Tumgik
#विलासी सामान
nepsebajarofficial · 2 years
Text
प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने सरकारको निर्णय
प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने सरकारको निर्णय
सरकारले प्रतिबन्ध लगाएको गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात फुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने निर्णय गरेको हो । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै…
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 2 years
Text
मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामान आयातमा रोक (सूचीसहित)
मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामान आयातमा रोक (सूचीसहित)
काठमाण्डाै – सरकारले मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ । आउँदो असार मसान्तसम्मका लागि मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र  २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल ल्याउन रोक लगाइएको छ । यस्तै…
Tumblr media
View On WordPress
0 notes
Photo
Tumblr media
दहेज निषेध अधिनियम 1961- दहेज निषेध अधिनियम, 1961 के अनुसार दहेज लेने, देने या इसके लेन-देन में सहयोग करने पर 5 वर्ष की कैद और 15,000 रुपए के जुर्माने का प्रावधान है। दहेज के लिए उत्पीड़न करने पर भारतीय दंड संहिता की धारा 498-ए जो कि पति और उसके रिश्तेदारों द्वारा सम्पत्ति अथवा कीमती वस्तुओं के लिए अवैधानिक मांग के मामले से संबंधित है, के अन्तर्गत 3 साल की कैद और जुर्माना हो सकता है। धारा 406 के अन्तर्गत लड़की के पति और ससुराल वालों के लिए 3 साल की कैद अथवा जुर्माना या दोनों, यदि वे लड़की के स्त्रीधन को उसे सौंपने से मना करते हैं।
यदि किसी लड़की की विवाह के सात साल के भीतर असामान्य परिस्थितियों में मौत होती है और यह साबित कर दिया जाता है कि मौत से पहले उसे दहेज के लिए प्रताड़ित किया जाता था, तो भारतीय दंड संहिता की धारा 304-बी के अन्तर्गत लड़की के पति और रिश्तेदारों को कम से कम सात वर्ष से लेकर आजीवन कारावास की सजा हो सकती है।
आज जीवन विलासी होता जा रहा है। जो सामान लड़के पहले 15-20 साल काम करके इकट्ठा कर पाते थे, वही सामान आज लड़के विवाह के समय बटोर लेना चाहते हैं। यह उपभोक्तावादी प्रवृत्ति भारतीय सभ्यता और संस्कृति के नितान्त विरुद्ध है। आज इन पवित्र परम्पराओं के प्रति हमारा दृष्टिकोण दूषित होता जा रहा है। दहेज एक सामाजिक समस्या है जिसका उन्मूलन तभी हो सकता है जब हम संकल्पपूर्वक इसके विरुद्ध कदम उठाएं।
दहेज से सम्बंधित किसी भी कानून को प्रभावी बनाने के लिए सरकार को अपनी पहल पर कदम उठाने होंगे।
Contact Us Today👍 9528414004 [email protected] Advocate Lalit Chauhan
#advocate #lawyers #crime #falsecase #women #law #lawyer #legal #lawfirm #lawyerlife #lawyersofinstagram #attorney #lawschool
0 notes
onlinekhabarapp · 4 years
Text
ओली सरकार प्रगतिशील कि अगतिशील ?
१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार प्रगतिशील हो कि यथास्थितिवादी ? सत्तारुढ नेकपाका नेता– कार्यकर्तालाई यस्तो प्रश्न सोध्यो भने उनीहरु ठाडै रिसाउँछन् । र, प्रतिप्रश्न आउन सक्छ, ‘बकाइदा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकार प्रगतिशील नभएर कुनचाहिँ सरकार प्रगतिशील हुन्छ ?’
नेपालको प्रगतिशील साहित्यिक आन्दोलनको बैचारिक धर्नासो कम्युनिस्ट पार्टीसँगै जोडिएको छ । अहिले त्यही कम्युनिस्ट पार्टीकै सरकार भएकाले ओली सरकारलाई पक्कै पनि कवि–कलाकारहरुले प्रगतिशील सरकार नै मान्दा हुन् भन्ठान्नु अस्वाभाविक पनि होइन ।
कम्युनिष्ट विचार मान्ने लेखकहरुको साझा संगठन दाबी गर्ने प्रगतिशील लेखक संघ (प्रलेस) ले पछिल्लो समय ओली सरकारका कतिपय कामहरुको गुणगान गाएको छ भने कतिपय निर्णयहरुको विरोधमा विज्ञप्ति जारी गर्ने कामलाई तीव्रता दिएको छ ।
संघका महासचिव समीर सिंह भन्छन्– ‘हामीले यो सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्दै आइरहेका छौं । सरकारले गरेका राम्रा कामहरुको समर्थन गरिन्छ, खराब कामको विरोध गरिन्छ ।’
समग्रमा प्रलेसले ओली सरकारलाई कसरी हेर्छ ?
यो प्रश्नमा महासचिव सिंहले ‘ओली सरकारलाई हेर्ने दृष्टिकोणबारे’ भन्ने ढंगबाट प्रलेसले सरकारको मूल्यांकन नगर्ने बताए । सरकारको कामका आधारमा प्रलेसले धारणा बनाउँदै आएको उनले अनलाइनखबरलाई बताए ।
प्राध्यापक डा. जीवेन्द्रदेव गिरी अहिले प्रगतिशील लेखक संघका अध्यक्ष छन् । डा. गिरीले पनि महासचिव सिंहले जस्तै प्रलेसले ओली सरकारलाई गुण–दोषकै आधारमा हेर्ने बताए । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली ‘साहित्यलाई माया गर्ने मानिस’ भएको भन्दै उनको प्रशंसासमेत गरे ।
यिनै सन्दर्भमा अनलाइनखबरकर्मी निर्भिकजंग रायमाझीले प्रलेसका अध्यक्ष गिरीसँग समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ–
नेकपाको नेतृत्वमा सरकार बनिसकेपछि प्रगतिशील लेखक संघ उसैको जनवर्गीय संगठनजस्तै बनेको हो ? विभिन्न लाभका पदहरुका कारणले सरकारविरुद्ध तपाईंहरूको स्वर सानो भएको हो कि ?
‘लाभको पद’का भन्ने पदावली नै मलाई मन पर्दैन । लाभको पदकै लागि हुरुक्क हुने बानी मेरो छैन । लामो समय प्राध्यापन गरेको कारण मलाई आफ्नै शिक्षण पेशाबाट सन्तुष्टि मिलेको छ । हामी पदमा बस्दा के–के गर्यौं भन्ने काम सबैले हेर्न सक्नुहुन्छ ।
प्रज्ञा प्रतिष्ठानमा म स्वयं पनि सदस्यसचिव भएँ, त्यति भन्दैमा मेरो विरोधको स्वर बन्द भयो भन्नु गलत हो । मैले अत्यन्त चर्को कुरा बोल्दैमा त्यसले समस्याको समाधान गर्छ भन्ने पक्षमा छैन ।
जुन काम मुलुकका लागि आवश्यक छ, प्रगतिशील लेखक संघले ती काम गरेको छ । हाम्रो स्वर मन्द भएको छैन । जनताले हाम्रा विज्ञप्ति र आन्दोलन हेरे भने हामीले गरेको संघर्ष थाहा पाउँछन् । हामीले कतै पनि स्वर मन्द गरेका छैनौं ।
केपी शर्मा ओली अथवा सरकारको कुरालाई लिएर सधैं विरोध गर्नुपर्छ भन्नेमा म छैन । प्रधानमन्त्री ओली साहित्यकारलाई माया गर्ने मानिस हुन् । उनी साहित्यिक कार्यक्रममा भ्याएसम्म उपस्थित हुन्छन् । तर, सरकारले गरेका गलत कामको हामी विरोध गर्छौं । प्रलेस गुण र दोषको आधारमा यो सरकारलाई हेर्ने गर्छ । किनभने, ठूलो उपलब्धीपछि निर्माण भएको सरकार हो यो । यस सरकारको प्रतिरक्षा पनि गर्छौं ।
प्रधानमन्त्री ओली साहित्यकारलाई माया गर्ने मान्छे हुन् भन्नुभयो, तर सृजनात्मक कुराहरु लेखे–बोलेको वा सरकारको आलोचना गरेकै भरमा सरकारले सर्जकहरुलाई धरपकड गर्दै आएको छ नि ?
सरकारका मान्छेले व्यक्तिगत रुपमा के बोल्छन्, त्यसको हिसाब मसँग छैन । यद्यपि, माइला लामा, खेम थपलियाजस्ता स्रष्टाले विचार व्यक्त गरेकै कारण सरकारले नियन्त्रणमा लिएको कुराको निरन्तर विरोध गरेका छौं ।
अहिले तीजको सिजन आएको छ । तीज गीतको विषयलाई लिएर विभिन्न बहसहरु हुने गरेका छन् । धार्मिक संगठनहरु र प्रगतिशील विचारवीचको यो बहसबारे के भन्नुहुन्छ ?
म व्यक्तिगत तहबाट र प्रगतिशील लेखक संघ अभिव्यक्ति स्वतन्त्रता निर्वाध हुनुपर्छ भन्नेमा दृढ छौं । अभिव्यक्ति स्वतन्त्रताले नै यो लोकतान्त्रिक गणतन्त्र उपलब्ध भएको हो । हिजोका अप्ठेरा दिनमा पनि प्रलेसले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाएको थियो । विचार अभिव्यक्त गरेकै कारण कसैमाथि दुव्र्यवहार हुन्छ, आक्रमण हुन्छ भने प्रलेस त्यसविरुद्ध खरो उभिन्छ ।
मान्छे हो, मान्छेले बाटो बिराउन सक्छ, त्यसैले उसलाई ठोकिरहन पर्छ । तीज आउँछ, हरियो कपडा लगाउनैपर्ने, भोज भतेर गर्नुपर्ने । विलासी सामान रोज्नैपर्ने । यी पाखण्डका कुरा हुन् । यिनै सामान्तवादको अवशेषलाई हामीले विरोध गरेका छौं । जसरी पनि कमाऊ भन्ने सामन्तवादले मोजमज्जा गर, एक्लै जिन्दगी बिताऊ भन्छ । यसका विरुद्ध जीवनपर्यन्त लडिरहनु नै हामी प्रगतिशीलको कर्तव्य हो । सचेत आन्दोलनमार्फत लडिरहने हो । प्रलेसजस्ता संगठनले सामन्तवाद विरुद्ध लड्छ । पत्रकारिता र लेखनले पनि यो आन्दोलनलाई साथ दिन्छ ।
अहिले दुई धारका कम्युनिस्टहरु मिलेर बनेको नेकपाले सरकार चलाइरहेको छ । तर, लामो संघर्ष गरेर आएका नेताहरु चरित्र सामन्तवादीको झैं देखियो नि, किन ?
हामी सबैसँग सामन्तवादको अवशेष छ । यसलाई शुन्यमा झार्न सकेका छैनौं । सामन्तवादविरुद्ध चर्का कुरा गर्ने मानिस पनि यसको शिकार भएका छन् । किनभने, समाजलाई प्रशिक्षित गर्ने, विचारलाई प्रशिक्षित गर्ने मामिलामा हामी अलि चुकेका छौं ।
दुई ठूला कम्युनिष्ट पार्टीवीच एकीकरण त भयो । तर, वैचारिक प्रशिक्षण भएन । विचलन रोक्न सबैले संगठितरुपमा लाग्नुपर्ने तर, संगठन अलपत्र छ । पार्टीका जनवर्गीय संगठनलाई परिचालन गरेर सामन्तवादी चिन्तन हटाउने अभियानमा पार्टी लाग्नुपर्छ ।
प्रलेसले पनि अचेल आफूलाई धारिलो बनाउनका लागि प्रभावकारी लेखन कार्यशाला, अन्तरक्रिया र गोष्ठी गर्दैन भन्ने सुनिन्छ नि ?
गएको वर्षको अन्तिमतिर प्रलेसको चुनाव भयो । त्यसपछि नियमित परिसंवाद कार्यक्रम भएको छ । भर्खरै वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको राष्ट्रिय अभिनन्दन गर्यौं । सातै प्रदेशमा कार्यशाला चलाउने सोच थियो । कोरोनाका कारण त्यो अड्किएको हो । तर, हाम्रो आन्तरिक विमर्श चलिरहेको छ ।
प्रलेसभित्र पनि अहिले पार्टीमा जस्तै राजनीति र गुटबन्दी फस्टाउन थालेको हो ? यसले गर्दा पो धार कमजोर भएको हो कि ?
व्यक्तिगत कुरातर्फ म जाँदिनँ । प्रगतिशील धार कमजोर भएको कुरालाई पनि म मान्दिनँ । प्रगतिशीलता मार्क्सवादको आलोकमा हुर्किएको विशिष्ट चिन्तन हो । यसमा ‘प्रगतिशीलता’ र ‘प्रगतिवाद’ गरी दुई आयाम हुन्छन् । प्रगतिवादले हुबहु मार्क्सवादी सिद्धान्त मान्नुपर्छ भन्छ । सिद्धान्तमा जे भनियो, त्यो लागू गर्नुपर्छ भन्छ । तर, प्रगतिशीलताले चाहिँ समाज आज जे छ, त्यसअनुसार अगाडि बढ भन्छ । प्रगतिवादी चिन्तन र प्रगतिशीलताका केही कुरा आपसमा नमिल्न सक्छ । यसैले हिजोभन्दा समाजमा विभेद कम गर्न, स्वतन्त्रता र नागरिक अधिकारका लागि लड्न प्रगतिशीलता आवश्यक छ ।
हिजोको इतिहास हेर्दा एक समय सक्रिय मानिसहरु पछि निष्क्रिय भएका छन् । आजका प्रलेसका सदस्यहरूको कुरा गर्दा उनीहरूका नयाँ पुस्तकहरू प्रकाशित भइरहेका छन् ।
देशले नै समाजवादउन्मुख बाटोमा जानुपर्छ भनेको छ । त्यसमा जान के–के बाधा अड्चन भयो, त्यसतर्फ काम गर्न खोजेका छौं । लेखनसँगै अरु सामाजिक काममा पनि लाग्दा के नराम्रो हुन्छ र !
मार्क्स, लेनिन, माओत्सेतुङहरूले जुन समयमा सिद्धान्तको अभ्यास गरे, अहिले त्यही जडसुत्र रटेर केही हुँदैन । मार्क्सवादमा आज विज्ञान र ज्ञानमा भएका नयाँ उपलब्धीलाई लिएर अगाडि बढ्नुपर्छ । मदन भण्डारीले मार्क्सवादको सृजनात्मक प्रयोग गर्नुपर्छ भन्नुभयो । उहाँले रुसमा भएका कमजोरी, पूर्वी युरोपमा भएका मार्क्सवादी कमजोरी हेरेर सिक्नुपर्छ भन्नुभयो । त्यो कुरालाई ठूलो जनसमुदायले समर्थन जनायो भन्ने मेरो ठहर छ । त्यसैले, समाजलाई युगअनुसार मार्क्र्सवादले पनि अपडेट गर्नुपर्छ । जो दायाँ–बायाँ लाग्न हुन्न भन्छ, ऊ साँघुरिन्छ ।
मार्क्सवादी साहित्य चाहिँ ?
साहित्यमा पनि हामीले ज्यादै साँघुरो भएर बस्नुहुँदैन । कविता, कथा लेखिएका छन् र त्यसमा मार्क्सवादी चिन्तन पुरै नआए पनि त्यो प्रगतिशील आन्दोलनको सम्पत्ति हो । जनताका पक्षमा आएका कुरा छन् भने त्यो प्रगतिशील आन्दोलनको सम्पत्ति हो । पुरै मार्क्सवाद बुझेर, ज्ञाता भएर मात्रै साहित्य रचना गर्नुपर्छ भन्ने पक्षमा म छैन । जड कुरालाई त्यागेर जनताका पक्षमा लेखिनुपर्छ ।
सत्ता र पार्टीहरुलाई हेर्ने सवालमा प्रगतिशील लेखक संघमा विवादहरु देखिने गरेका छन्, यसलाई कसरी हेर्नुहुन्छ ?
प्रलेसमा विभिन्न पार्टीसम्वद्ध लेखक छन् । उनीहरूको पार्टी–पार्टीको झगडा पनि हुन्छ यहाँ । म केन्द्रीय सदस्य तथा गोविन्द भट्ट अध्यक्ष हुँदा हामी एक्लाएक्लैले संगठन चलायौं । यहाँ विभिन्न समूह र गुट बन्छन्, जो कहिले अलग हुने, कहिले जोडिने गर्छन् ।
कतिपय कुरा समूहगत भए पनि साझा हुन्छन् । जस्तो– जातीय विभेद अन्त्य गर्ने र सबै विभेद अन्त्य गर्ने कुरामा हामी सबै मिल्न सक्छौं । त्यसैले मिलौं, एकै संगठनमा बसेर काम गरौं भनिरहेको छु । फुटको पक्षमा म छैन ।
प्रगतिशील लेखनसँग जोडिएका कतिपय विचारवान् साहित्यकार पनि आजका नेताहरुको छायामा रहँदा त्रसितजस्तो देखिन थालेका हुन् ?
क्षुद्रता व्यक्तिविशेषको कुरा हो । कसैले पनि क्षुद्र कुरा नगरौं भनेर मैले प्रलेसभित्रका साथीहरूलाई भनेको छु । कोही नेता रुखो होला र ऊसँग डराएकोजस्तो भएको होला ।
त्यसो त, नेपालको राजनीतिक संगठनमा पार्टीका सांस्कृतिक संघठनले मुख्य भूमिका खेल्न सकेको छैन । ठूलो सांस्कृतिक अभियान चलाउन सक्ने हो भने मात्र हाम्रो कुरा नेतृत्वले सुन्छ । यहाँ त एउटा अर्कोसँग साथी छ, तर साथीले साथीकै खुट्टा तान्ने, ��्षुद्र टिप्पणी गर्ने चलन छ । यसले गर्दा सोचाइमा नै भय मिसिएको हो । नेतासँग डराउनुपर्ने कारण म देख्दिनँ ।
नेपालमा कम्युनिस्टहरुको बाहुल्य छ । तर, भारतीय प्रगतिशील लेखनमा जस्ता साहित्यिक पात्रहरु नेपालमा किन हुन सकेनन् ?
व्यक्तिभन्दा पनि अभियानलाई नै अघि बढाउन ठूलो कदम चलाउनुपर्छ । हाम्रोमा पनि युद्धप्रकाश मिश्रजस्ता आदर्श मानिस थिए । हामीले आदर्श जीवन बाँच्ने अभियान नै चलाउनुपर्छ । हाम्रा सृजनाकर्मीको जीवनशैली निष्ठावान् र विचारको पथ नत्याग्ने संस्कार बनाउनुपर्छ ।
राज्यले प्रगतिशील लेखनसँग जोडिएका सबै प्रतिभावान लेखकलाई साथ दिनुपर्छ । हाम्रो संगठने पनि कतिलाई गर्न सक्यौं, कति सकेनौं त्यसको हिसाब आफ्नो ठाउँमा छ । पुराना साहित्यकार पनि छन्, जसलाई खोजी गर्नुपर्छ । सार्थक विचार बोक्ने जोकोही भए पनि हामीले साथ दिनुपर्छ, चाहे ऊ एक्लो किन नहोस् !
तर, एउटा लेखक, साहित्यकारले. राज्य वा सरकारबाट भन्दा पनि जनस्तरबाट साथ समर्थन पाएको राम्रो होइन र ?
जनताका माझ खाइखेली नगरेको मान्छेले सम्मान पाउँदैन । जनताको माझमा गएको मान्छेले नै सरकारको पनि साथ पाउनुपर्छ । जनस्तरमा गएर काम गर्ने, जनस्तरको पक्षमा बोल्ने मानिसले नै सम्मान पाउनुपर्छ । राज्यले केही समय उचालेर मात्र केही हुँदैन । यसैले त हाम्रो मान्छे होइन, राम्रो मान्छे छान्नुपर्छ भनेर हामी बोल्छौं । हाम्रो दुःख–सुख बुझेको मानिस नै हामीलाई प्रिय हुन्छ ।
तपाईले प्रगतिशील लेखक संघ र आन्दोलनमा चार दशक बिताउनुभयो । आज नेतृत्वमा हुनुहुन्छ, अबको प्रलेस कस्तो बन्दैछ ?
मलाई आकाशका तारा झार्छु भन्नेजस्ता चर्का कुरामा विश्वास छैन । बरु डढेलोजस्तै गरी प्रगतिशील आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा चाहिँ सहमत छु । त्यसमा म स्वयं पनि होमिन्छु ।
प्रलेसको कुरा गर्दा, हामी आफैंमा व्यवस्थित हुन खोज्दैछौं । हिजोका राम्रा कामलाई अगाडि लाँदै ‘प्रगतिशील लेखनको इतिहास’ लेखाइराखेका छौं । हाम्रो इतिहास लेख्न लागि ठूलो मिहेनत परेको छ ।
यस्तै गोष्ठी देशैभरि गर्ने, वैचारिक किसिमले प्रशिक्षण गर्ने कामलाई बढाएको छु । हजारौं लेखक–साहित्यकार हामीसँग जोडिएका छन् । उनीहरूलाई प्रगतिवादी सिद्धान्त सिकाउन आवश्यक छ । यसैले हामी आफैंमा विचारमा बलियो हुने प्रयत्न गरिरहेका छौं । सृजनात्मक जीवनशैलीको पक्षमा छौं । यसपछिको ‘प्रलेस’ वैचारिक, सांगठनिक र सृजनात्मक आयाममा बलियो हुनेछ ।
0 notes
onlinekhabarapp · 6 years
Text
छापामा आजः विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी
२१ माघ, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको पहिलो श्रृंखलामा हासिल गरेको सफलता आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले नेपालको यो सफलतलाई ऐतिहासिक उपलब्धिका रुपमा व्याख्या गर्दै चर्चा–परिचर्चा गरेका छन् ।
यसबाहेकका आजका पत्रपत्रिकाका अन्य सामग्रीमा भने विविधता देखिन्छ । कुनैले विलासी वस्तु आयातमा बन्देज लगाउने तयारीबारे लेखेका छन् भने कुनैको नजर पुरातात्विक सम्पदा पुनर्निर���माणमा परेको छ । प्रधानमन्त्रीका लागि बालुवाटारमै भव्य महल बनाउन लागिएको खबर पनि आजको पत्रिकामा छापिएको छ ।
नागरिक दैनिकले आज नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा हासिल गरेको सफलतालाई मुख्य समाचार बनाएको छ । विलासी वस्तु आयात रोक्ने तयारी भइरहेको अर्को खबर पनि नागरिकमा छ । नागरिकका अनुसार, आलु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्राको चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ । मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च हुँदा मुलुकको शोधानान्तर बचत खुम्चिँदै गएको भन्दै विलासीसहित अन्य केही वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सुझाव दिएको समाचारमा उल्लेख छ ।
नागरिक लेख्छ– सवारीसाधन र पाटपुर्जा, पेट्रोलियम पदार्थ, सुन, कस्मेटिक सामान, चामललगायतका विभिन्न वस्तुको आयात उच्च देखिएको र त्यसैअनुसारको जानकारी राष्ट्र बैंकले सरकारलाई दिएको छ । महँगा गाडी, महँगा मोटरसाइकल, खेलौना तथा कस्मेटिकका केही सामान, गुट्खा, खैनीजस्ता वस्तुको आयात नियन्त्रण पनि राष्ट्र बैंकले सरकारलाई सुझाव दिएको छ ।
अन्य पत्रिकाले जस्तै अन्नपूर्णले पनि क्रिकेटमा नेपालले हासिल गरेको सफलतालाई नै मुख्य समाचार बनाएको छ । यसका अतिरिक्त राष्ट्रपति चीन र अमेरिका भ्रमणमा जाने खबर पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ । समाचार अनुसार बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी आउँदो अप्रिलमा चीन जान लागेकी हुन् । चीन मात्रै होइन, राष्ट्रपिति अमेरिकासमेत जाँदै छिन् । राष्ट्रसंघको महिला सशक्तीकरण सत्रमा सम्बोधन गर्न भण्डारी अमेरिका जान लागेको समाचारमा उल्लेख छ ।
नेपाली क्रिकेटको सफलतालाई उच्च प्राथमिकताका साथ प्रकाशित गरेको कान्तिपुरले सार्वजनिक स्थानमा पासवर्ड बिनाको वाइफाई राख्न नपाइने मापदण्ड सरकारले बनाउन लागेको लेखेको छ । समाचार अनुसार, सार्वजनिक स्थानको वाइफाई प्रयोग गरेर आपराधिक गतिविधि भएमा त्यसको पहिचान हुन नसक्ने भएकाले उपयुक्त लगइन हुनैपर्ने प्रावधानसहितको मापदण्ड ल्याउन लागेको छ ।
नयाँ पत्रिकाले ‘बैंकमा सधैं न्यून नगद, उच्च व्याज’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । नयाँ पत्रिकाका अनुसार, बैंकले पुँजी र निक्षेपको ८० प्रतिशतसम्म लगानी गर्न सक्छन् । तर लक्ष्मण रेखा छुने अवस्था भएकाले कर्जा प्रवाहमा समस्या भएको छ ।
भारतले कञ्चनपुरको सीमा क्षेत्रमा फेरि डोजर लगाएर नाली खन्ने काम गरेको खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा छ । भारतीय वन विभागले शनिबारदेखि पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित ७५३/१७१ नम्बर पिलर क्षेत्रमा नाली बनाउन थालेको हो ।
राजधानीले पुरातात्विक सम्पदाको पुननिर्माण सुस्त भएको लेखेको छ । भूकम्प गएको लामो समय बितिसके पनि पुरातात्विक सम्पदाको पुनर्निर्माण २८ प्रतिशत मात्रै सम्पन्न भएको छ । गोरखापत्र दैनिकमा टी–२० क्रिकेटमा नेपालले हासिल गरेको जितदेखि एक वर्षभित्र देशैभरि फोरजी सेवा सञ्चालन हुनेसम्मका खबर छन् ।
0 notes
onlinekhabarapp · 6 years
Text
मान्छेको मासु खाने र लाससँग एकान्तमा बस्ने क्रुर तानाशाह !
युगाण्डाका तानाशाह ईदी अमिनलाई विश्व इतिहासकै सबैभन्दा क्रुर र निर्दयी तानाशाहको रुपमा चिनिन्छन् । ६ फिट ४ इन्च अग्ला र १३५ किलो तौलको भिमकाय ज्यान भएका उनी देख्दै पनि डरलाग्दो थिए ।
एक समयमा युगाण्डाको हेभिवेट बक्सिङ च्याम्पियन समेत रहेका अमिन सन् १९७१ मा मिल्टन ओबोटेलाई हटाएर सत्तामा आएका थिए ।
उनले आफ्नो ८ वर्षको शासनकालमा उनले क्रुरताको यति धेरै विभत्स उदाहरणहरु प्रस्तुत गरे जसले उनलाई आधुनिक इतिहासकै एक क्रुर तानाशाहको रुपमा चिनायो ।
एसियालीहरुलाई देश निकाला
सन् १९७२ को अगस्ट ४ मा बिबिसीको दैनिक बुलेटिनमा अचानक एउटा स्तब्ध बनाउने समाचार सुनियो ।
समाचार भनिएको थियो युगाण्डाका तानाशाह ईदी अमिनले युगाण्डामा वर्षौं देखि बसोबास गरिरहेका ६० हजार भन्दा धेरै एसियालीहरु मुलका मानिसहरुलाई अचानक देश छोड्ने आदेश दिएका छन् ।
अमिनले देश छोड्नको लागि उनीहरुलाई ९० दिनको समय दिइने पनि बताएका थिए ।
अमिनका अनुसार उनले सन् १९७२ को अगस्ट ४ मा अचानक एक सपना देखेका थिए । त्यसपछि उनले युगाण्डाको टोरोरोमा सैनिक अधिकारीहरुलाई सम्बोधन गर्दै सपनामा अल्लाहले उनलाई सबै एसियालीहरुलाई आफ्नो देशबाट तुरुन्त बाहिर निकाल्न भनेका बताउँदै यस्तो आदेश दिए ।
अमिनले भनेका थिए, ‘एसियालीहरु आफै युगाण्डावासीहरुसँग अलग भएका छन् र उनीहरुले युगाण्डाबासीसँग घुलमिलहुने कुनै कोसिस गरेका छैनन् । उनीहरुको स्वार्थ नै युगाण्डालाई लुट्ने हो । उनीहरुले गाइ दुहुन्छन् तर त्यसलाई घाँस खुवाउने  काम गर्दैनन् ।’
कर्णेल गद्दाफीको सल्लाहमा एसियालीहरुलाई निकालेका थिए
सुरुमा अमिनको यस्तो घोषणालाई एसियाली मुलका मानिसहरुले गम्भिरतापूर्वक लिएनन । उनीहरुले सुरुमा अमिनले सनकको भरमा यो घोषणा गरेको सोचे तर केही दिनपछि नै उनीहरुलाई अमिनले साँच्चै देशनिकाला गर्न खोजेको थाहा भयो ।
अमिनले उनलाई यो निर्णय लिने सल्लाह अल्लाहले सपनामा आएर दिएको बताएका थिए । तर, अमिनको शासनमा बहुचर्चित पुस्तक ‘घोस्ट अफ कम्पाला’ का लेखक जर्ज इभान स्मिथले लेखेका छन्, ‘यसको प्रेरणा उनलाई लिबियाको तानाशाह कर्णेल गद्दाफीबाट मिलेको थियो ।’
स्मिथका अनुसार गद्दाफीले उनलाई देशको अर्थ व्यवस्थामा पुरै नियन्त्रण भएमात्रै उनको सत्ता बलियो हुने बताएका थिए । उनले जसरी आफ्नो देशमा इटालियनलाई पछाडि हटाए त्यसैगरि अमिनले पनि आफ्नो देशबाट एसियालीहरुलाई हटाउन पर्ने सल्लाह दिएका थिए ।
मानिसहरुले चउरमा आफ्नो सुन गाडे
अमिनको घोषणा पछि बेलायतले अमिनलाई भेटेर उनको निर्णय फिर्ता गर्न मनाउने आशामा आफ्ना मन्त्री जियोफ्रिरिपनलाई कम्पाला पठायो ।
तर, जब रिपन त्यहाँ पुगे त्यसपछि अमिनले आफू धेरै व्यस्त भएको कारण पाँचदिन सम्म भेट्न नपाउने बताउँदै भेट्न मानेनन् ।
रिपनले लण्डन फर्किने निर्णय गरे, त्यसपछि अधिकारीहरुले सम्झाएपछि मात्रै चौंथो दिनमा अमिन रिपनसँग भेट्न तयार भए तर उक्त भेटको कुनै फाइदा भएन् ।
अमिन आफ्नो निर्णयमा अडिग रहे । भारत सरकारले पनि स्थितीलाई सजिलो बनाउनको लागि भारतीय विदेश सेवाका एक अधिकारी निरञ्जन देसाईलाई कम्पाला पठाएको थियो ।
भारतले पठाएका निरञ्जन देशाई सम्झिन्छन्, ‘हरेक व्यक्तिलाई आफ्नो साथमा जम्मा ५५ पाउण्ड र २५० किलो सामान मात्रै लैजाने इजाजत दिइएको थियो । अझै कम्पाला भन्दा बाहिरका एसियालीहरुलाई त यो नियमबारे पनि थाहा थिएन् ।’
अमिनको यो निर्णय यति अचानक आएको थियो कि युगाण्डा सरकार आफै यसलाई लागु गर्नको लागि तयार नै थिएन । केही धनी एसियालीहरुले आफ्नो धन खर्च गर्ने नयाँ तरिका निकालेका थिए ।
धेरैले यदि आफ्नो पैसा बाहिर लैजान सकिँदैन भने त्यसलाई विलासी तरिकाले उडाउने हो भन्ने हिसाबले सोचेका थिए । उनीहरुले विमानको बिजनेश क्लासको टिकट बुक गराए भने विदेश भ्रमणको लागि महंगा होटलहरु पनि बुक गराए ।
केही बाठा मानिसहरुले विभिन्न तरिका लगाएर आफ्नो पैसा बाहिर लैजान सफल भए । यस्तै केहीले भने पछि फर्केर आउन सक्ने आशामा आफ्नो घरको बगैंचामुनि सुन गाडेका थिए ।
औंलाबाट औठी काटेर समेत निकालियो
हाल लण्डनमा रहेकी गीता वाट्स अहिले पनि त्यो दिन सम्झिन्छिन् जब उनी लण्डन जानको लागि एनतेबे विमानस्थलमा पुगेकी थिइन् ।
गीता भन्छिन्, ‘हामी मानिसहरुलाई आफ्नो साथमा जम्मा ५५ पाउण्ड लैजान दिइएको थियो । विमानस्थलमा मानिसहरुको सुटकेश खोलेर जाँचिएको थियो । उनीहरुको हरेक चीज बाहिर निकालेर फ्याँकिन्थ्यो ताकी उनीहरुले त्यसमा पैसा त लुकाइएको छ कि छैन् देख्न सकुन् ।’
‘मलाई मेरो आमाबुबाले एउटा सुनको औठी लगाइदिएका थिए । विमानस्थलमा उनीहरुले औठीहरु खोल्न भने तर, औठी यति कसिलो थियो कि मेरो औलाबाट निस्किएन’ गीताले भावुक हुँदै भनिन्, ‘त्यसपछि उनीहरुले औंठीलाई मेरो औंलाबाट अलग गरिदिए । सबैभन्दा खतरनाक कुरा त जब औंठी काटिरहेका थिए अटोमेटिक हतियार लिएका सैनिकले हामीलाई घेरेका थिए ।’
धेरैजसो एसियालीहरुलाई युगाण्डाबाट निकालिएपछि बेलायतले शरण दियो । एसियालीहरुलाई निकालिएपछि युगाण्डाको पुरै अर्थव्यवस्था तहसनहस भयो ।
यस्तो छ अमीनको क्रुरता र बर्बरता
एसियालीहरुलाई निकालिएको घटनाले अमिनको छवि पुरै विश्वमा एक सनकी तानाशाहको रुपमा फैलियो । उनको क्रुरता र कहानीहरु दुनियाँलाई थाहा भयो ।
अमीनको समयमा स्वास्थ्य मन���त्री रहेका हेनरी केयेंबाले ‘अ स्टेट अफ ब्लडः द इन्साइड स्टोरी अफ इदी अमिन’ नामक पुस्तकमा अमीनको क्रुरताको यस्तो किस्साहरु दुनिँयालाई बताए जसबाट पुरै दुनियाँ स्तब्ध भयो ।
केयेंबाले लेखेका छन्, ‘अमिनले आफ्नो दुश्मनहरुलाई मारेनन् मात्रै उनीहरुलाई मारेपछि उनीहरुको शवको साथमा पनि बर्बरतापूर्ण व्यवहार गरे ।’
‘युगाण्डाको मेडिकल समुदायको बीचमा मुर्दाघरमा राखिएको धेरै लाशहरुलाई चलाइएको कुरा आम थियो र उनीहरुको मिर्गोला, कलेजो, नाक, ओठ र गुप्तांग गायब हुन्थ्यो ।’
केयेंबाले लेखेका छन्, ‘सन् १९७४ मा विदेश सेवाका अधिकारी गोडफ्रिकिगालालाई गोली हानेर मारेपछि उनको आँखा निकालिलएको थियो र उनीको लाश कम्पालाको बाहिर जंगलमा फ्याँकिएको थियो ।’
केयेंबाका अनुसार अमिनले कैयौंपटक मारिएका शवहरुको साथमा केही समय एक्लै बिताउ चाहेको बताउँथे ।
जब मार्च १९७४ मा कार्यबाहक सेनाध्यक्ष बि्रगेडियर चाल्र्स अरुबेको हत्या भयो त्यतिखेर अमिन उनको लासलाई हेर्न अस्पतालको मुर्दाघरमा आए । उनले डाक्टरसँग लासको साथमा एकछिन एक्लै बस्ने इच्छा गरे ।
लाससँग एक्लै भएपछि अमिनले के गरे भन्ने त कसैले देखेनन् । तर, धेरै युगाण्डाबासीले उनले आफ्नो दुश्मनको रगत पिउने गरेको विश्वास गर्छन् । यस्तो प्रचलन काकवा जनजातीमा छ र अमिन पनि काकवा जनजातीबाट आएका थिए ।
मान्छेको मासु खाएको आरोप
केयेंबा लेख्छन्, ‘कैयौं पटक राष्ट्रपति र अन्य मानिसले उनीहरुले मान्छेको मासु खाएको बताएका थिए । मलाई याद छ अगस्ट १९७५ मा जब अमिन केही वरिष्ठ अधिकारीहरुलाई आफ्नो जाएरे यात्राको बारेमा बताइरहेका थिए उनले भनेका थिए-मलाई बाँदरको मासु दिइएको थियो त्यो मानिसको मासु जस्तो मिठो थिएन ।’
यस्तै अमिनले लडाईको समयमा अक्सर आफ्नो साथी घाइते हुन्छ यस्तोमा उनीहरुलाई मारेर खानाले तपाई भोकमरीबाट बँच्नसकिने बताएको पनि केयेंबाले लेखेका छन् ।
यस्तै अमिनले एकपटक युगाण्डाको एक डाक्टरलाई मानवको मासु चितुवाको मासुभन्दा नुनिलो हुने बताएका थिए ।
अमिनको पि|mजमा थियो मानिसको काटिएको टाउको
अमिनको एक पुरानो नोकर अलोगाले भागेर किनिया आएपछि यसबारेमा बताएका थिए ।
अमिनको शासनकालमा युगाण्डामा भारतका उच्चायुक्त रहेका मदनजीत सिंहले आफ्नो किताब ‘कल्चर अफ सेपल्कर’मा अलोगालाई उद्धृत गर्दै लेखेका छन्, ‘अमिनको पुरानो घर कमाण्डपोस्टमा एक कोठा सँधै बन्द रहन्थ्यो । मलाई मात्रै त्यसभित्र पस्ने अनुमति थियो र त्यो पनि सफा गर्नको लागि ।’
‘अमिनकी पाँचौ पत्नी सारा क्योलाबालाई यो कोठाको बारेमा जान्ने धेरै उत्सुकता थियो । उनले मसँग त्यो कोठा खोल्न भनिन् म थोरै झस्किँए किनभने अमिनले मलाई उक्त कोठामा कसैलाई जान नदिन आदेश दिएका थिए ।’
‘तर, साराले धेरै जिद्दी गरेपछि मैले उनलाई कोठाको चाबी दिँए कोठा भित्र रेफ्रिजिरेटर थियो । जब उनले रेफ्रिजिरेटर खोलिन् त्यसपछि उनी चिच्याएर बेहोस भइन । त्यसमा उनका एक पूर्व प्रेमी जिज गिटाको काटिएको शिर राखिएको थियो ।’
आफूले चाहेको महिलालाई पाउन यतिसम्म गर्थे
साराको प्रेमी जस्तै अमिनले कैयौं अन्य महिलाहरुको प्रेमीहरुको शिर काटेका थिए । जब अमिनलको रुची माइकल कबालीकी प्रेमिका हेलेन ओगवांगमा लाग्यो तब अमिनका बडिगार्डले कबालीलाई कम्पाला इन्टरनेशनल होटेलको स्विमिङ पुलबाट उठाएर गोली हानिदिए ।
पछि हेलेनलाई पेरिसमा युगाण्डाको दुतावासमा पोस्टिङ गरियो र उनी त्यहाँबाट भागेकी थिइन् ।
अमिन मेकरेरे विश्वविद्यालयका प्रोफेसर भिसेन्ट एमिरु र तोरोरोको रक होटलका म्यानेजर शेकानबोका पत्नीहरुसँग पनि शारीरिक सम्बन्ध राख्न चाहन्थे । त्यसैले उनले दुवैलाई अनेक योजना बनाएर मारे ।
अमिनको यति धेरै प्रेम सम्बन्ध थियो कि त्यसबारेमा स्पष्ट गणना गर्न मुस्किल छ । भनिन्छ, एकै समयमा उनका कम्तीमा ३० महिलाहरुसँग सम्बन्ध थियो । यी महिलाहरु धेरैजसो होटल कार्यालय र अस्पतालहरुमा नर्सको रुपमा काम गर्थे ।
अमिनकी चौंथी पत्नी मेदिना पनि एकपटक उनको हातबाट झण्डै मरेकी थिइन् । सन् १९७५ फेब्रुअरीमा अमिनको कारमा कम्पाला नजिकै गोलीप्रहार भयो ।
मेदिनाले हत्याराहरुलाई आफ्नो कारको बारेमा जानकारी दिएको अमिनले शंका गरे । अमिनले मेदिनालाई धेरै नराम्रोसँग पिटे यसक्रममा उनको आफ्नै हात भाँच्चिएको थियो ।
0 notes