Tumgik
#सञजलम
nepal123 · 7 years
Photo
Tumblr media
सावधान ! अब सामाजिक सञ्जालमा निर्वाचन विरोधी कुरा गरे १ लाख जरिवाना   काठमाडौं । सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्न हुनुहुन्न ? भएको भए एक लाख रुपियाँसम्मको जरिवानामा पर्न सक्नुहुन्छ है। निर्वाचन आयोगले यसपटकको स्थानीय चुनावमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, एसएमएस प्रयोगकर्तालाई समेत निगरानीमा राख्ने र उल्लङ्घन भएको पाइएमा दण्ड सजायसमेत गर्ने भएको छ । निर्वाचन आयोगले यस पटकदेखि स्थानीय निर्वाचनमा सामाजिक सञ्जालमा समेत निर्वाचनको आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन र कारबाही गर्ने जनाएको छ । मन्त्रिपरिषद्को फागुन ९ गते बसेको बैठकले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले स्थानीय निर्वाचनको आचारसंहिता गत फागुन १८ गतेदेखि कार्यान्वयनमा ल्याएको हो । सरकारले आगामी वैशाख ३१ गते देशैभर स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचन आचारसंहिता सरकार, राजनीतिक दल, सङ्घ, संस्था, कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संस्था र पत्रकारलाई मात्रै नभई यसपटक सामाजिक सञ्जाल फेसबुक, ट्विटर र भाइबर चलाउनेलाई पनि लागू हुने भएको छ । ‘निर्वाचनलाई असर गर्ने गतिविधि जसले जुनसुकै माध्यमबाट गर्छ, त्यो सजायको भागिदार हुन्छ । सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई पहिलो चरणमा सम्झाइबुझाइ गर्छौं । त्यतिले पनि नमानेमा सर्वसाधारणको हकमा एक लाख रुपियाँसम्मको जरिवाना र उम्मेदवारको हकमा उम्मेदवारी र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अन्तर्गत निर्वाचित पदसमेत रद्द हुन्छ’, निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद अधिकारीले भने। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७३ को दफा १४ को बुँदा (ञ) मा ‘उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एसएमएस, फेसबुक, ट्विटर, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्ने’ उल्लेख छ । ‘विद्युतीय माध्यमहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने र निर्वाचनसम्बन्धी भ्रामक कुराहरू प्रचारप्रसार गर्नेलाई निर्वाचन ऐन, निर्देशिका र विद्यमान कानुन अनुसार कारबाही हुन्छ । विद्युतीय तथा साइबरमार्फत हुने आचारसंहिता उल्लङ्घनको अनुगमनका लागि हामी यस विषयसँग सम्बन्धित सरकारका अङ्गको सहयोग लिन्छौँ’, प्रवक्ता अधिकारीले भने। उनले नेपाल प्रहरी अपराध महाशाखाअन्तर्गत रहेको साइबर अपराध शाखा, प्रेस काउन्सिल, पत्रकार महासङ्घको समन्वयमा सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको निगरानी गर्ने जानकारी दिए। यसैबीच निर्वाचन आयोगमा (चैत २९ गते) हालसम्म एक हजार ९६ आवेदन दर्ता भएका छन् । आयोगले १०३४ लाई निकास दिइसेकको जनाएको छ ।  आजको गोरखापत्रमा खबर छ । त्यस्तै आचारसंहिता उल्लङ्घन भएको भनी परेका उजुरी ५१ वटा छन् । आयोगका अनुसार १३ वटा थाती रहेका बेनामे उजुरी परेका र थप अनुसन्धान भइरहेको छ । आयोगमा परेका उजुरीमध्ये ३८ वटा उजुरीलाई त्यसबारेमा के भएको जानकारी गराउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिइसकेको छ । यस्तै आयोगले हालसम्म आचारसंहिता उल्लङ्घन भएको भनी कसैलाई कारबाही नगरेको जनाएको छ । The post सावधान ! अब सामाजिक सञ्जालमा निर्वाचन विरोधी कुरा गरे १ लाख जरिवाना   appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
श्रीमानसँग रंगेहात भेटिएपछि सोच्नै नसकिने सजाय दिईन् श्रीमतीले, भिडियो सामाजीक सञ्जालमा भाईरल फागुन १ गते- ब्राजिलको साओ पाउलोस्थित कुबाटाओकी एक महिलाले आफ्नो श्रीमानसँग रङ्गहात समातिएकी महिलालाई एउटा सोच्नै नसकिने सजाय दिएकी छिन् । आफ्नो श्रीमानलाई उनकै अपार्टमेन्टमा अर्कै युवतीसँग सहवासमा लिप्त भएको देखेपछि २० बर्षीय ति महिलाले अचम्मको सजाय दिएकी हुन् । श्रीमानसँग सँगै सुतेकी महिलाको ती महिलाले कपाल काटेर टाटेपाटे बनाइदिईन् भने लगाएको लुगा समेत च्यातचुत पारेर बस्तीमा नांगै डुलाइदिन् । उनले गरेको यो हर्कतको भिडियो बनाएर केहीले सामाजीक सञ्जालमा पोष्ट गरिदिएपछि यो भिडियो निकै भाईरल बन्यो । सामाजीक सञ्जालमा यो घटना सार्वजजिनक भएपछि यस्तो बेइज्जतीपूर्ण कार्य गर्ने ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनले भने आफ्नो श्रीमानसँग लसपस गर्ने ती युवतीलाई सजाय दिएकोमा कुनै पछुतो नलागेको बताएकी छिन् । उनले आफू अब श्रीमानसँग सँगै नबस्ने समेत बताएकी छिन् । -एजेन्सी
0 notes