#achkrn_cn
Explore tagged Tumblr posts
Text
स्मार्टफाेन बजार ट्रेन्डः चिनियाँ वर्चश्व, सामसुङ र एप्पललाइ चुनाैति
अमेरिकी सरकारले अमेरिकामा हुवावेको स्मार्टफोन बिक्रीलाई निषेध गरेको छ । यसका बाबजुद पनि हुवावेले गत वर्षको दोस्रो त्रैमासमा एप्पललाई उछिनेपछि विश्वभर तहल्का नै मच्चियो । अहिले पनि यसै सन्दर्भको चर्चा व्यापक छ ।
विश्वकै महँगो ग्याजेट ब्रान्ड एप्पलले यही छविलाई मात्र कायम राख्दा पनि चल्ने हो तर कम्पनीले पछिल्ला वर्षमा सस्तो एप्पल फोनको पनि बजार विस्तारको योजना ल्याएको छ । जुन आफैमा घातक हुने सम्भावना पनि देखिन्छ ।
ब्रान्ड कन्सियस भन्दा पनि फिचर कन्सियस उपभोक्ता अर्थात् मिड रेन्जको उपभोक्ताको संख्या बढी रहेको विश्व बजारमा सामसङलाई अधिक चुनौति देखिन्छ । विश्वको करिब आधा जनसंख्या रहेको एसिया र त्यसमाथि दक्षिण एसियाका पनि भारत र चीनजस्ता मुलुकमा चिनीयाँ स्मार्टफोनले बजार हिस्सा उकालीरहेका छन् ।
काठमाडाैं, २५ माघ ।
विश्वकै महँगो ब्रान्ड एप्पल र विश्वभर सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने पहिलो कम्पनी सामसङ । वर्षौंदेखि स्मार्टफोन बजारमा यी दुई कम्पनीकै प्रभुत्व कायम छ । तर, अब दुवै कम्पनीमाथि चुनौतिका पहाड बनेका छन्, चिनियाँ ब्रान्ड ।
एकल कम्पनीका हिसाबले सामसङ र एप्पलको हिस्सा अधिक देखिए पनि विश्व स्मार्टफोन बजारको समग्र हिस्सामा भने चिनियाँ कम्पनीको वर्चश्व बढ्दो दरमा छ । विश्व��र सबैभन्दा धेरै स्मार्टफोन बिक्ने कम्पनीमा कोरियन कम्पनी सामसङले यस पटक पनि बाजी मारेको छ । सन् २०१८ मा कुल स्मार्टफोन बजारको २०.८ हिस्सासहित सामसङ पहिलो र १४.९ प्रतिशत हिस्सा सहित एप्पल दोस्रो स्थानमा रहेको इन्टरनेशनल डाटा कर्पोरेसन (आईडीसी) को प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार पहिलो र दोस्रो बाहेकका प्रमुख नेतृत्वदायी कम्पनी चाइनिज छन् । यस भन्दा पनि महत्वपूर्ण पक्ष भनेको स्मार्टफोन बजारमा वर्षेनि वृद्धिदरमा भने चाइनिज कम्पनीहरू नै माथि छन् ।
गत वर्षको दोस्रो त्रैमासमा एप्पललाई उछिन्दै दोस्रो मोबाइल फोन कम्पनी बनेको चिनियाँ ब्रान्ड हुवावेले वर्षभरीको कारोबारमा भने तेस्रो स्थानमै चित्त बुझाउनु पर्ने अवस्था आएको छ । वर्षभर हुवावे तेस्रो नम्बर भए पनि दोस्रो नम्बरको एप्पलसँग झिनो अन्तर मात्र देखिएको छ । एप्पलको हिस्सा १४.९ हुँदा हुवावेको १४.७ प्रतिशत हिस्सा देखिन्छ । पहिलो प्रमुख पाँच कम्पनीमा हुवावेसँगै ८.७ प्रतिशत हिस्सा सहित साओमी र ८.१ प्रतिशत हिस्सासहित ओप्पो पनि देखिएका छन् । यी तीन कम्पनीको सेयर हिस्सा मात्र जोड्ने हो भने पनि कुल विश्व बजारको हिस्सा ३१.५ प्रतिशतमात्र रहेको छ । यसमा फ्ल्यागशीप किलरको नामले चिनिने वनप्लसको हिस्सा जोडिएको छैन भने भिभो, रियलमी, लेनोभो लगाएतका दर्जन बढी चलेका चिनियाँ ब्रान्डको हिस्सा पनि जोडिएको छैन । यस हिसाबले विश्व बजारमा चिनियाँ स्मार्ट कम्पनीको उपस्थिति लोभलाग्दो रुपमा बढेको छ ।
सन् २०१८ मा विश्वभर एक अर्ब ४० करोड ४९ लाख स्मार्टफोन बिक्री भएको आइडिसीको प्रतिवेदन छ । यो सन् २०१७ को तुलनामा ४.१ प्रतिशतले कम संख्या हो । गत वर्ष बिक्री भएका स्मार्टफोनमध्ये २९ करोड २३ लाख स्मार्टफोन सामसङका छन् भने २० करोड ८८ लाख एप्पलका छन् । तेस्रो विक्रेता हुवावेले वर्षभर २० अर्ब ६० करोड थान स्मार्टफोन बिक्री गरेको छ । चौथोमा रहेको साओमीले १२ करोड २६ लाख थान र पाँचौमा रहेको ओपोले ११ करोड ३१ लाख थान स्मार्टफोन बिक्री गरेका छन् । अन्य ब्रान्डहरूको स्मार्टफोन बिक्री ४६ करोड २० लाख रहेको तथ्यांक छ । सन् २०१७ को तुलनामा गत वर्ष सामसङको बजार हिस्सा ८ प्रतिशतले घटेको छ भने एप्पलको ३.२ प्रतिशतले घटेको छ । सन् २०१७ मा सामसङको बजार हिस्सा २१.७० प्रतिशत र एप्पलको १४.७० थियो । विगतका वर्षहरूमा विश्व बजारमा देखिएका स्मार्टफोन उत्पादन र बजारीकरणका तथ्यहरूलाई आधार मान्दा चिनियाँ ब्रान्डले विश्व बजारमा आफ्नो प्रभुत्व जमाउने लाइन देखिन्छ । भविष्यमा कम्पनीहरूले लिने रणनीतिका आधारमा भने बजारको सिनारियो परिवर्तन हुन सक्छ ।
आक्रामक चिनियाँ ब्रान्ड
विश्व स्मार्टफोन बजारमा चिनियाँ ब्रान्ड निकै आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । चिनियाँ ब्रान्डमा पनि हुवावेको उपस्थिति छोटो समयमा बलियो रुपमा देखिएको छ । टेलिकम्युनिकेसन सामग्री उत्पादन गर्दै आएको हुवावेले ��्मार्टफोनलाई व्यावसायिक रुपमा बजारमा ल्याएको एक दशक पुग्दैछ । त्यसमाथि स्मार्टफोनलाई प्राथमिकता दिएर उत्पादन थालेको आधा दशक मात्र हुँदैछ । यस अवधिमा आफूलाई विश्वकै तेस्रो स्मार्टफोन कम्पनीका रुपमा उभ्याउनु आफैमा निकै नै सफल कदमको रुपमा हेरिएको छ । अमेरिकी सरकारले अमेरिकामा हुवावेको स्मार्टफोन बिक्रीलाई निषेध गरेको छ । तर, यसका बाबजुद पनि हुवावेले गत वर्षको दोस्रो त्रैमासमा एप्पललाई उछिनेपछि विश्वभर तहल्का नै मच्चियो । अहिले पनि यसै सन्दर्भको चर्चा व्यापक छ । चिनियाँ स्मार्टफोनमा हुवावेको हिस्सा २७ प्रतिशत रहेको छ ।
विश्व बजारमा उपस्थिति देखाएका चलेका स्मार्टफोन ब्रान्ड नै दर्जन बढी छन् । उपभोक्ताको रुचि अनुसार सस्तोमा राम्रो उत्पादन बजारमा ल्याउने गरेकाले पनि चिनियाँ ब्रान्ड छोटो समयमा धेरै व्यापार गर्न सकेको देखिन्छ । विश्व बजारमा चिनिएका भीभो, ओप्पो, जेटटिइ, साओमी, मेजु, वनप्लस, लेनोभो, रियलमी, क्वीकी, कुलप्याड, टिसिएल, जिओनी लगाएतका स्मार्टफोन पनि चिनियाँ नै हुन् । चीन आफैमा स्मार्टफोन बजारको ठूलो उपभोक्ता रहेको मुलुक हो भने अर्को धेरै जनसंख्या भएको मुलुक भारतमा चिनियाँ ब्रान्डले बढी प्राथमिकता दिएको पाइन्छ ।
नेपालमा बजार सानो रहे पनि सबै खाले ब्रान्डका स्मार्टफोनको कारोबार भैरहेको पाइन्छ । भारतमा चिनियाँ ब्रान्ड साओमी सबैभन्दा धेरै स्मार्टफोन बिक्री हुने कम्पनी हो भने बिक्रीको सुरुवातमै रियलमी स्मार्टफोन दोस्रो स्मार्टफोन विक्रेता बनेको छ । क्यामरा र ब्याट्रि व्याकपलाई प्राथमिकता, स्टोरेज तथा -याम बढी र गुगलको लेटेस्ट अपरेटिङ सिस्टमका साथ उपभोक्ताको रुचीअनुसारको रेन्ज नै चिनियाँ ब्रान्डको रणनीति देखिन्छ । जुन रणनीतिमा जिओनी बाहेकका कम्पनी सफल हुँदै पनि आएका छन् ।
फ्ल्यागशीपलाई मात्र प्राथमिकता दिएर उत्पादन गर्ने फ्यान बेस कम्पनी अहिले विश्वमै सफल कम्पनीको रुपमा देखिएको छ भने साओमी जस्ता कम्पनी मिडरेन्जमा आफ्नो बर्चस्व कायम राखेका छन् । हुवावेले सामसङ र एप्पलका फ्ल्यागशीपलाई चुनौति दिने उत्पादन बाहिर ल्याइरहेको छ भने भिभो लगाएतका कम्पनी स्मार्टफोनमा नयाँ फिचर थपेर चर्चा बटुलिरहेका छन् । कम्पनी फरक फरक भए पनि विश्व बजारमा चीनकै कम्पनीले आफ्नो अस्तित्व फैलाउँदै आएका छन् ।
विश्वास र अलमलको मझधारमा एप्पल
एकताका एक चिनियाँले एप्पलको आइफोन किन्नका लागि आफ्नो किड्नी नै बेचेको समाचार विश्वभर निकै चर्चित बन्यो । यसको अर्थ हो, जो कोही पनि एप्पलको आइफोन चाहन्छन् । यसो हुनुमा एप्पलप्रतिको उपभोक्ताको विश्वास र महँगो ब्रान्ड बोकेको भन्दै समाजमा रवाफ देखाउन पाइने मानविय प्रवृत्ति नै प्रमुख देखिन्छ । तर, अहिले परिस्थिति थोरै फेरिएको छ । एप्पल प्रयोगकर्ताको विश्वासमा कमी नदेखिए पनि एप्पल नै किन ? भन्ने प्र्रश्न भने उपभोक्ता आउन थालेका छन् । एप्पलप्रति खासगरि सुरक्षाको सवालमा विश्वास बढी गरिन्छ ।
सुरक्षाको मामिलामा एप्पलले सम्झौता नगर्ने भएकाले नै अमेरिकी सरकारसँगै एप्पलको द्वन्द्व चलिरहेको छ । त्यसैले युरोप, अमेरिका, जापानलगाएत विकसित मुलुकमा ��्राहकको पहिलो रोजाइ एप्पल नै हुने गर्छ । चीनमा पनि एप्पलका फ्यान धेरै नै रहेको प्रतिवेदनहरू आइरहेका छन् । तर, पछिल्लो समयमा भने बजार हिस्सा कम हुँदै गएको तथ्यांक छ ।
आफ्नै अपरेटिङ सिस्टमबाट चल्ने एप्पलका स्मार्टफोनका अलावा ट्याब्लेट र कम्प्युटर पनि छन् । यही नै एप्पलको अवसर र चुनौति पनि हो । किनकी विश्वका ८० प्रतिशतभन्दा बढी स्मार्टफोनमा गुगलको अपरेटिङ सिस्टम चल्ने भएकाले एप्पलको उत्पादन चलाउन उपभोक्तालाई एप्पलकै उत्पादन किन्नुपर्ने हुन्छ । एप्पलको पहिचान नै महँगो ब्रान्ड हो । विश्वकै महँगो ग्याजेट ब्रान्ड एप्पलले यही छविलाई मात्र कायम राख्दा पनि चल्ने हो तर कम्पनीले पछिल्ला वर्षमा सस्तो एप्पल फोनको पनि बजार विस्तारको योजना ल्याएको छ । जुन आफैमा घातक हुने सम्भावना पनि देखिन्छ । किनकी एप्पलले सस्तोमा आइफोन बिक्री गर्ने भनि लक्षित गरेको एसियाली मुलुक र कम विकसित मुलुकमा चिनियाँ फोनको उपस्थिति बाक्लिदै गएको छ । त्यसमाथि एप्पलले मोबाइल बिक्री गर्ने मूल्य र फिचर भन्दा सस्तो र धेरै फिचर चिनियाँ ब्रान्डले दिइरहेका छन् । यसले एप्पलको सस्तो मोबाइल बजार विस्तारको योजनामा चुनौति नै बढी देखिन्छ । विश्व परिवेशमा आफ्नो छवि कसरी कायम गर्दै अझै विकासको गतिमा अगाडि बढ्ने भन्ने नीतिमा एप्पल अलमल परेको जस्तो देखिन्छ । यसमा कम्पनीका संस्थापक स्टीभ जब्सको अभाव खड्केको देख्न सकिन्छ ।
चिनियाँ ब्रान्डको ‘घेराबन्दी’मा सामसङ
कुनै समय थियो नोकियाको । फिचर फोनको जमानामा फोन भनेकै नोकिया भन्ने गरिन्थ्यो विश्वबजारमा । तर, नोकियाले स्मार्टफोनको जमानामा समयमा आफूलाई अपग्रेड नगरेको अवस्थामा विश्वमा स्मार्टफोन दुनियाँमा सामसङको उदय भयो । नोकियाको स्थान सामसङले लियो र अहिले कोरियन ब्रान्ड सामसङ विश्वमै बढी स्मार्टफोन बिक्री गर्ने ब्रान्डका रुपमा परिचय कामय नै छ । गत वर्ष आएको एउटा अध्ययनले एक दर्जन स्मार्टफोनमा ९ वटा ब्रान्ड चिनियाँ हुने देखाएको थियो । तर पछिल्ला वर्षमा भने सामसङ बिश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाइरहेका चाइनिज ब्रान्डको घेराबन्दीमा परेको जस्तो भान हुन्छ ।
गत वर्षको तथ्यांक हेर्दा सामसङले चौथो चौमासमा मात्र ५.५ प्रतिशतले बजार हिस्सा गुमाएको देखिन्छ भने वर्षभर ८ प्रतिशतले बजार घटेको छ । सामसङले एकातिर फ्ल्यागशीपमा नोट र ग्यालेक्सी सिरिज ल्याउँदै एप्पलसँग प्रतिस्पर्धा गरिरहेको छ भने अर्कोतिर सस्ता चिनियाँ फोनसँग प्रतिस्पर्धामा रहेका इन्ट्रि लेभलदेखि मिड रेन्जसम्मका उत्पादनसँग पनि प्रतिस्पर्धा गरि नै रहेको देखिन्छ ।
सामसङको अगाडि फेरि पनि चुनौति भनेकै चिनियाँ ब्रान्ड नै हुन् । लामो समय उपभोक्तालाई सन्तुष्ट पारिररहकाले कम्पनीसामु अवसर यद्यपि कायम त छ नै । किनकी सामसङ नै बोक्न चाहनेहरूको संख्या पनि छ विश्व बजारमा । तर ब्रान्ड कन्सियस भन्दा पनि फिचर कन्सियस उपभोक्ता अर्थात् मिड रेन्जको उपभोक्ताको संख्या बढी रहेको विश्व बजारमा सामसङलाई अधिक चुनौति देखिन्छ । विश्वको करिब आधा जनसंख्या रहेको एसिया र त्यसमाथि दक्षिण एसियाका पनि भारत र चीनजस्ता मुलुकमा चिनीयाँ स्मार्टफोनले बजार हिस्सा उकालीरहेका छन् । यस्तो अवस्थामा सामसङले दैनिक जसो नयाँ नयाँ रणनीति बनाएर जानुपर्ने अवस्था छ । सामसङका जति मोडेलका स्मार्टफोन छन् त्यति त चिनियाँ ब्रान्डको संख्या नै छन् । यस अर्थमा सामसङका अगाडि चिनियाँ ब्रान्ड नै प्रमुख चुनौति देखिन्छन् ।
इन्ट्रि लेभलदेखि फ्ल्यागशीपसम्म उत्पादन गर्ने हुवावे, फ्ल्यागशीप मात्र उत्पादन गर्ने वनप्लस र मिडरेन्डको बादसाह बनिरहेको साओमी र रियलमीजस्ता स्मार्टफोन मात्र हैन, दर्जनौं यस्ता चिनियाँ ब्रान्डसँग प्रतिस्पर्धामा टिकिरहन सामसङलाई थप मेहनत र लगानीको आवश्यकता देखिन्छ ।
काराेबार दैनिक २५ माघ २०७५ मा प्रकाशित
0 notes
Photo
क्याप्सन १: चिनियाँ युवतिको मूर्तिसँग सेल्फी । ✖️ क्याप्सन २: चिनियाँ युवतिसँग सेल्फी । ✔️ #चीनको_चिनो #सुन्दरचीन #achkrn_cn (at Splendid China Folk Village) https://www.instagram.com/p/BoZXnLlhSIW/?utm_source=ig_tumblr_share&igshid=bxslq3aehovp
0 notes
Photo
र, अन्तमा भारतीय स्वादको दाल, चावल, आलु टिकिया र मसाला चियाको सुर्को लिंदै तिन दिने चीन भ्रमणको समापन गरियो । अवसरका लागि सेजन, हुवावे र कारोबारलाई धन्यवाद । चिनियाँ सत्कारको ऋणि नै बनेको छु, तपाइ सबैको माया र आसिर्वादप्रति नमन । #achkrn #achkrn_cn (at Shenzhen, Guangdong) https://www.instagram.com/p/BoPFs3YD3rO/?utm_source=ig_tumblr_share&igshid=18xf79h4ml3k9
0 notes