#सञ्चार सेवा अवरुद्ध
Explore tagged Tumblr posts
gothalokhabar · 3 years ago
Text
टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध
टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध
जाजरकोट, २९ चैत । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । टेलिकम क्षेत्रीय कार्यालय…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 years ago
Text
कर्णालीवासीका लागि दसैँ उल्लासभन्दा शोक र पीडा
सुर्खेत (भेरीगङ्गा), २५ असोज : लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरामा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको अकालमा मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् । यही असोज १९ गतेबाट परेको अविरल वर्षापछिको बाढीपहिरामा २२ जनाको मृत्यु भएको र ३४ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार सात घाइते भएका छन् । अझै घटनाको सबै विवरण सञ्चार सेवा अवरुद्ध…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 2 years ago
Text
ट्रान्सफर्मर पड्किँदा १६६ घर अन्धकारमा
ट्रान्सफर्मर पड्किँदा १६६ घर अन्धकारमा
बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन् । विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन् । धुल्लुबास्कोटमा सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन…
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 3 years ago
Text
इन्टरनेट अवरुद्ध नहुने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन
इन्टरनेट अवरुद्ध नहुने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन
&nbsp मंगलबार, बैशाख २०, २०७९ काठमाडौं । निर्वाचन आयोगले इन्टरनेट सेवामा कुनै किसिमको अवरोध सिर्जना नगर्न सम्बन्धित मन्त्रालय तथा संस्थाहरूलाई निर्देशन दिएको छ । आयोगले इन्टरनेट निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था गर्न सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवामा असर पर्ने ��रि विदेशी मुद्रा सिफारिस रोकेको भन्दै इन्टरनेट सेवा…
Tumblr media
View On WordPress
0 notes
janatakoawaz · 4 years ago
Photo
Tumblr media
तीन हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित सिमिकोट : हुम्लाको सर्केगाड गाउँपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासी र टाढा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ ।
0 notes
Photo
Tumblr media
दुई दिनदेखि डोल्पाको टेलिफोन सेवा अवरुद्ध – Nepali News १२ असार, डोल्पा । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । टेलिफोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ ।
0 notes
engineerkhabar · 5 years ago
Text
कर्णालीका पाँच जिल्ला सञ्चारविहीन
साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् ।
कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले राससलाई जानकारी दिनुभयो । “मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो”, प्रमुख खतिवडाले भन्नुभयो,…
View On WordPress
0 notes
gothalokhabar · 2 years ago
Text
अप्टिकल फाइबरको समस्याले सञ्चार सेवा बन्द
अप्टिकल फाइबरको समस्याले सञ्चार सेवा बन्द
बैतडी, ६ मङ्सिर । अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा आज दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो । अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका…
View On WordPress
0 notes
samaya-samachar · 3 years ago
Text
ताप्लेजुङमा दूर–सञ्चार सेवा अवरुद्ध
ताप्लेजुङमा पाँच दिन अघिदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवा अझै सुचारु हुन सकेको छैन ।
ताप्लेजुङमा पाँच दिन अघिदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवा अझै सुचारु हुन सकेको छैन । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवाअन्तर्गत ल्याण्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा अझै सुचारु नभएको हो । सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूर सञ्चार सेवा अवरुद्ध बनेको छ । बेमौसमको वर्षा अर्थात आइतबारदेखि बुधबार साँझसम्म अविरल पानी…
Tumblr media
View On WordPress
0 notes
one-is-too-much · 6 years ago
Text
मुस्ताङमा हिमपात सञ्चार र यातयात अवरुद्ध
मुस्ताङमा हिमपात सञ्चार र यातयात अवरुद्ध
ठिनी / मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।  वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान��थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा हिउँ जमेपछि बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा एक फिटसम्म…
View On WordPress
0 notes
mithilanchaltoday · 3 years ago
Text
इन्टरनेट बन्द हुने चेतावनीपछि मन्त्रालय र आईस्पानबीच बैठक, के भयो निर्णय ?
इन्टरनेट बन्द हुने चेतावनीपछि मन्त्रालय र आईस्पानबीच बैठक, के भयो निर्णय ?
&nbsp सोमबार, बैशाख १९, २०७९ काठमाडौं । इन्टरनेट क्षेत्रको समस्या समाधान गर्न सरकारले कुनै पहल नगरेको भन्दै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरटेन सेवा प्रदायक संघ (आईस्पान) सँग संवाद सुरु गरेको छ । मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न विदेशी मुद्रा सिफारिस रोकेको र इन्टरनेट…
Tumblr media
View On WordPress
0 notes
janabolicom-blog · 8 years ago
Photo
Tumblr media
तीन दिनदेखि रुकुमवासी फोेन सेवाबाट वञ्चित रुकुम, २८ चैत । यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् । चट्याङका कारण जिल्लामा सञ्चालन भएका जिएसएम, सिडिएमए र ल्यान्डलाइन फोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुमले जानकारी दिएको छ । नेपाल टेलिकमका सबै फोन अवरुद्ध भएपछि सेवाग्राहीलाई एकअर्कामा सम्पर्क गर्न समस्या भएको छ । फोन सेवा अवरुद्ध भएको तीन दिनसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि सर्वसाधारण आफँै सम्बन्धित ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको मुसिकोट नगरपालिकाका स्थानीयवासी गोरखबहादुर केसीले बताउनुभयो । चट्याङका कारण रिपिटर स्टेसनमा रेडियो उपकरण जलेर पूर्णरुपले क्षति भएको र मर्मतका लागि प्राविधिक टोली नेपालगन्जबाट सम्बन्धित ठाउँमा गइसकेकाले अबको केही दिनपछि फोन सेवा सुरु हुने बताइएको छ । हिमाली क्षेत्रमा हिमपात भएका कारण मर्मतका लागि केही समय लाग्ने नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय नेपालगन्जले जानकारी दिएको छ । रासस
0 notes
gothalokhabar · 2 years ago
Text
सञ्चार सेवा अवरुद्ध हुँदा सास्ती
सञ्चार सेवा अवरुद्ध हुँदा सास्ती
जुम्ला, २५ कात्तिक । पाँच दिनदेखि जुम्लाको सञ्चार सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीदेखि सरकारी तथा गैरसरकारी कार्यालयलाई सास्ती भएको छ । जिल्लाको सञ्चार सेवालाई थप सुधारका लागि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीमार्फत दूरसञ्चारको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराएको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गएको छ…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 2 years ago
Text
सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुनःसञ्चालन
सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुनःसञ्चालन
बैतडी, २६ जेठ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार धनगढीबाट प्राविधिक टोली आएर मर्मत गरेपछि सो सेवा पुनःसञ्चालन भएको हो । अप्टिकल फाइबरको समस्याका कारणले बेला बेलामा सुदूरपहाडको…
Tumblr media
View On WordPress
0 notes
onlinekhabarapp · 4 years ago
Text
बागलुङको बाढी प्रभावित क्षेत्र नपुगी फर्किए गृहमन्त्री
१८ भदौ, पो���रा। बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र नजिकै पुगेर फर्किएको छ । मौसमका कारण घटनास्थलमा जान सक्ने अवस्था नभएको भन्दै नजिकै पुगेर हेलिकप्टरबाट पोखरा फर्किएका हुन् ।
बागलुङको ढोरपाटन नगरपालिको वडा नं. ७, ८ र ९ का क्षेत्रमा बाढीका कारण ८ जनाको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता छन् ।
पहिरोको स्थलगत निरीक्षण र क्षतिको अवस्था बुझ्न गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमार्फत बागलुङ उडेका थिए । ‘बाढीको अवस्था बुझ्न गएका थियौं । मौसमका कारण जान सक्ने अवस्था रहेनछ,’ गृहमन्त्रीसँगै गएका बागलुङका सांसद तथा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अनलाइनखबरसँग भने, ‘मौसमले साथ नदिएपछि घटनास्थल नजिकै पुगेर फर्किनुपर्‍यो ।’
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बागलुङबाट फर्किएर पोखरा विमानस्थलमा ओर्लिएको गृहमन्त्री सवार हेलिकप्टर काठमाडौं फर्किएको जानकारी दिए ।
बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आफू घटनास्थलतर्फ गइरहेको र गृहमन्त्री थापासहितको टोली मौसमका कारण पहिरो स्थलमा पुग्ने अवस्था नभएपछि फर्किएको जानकारी पाएको बताए ।
‘अहिले घटनास्थलतर्फ जाँदैछौं । गृहमन्त्रीको हेली मौसमका कारण फर्किएछ,’ सीडीओ न्यौपानेले भने, ‘घटनास्थल सदरमुकामबाट झण्डै १ सय ४० किलोमिटर दूरीमा पर्छ । पानी परिरहेको छ, हुस्सु लागिरहेको छ । बाढी अझै कम भइसकेको छैन ।’
घटनास्थल उद्दार टोली बिहानैदेखि खटिइरहेको सीडीओ न्यौपानेले जानकारी दिए । घटनास्थलमा सञ्चार सेवा अवरुद्ध भएकाले समस्या भइरहेको उनले बताए ।
सुकुर्दुङस्थित भुजी खोलाको बाढीले १३ घर बगाएको हो । बाढीले जलविद्युत आयोजना, सडक, विद्यालय, पुलमा पनि क्षति पुर्‍याएको छ ।
0 notes
onlinekhabarapp · 4 years ago
Text
चार जिल्लाको विद्युत् सेवा अवरुद्ध
५ भदौ, डोटी । बिहीबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।
कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।
अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेसन म्यानेर कर्णबहादुर चन्दले बताए । उनले भने, ‘विद्युत् नहुँदा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन्, नागरिकलाई समेत सूचना प्रवाह गर्न सकेका छैनौँ ।’
उक्त प्रशासण केन्द्रका हाइटेन्टसनका पोलहरुमा बेलाबेलामा आउने खराबी तथा तार चुडिने गरेका कारण यहाँका पहाडी जिल्लामा पटकपटक विद्युत् सेवा अवद्ध हुँदै आएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि यहाँका ल्यान्डलाइन टेलिफोन सेवा र एडिएसएल सेवा पनि पूर्णरुपमा अवरुद्ध भएका छन् ।
0 notes