
Explore tagged Tumblr posts
Text
पोखरा प्रिमियर लिगको ट्रफी सार्वजनिक
पोखरा । भोलिबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।
पीपीएल खेल्ने ६ टिमका मार्की प्लेयरले फेवातालको डिलमा उभिएर ट्रफी सार्वजनिक गरेका हुन् । भोलिबाट सुरु हुने टी-२० लिगमा पोखरा पल्टन, काठमाडौं किङ्ग्स, चितवन राइनोज्, बुटवल ब्लास्टर, बिराटनगर टाइटेन्स र धनगढी ब्जूल छन् ।
पोखरा क्रिकेट मंदानमा भोलि हुने उद्घाटन खेलमा भरद भेषावकर नेतृत्वको पोखरा पल्टन र सन्दीप लामिछानेको विराटनगर टाइटेन्स भिड्नेछन् ।
प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ पाउनेछ ।
0 notes
Text
मोटरसाइकलमा पेट्रोल भर्दा पेट्रोल पम्पमा आगलागी
मोटरसाइकलमा पेट्रोल भर्दा पेट्रोल पम्पमा आगलागी
२२ असोज, धनगढी । कैलालीको अत्तरिया नगरपालिकास्थित अम्बर आयल स्टोरमा आज बिहान आगलागी भएको छ । फाइल फोटो बा६७प५०२३ नंको मोटरसाइकलमा पेट्रोल भर्दै गर्दा अचानक लागेको आगो पम्पमा समेत सल्किएको थियो । पेट्रोल पम्प स्थानीय व्यापारी जयप्रकाश मोहपालको रहेको बुझिएको छ । बिहान ७ः३० बजे भएको आगलागीबाट मोटरसाइकलका साथै पेट्रोल पम्प जलेर क्षतिग्रस्त भएकोे इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । जलेको…
View On WordPress
0 notes
Text
हङकङविरुद्ध शरद भेषावकरको स्थानमा कसले खेल्ला ?
२६ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध खेल्नु अघिल्लो दिन नेपाली टोलीका महत्वपूर्ण सदस्य भरद भेषावकर विरामी भए । उनले बिहीबार अभ्यास सत्र गुमाएका छन् र, भोलि खेल्न सक्ने
0 notes
Photo
दसैँ: गाउँ भरिँदै, सहर रित्तिँदै पोखरा, १९ असोज । नेपालीको महान् चाड बडादसैँको आगमनले पोखरा र आसपासमा केही दिनयता चहलपहल बढ्दै छ । दसैँलाई लक्षित गरी आवतजावत गर्नेको चाप सहर क्षेत्रमा बढिरहेको छ भने दसैँका लागि गाउँ फर्कने क्रमले विगतमा सुनसान बनेका बस्तीमा खुसीयाली बढाएको छ । रोजगारीको खोजीमा युवाको गाउँ छोड्नुपर्ने बाध्यता भए पनि दसैँ तिहार जस्ता चाडपर्वले वर्षमा एक दुई पटक परिवारका सदस्यबीच जमघट गराउने गरेको कास्की भरतपोखरीका टेकप्रसाद अधिकारी बताउनुहुन्छ । “पछिल्ला वर्षमा अधिकांश गाउँका युवा रोजगारीको खोजीमा विदेश गएका छन् भने नेपालभित्रै पनि रोजगारी र अन्य अ��सरका लागि युवा सहर बस्ने गरेकाले धेरै गाउँमा बूढाबूढीबाहेक कोही छैनन्,” उहाँले भन्नुभयो, “कहिले दसैँ आउँला र आफ्ना छोराछोरीसँग बसौँला भन्ने आशमा वर्ष बिताएका बूढाबूढीमा आफ्ना छोराछोरी तथा परिवारका सदस्य फर्केपछि खुसीयाली छाएको छ ।” रोजगारीका सिलसिलामा भारतको नयाँदिल्लीमा पुगेका नेपाली केही दिनयता ठूलो सङ्ख्यामा फर्किरहेको दिल्ली–पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको मोर्डन इरा टुर एन्ड ट्राभल्स दिल्ली शाखाका संयोजक दिलप पौडेलले जानकारी दिनुभयो । दसैँ आउन एक महिना अघिदेखि नै पोखरा तथा बागलुङको बस टिकट लिन धेरै नेपाली सम्पर्कमा आएको उहाँले बताउनुभयो । “मोर्डन इराले दिल्लीको बरफखानाबाट बागलुङ हप्तामा तीन दिन र दिल्लीकै जहांगिरपुरीबाट पोखरा दैनिक एक वटा बस निरन्तर सञ्चालन गर्दै आएको थियो,” उहाँले भन्नुभयो, दसैँ तिहारमा स्वदेश फर्कने नेपालीको चापलाई दृष्टिगत गरी दिल्लीबाट बागलुङ दैनिक एक बस सञ्चालनमा ल्याएका छौँ भने जहांगिरपुरीबाट अरु दुई वटा बस थपेर दैनिक तीनवटा वस सञ्चालनमा आएका छन् ।” मोर्डन इरा र उत्तर प्रदेश परिबहन निगमको सहकार्यमा नयाँदिल्लीकै आनन्द विहारबाट पोखरा र पोखराबाट आन्नद विहारका लागि दैनिक नेपाल भारतमैत्री बस सेवा पनि सञ्चालन हुँदै आएको छ । दसैँको समयमा आफ्ना घर फर्कन चाहने प्रत्येक सर्वसाधारणलाई असहज नहोस् भनी पृथ्वी राजमार्ग बस सञ्चालक समितिले प्रत्येक रुटमा थप बस सञ्चालन गरिररहेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार शाहीले जानकारी दिनुभयो । “दसैँमा घर फर्कने जो कोहीले यातायातका कारण असुविधा नपाउन् भन्ने सोचका साथ गाडीको सङ्ख्या बढाएका छौँ,” उहाँले भन्नुभयो, “पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत पोखराबाट दैनिक ६/७ सय सङ्ख्यामा बस गुडिरहेकामा दसैँलाई लक्षित गरी लगभग एक हजार ३०० भन्दा बढी सङ्ख्याका बसले यतिखेर सेवा दिइरहेका छन् ।” घटस्थापना सुरु भएयता रोजगारीका क्रममा पोखरा बस्दै आएका अधिकांश सर्वसाधारण दैनिक रुपमा आफ्नो स्थायी बसोबास भएका बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङलगायतका विभिन्न जिल्लामा फर्कने क्रम निकै बढिरहेको छ । दसैँका लागि पोखराको टुँडिखेललगायतका स्थानमा हिमाली जिल्लाबाट भेडा च्याङ्ग्रा बिक्रीका लागि ल्याउने क्रम पनि बढिरहेको छ ।
0 notes
Photo
पाँच गन्तव्यमा उडान भर्दै हिमालय एयरलाइन्स काठमाडौँ, ५ असोज । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ–श्रीलङ्का ( कोलम्बो) सीधा उडान सुरु गर्ने भएको छ । आगामी असोज १५ अर्थात अक्टोवर १ देखि दोस्रो गन्तव्यका रुपमा कोलम्बो उडान भर्ने तयारी भएको हिमालय एयरलाइन्सका वाणिज्य महाप्रबन्धक राजु केसीले राससलाई जानकारी दिनुभयो । व्यापार प्रवद्र्धन मात्र नभई श्रीलङ्काबाट बढी पर्यटन भित्र्याउने लक्ष्यसहित स���वा सुरु गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो । हिमालयले हप्ताको तीन दिन प्रत्येक मङ्गलबार, बिहीबार र शनिबर कोलम्बोमा उडान भर्नेछ । उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १.।३० बजे उड्ने र दिउँसो ३.१५ बजे कोलम्बोमा अवतरण हुनेछ भने अपरान्ह्र ४.१५ मा कोलम्बोबाट उडेर बेलुकी ८.१५ बजे काठमाडौँ आइपुग्नेछ । हिमालय एयरको एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाइन भएको जहाजले यसअघि कतारको दोहामा दैनिक उडान भर्दै आएको थियो । हिमालयका दुई गन्तव्य भएका छन् । सन् २०१६ भित्रै पाँच गन्तव्यमा उडान भर्ने तयारी गरेको एयरलाइन्सले भारतको नयाँदिल्ली, साउदी अरबको दमाम र वर्मामा उडान सुरु गर्नेछ । अर्को वर्ष चीनका विभिन्न गन्तव्यमा उडान भर्ने जनाएको छ । हाल १५८ सिट क्षमताको एक मात्र एयरबस रहेको हिमालयले आगामी अक्टोबरभित्र थप अर्को एयर बस भित्र्याई नयाँ गन्तव्यमा उडान ��र्ने महाप्रबन्धक केसीले बताउनुभयो । कम्पनीले काठमाडौँ–कोलम्बो रुटमा इकोनोमिकमा एकतर्फी भाडा रु २९ हजार १९१ र दुईतर्फी रु ५० हजार ४१ तोकिएको छ, भने विजनेश क्लासको टिकट दर एकतर्फी रु ३९ हजार ३१९ र दुईतर्फी रु ८२ हजार २८१ निर्धारण गरेको छ । The post पाँच गन्तव्यमा उडान भर्दै हिमालय एयरलाइन्स appeared first on Diyo post.
0 notes