#लपनमख
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
लोपोन्मुख जातीको संरक्षण गर्न सरकारलाई आग्रह परासी, ११ फागुन- लोपोन्मुख जातजातीलाई सरकारले संरक्षण गर्न लोपोन्मुख जातीहरुले आग्रह गरेको छ । देशको हिमाल, पहाड तराईका विभिन्न विकट क्षेत्रमा बसोबास गर्दै आएका १२ भन्दा जातजातीका लोपोन्मुख जातीहरुको सरकारले संरक्षण गर्दै तिनीहरुलाई पनि राज्यको पहुँचमा ल्याउन लोपोन्मुख जातीहरुले सरकारलाई आग्रह गरेका हुन् । लोपोन्मुख जातजातीका अधिकांश व्यक्तिहरु शिक्षा र जनचेतनाको अभावकै कारण पछडिएका छन् । ति लोपोन्मुख जातजातीका व्यक्तिहरुको सरकारले शैक्षिक, स्वास्थय, सामाजिक, राजनिति क्षेत्रमा पहुँच पु¥याउन विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम माग गरेका छन् । खास गरि लोपोमुख्य जातजातीमा राउटे, मुसहर, डोम, बाँसफोर, पथ्थरकट्टा, कुसवडिया लगायतका जातजातीहरु पर्ने गर्दछन् । नवलपरासीको रामग्राम नगरपालिकामा राउटे उत्थान प्रतिष्ठान नेपालद्धारा आयोजित लोपोन्मुख सीप, कला सांस्कृति संरक्षण, राज्यको दायित्व बारे जनचेतना मुलक कार्यक्रममा लोपोन्मुख जातीलाई सरकारले हेला गरेको आरोप लगाउदै लोपोन्मुख जातीको पनि राज्यको सबै सेवा सुविधामा पहुँच हुनु पर्ने भन्दै यसजाती तर्फ सरकारको विशेष ध्यान पुग्न पर्ने वि��ार व्यक्त गरेका थिए । कार्यक्रममा राउटे उत्थान प्रतिस्ठानकी केन्द्रीय अध्यक्ष सत्यवति अधिकारी, प्रतिष्ठानकी केन्द्रिय रमा महरा, केन्द्रिय मधु पोख्रेल, केन्द्रिय सदस्य रतना बानिया, अन्तरपार्टी महिला सन्जालकी जिल्ला अध्यक्ष विमला अर्याल, नेपाली काग्रेसका सहसचिव शिवशंकर राय, नयाँ शक्तिका बुद्धन अलि, नयाँ शक्तिका विरेन्द्र ठाकुर, नयाँ शक्ति नगर संयोजक अमिरुल्लाह मिया, सहायक जिल्ला शिक्षा अधिकारी गोपाल कण्डेल, कुशवाडिया संघका अध्यक्ष राजु कुशवाडिया, लगायतले मन्तब्य राखेका थिए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडीबुटी फेला बनेपा, १० फागुन- काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडीबुटी फेला परेका छन् । महाभारत शृङ््खलाडाँडापारिका गाविसका अधिकांश सामुदायिक वन र राष्ट्रिय वनमा त्यस्ता लोपोन्मुख जडीबुटी फेला परेको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले जानकारी दिनुभयो । खासगरी ओखर, लौठसल्ला, जटामसी, सतुवा, सतिसाललगायत जडीबुटी काभ्रेपलाञ्चोकका लागि लोपोन्मुख तथा सङ्कटापन्न अवस्था रहेको मानिएका छन् । “प्राकृतिक रुपमा भएको दोहन र वन डढेलोका कारण जडीबुटी सङ्कटापन्न अवस्थामा छन्” जिल्ला वन अधिकृत खनालले भन्नुभयो । उहाँले जडीबुटी संरक्षणका लागि सामुदायिक वनलाई निःशुल्क रुपमा जडीबुटी वितरण भएको र जडीबुटीसम्बन्धी उद्योगमा अधिकतम रु १० लाखसम्म अनुदान दिइने जानकारी दिनुभयो । जिल्लामा दुई सय प्रजातिका विभिन्न जडीबुटी छन् । तीमध्ये ८१ वटाको मात्र पहिचान भएको जिल्ला वन कार्यालय, धुलिखेलले दिएको तथ्याङ्कमा उल्लेख छ । जडीबुटी मानव समुदायका लागि औषधिका रुपमा प्रयोग हँुदै आएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
लोपोन्मुख अवस्थामा छ कर्णालीको कला, संस्कृति शुरबहादुर सिंह जुम्ला, ६ फागुन- कर्णालीमा गाइने झोडा, चुटिकलो, फाग, मागल, चरन, देउडा, रत्यौली गीत आजभोलि सुनिन छाडेको छ । विभिन्न अवसरमा यहाँ आयोजना हुने महोत्सव, चाडपर्व, विवाह, व्रतबन्ध, पूजाआजा, रुद्रीकथामा गाइने एवम् वाचन गरिने भिन्न प्रकृतिका गीत अहिले किंवदन्ती जस्तै बन्न थालेपछि पुरानो पुस्ता चिन्तित भएका छन् । बालोनाच, चोपाई, ढाल, खाँडो, भैलीजस्ता संस्कृति भने सुनिनै छाडेको उनीहरु बताउँछन् । यस्ता संस्कृतिमा नयाँ पुस्ताको चासो नहुँदा लोप भएर जाने हुन् कि भन्ने चिन्ता भएको कुडारी–५ जुम्लाका ८३ वर्षीय रणबहादुर शाहीले बताउनुभयो । “संस्कृति–हाम्रो मौलिकता र पहिचान हो, यसले हाम्रो अस्तित्व राखेको छ, तर यसमा ध्यान नदिएर नयाँ पुस्ताले बाहिरको लाजमर्दो संस्कृति भित्र्याएको देख्दा दुःख लाग्छ” – शाहीले भन्नुभयो । आफू बूढो भइसकेँ तर कसैले पनि हाम्रो कला र संस्कृतिको जगेर्ना गर्न खुलेर नलागेकामा भित्रैदेखि पिरोलिएर आउँछ । कर्णालीका संस्कृति विज्ञ रमानन्द आचार्यले हिँजोसम्म यो ठाउँ कला, संस्कृति र साहित्यमा निकै धनी थियो । उहाँ भन्नुुहुन्छ, “कर्णालीको स्थापत्य र वास्तुकलाको विकास गण्डक कान्तिपुर पाटनसम्म पुगेको हाम्रा ताम्रपत्र, शिलालेखमा उल्लेख छ, तर यिनलाई प्रकाशमा ल्याउन नसक्दा यहाँको खस कला, संस्कृति पछिल्लो समय हराउन थालेको हो ।” “यहाँको कला, संस्कृति र साहित्यबाट मुलुकको विकास हुनुमा खस साम्राज्य कालको महत्वपूर्ण भूमिका छ भन्न बिर्सेका छौँ र कर्णालीवासीले साधना गर्न बिर्सेकाले यो लोपोन्मुख अवस्थामा गएको हो” उहाँले भन्नुभयो, “त्यतिबेला जातीयताका आधारमा नर्तकीहरु नाच्ने, तिब्बतीयन सुन्दरीहरु आउने, गाइने, वादी, भाँडहरुले मनाउने संस्कार पनि थियो । तर अहिले पूर्णरुपले हराउँदै गएको छ । ” पश्चिम नेपालले ठाडो भाकाको रुपमा रहेको देउडाबाटैे सवाल जवाफ गर्न सकिने हाम्रा गायनशैलीको अनुकरण भएको छ तर हामीेले देउडालाई वाद्यवादन र सङ्गीतमा ढालेर सार्वजनिक रुपमा उठान, प्रचारप्रसार एवम् व्यापक बनाउँदै लैजान नसकेकाले लोप हुने अवस्था आएको विज्ञ आचार्यले जानकारी दिनुभयो । अहिलेका पप र रफ गीतले यहाँको मौलिकता हराउँदै गएको टिप्पणी गर्दै स्थानीय देउडा गायिका विमला शाहीे भन्नुहुन्छ – “देउडाले यहाँको भूमि र नागरिकको जीवन कथा केलाउँछ, वास्तविकता ओकल्छ र पहिचान देखाउँछ तर पनि यसलाई बचाउनुपर्छ भन्ने चासो नवपुस्तामा देखिएको छैन । यहाँको साहित्य, कला, भाषा र संस्कृति बचाउन सरकारी पहल हुनुपर्नेमा गायिका शाहीको जोड छ । आयातित संस्कृतिको सिको गर्ने नयाँ पुस्ताका कारण कर्णालीको संस्कृति हराएको हो भन्नुहुन्छ समावेशी महिला सञ्जाल जुम्लाका अध्यक्ष लक्ष्मीकन्या बुढा । यहाँको कला, संस्कृति, साहित्य र भाषाको संरक्षण एवम् प्रवद्र्धनतर्फ नलागे भावी दिनमा यसको अवशेष भेटाउन पनि गाह्रो हुने उहाँको भनाइ छ । गोरखा दरबारलाई उच्च संरक्षण दिएर शाह वंशावलीको इतिहास उत्खनन गर्ने राज्यले कर्णालीको खस राजाहरु, यहाँको कला, संस्कृति, रीतिरिवाज, भेषभूषाको पहिचान गरी तिनको संरक्षणमा दायित्वबोध नगरेको अध्यक्ष बुढाको आरोप छ । स्थानीय देउडा गायक खडानन्द चौलागार्इंले भाषा, संस्कृति र कलाको धनी कर्णालीको वास्तविक पहिचान जोगाउन सबै क्षेत्रबाट अभियान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका विभिन्न विधाको संरक्षण र प्रवद्र्धनका लागि साल बसाली सांस्कृतिक महोत्सव लगाउँछौँ र सिङ्गो कर्णाली क्षेत्रलाई ओगट्ने कला केन्द्र स्थापना गरी त्यसको संस्थागत विकासमा लाग���छौँ ।” कर्णाली कला, साहित्य र संस्कृतिको धनी मात्र नभई मुलुकको राष्ट्रभाषाको जननी पनि भएकाले जिल्लाका संस्कृति, भाषा, कला र साहित्यप्रेमी युवालाई भेला गरी यिनको पहिचान, संरक्षण र प्रवद्र्धनका लागि नीतिगत रुपमा अघि बढ्ने योजना बनाइएको गायक चौलागाईले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
लोपोन्मुख बाली संरक्षणका लागि बीउ बैङ्क म्याग्दी, ९ माघ- लोपोन्मुख बाली संरक्षणका लागि म्याग्दीको बगरफाँटमा पहिलोपटक ‘चेतना सामुदायिक बीउ बैङ्क’ स्थापना गरिएको छ । समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवद्र्धन (सिवियम) परियोजना अन्तर्गत जिल्ला कृषि विका�� कार्यालयले धान, मकै, गहँु, कोदो, भटमास, बोडी, घिरौंला, सागलगायतका खाद्य बालीका बीउ बैङ्क स्थापना गरेको हो । स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट समेत सङ्कलन गरेर बीउ बैङ्क स्थापना गरिएको चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको बीउ बैंकका अध्यक्ष जीतबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्तामुखी बाली प्रजनन्द्वारा विकसित नयाँ धान तथा कोसेबालीको जात प्रवद्र्धनका लागि बीउ बैङ्क स्थापना गरिएको हो । जसमध्ये अधिकांश स्थानीयस्तरमा पाइने भए पनि लोपोउन्मुख अवस्थामा छन् । स्थानीयस्तरमा उपलब्ध हुनसक्ने तर लोपोन्मुख अवस्थामा रहेका धान तथा अन्यबालीको प्रवद्र्धनका लागि एउटा छुट्टै भवन स्थापना गर्न लागिएको संस्थाले जनाएको छ । ¬ जिल्ला कृषि विकास कार्यालय र समुदायको गरी रु ६ लाख बराबरको लगानीमा बीउ बैङ्कका लागि यसैवर्ष भवन निर्माण थालिने बताइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
लोपोन्मुख गिद्ध संरक्षणका लागि ‘रेस्टुरेन्ट’ स्थापना काठमाडौँ, ५ असोज । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गिद्ध संरक्षणका लागि विभिन्न स्थानमा रेस्टुरेन्ट स्थापना गरेको छ । विसं २०५८ तिर नेपालमा अधिकाशं गिद्ध मर्न थालेपछि तिनको संरक्षणका लागि विभागले रेस्टुरेन्ट स्थापना गरेको हो । रेष्टुरेन्टमा मर्न लागेका गाईवस्तुलाई लगेर राखिदिने र मरेपछि गिद्धले खाने गर्दछ, त्यसैले यसलाई ‘गिद्ध रेस्टुरेन्ट’ ९गिद्ध आहरा केन्द्र० भनिएको हो । यसलाई ‘जटायु रेष्टुरेन्ट’ पनि भन्ने गरिन्छ । अधिकाशं मरेका वस्तुलाई आफ्नो मुख्य आहरा बनाउने गिद्धलाई संरक्षण तथा संवद्र्धनका लागि विभाग र स्थानीय बासिन्दाको पहलमा नेपालको विभिन्न सात स्थानमा रेस्टुरेन्ट स्थापना गरिएको विभागका पर्यावरणविद् लक्ष्मण पौडेलले जानकारी दिनुभयो । पन्ध्र वर्ष अघि बिरामी भएका गाईवस्तुलाई उपचारका लागि ‘डाइक्लोफेन्याक’ नामक औषधि खुवाइने र तिनीहरु मरेपछि गिद्धले खाने गर्दा अधिकाशं गिद्ध मरेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गिद्ध मरेपछि पर्यावरणमा ठूलो असर प¥यो यसको अध्ययन र अनुसन्धानपछि गाईवस्तुलाई खुवाउने उक्त औषधि नै बन्देज गरियो ।” उहाँले विसं २०५८ मा औषधि प्रयोग गरेका गाइवस्तु खाएर झण्डै ९० प्रतिशत गिद्ध मरेको दावी गर्नुभयो । त्यसपछि विभागले अध्ययन र अनुसन्धानपछि पुनः विस २०६४ बाट गिद्ध संरक्षण गर्न थालेको हो । गिद्धको आहारका लागि विभागले नवलपरासीको पिठाँैली, दाङको लालमटिया, घोराही, रुपन्देहीको गैँडाताल, कैलालीको कुटिया, सुनसरीको रामधुनी र कास्कीको घाचोकमा गिद्ध रेस्टुरेन्ट स्थापना गरेको छ । गिद्धलाई कुचीकार चराको रुपमा पनि हेर्ने गरिन्छ । मरेका वस्तुलाई तत्काल खाएर सफा गरिदिने भएकाले यसलाई कुचीकार चरा समेत भनिएको हो । विभागका प्रवक्ता किशोरकुमार मेहताले अहिले गिद्ध बस्ने अग्ला रुख काट्न थालेकाले तिनको सङ्ख्यामा कमी आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बासस्थानका लागि गिद्ध बस्ने ठूल्ठूला सिमलका रुख काटेर बेच्न थालेपछि गिद्ध बस्ने स्थानको अभाव भयो । त्यसैले गिद्धको सङ्ख्यामा कमी आएको हो ।” नेपालमा हाल १२ देखि १५ हजारको हाराहारीमा गिद्ध पाइन्छन् । यसमध्ये सबैभन्दा धेरै १० हजारको हाराहारीमा हिमाली गिद्ध पाइन्छ, भने सबैभन्दा थोरै सानो खैरो गिद्ध पाइन्छ उक्त गिद्ध जम्मा ६० वटा रहेको छ । यसबाहेक पहाड र तराईमा पाइने डङ्गर गिद्ध एकहजारदेखि दुईहजार, हिमाल र तराईमा पाइने राजगिद्ध ६० देखि १००, हिमालदेख�� तराईमा पाइने सुनगिद्ध २०० सयदेखि ४०० सयसम्म, हिमालमा पाइने हाडफोर गिद्ध ४०० सयदेखि ५०० सयसम्म र तराईदेखि हिमालमा पाइने सेतो गिद्ध ३०० सयदेखि एकहजारको सङ्ख्यामा रहेको विभागले जनाएको छ । यस्तै खैरो गिद्ध पनि केही समय अगाडिदेखि फेला परेको छ । कोसी क्षेत्रको आसपासमा फेला परेको उक्त गिद्धको अध्ययन अनुसन्धान गर्न बाँकी रहेको विभागले जनाएको छ। विश्वका विभिन्न देशमा अगस्टमा अन्तर्राष्ट्रिय गिद्ध संरक्षण जनचेतना दिवस मनाउने गरेपनि नेपालमा भने अहिलेसम्म उक्त दिवस मनाइएको छैन । यस्तै गिद्धको सङ्ख्या वृद्धि गर्नका लागि विभागले चितवनको मसरामा गिद्ध संरक्षण केन्द्र स्थापना गरेको छ । गिद्धका साना बच्चालाई पालिने र ठूलो भएपछि विभिन्न स्थानमा लगेर छोड्ने गरिएको छ । यसले गर्दा गिद्धको सङ्ख्या बढ्ने विश्वास विभागले लिएको छ । The post लोपोन्मुख गिद्ध संरक्षणका लागि ‘रेस्टुरेन्ट’ स्थापना appeared first on Diyo post.
0 notes