#ईकयन
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
ईक्यान शैक्षिक मेलाको आम्दानी जिल्लाका सामुदायिक विद्यालयको भौतिक निर्माणमा लगानी गरिने पोखरा, २७ पुस- नेपाल शैक्षिक परार्मश सङ्घ (स्क्यान) कास्कीद्वारा आयोजित “स्क्यान शैक्षिक मेला २०७३” बाट भएको आम्दानी जिल्लाका सामुदायिक विद्यालयको भौतिक निर्माणमा लगानी गरिने भएको छ । उच्चशिक्षाका लागि विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थी र उनीहरुका अभिभावकलाई परामर्श दिने उद्देश्यले मेलाको आयोजना गरिएको हो । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको स्क्यान कास्कीका अध्यक्ष मिलन तिवारीले जानकारी दिनुभयो । पोखरा सभागृहमा तीन दिनसम्म चल्ने मेलामा शैक्षिक गतिविधि समेटिएका ४५ वटा स्टल रहेका छन् । मेलामा शैक्षिक परामर्श व्यवसायी, स्वदेशी शैक्षिक संस्था, अष्ट्रेलिया, न्युजिल्यान्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, भारत, स्वीडेन, फिनल्यान्डलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि सहभागी हुने स्क्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले जानकारी दिनुभयो । पश्चिमाञ्चल क्षेत्रबाट बर्��ेनि एक हजार ५०० भन्दा बढी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ । पोखरा र वरपर करिब २०० वटा शैक्षिक परार्मश दातृसंस्था सञ्चालनमा रहे पनि शिक्षा मन्त्रालयमा २७ वटाले मात्रै सेवा सञ्चालनको मान्यता प्राप्त गरेका छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
ईक्यान कास्कीको अध्यक्षमा तिवारी असोज ८ गते- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको पाँचौं बार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । यसअघि ईक्यान कास्कीको उपाध्यक्ष तथा केही समय कार्यवाहक अध्यक्ष समेत भइसकेका मिलन तिवारी (एक्सल पोखरा एजुकेशन) को अध्यक्षतामा ९ सदस्यीस्य कार्य समिती सर्वसम्मतले चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा रमेशकुमार थापा (इडुभेण्ट), सचिव भुवनबहादुर क्षेत्री (तार्गेट इन्टरनेशनल), कोषाध्यक्ष रुद्रप्रसाद अर्याल (बेकन एजुकेशन) छन् भने सदस्यहरुमा प्रकाश गैहे्र (थर्ड आई), पूर्णचन्द्र न्यौपान (पोखरा वर्नहार्ट), युवराज पौडेल (किङफिसर) र वालचन्द्र परियार (पाइथागोरस) रहेका छन् । यस अघि महेश भण्डारी कास्कीका अध्यक्ष थिए । इक्यान कास्कीको साधारणसभाको लागि ईक्यान केन्द्रका पदाधिकारीहरुको बाक्लो उपस्थिती थियो । प्रमुख अतिथिको रुपमा ईक्यान अध्यक्ष प्रकाश पाण्डेको उपस्थिति थियो भने उपाध्यक्षद्धय निरज सिटौला र विष्णुहरी पाण्डे, महासचिव सन्तोष प्याकुरेल, सचिव देविदास भट्टराई, कोषाध्यक्ष खड्ग ताम्लिङ, सल्लाहकार दिपक गुरुङ, गुणाखर सापकोटा, चितवन ईक्यान अध्यक्ष जीवन रिजाल, ईक्यान कास्कीका सल्लाहकार कर्ण गुरुङ लगायतका पदाधिकारी पनि उपस्थित थियो । नयाँ कार्यसमितिका लागि निर्वाचन गर्न ज्योति अधिकारीको संयोजकत्वमा देवीदास भट्टराई र डिबि गुरुङ सदस्य रहेको निर्वाचन समिति बनाइए पनि नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।
0 notes