#लयनस
Explore tagged Tumblr posts
pprentertainment-blog · 6 years ago
Text
हाइक टोटल से लैस इंटेक्स एक्वा लॉयन्स एन1 का रिव्यू
हाइक टोटल से लैस इंटेक्स एक्वा लॉयन्स एन1 का रिव्यू
Tumblr media
[ad_1]
बेहद कम कीमत वाले एंड्रॉयड स्मार्टफोन अगर आज बाज़ार में हैं, तो इसका श्रेय ‘एंड्रॉयड गो’ को जाता है। हमने एमडब्ल्यूसी 2018 में भी इन स्मार्टफोन की घोषणाएं सुनीं। इस सूची में नया नाम है इंटेक्स एक्वा लॉयन्स एन1 का। रिलायंस जियो के जियो फोन(पढ़ें रिव्यू) लॉन्च करने के बाद प्रतियोगिता तेज�� हुई है और अब बीएसएनएल से लेकर माइक्रोमैक्स भारत 1 जैसे फोन कतार में खड़े दिख रहे हैं।
हाल में हाइक ने…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
लायन्स क्लब अफ पोखरा मिड टाउनमा अधिकारी पोखरा, २ चैत- लायन्स क्लब अफ पोखरा मिड टाउनको लायन वर्ष २०१७/१८ को अध्यक्षमा ठाकुरप्रसाद अधिकारी निर्वाचित भएका छन् । क्लबको आइतबार सम्पन्न अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा देवी तिमिल्सिना, द्वितीय उपाध्यक्षमा रुक्मागत भण्डारी ‘विश्वास’ र तृतीय उपाध्यक्षमा सुरेन्द्र पौडेल निर्वाचित भएका छन् । क्लबको सचिवमा रविराज भुत्र्याल, कोषाध्यक्षमा विजय पाठक, सहसचिवमा दधीराम दाहाल, सहकोषाध्यक्षमा बुद्धिप्रसाद भण्डारी निर्वाचित भए । टेमरमा मनोज केसी, मेम्बरसिप चियरपर्सनमा श्रीकान्त चापागाईं, टेइल टुइस्टरमा हरिबहादुर थापा, पि.आर.ओ.मा महेश्वर दवाडी, रिपोर्टिङ अफिसरमा विकास भुर्तेल, एलसिआइएफ अफिसरमा सुनादेवी मल्ल निर्वाचित भएको निर्वाचत अधिकृत तथा क्लबका संस्थापक अध्यक्ष कृष्णराज पोखरेलले जानकारी दिए । डाइरेक्टरहरुमा त्रिलोचन गौतम, पोषबहादुर भुजेल, रत्नबहादुर भुजेल, यमबहादुर जिसी, रामजी केसी र होमप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष अधिकारीले सामाजिक काममा क्लबले गर्ने हरेक गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि रिजन चियरपर्सन चण्डिप्रसाद अर्यालले स्थापनाको छोटो समयमा मिड टाउनले सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्न सफल भएको बताए । लायन वर्ष २०१६/१७ का अध्यक्ष विष्णुप्रसाद बास्तोलाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पोखराका दुई लायन्स क्लवबिच दिदिभाइको सम्बन्ध पोखरा, १३ कार्तिक- नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसरमा दुई लायन्स क्लवबिच पोखरामा शुक्रबार दिदिभाईको सम्बन्ध गाँसिएको छ । यसरी सम्बन्ध स्थापित गर्ने क्लवमा लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारी र लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारी रहेका छन् । लायन्स क्लव अफ सिर्जना चौतारीको स्पोन्सर क्लवको रुपमा स्थापित यी दुवै क्लवले पूर्व मल्टिपल काउन्सील चियर पर्सन एम जे एफ दिपक क्षेष्ठलाई साक्षी राखेर सम्बन्ध स्थापित गरेका हुन् । लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीका दिदिहरुले पालैपालो लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका भाइहरुलाई टिका, माला र ढाकाको टोपी लगाइ दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सम्बन्ध स्थापित भएपछि आत्मियता बढ्ने र सामाजिक कार्य गर्दा प्रभावकारिता बढ्ने बताए । यसरी संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दा निखारता आउने उनको भनाई थियो । उनले आफु आवद्ध क्लवले पोखरामा लायन्स क्लवका बिचमा यस्तो सम्बन्ध राख्ने कार्यको सुरुवात गरेको स्मरण गरे । कार्यक्रममा बोल्दै रिजन चियर पर्सन बालकृष्ण बरालले आफुहरुले जन्माएका दई क्लवबिचको सहकार्य अन्य क्लवका लागि समेत अनुकरणीय हुने बताए । लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरे, लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीका अध्यक्ष दुर्गा कुमारी आचार्य, प्रथम उपाध्यक्ष सिता पहारी, द्धितिय उपाध्यक्ष रजनी कोइराला, सचिव सावित्रा पौडेल, कार्यक्रम संयोजक प्रतिमा शर्मा लगायतले सम्बन्धलाई प्रगाढ बनाउन विभिन्न कार्यक्रम गर्ने बताएका थिए । सो अवसरमा आयोजित देउसी भैलो कार्यक्रमले समेत कार्यक्रममा रौनकता थपेको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
घटस्थापनाका दिन पोखरामा लायन्स नाईट हुने पोखरा, ५ असोज- लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले लायन्स नाईट–२ गर्ने भएको छ । घटस्थापनाका दिन पोखराको फुलबारी रिसोर्टमा साँझ ६ बजेबाट शुरु हुने कार्यक्रममा सबिन राई, रामभक्त जोजिजु, इतु जोजिजु लगायतका नेपालका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष लायन सुदिप पौडेलले कार्यक्रमका बारेमा जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘नेपालीहरुको महान पर्व बिजयादशमी तथा दिपावलीको अवसरमा पोखरामा रहेका लायन्स तथा गैरलायन्सहरु विच शुभकामना आदानप्रदान गर्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो ।’ कार्यक्रम संयोजक समेत रहेका क्लबका अध्यक्ष पौडेलले बताए । क्लबले अघिल्लो वर्ष देशमा नाकाबन्दीले सिर्जित बिषम परिस्थितीका बावजुद पनि लायन्स क्लबका सदस्य तथा लायन्स क्लब संग आवद्ध नभएका ब्यक्तिहरु विचको भावनात्मक एकताका लागि लायन्स नाईटको परिकल्पना गरेको र त्यसको सफलताले हौसिएर यस वर्ष पनि कार्यक्रम गर्न लागेको क्लबका प्रथम उपाध्यक्ष बिष्णुवावु खड्काले बताए । कार्यक्रममा बर्ष २०१५–१६ का गर्भनरलाई बिदाई सम्मान तथा वर्ष २०१६–१७ का गर्भनरलाई स्वागत सम्मान गरिने क्लबका द्धितिय उपाध्यक्ष लायन निरन केसीले जानकारी दिए । कार्यक्रममा ५ सय देखि ७ सयको संख्यामा पोखराका लायन्स सदस्य तथा गैर सदस्यहरुको उपस्थिती रहने अनुमान गरेको क्लबका तृतिय उपाध्यक्ष लायन बिनय थापाले सुनाए । कार्यक्रमको ब्यवस्थापनको जिम्मा पब्लिक इभेन्टले लिएको छ । एन अनर टु गर्भनर नाराका साथ गर्न लागिएको कार्यक्रम सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष लायन सुदिप पौडेलको संयोजकत्वमा बिभिन्न उपसमिती निर्माण गरेको छ । जसमा संस्थापक अध्यक्ष प्रदिप कुँवर इभेन्ट संयोजक, सन्जय कुमार मल्ल प्रचारप्रसार संयोजक, निरन केसी जनसम्पर्क तथा पत्राचार ब्यवस्थापन संयोजक, बि��्णुबाबु खड्का मायाको चिनो ब्यवस्थापन संयोजक, एकराज गिरी अर्थ संयोजक, दिपक थापा ब्यानर डिस्प्ले संयोजक, बिनय थापा, उत्तम गुरुङ्ग, सुनिल जिसी ब्यानर ब्यवस्थापन संयोजक, सुदिप गुरुङ्ग साउण्ड तथा लाईट ब्यवस्थापन संयोजक, भिम क्षेत्री स्वयमसेवक परिचालन संयोजक, किसन गिरी अतिथी सत्कार संयोजक, हेमन्त मल्ल यातायात ब्यवस्थापन संयोजक, प्रकाश कार्की स्टेज ब्यवस्थापन, बिरेन्द्र कुँवर जलपान ब्यवस्थापन संयोजक, अर्जुन केसी टिकट ब्यवस्थापन संयोजक तोकिएको प्रचार प्रसार संयोजक सन्जय मल्लले जानकारी दिए । कार्यक्रमबाट बचेको रकम भुकम्प पिडित स्कुलको पुर्ननिर्माणका लागि खर्चिने अर्थ संयोजक एकराज गिरीले बताए ।
0 notes